Skip to main content

Posts

Showing posts from January, 2015

हावाबाट निकाल्न सकिन्छ ३० हजार मेगावाट बिजुली

लगातार हावा बहने पहाड र नदी करिडोर पर्याप्त रहेको नेपालमा न्यूनतम ३० हजार मेगावाट वायुउर्जा उत्पादन गर्न सकिने एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूनेप) लगायत संस्थासँग मिलेर वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र (एईपीसी)ले गरेको  अध्ययले मुलुकभर ३० हजार मेगावाटसम्म सौर्य तथा वायुउर्जा स्रोत मुल्यांकन (स्वेरा) परियोजनाअन्तर्गत यो अध्ययन गरेको कारोबारमा खबर छ । ‘वायुउर्जा उत्पादन गर्न सकिने कुल भूभागको १० प्रतिशत क्षेत्रमा मात्रै अध्ययन गर्न सकिने देखियो,’ केन्द्रअन्तर्गतको वायुउर्जा उपएकाइ व्यवस्थापक इन्जिनियर प्रकाश अर्यालले भने, ‘विस्तृत अध्ययन भए थप सम्भाव्य उत्पादन क्षेत्र पहिचान हुन सक्छ ।’

सोलुखुम्बुमा बिजुली फालाफाल

देशका अन्यत्र विद्युतको चरम अभाव छ तर सोलुखुम्बुमा भने उत्पादन भएको धेरै विद्युत उपभोग हुन सकेको छैन । सदरमुकाम दूधकुण्ड नगरपालिका तथा पर्यटकीय बजार नाम्चेमा उत्पादन गरिएको विद्युत र दुर्गम गाउँहरुमा लघु जलविद्युत आयोजनाबाट उत्पादित विद्युत त्यत्तिकै खेर गइरहेको गोरखापत्रमा खबर छ । सल्लेरी च्याल्सा जलविद्युत कम्पनी प्रालिका निमित्त महाप्रवन्धक रामेश्वर मास्केका अनुसार कम्पनीबाट उत्पादन भएको ६ सय ५० किलोवाट विद्युत मध्ये बिहान ६ देखि ९ र साँझ ६ देखि ९ बजेसम्मबाहेक अन्य समयमा मुश्किलले दुई सय ८० किलोवाट विद्युत खपत हुन्छ । यस अनुसार दैनिक १८ घण्टा यहाँको तीन सय ७० किलोवाट विद्युतलाई उपभोग गर्न सकिएको छैन । त्यस्तै, ६ सय ३० किलोवाट क्षमताको खुम्बु कम्पनीबाट उत्पादन भएको विद्युत पर्यटक आउने मुख्य समय ६ महिना ‘पिक आवर’ बाहेकको समयमा बढीमा ५० प्रतिशत मात्र उपभोग हुन्छ । पर्यटक कम आउने समयमा अत्यन्त कम मात्र विद्युत उपयोग हुने खुम्बु विद्युत कम्पनीका लेखा अधिकृत पेम्बा शेर्पा बताउँछन् । नाम्चेमा उत्पादन हुने ठूलो मात्राको विद्युत पनि खेर गइरहेको छ । उता, ग्रामीण वस्तीहरुमा उत्पादन भइ

जिल्ला परिचय

सोलुखुम्बु जिल्ला पुर्वञ्चल विकास क्षेत्र अन्तर्गत सगरमाथा अञ्चलको उत्तर भागमा पर्दछ । यस जिल्लाको उत्तरमा चिनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने पुर्वमा भोजपुर र संखुवासभा,पश्चिममा दोलखा र रामेछाप तथा दक्षिणमा ओखलढुङगा र खोटाङ जिल्लाहरु पर्दछन । यो जिल्ला ३४ गाविस ,९ वडा इलाका र १ संसदीय क्षेत्रमा विभाक्त रहेको छ । यो जिल्ला यहाँका मनोरम हिमशिखर र उच्च पर्वतीय क्षेत्र विश्वमा नै प्रसिद्ध रहेको छ । यस जिल्लालाई पर्यटकहरुको सांग्रिला भनेर पनि चिनिन्छ । यहाँ रहेका विभिन्न जातजाति , भेषभुषा भाषा संस्कृत रहनसहन आदिको विविधताले यसको महत्वमा थप भुमिका खेलेको छ । विश्वको साहसी पर्वतारोही तथा प्राकृतिक तथा साँस्कृतिक वैभवका पारखीहरुलाई यस जिल्लाले सधैं आकर्षित गरिहरेको पाईन्छ।

संविधान निर्माणको खर्चले के, के हुन सक्छ?

