Skip to main content

Posts

Showing posts from June, 2015

सामाजिक सञ्जालका प्रयोगकर्ताहरु : सावधान

इन्टरनेटको प्रयोगले आजको विश्वलाई एउटा सानो कम्प्युटरको बाकसभित्र संकुचित बनाइदिएको छ । हिजोसम्म कुनै व्यापार, व्यवसाय, औषधि, उपचार, सभा, सम्मेलन गर्न एक देशबाट अर्को देशसम्म हजारौं किलोमिटर पार गरेर जानुपर्ने अवस्थालाई आज एउटा कोठामा बसेर कम्प्युटर र इन्टरनेटको सहयोगले क्षणभर मै सम्भव बनाइदिएको छ । अझ विभिन्न सोसल नेटवर्किङ साइटको विकासक्रमसँगै कुनैपनि साथीभाई, आफन्तलाई भेट्न तथा तिनीहरुको हालखबर बुझ्न घरै छाडेर भेट्न जानुपर्ने अवस्थाको अन्त्य भएको छ । साथै कुनैपनि कम्पनि तथा संघ–संस्थाका क्रियाकलापहरु घरै बसि–बसि नियाल्न तथा बुझ्न सम्भव भएको छ । आजको दिनमा तपाईं हामी जो कोही पनि कुनै न कुनै सोसल नेटवर्किङ साइटमा आबद्घ भएका छौं । २४ घण्टामा कुनै न कुनै समय निकालेर त्यसमा सहभागिता जनाइरहेका हुन्छौं । अझ आजका युवापिढीहरु त घण्टा घण्टाको अन्तरालमा यसमा प्रवेश गरेर स्ट्याटस तथा कमेण्टहरु चेक गरिरहेका हुन्छन त कतिले आफ्नो फोन मै त्यस्ता साइटहरुलाई लाइभ बनाई हरपल आफुलाई सम्पर्कमा राखेका हुन्छन् । सोसल नेटवर्किङ साईटहरुमा हाल फेसबुक, ट्वीटर, लिंक्डईन, माईस्पेस अग्रपंक्तिमा रहेका छन् । आज

फेसबुकमा प्रोफाइल रंगीविरंगी बनाउनुको कारण तपाईलाई थाहा छ ?

फेसबुकको प्रोफाइल पिक्चर रंगीन बनाउन चाहानुहुन्छ भने होस गर्नुहोस । पहिला पुरा जानकारी लिनुहोस कि यो प्रोफाइल पिक्चर किन रंगीन बनीरहेको छ । धेरैले नबुजिकन फेसबुकमा देखासिकी गरेर फेसबुक रंग्याउने गर्छन तर यर्थातमा कुरा अर्कै छ । अमेरिकी सर्वोच्च अदालतले शुक्रबार ५(४ को बहुमतले अमेरिकाका सबै राज्यमा समलिङ्गी विवाहलाई मान्यता दिने ऐतिहासिक फैसला गर्‍यो। त्यहाँका १५ राज्यमा मात्रै यो गैरकानुनी थियो। त्यसैको खुसियालीमा अमेरिकी नागरिक मार्क जुकरबर्गले आफ्नो फेसबुक प्रोफाइल पिक्चर रङ्गीचङ्गी बनाए। फेसबुकमा अरुलाई पनि त्यस्तै गर्नलाई सजिलो टुल बनाए। फेसबुक प्रोफाइल रंगीविरंगी बनाउनुको अर्थ समलिंगी विवाहको समर्थन गर्नु हो । यसअघि नेपालको सर्वोच्च अदालतले २०६४ पुस ६ गतेको फैसलामै समलिङ्गीहरुलाई समान अधिकार दिनु पर्ने फैसला गरिसकेको छ। यो फैसला सायद थोरैलाई थाहा होला । 

