Skip to main content

Posts

Showing posts from July, 2015

ट्रेकिङ एजेन्सी दर्ता गर्ने तरिका

परिचय ट्रेकिङ/ ट्राभल एजेन्सीका लागि लगभग एकै खालका प्रक्रिया र कागजातको आवश्यक पर्दछ | फरक पर्न गएमा दस्तुरमा थप-घट हुन सक्नेछ, भने बाँकि प्रक्रियामा समानता देखिन्छ | अत: ट्रेकिङ/ ट्राभल एजेन्सी संचालनका लागि विभिन्न कागजात तयार गरि, पर्यटन विभागबाट स्वीकृति लिन आवश्यक छ | सेवा ग्रहिले पेश गर्नु पर्ने कागजातहरु विवरण भरि निवेदकको सहिछाप सहितको रु. दशको टिकट टाँसेको दरखास्त फारम| दरखास्त दस्तुर वापत रु. १००/- तिरेको भौचर| फर्म/कम्पनि दर्ता प्रमाणपत्र, प्रमाण पत्र जारी भएको पत्र,प्रबन्ध पत्र, नियमावलीको प्रतिलिपि| सबै संचालक शेयरधनीहरुको व्यक्तिगत विवरण र २/२ प्रति फोटो| ( नैतिक पतन देखिने, फौजदारी अभियोगमा सजाय पाएको छैन| सरकारी राजश्व र अदालित दण्ड जरीवाना तिर्न बुझाउन बाकि छैन| कुनै पनि सार्वजनिक निकायबाट कालो सुचिमा परेको छैन भनि विभागमा उपस्थित भइ विभागको कर्मचारीको रोहवरमा सनाखत गर्नु पर्ने हुन्छ| सबै संचालकहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि| ट्राभल/ ट्रेकिङ एजेन्सी बाहेक उदेश्य भएको फर्म र कम्पनी भए प्रस्तुत इजाजतपत्र बाट ट्राभल/ट्रेकिङ व्यवसाय मात्र गर्ने कबुलिय

रिफर्बिस ल्यापटपबाट कसरी जोगिने ?

नेपालमा ल्यापटपको बजार निरन्तर बढ्दो छ । बजार बढ्दै जाँदा हरेकखालका उत्पादनमा विभिन्न खालका विकृतिहरु आउने गर्छन् । ल्यापटपमा पनि त्यहि भइरहेको छ । तीनै विकृतिमध्येको एक हो रिफर्बिस ल्यापटप, जसलाई व्यापारिक भाषामा ग्रे च्यानल पनि भन्ने गरिन्छ । के हो रिफर्बिस सामान ? रिफर्बिस भनेको पुराना सामानहरुलाई मर्मत गरेर पुनः बिक्री गर्नु हो । अन्तर्राष्ट्रिय प्रचलन अनुसार त्यस्ता सामानमा रिफर्बिस जनाउने स्टिकर लगाएर मात्र बिक्री गर्नु पर्छ । तर, नेपालमा त्यस्ता सामानहरु आयात गर्न प्रतिबन्ध भएकोले स्टिकरबिनै ल्याइन्छ । त्यसैले ग्राहकहरुले नयाँ भनेर किन्छन्  र ठगिन्छन् । यसरी ल्याइन्छ नेपालमा रिफर्बिस गरिएका सामान आधिकारिक रुपमा आयात नभई चोरी-निकासी गरिएका हुन्छन् । यसरी आउने सामान दुई थरिका हुन्छन् । पहिलो, पुराना रिफर्बिस वा रिकन्डिसन सामान र दोस्रो, अन्य कुनै देशको लागि बनेको वा बितरण गरिएको समान । रिफर्बिस सामानमा नेपालको बिक्रेताले कुनै पनि वारेन्टी पाएको हुँदैन । उसले आफ्नो मुनाफाबाट नै मिलाउने गरि बेचेको हुन्छ । अतः त्यस्ता सामान बिग्रिएर आएमा सकभर उसले कमसेकम खर्चमा कामचला

नवजात शिशु मारेर फाल्ने आमा पक्रा

सोलुखुम्बु– अाफैले जन्माएको नवजात शिशु  मारेर फाल्ने सोताङ–९ बस्ने २७ वर्षीया कमला वि.क.लाई प्रहरीले पक्राउ गरेको छ। विवाहित वि.क.ले साउन १० गते बिहान घर छेउको बारीमा छोरी जन्माई मारेर सोही ठाउँको लबुवा भिरमा लगेर फालेकी थिइन्। सो घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोलीले विहिबार उनलाई पक्राउ गरेको हो। शिशुको लास प्रहरीले पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाएको जनाएकाे छ। यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको प्रहरीकाे केन्द्रीय समाचार कक्षले जनाएकाे छ। प्रतिलिपि स्रोत:  नगरिक्  न्युज