गएको ७ वर्षमा संविधानसभाको दुईवटा निर्वाचन र संविधान निर्माणको सिलसिलामा ‌औपचारिक आँकडा अनुसार २८ अर्ब रुपियाँ भन्दा बढी खर्च भइसकेको छ। अनौपचारिक क्षेत्र र गैरसरकारी खर्च जोड्ने हो भने त्यो झण्डै दोब्बर हुन पुग्ने विज्ञहरुको अनुमान छ। करिब ५० अर्ब रुपियाँको रकम र सात वर्षको समय विकासका निम्ति संघर्षरत नेपाल जस्तो देशको निम्ति चानचुने होइन। बेहिसाब सार्वजनिक आँकडा अनुसार पहिलो संविधानसभा चुनावताका झण्डै ८ अर्ब रुपियाँ खर्च भएको थियो भने दोस्रो चुनावमा करिब १६ अर्ब रुपियाँ बजेट छुट्ट्याइएको थियो। पहिलो संविधानसभाको चार वर्षे कार्यकालमा सरकारी रकम ३ अर्बभन्दा बढी खर्च भएको अभिलेख छ। दोस्रो संविधानसभाको यकिन खर्च विवरण आउन बाँकी नै छ। तर वितेको एक वर्ष सम्ममा यसलाई १ अर्ब रुपियाँ जति बजेट उपलब्ध गराइएको बताइन्छ। यी सरकारी बजेटमार्फत भए गरिएका खर्च बाहेक पनि थुप्रै अन्य बेहिसाब खर्च भएका छन्। दातृ निकायले संविधान निर्माणका क्रममा दिएका सहयोग, विदेश भ्रमण, दलहरु स्वयं अनि उम्मेदवारहरुले चुनावमा गरेका खर्च जस्ता विविध रकमहरु जोड्ने हो भने कूल योगफलले ५० अर्ब रुपियाँ नाघ्ने बताइन

तपाई विश्वकै सबैभन्दा दोस्रो सस्तो मुलकमा हुनुहुन्छ ।

अष्ट्रेलिया, माघ ४ - तपाई नेपालमा बसोबास गर्नुहुन्छ ? यदी हो भने तपाई विश्वकै सबैभन्दा दोस्रो सस्तो मुलकमा हुनुहुन्छ । हाम्रै छिमेकी देश भारत भने विश्वको सबैभन्दा सस्तो मुलुकमा दरिएको छ । जसको उपभोक्ता मूल्य सुचकांक नेपालको भन्दा २ अंकले कम देखिएको छ । मुभहब नामक संस्थाले हालै सार्वजनिक गरेको विश्वको सबैभन्दा महङ्गो र सबैभन्दा सस्तो मुलुकको सुचीमा सस्तोतर्फ भारत पहिलो र नेपाल दोस्रो बनेका छन भने सबैभन्दा महङ्गो देशको सुचीमा स्वीजरल्याण्ड र नर्वे क्रमश पहिलो र दोस्रो स्थानमा परेका छन् । उक्त संस्थाले उपभोक्ता मुल्य सुचकांककालई आधार मानेर बिभिन्न देशहरुको खर्चको तुलना गरेर उक्त सुची सार्वजनिक गरेको बताएको छ । जसमा उसले खाद्यान्न, यातायात, रेष्टुरेन्ट र युटिलिटीलाई लिएको छ । जुन तथ्याँक नुम्बियोको ग्लोबल मुल्य डाटाबेसबाट लिइएको हो । उक्त संस्थाले खाद्यान्न तर्फ मासु, ब्रेड, चामल, अण्डा, फलफूल, सागपात र रक्सीलाई लिएको छ भने यातायात तर्फ एकोहोरो टिकट, मासिक टिकट पास, ट्याक्सी भाडा, पेट्रोल मुल्य र भोक्सवागन गल्फ नामक कारलाई सुचक मानेको छ । यसैगरि रेष्टुरेन्ट अन्तरगत महङ्गा, कम महङ्गा

वाइफाइको तरंगले क्यान्सर !

एक विवादास्पद अध्ययनले वाइफाइ इन्टरनेट बालबालिकाको स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै बालबालिकालाई वाइफाइको प्रयोगमा सीमा लगाउन अभिभावकहरुलाई आह्वान गरेको छ । जर्नल अफ माइक्रोस्कोपी एण्ड अल्ट्रास्ट्रक्चरमा छापिएको शोध रिपोर्टका अनुसार बालबालिकाको सरीरले वाइफाइका विकिरण बढि सोस्ने भएकाले त्यस्तो विकिरणले उनीहरुको सरीरमा हानी गर्दछ । वाइफाइ विकिरण सोस्ने मामिलामा वयस्कको सरीरभन्दा बालबालिकाको सरीर भनि संवेदनशील रहेको र गर्भको भ्रुणमा वाइफाइको विकिरण अझै जोखिमपूर्ण रहेको शोधकर्ताहरुको भनाइ छ । शोधकर्ताहरुले वाइफाइ विकिरणले गर्भको शिशुलाई असर गर्ने भएकाले गोजीमा वाइफाइ युक्त मोबाइल फोन नबोक्न समेत महिलाहरुलाई आग्रह गरेका छन् । बालबालिकाको मस्तिष्कको तन्तुहरुको सोस्ने क्षमता बढि हुने, खप्परको हड्डी पातलो हुने र सानो हुने भएकाले बालबालिकाहरुले वाइफाई विकिरण बढि सोस्ने भन्दै शोधकर्ताहरुले वायरलेस डिभाइसबाट उत्पन्न हुने वाइफाइ विकिरणले बालबालिकको सरीरमा क्यान्सर समेत उत्पन्न गराउन सक्ने जोखिम रहेको बताएका छन् । उनीहरुले वाइफाइ विकिरणलाई सम्भावित क्यान्सर गराउने तत्व अर्थात् कार्सिन