ऐंसेलु बेचेरै १ करोडभन्दा बढी आम्दानी

तेह्रथुम – जंगलमा पाइने ऐंसेलु फल बेचेर स्थानीयले यो वर्ष दुई महिनाको अवधिमै १ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । चैत अन्तिम सातादेखि जंगलमा पाकेर राताम्मे हुने ऐंसे.लु टिपेर वाइन उद्योगलाई बेची तेह्रथुम, धनकुटा र संखुवासभाका गाउँलेले यति धेरै रकम कमाएका हुन् । वर्सेनी ऐंसेलु टिपेर बेच्ने उनीहरुले यो वर्ष सिजनमा असिना र पानी कम परेकाले गत वर्षभन्दा २५ प्रतिशत आम्दानी बढेको बताएका छन् । टुटेको वाइन उद्योगलाई कच्चा पदार्थका रुपमा ऐंसेलु बिक्री गरेर किसानले त्यतिका रकम आम्दानी गरेको मारेकटहरेका रुद्र गुरुङले बताए । उनले भने,‘यो वर्ष ऐंसेलु पहिलेभन्दा धेरै फलेको देखियो,’ यो अवधिमा मैले ऐंसेलु ट्याक्टरबाट ढुवानी गरेर मात्र पनि ७ लाख आम्दानी गरेँ ।’ गुरुङ जस्तै घरगाउँमा काम गर्दै घाँस दाउरा गर्न जाँदा ऐंसेलु टिपरे उद्योगमा बेचेर सजिलै नगद कमाएको अनुभव सुनाउने धेरै छन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

दाताको सहयोग ‘बाँदरका हातमा नरिवल’ हुने डर सोचेभन्दा बढी पुँजी जुट्यो, तर खर्च गर्ने क्षमता खै ?

११ असार, काठमाडौं । ‘दाता सम्मेलनबाट कति रकम उठ्ने सरकारको अपेक्षा छ ?’ भनेर चार दिनअघि संसदको अर्थ समितिमा सभासदहरुले प्रश्न गर्दा अर्थसचिव सुमनप्रसाद शर्माले भनेका थिए,’दाताहरुले सम्मेलनमै पीडीएनएको एकतिहाइ जति सहायताको घोषणा गर्ने अपेक्षा छ, यो प्रस्थानबिन्दुमात्रै हो, सम्मेलनपछि पनि थप सहयोग आउने आशा छ ।’ पीडीएनए तयार पार्ने निकाय योजना आयोगका सदस्यहरु प्रतिवेदनमा उल्लेख भएकोमध्ये एकतिहाइ रकम मात्रै सहयोग आउने बताउँदै थिए । सम्मेलनमार्फत नेपालको पुननिर्माणका लागि २ देखि अढाई खर्ब रुपैयाँ उठ्ने सरकारी अधिकारीहरुको अपेक्षा थियो । तर, झण्डै अनुमान गरिएभन्दा दोब्बर सहयोगको प्रतिवद्धता आएको छ । राष्ट्रिय योजना आयोगले पुनर्निर्माण र नवनिर्माणका लागि ६ खर्ब ७० अर्ब रुपैयाँ लाग्ने प्रतिवेदन तयार पारेको थियो । अर्थमन्त्री डा. रामशरण महतले दाता सम्मेलनमा त्यही प्रतिवेदन प्रस्तुत गरेका थिए । तर, बिहीबार राजधानीको सोल्टी होटलमा भएको दाता सम्मेलनमा सरकारी अधिकारीहरुको अपेक्षाभन्दा निकै बढी आर्थिक सहायताको घोषणा भयो । भारत, चीन, विश्व बैंक, एसियाली विकास बैंक, जापानलगायतका दाताहरु

दाता सम्मेलनमा उठ्यो साढे तीन खर्बभन्दा बढी

काठमाडौ, असार १० - भूकम्पपछिको पुनःस्थापना, पुनःनिर्माण र नवनिर्माणका निम्ति अन्तर्राष्ट्रिय समुदायबाट आर्थिक, भौतिक एवम् नैतिक सहयोग एवम् समर्थन जुटाउने उद्देश्यले आयोजित ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ मा   साढे तीन खर्ब रुपैयाँभन्दा बढी सहयोग रकम जुटेको  छ । राजधानीमा जारी सम्मेलनमा विभिन्न देशले भूकम्पपछि नेपालको पुनर्निर्माण गर्न सहयोगको प्रतिवद्धता जनाउँदै उक्त रकम घोषणा गरेका हुन् ।   सम्मेलनमा सबैभन्दा ठूलो राशीको सहयोग गर्ने छिमेकी देश भारत छ । उसले १ खर्ब रुपैयाँ बराबरको सहयोग गर्ने जनाएको छ । यसमा ७५ अर्ब सहुलियतपूर्ण ऋण र २५ अर्ब अनुदान सहयोग रहने छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा घोषणा गरेको १ खर्ब सहुलियत ऋणको ४० प्रतिशत अर्थात ४० अर्बलाई अनुदान सहयोगमा बदलिएको छ । भारत–नेपाल सम्बन्धलाई ‘रोटी–बेटी’ का रुपमा प्रस्तुत गर्दै भारतीय विदेश मन्त्री सुष्मा स्वराजले महाविपत्तिमा परेको नेपाललाई एक खर्ब अनुदान सहायता प्रदान गरिने घोषणा गरेकी थिइन् । भारत सरकार र त्यहाँका जनता नेपाल सरकार र नेपाली जनताका साथ रहेका स