ल्यापटप खरिद गर्दै हुनुहुन्छ? यी गल्ती कहिल्यै नगर्नुहोस्

अहिले ल्यापटपको प्रचलन बढ्दै गएको छ। जसका कारण विभिन्न कम्पनीले विभिन्न किसिमका ल्यापटपहरु बजारमा ल्याएका छन्। आफ्नो आवश्यकताअनुसारको ल्यापटप बजारमा छनौट गर्न सकिन्छ। जसको लागि यी गल्ती कहिल्यै गर्नुहुँदैन। १ ज्यादै ठूलो र ज्यादै सानो ल्यापटप लिनु हुँदैन  ज्यादै सानो ल्यापटमा काम गर्न धेरै नै असहज हुने गर्दछ । त्यस्तै ज्यादै ठूलो ल्यापटप खरिद गर्दा पनि यसलाई झोलामा राखेर कहि लैजान र ल्याउन समेत अहसज हुन्छ। त्यसैले सही आकारको ल्यापटप लिनु जरुरी हुन्छ। २ पोर्टमा विशेष ध्यान दिनुपर्छ नयाँ ल्यापटप खरिद गर्दा विभिन्न पोर्टमा ध्यान पुर्याउन जरुरी छ। युएसबी पोर्ट, कार्ड रिडर, हेडफोन र माइक्रोफोन पोर्ट ल्यापटपमा रहेका हुन्छन्। तर अव भने मल्टीपल पोर्टको जमाना आएको छ। ३ नयाँ ‘अपरेटिङ सिस्टम’ मात्रै नखोजौँ ग्राहकले अहिले नयाँ नयाँ ‘अपरेटिङ सिस्टम’को खोजी गर्ने गरेको पाइन्छ। विन्डोज आठको तुलनामा विन्डोज सात केहि सहज छ। अपरेटिङ सिस्टममा मात्रैै नभई यसको फिचर्समा पनि ध्यान पुर्याउन जरुरी छ।  केहि मानिसहरुले विन्डोज आठ वा म्याक खरिद गर्न चाहन्छन्। किनकी उनीहरुले यसलाई लेटेस्ट

जिल्ला खेलकुद बिकास समिती सोलुखुम्बु को अधक्ष्यमा डी. बि. रानापल नियुक्त

सोलुखुम्बु सल्लेरी : जिल्ला खेलकुद बिकास समिती सोलुखुम्बु को अधक्ष्यमा डी. बि. राना पाल लाइ राष्ट्रिय खेलकुद परिषद ले नियुक्त गरेको छ।विभिन्न आन्तरिक तथा बाह्य बाधा अबरोध को बाबजुद हिजो राष्ट्रिय खेलकुद परिषद ले उहा लाइ अधक्ष्य पद मा चार बर्षको लागि नियुक्ति दिएको हो। जिल्ला खेलकुद बिकास समिती सोलुखुम्बु मा अधक्ष्य पद को लागि उहाको यो दोस्रो कार्यकाल रहेको छ। सिंगो सोलुखुम्बु तथा मुलुक लाइ नै हित हुने गरि खेलकुद क्षेत्र मा बिगत मा भएका कमि कमजोरी लाइ सच्च्याउदै सोलुखम्बु को खेलकुद लाइ समग्र रुप ले बिकास गर्दै लैजाने र कुनै पनि भेदभाब बिना निस्पक्ष रुप ले अनुशासित खेलाडी हरु उत्पादन गरेर देश विदेश मा सोलुखुम्बु जिल्ला लाइ चिनाउदै आफ्नो काम कर्तब्य लाइ निष्ठा पुर्बक निस्पक्ष का साथ् आफ्नो कार्यकाल मा निर्बाह गर्ने कुरा अधक्ष्य डी बि रना पाल बताउनु भयो। सोलुखम्बु जिल्ला पर्यटकीय दृस्टीकोण ले एक मुलुक को प्रमुख गन्तब्य रहेको छ त्यसै अनुरुप खेलकुद को पनि चौतर्फी बिकाश गर्दै खेलकुद पर्यटन लाइ पनि संग संगै लैजादै हरेक क्षेत्र लाइ समेट्दै सोलुखुम्बु बाट राष्ट्रिय तथा अन्तरास्ट्रिय खेला

सुनको भाउ घटेको घट्यै, तोलाको २३ हजार !