भूकम्पपीडितलाई टहरा छैन, पूर्वविशिष्टहरुलाई आजीवन आवास र विलासी गाडी

भूकम्प पीडितहरुलाई अस्थायी टहरा बनाउनका लागि १५ हजार रुपैयाँ राहत दिन मुस्किल परिरहेको बेला सरकाले मुलकुको राज्यकोषमा  बसेैनि ५० करोड रुपैयाँ भन्दा बढी दायित्व थपिने गरी पूर्वराष्ट्रपतिदेखि पूर्वसभामुखसम्का पूर्वविशिष्ट पदाधिकारीहरुलाई आजीवन विलासी गाडी, सकारी आवास तथा सचिवालयसहितको सुविधा दिने कानुनी व्यवस्था गर्न संसदमा विधेयक दर्ता गरेको छ । पूर्वगृहमन्त्रीहरुर्ला समेत ‘सुरक्षा थ्रेट’ का नाममा आजीवन गाडी, इन्धन र मर्मत खर्च दिने प्रस्ताव विधयेकमा छ । ‘विधेयक व्यक्ति तथा पूर्वपदाधिकारीलाई सुरक्षा र सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयक’ संसदबाट पारित भएपछि पूर्वराष्ट्रपति, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामु र राष्ट्रिय सभाका अध्यक्षहरुले सरकारबाट आजीवन गाडी सचिवालय सुविधा पाउने छन् । –कान्तिपुर दैनिकबाट 

झण्डै ३५ प्रतिशत खर्च दाताबाट जुटदै

असार ९ - भुकम्पपछिको पुर्ननिर्माणका लागि आवश्यक रकमको ३५ प्रतिशतसम्मको रकम दाताहरुबाट जुटने देखिएको छ । योजना आयोगले तयार पारेको विपद पछिको आवश्यकता पहिचान (पिडिएनए) प्रतिवेदन अनुसार पुर्ननिर्माणमा ६ खर्ब ६९ अर्ब लाग्ने आंकलन छ । आगामी विहिबार आयोजना हुने पुर्ननिर्माण सम्बन्धि अन्तराष्ट्रिय सम्मेलनमा साढे २ खर्ब सम्मको सहायता आउने आंकलन अर्थमन्त्रालयको छ । 'आज (मंगलबार) सम्मको छलफलका आधारमा साढे २ खर्ब सम्म सहायता आउन सक्ने देखिन्छ,' अर्थमन्त्रालयका एक उच्च अधिकारीले भने । मुलुकको सबैभन्दा ठुलो दातृ निकाय विश्व बैंकले मंगलबार ५० अर्ब सहुलियतपुर्ण ऋण दिने प्रतिवद्धता जनाइसकेको छ । दोस्रो ठूलो निकाय एसियाली बिकास बैंक -एडिबी) संचालक समितिले सोमबार पुर्ननिर्माणकै लागि नया २० अर्ब दिने निर्णय गरिसकेको छ । यसबाहेक यसबाहेक भारत, चीन, जापान, बेलायत सहयोग नियोग र युरोपियन युनियनले पनि ठुलै रकमको आश्वासन दिएकाले सहायता साढे २ खर्बको हाराहारीमा पुग्नेमा अर्थ मन्त्रालयका अधिकारीहरु आश्वस्त छन विश्व बैंकले दिने भनिएको ५० मध्ये २० अर्ब तत्कालका लागि पुराना कार्यक्रमबाट झिकेर दिने ह

२०७१ सालको एसएलसी परिक्षामा सोलुखुम्बुबाट नियमिततर्फ ४३ दशमलव ०२ प्रतिशत परिक्षार्थी उत्तिर्ण भएका छन् ।