काठमाडौं, १० साउन । सुनमा घटिरहेको भाउ देखेर यदि सुन किन्ने योजनामा हुनुहुन्छ भने केही समय अझै धर्य गर्नुहोस् । विशेषज्ञहरु भन्छन्- सुनको भाउ एक महिनाभित्र तोलको २३ हजारमा झर्न सक्छ । विश्लेषकहरुले यो धारणा सार्वजनिक गरेका हुन् । जसमा व्यापारीहरु पनि भन्छन् कि सुनको भाउ अझै घट्छ । उनीहरु भन्छन्-फेडरल रिजर्व ब्याजको दर बढ्ने सम्भावना बोलियो भएकाले भएकाले अमेरिकी डलरका कारण सुनको भाउ अझै घट्छ । सुनचाँदीका गहनाबारे चाँसो राख्ने कमट्रेंड्ज रिसर्चका डायरेक्टर ज्ञानशेखर त्यागराजनले भने-‘सुनको भाउ सुस्त छ । यो दर एक हप्तादेखि एक महिनाभित्र घटेर तोलाको २३ हजार देखि २३ हजार ५०० रुपैयाँ सम्म पुग्छ । उनको भनाई अनुसार भदौ महिना सुनको २३ देखि २५ हजारसम्म पुग्ने छ । तर, त्यसका लागि फेडरल रिजर्व बैंकले ब्याजको दर बढाउनुपर्छ । जुन एकदमै सम्भावनायुक्त छ । व्याजदर जति बढाएपनि सुनलाई केही असर गर्नेछैन् ।’ फेडरल रिजर्व बैंकको निर्णयसँगै नेपालमा पनि सुनको भाउ २५ देखि ३० हजारसम्म पुग्ने उनले बताए । अमेरिकी फेडरल रिजर्वद्वारा ब्याजको दरमा बढ़ोत्तरी गर्ने तयारी भइरहेको छ । यसमा अन्तिम निर्णय आउनेवित्त

नेपालमा जन्मिएका बालक दलाई लामाद्धारा दीक्षित, निङमा बौद्ध परम्पराको प्रमुख बने

आध्यात्मिक गुरु दलाई लामाले आफ्ना दिवंगत गुरु ट्रल्सिक रिम्पोछेको अवतारको रुपमा अनुमोदन गरेका नेपालमा जन्मिएका बालक ङवाङ तेन्जिन चोकीलाई तिब्बेतियन निङमा बौद्ध परम्पराअनुसार दीक्षित गरेका छन् । भगवान गौतमबुद्धले पहिलो पटक धर्मदेशना गरेको दिन धर्मचक्र प्रवर्तन दिवसको अवसरमा बालक तेन्जिनलाई गुरु दलाई लामाले भारतको धर्मशालामा दीक्षित गरेका हुन् । दलाई लामाले बालकको कपाल खौरेर गोप्य कालचक्रतन्त्र विधिबाट दीक्षित गराइएको स्रोतले जनाएको छ । धर्मशालामा लामागुरुहरुबाट त्रिरत्नलगायतका बौद्ध पाठ गरेका थिए । सन् २०१३ जुलाई २५ मा नेपालमा जन्मिएका बालक ङवाङ अब तिब्बतको सबैभन्दा पुरानो निङमा बौद्ध परम्पराको प्रमुख बनेका छन् । निग्मा बौद्ध परम्पराका प्रमुख गुरु टुलसिक रिम्पोछेको ४ वर्षअघि नेपालको सोलुखुम्बुमा  दिवंगत भएकोमा उनको पुनर्जन्मको रुपमा बालक ङवाङलाई मान्यता दिइएको हो । काठमाडौंका बाबु छोइलिङ टुल्कु ङवाल र आमा पाइलुङ छेवाङ डोल्माको कोखबाट जन्मिएका बालक ङवाङ दलाई लामाका धर्मगुरु र निग्मा बौद्ध परम्पराका प्रमुख गुरुको रुपमा रहनेछन् । बालक ङवाङ पछि सोलुखुम्बुको सबैभ

सोलुबासीले भने- 'राष्ट्रिय जनावर रेडपान्डा'