२०७१ सालको एसएलसी परिक्षामा सोलुखुम्बुबाट नियमिततर्फ ४३ दशमलव ०२ प्रतिशत परिक्षार्थी उत्तिर्ण भएका छन् । परिक्षा नियन्त्रण कार्यालयले आज सार्वजनिक गरेको नतिजा अनुसार सोलुुखम्बुबाट परिक्षा दिएका नियमित तर्फका १ हजार ७ सय ७८ जना परिक्षार्थी मध्ये ७ सय ६५ जना परिक्षार्थी उत्तिर्ण भएका हुन् । जसमा ४ जना बिशिष्ट श्रेणी, २ सय ११ जना प्रथम श्रेणी, ५ सय २२ जना द्धितिय श्रेणी र २८ जना तृतिय श्रेणीमा उत्तिर्ण भएका छन् । जिल्लाका ४२ वटा माध्यमिक बिद्यालय तथा एक खुल्ला बिद्यालय समेत गरी १ हजार ७ सय ९५ जना बिद्यार्थी परिक्षामा सहभागी भएको जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुले जनाएकोछ । जसमध्ये गार्मा माबीका प्राविबिधक तर्फका १७ जनाको नतिजा सार्वजनिक भएको छैन ।

यसरी हेर्न सकिन्छ एसएलसीको नतिजा

४ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले विसं २०७१ को प्रवेशिका परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने भएको छ । नतिजा सार्वजनिक गर्न साढे १२ बजे पत्रकार सम्मेलन गर्ने पनिकाले जनाएको छ । गत वर्ष जेठ ३० गते नतिजा सार्वजनिक  भए पनि यसवर्ष भूकम्पले कार्यालय भवनमा क्षति पुर्‍याएका कारण केही दिन  ढिलो भएको हो ।  यसरी हेर्न सकिन्छ एसएलसीको नतिजा एसएलसीको नतिजा थाहा पाउन एसएमएस, आइभीआर र वेबसाइटमा हेर्न मिल्ने व्यवस्था गरिएको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार विद्यार्थीलाई नतिजा हेर्न सहज होस् भनेर यो व्यवस्था गरिएको हो । परीक्षा नियन्त्रक द्वारेका अनुसार इन्टरनेटको पहुँच नभएकाले एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सक्नेछन् । त्यसको लागि SLC लेखेर एक स्पेस दिएपछि सिम्वल नम्बर लेखेर ५५६६, १६००,  ५००१, ४९४९, ५२२५, ७६७६ मा एसएमएस गर्न सकिन्छ । यस्तै १६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसैगरी शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np मा परीक्षाफल हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । परीक्षा नियन्त्रक द्वारेका अनुसार शि

भूकम्पले सगरमाथा दक्षिण–पश्चिम सर्‍यो

नेपालमा हालै गएको विनाशकारी भूकम्पको प्रभावले सर्वोच्च शिखर सगरमाथा दक्षिण–पश्चिम सरेको चीनको राष्ट्रिय नक्साङ्कन, सर्वेक्षण तथा भौगोलिक सूचना ब्यूरोले जनाएको छ। वैशाख १२ गते गएको ७दशमलव८ म्याग्निच्यूडको भूकम्पले सगरमाथा तीन सेन्टिमिटर दक्षिण–पश्चिम सरेको तर उचाईमा आधारभूत परिवर्तन नदेखिएको ब्यूरोले सोमबार जनाएको हो। राष्ट्रिय नक्साङ्कन, सर्वेक्षण तथा भौगोलिक सूचना ब्यूरोले सोमबार जारी गरेको रिपोर्ट उद्धृत गर्दै चिनियाँसञ्चार माध्यमले सगरमाथाको उचाई परिवर्तन नभएको मंगलबार उल्लेख गरेका छन्। ब्यूरोले २००५ देखि २०१५ भित्र प्रत्येक वर्ष चार सेन्टिमिटरका दरले यो दश वर्षमा सगरमाथा ४० सेन्टिमिटर उत्तर–पूर्व सरेको आफ्नो तथ्याङ्कले देखाएको जनाएको छ। त्यस्तै प्रत्येक वर्ष ० दशमलव ३ सेन्टिमिटरका दरले सगरमाथाको उचाई बढिरहेको सूचनामा छ। ब्यूरोले २००५ देखि नेपाल र चीनको सिमा क्षेत्रमा अवस्थित सगरमाथामा सेटलाइट अनुगमन प्रणाली जडान गरी अध्ययन गरेको थियो। भारतीय र यूरेशियन प्लेट ठोक्किने विन्दुमा रहेकाले यस क्षेत्रको भू–चाल निरीक्षण गर्न सर्वोच्च शिखर सगरमाथालाई महत्वपूर्ण अध्ययन विन्दु मानिएको

युरिक एसिड कसरी नियन्त्रण गर्ने ?

युरिक एसिड कसरी नियन्त्रण गर्ने ? आधुनिक जीवनशैली र खानपानले धेरैजना युरिक एसिडको समस्याले पीडित भइरहेका छन् । दिर्घकालीन रोगको रुपमा लिइने युरिक एसिडबाट जोगिने केही उपाय छन् । १) शरिरको तौल नियन्त्रण गर्नुहोस् । बढी तौल भएको शरिरमा युरिक एसिड थुपि्रएर बस्दछ र रगतमा प्रसार हुन्छ । २) मासुजन्य खाद्यपदार्थमा प्युरिन रहेको हुन्छ, जसको सेवनले युरिक एसिड बढाउँछ । खासगरी रातो मासुको उपभोग कम गर्नुपर्दछ । कलेजो, किड्नी, मुटुजस्ता मांस पदार्थको उपभोग सकेसम्म घटाउनुपर्छ । मासुको सुप, बियरजस्ता यिष्टबाट प्रशोधित तरल पदार्थको सेवन पनि कम गर्नुपर्छ । सिमी, तोरीको साग, पालुंगोको साग, खसी, हाँसको मासु, गंगटा, आइसक्रिम, पाउरोटी, केक आदिको सेवन पनि युरिक एसिडको कारक बन्न सक्छन् । ३) किड्नीको संचालन प्रभावकारी नहुँदा युरिक एसिडको मात्रा बढ्ने गर्दछ । त्यसैले दैनिक कम्तिमा १० गिलास पानी पिउनुपर्दछ । ४) क्याल्सियमयुक्त खानाको सेवन बढाउनुपर्छ । केरा, आलु, दूध, दही, स्ट्रबेरी, कागती आदिको नियमित सेवन गर्नुपर्दछ । ५) अल्कोहल, कोक, फ्यान्टा, स्प्राइट, पेप्सी, मिरिण्डाजस्ता स

लागेको पत्तै नपाउने रोग थाइराइड, यसरी जोगिनुस

थाइराइड भनेको एउटा ग्रन्थी हो । यो हाम्रो घाँटीको अगाडीको भागमा हुन्छ । रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । सोही हर्मोनलेनै हाम्रो शरिरको अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ ।  थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ । तर जब थाइराईड ग्रन्थीको प्रणालीमा बाधा उत्पन्न हुँदा विभिन्न स्वास्थ्य समस्या आउने गर्दछन् । तथ्यांकले लाखौं मानिस थाइराईडले प्रभावित भएको देखाउँछ । समस्या के छ भने धेरैलाई आफूलाई थाइराईड भएको पत्तै पाउँदैनन् । यदि थोरै खाना खाँने गर्दा पनि ताैल बढिरहेको छ, साना साना कुराले पनि तनाव दिईरहेको , सन्तान प्राप्तिको लागि समस्या छ र पटक पटक गर्भ तुहिने समस्या छ भने हामीलाई थाइराइड पनि भएको हुनसक्छ । थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ । य

आफ्नो गाउँ आफ्नै बनाउँ..... यो हो गुदेल गाउँको मानेहरुको मर्मत

२०७२ बैशाष १२ र २९ गतेको महाविनाशकरी भुकम्पबाट क्षति भएका गुदेल वार्ड नं ४् सनाम र ५ स्यारेमा अवास्थित पुरातत्विक सम्पदा मानेहरुको मर्मत तथा सरसफाई कार्यक्रममा गुदेल शेर्पा किदुग समाजका स्वायं सेवाक र हालै नया घठन गरिएको यसै क्षेत्रका शेर्पा टोल सुधार समिति गुदेल ४ र ५ का पदाधिकारीहरु माने मर्मतको क्रममा ।।

होशियार! भुलेर पनि नगर्नुस् यी १० कामहरु , मृगौला खत्तम हुन्छ … जानी राखौ..

किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा गर्ने देखि, हार्मोन बनाउने, खनिज सोक्ने, मुत्र उत्पादन गर्ने, टक्सिन अर्थात खराव पदार्थहरुलाई शरीरबाट निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता काम गर्छ । यहाँ हामीले दैनिक जीवनमा गर्ने १० गल्तीको चर्चा गरिएको छ जसले मृगौलालाई हानी पुर्‍याउँछ । १ पानी कम पिउने यदि तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने यसको सबै भन्दा पहिलो र खराव प्रभाव मृगौलामा पर्छ । पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ । यसले उल्टो परिणाम दिन्छ शरीरमा टक्सिन जम्मा हुन्छ । २ नून बढी खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप बढाउँछ । यसले मृगौलामा दवाव पैदा गर्छ । तपाँइले दिनमा ५ ग्राम भन्दा बढी नून खानु हानिकारक छ । ३ पिसाव रोक्ने यदि पिसाव आउँदा पनि पछि जाउँला भनेर बस्ने बानी छ भने आजै देखि बानी सुधार्नुस् । पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल नै हुने खतरा समेत पैदा गर्छ । ४ गुलियो खाने बानी यदि गुलिया खानेकुरा धेरै बानी छ भने आजै

पर्यटन क्षेत्रमा ४४ अर्ब क्षति

विनाशकारी भूकम्पले नेपालको पर्यटन क्षेत्रमा करिब ४४ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले वैशाखको विनाशकारी भूकम्प प्रभावित क्षेत्रबाट संकलन गरेको तथ्यांक का आधारमा क्षतिको अनुमान गरिएको हो। पर्यटन मन्त्री कृपासुर शेर्पाले मन्त्रालय मातहतका विभिन्न निकायबाट संकलन गरिएको तथ्यांकअनुसार एक महिनाको पर्यटन व्यवसाय पूर्णप्रभावित भएको जानकारी गराए। भौतिक संरचनामा पुगेको क्षतिको विवरणअनुसार ४३ अर्ब ९९ करोड रूपैयाँ बराबरको क्षति भएको उनको भनाइ छ। भूकम्पबाट पूर्णप्रभावित विभिन्न १० जिल्लाको तथ्यांकअनुसार नै यो क्षति अनुमान गरिएको हो। मन्त्रालयले होटेल संघ नेपाल, होमस्टे एसोसिएसन, ट्राभल तथा ट्रेकिङ एजेन्सीज, नेपाल पर्वतारोहण संघ, पुरातत्व विभागसहितका निकायबाट संकलन गरेको तथ्यांक आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमार्फत सार्वजनिक गरिएको हो। समितिको पर्यटन क्षेत्रसम्बन्धि छलफल कार्यक्रममा मन्त्री शेर्पाले भूकम्पले पर्यटन क्षेत्रमा पारेको असर र भौतिक तथा व्यापारिक संरचना क्षतिको अनुमानित विवरण सार्वजनिक गर

टेलिकमको रिचार्ज गर्ने नयाँ तरिका

नेपाल टेलिकमले रिचार्ज गर्ने नयाँ तरिका ल्याएको छ। पछिल्लो समय निकालेको रिचार्ज कार्डबाट उसले नयाँ तरिका ल्याएको हो। * ४१२* पिन नम्बर #  गरेर प्रिपेड मोबाइल रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ। पहिले *४११* पिन नम्बर # गर्नुपर्ने थियो । त्यस्तै पोस्टपेड मोबाइलमा भने *४१२ * पिन नम्बर * १० # डायल गरेर रिचार्ज गर्न सकिने छ। त्यस्तै १४१५ डायल गरेर पनि सो रिचार्ज गर्न सकिने छ।  अब एउटै रिचार्ज कार्डबाट GSM तथा CDMA मोबाइलमा रिचार्ज गर्न सकिने भएको छ।  रिचार्ज गर्ने नयाँ तरिका • 1415 डायल गरी प्राप्त निर्देशन अनुसार गर्ने • *412*Pin Code# डायल गर्ने वा  • http;//webrecharge.ntc.net.np मार्फत गर्ने Recharege भए नभएको थाहा पाउन ः • GSM प्रिपेडको लागि *400# वा 1415 डायल गर्ने • CDMA का लागि 1415 डायल गर्ने प्रकाशित मिति: आइतबार, जेठ २४, २०७२ १०:०३:०४

नेपाल आउने अधिकांश वायुसेवाको उडान कटौती

२४ जेठ, काठमाडौ । विनाशकारी भूकम्पको कारण देखाउँदै नेपालमा उडान गरिरहेका २८ वटा अन्तर्राष्ट्रिय वायुसेवामध्ये अधिकांशले उडान कटौती गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालक समितिका अध्यक्ष भरत श्रेष्ठले खाडी मुलुकबाट नेपाल आउने र जाने क्रम शुरु भइसकेकाले यी गन्तब्यका वायुसेवाले उडानमा खासै ठूलो परिवर्तन नगरे पनि अन्यले कटौती गरेको जानकारी दिए । पर्यटकीय गन्तब्यलाई केन्द्र बनाएर आउने र पर्यटक बोक्ने वायुसेवाले ७५ प्रतिशतसम्म उडान कटौती गरेको श्रेष्ठले बताए । विदेशी पर्यटक नभएपछि खाडी मुलुकबाट आउने र जाने नेपाली यात्रु बाहेकका वायुसेवा कम्पनीले बाध्य भएर उडान तालिका कटौती गरेको अन्नपूर्ण पोष्टमा खबर छ । नेपालमा पर्यटकको प्रमुख पर्यटकीय बजारका रुपमा चिनिएका चीन र भारतबाट पर्यटक आगमन अहिले ठप्प छ । दैनिक तीन वटा उडान गर्ने चिनियाँ वायुसेवाले साताको तीन वटामात्र उडान गरेको छ । अन्य वायुसेवा कम्पनीले पनि ब्यापक मात्रामा उडान कटौती गरेको उनको भनाई छ । पर्यटक घटेकै कारण नेपाल वायुसेवा निगमले थाइल्याण्डको दुई वटा टिकट खरिदमा एउटा टिकट

अब महिलाहरुले पनि उठेरै पिसाब फेर्न पाउने

प्रकृतिले नै ठगेको भन्नुपर्छ मुत्रांगको आकारकै कारण महिलाहरुका लागि उठेर पिसाब फेर्नु सहज हुँदैन । पुरुषहरु पिसाब लागेको बेला अलिक एकान्त ठाउँ देख्यो की केहीको ओत लागेर तुक्र्याइहाल्छन् तर महिलाहरुका लागि भने बसेरै केही बेर लगाएर पिसाब फेर्नुपर्ने भएकाले कि त झाडी जंगल वा खोल्साखाल्सी खोज्नुपर्यो कि त ट्वाइलेट नै । अझ पुरुषका लागि उठीउठी पिसाब फेर्नका लागि बनाइएका ट्वाइलेट त महिलाका लागि कामै नलाग्ने । यस्तोमा महिलाहरुका लागि दुइवटा विकल्प हुन्छन्- या त लामो समयसम्म पिसाब चेँपेरै बस्ने, या त उठेरै पिसाब फेर्ने पुरुषकै ट्वाइलेटमा जसोतसो पिसाब फेरेर शंक्रमणको खतरा झेल्ने । तर अब भने महिलाहरुको सामु तेश्रो विकल्प पनि उपलब्ध छ । त्यो हो पी बडी । अर्थात् पिसाब फेर्ने भाँडो । यो एउटा यस्तो किट हो जसको प्रयोग गरेर महिलाहरुले उभिएरै पिसाब फेर्न सक्छन् । भारतमा पहिलोपटक यो उपकरण बनाउने व्यवसायी दीप बजाजले बीबीसीलाई बताए अनुसार यो एक नली जस्तै किट हो जसको प्रयोग गरी महिलाहरुले उभिएरै पिसाब फेर्न सक्छन् । पिसाब फेरेपछि महिलाहरुले यसलाई फ्याँक्न सक्छन् । अर्थात् महिलाहरुलाई दुर्गन्धि

Left intact in quake, Namche Bazaar awaits tourists

Namche Bazaar. SOLUKHUMBU, May 29: Namche Bazaar, also known as the gateway of Mt Everest, that stood intact in the recent earthquake is now awaiting tourists. Thousands of domestic and foreign tourists en route to the world's highest mountain visit Namche Bazaar of Solukhumbu district every year to enjoy the scenic beauty of the place. However, rumors about devastation by quake have adversely affected tourism in the area. Angchhiring Sherpa, an hotelier, said, "Nothing except a few residential houses has been damaged here." Fear among tourists is natural, especially after the strong aftershocks that followed the devastating April 25 earthquake. But Namche Bazaar, which stood intact in the quake, is without tourists these days. "Namche is still safe for tourists to visit," Sherpa said. Both the earthquakes of April 25 and May 12 have inflicted minor damage to Namche Bazaar area. Only around 250 private houses in the rural areas of Namche have