सोलुबासीले भने- 'राष्ट्रिय जनावर रेडपान्डा' बिहीबार ७ श्रावण, २०७२ नागरिक सोलुखुम्बु- हिमाली जिल्ला सोलुखुम्बुका अधिकांश नागरिकले राष्ट्रिय जनावर रेडपान्डा राखिनुपर्ने माग गरेका छन्। जिल्लाका ३० वटै गाविस र एउटा नगरपालिकामा लिइएको सुझावमा बहुसंख्यक नागरिकले राष्ट्रिय जनावर रेडपान्डा राख्न सुझाव दिएका हुन्। लिखित वा मौखिक रुपमा सुझाव दिने सोलुवासीले गम्भीर अपराधमा संलग्नलाई अनिवार्य मृत्युदण्डको सजाय संविधानमै राख्न सुझाव दिएका छन्। यस्तै राष्ट्रिय झन्डामा चन्द्रसूर्यको साटो नेपाललाई विश्वमा चिनाउने सगरमाथा राख्न पनि सुझाएका छन्। 'रेडपान्डा विश्वमै दुर्लभ जनावर हो, यसको संरक्षण गर्नु सबैका दायित्व हो, त्यसैले पनि रेडपान्डालाई नै राष्ट्रिय जनवार राखिनुपर्छ,' सामाजिक अभियन्ता गोम्बु शेर्पाले सल्लेरीमा मंगलबार आयोजित सुझाव संकलन कार्यक्रममा आफ्नो धारणा राखे। 'बलात्कारी, ज्यानमार्ने उद्योग जस्ता अपराधमा संलग्नलाई अनिवार्य मृत्युदण्ड दिइनु पर्छ,' अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष सुनिता किराँतीले भनिन्। 'अपराधीलाई मृत्युदण्ड नदिइने हो भने समाजमा अ

कुन महिनामा जन्मेका महिलाहरुको स्वभाव कस्तो ? जानीराखौं

अझैपनि कयौं मान्छेहरु ज्योतिषशास्त्रलाई आधार मानेर आफ्ना कामहरु अगाडि बढाउँछन् । तर, मान्छेको जीवनमा ज्योतिषशास्त्रको दृष्टिको हिसाबमा मान्छे जन्मेको महिनाले पनि धेरै फरक पार्छ । कुन महिनामा जन्मेका महिलाहरुको स्वभाव कस्तो हुन्छ  वैशाख:-  यो महिनामा जन्मिएका महिला सामान्यतय सुन्दर आँखा भएकी हुन्छन् । यी महिलाको स्वभाव सरल र सहज हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । यी महिलाहरू कम खर्च गर्ने तर धेरै क्रोध भएका हुन्छन् । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ ।  जेठ:-  जेठ महिनामा जन्म लिएका महिलाहरू उत्तम बुद्धि भएका हुन्छन् । यी महिलाहरूका लागि जीवनमा आइपर्ने कुनैपनि कार्यहरूमा समस्या हुँदैन् । यी महिलाहरू तिर्थधर्म गर्नेमा अगाडी हुन्छन् । उनीहरूको जीवनमा सुख र धन सहजै प्राप्त हुन्छ ।  असार:-  असारमा जन्मिएका महिलाहरू मीठो बोली बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ । कडा मेहनत र संघर्षमा पनि उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ ।  साउन:-  साउन महिनालाई पवित्र र शुभ महिना मानिन्छ । 

Kyabje Thrulshik Rinpoche has manifested an incarnation once again.

"In this moment of joy, method to share with you a happy and extraordinary good luck of the law. 】 Holiness the 14th Dalai Lama and Nyingma Wu Jinmin Zhuo Lin Chi Chin, 12th Lord-min Lin Chiqin of the premier us-Kun sangjimeirenboqie (Minling Thrichen, Gyurmey Kunzang Jigmey Rinpoche) noble chuxiya wangqueji common certification Luo Zhuo (Thrulshik Ngawang Choki Lodroe) Rinpoche's reincarnation. Method of noble-sensitive Lin Chiqin Wang Yujing view dream of the noble chuxiya wangqueji Luo Zhuo (Thrulshik Ngawang Choki Lodroe) Rinpoche's reincarnation. Boy's father was zugunawang autumn beijiacuo (Tulku Ngawang Choepal Gyatso), mother into Mong Kok flower (Tsewang Drolma) wangtianren Luo Zhuobo SAL (Ngawang Tenzin Lodroe Rabsel). May it be distinguished chuxiya wangqueji Luo Zhuo (Thrulshik Ngawang Choki Lodroe) Rinpoche's reincarnation, Dharma successfully without interruption and can make an excellent heritage hold. Minzhuolindama teacher Li A

मस्तिष्क घात, छाला क्यान्सर लगायतका रोगहरुबाट छुटकारा पाउन पुदिना सहितको पेय पदार्थ सेवन गनुहोस् ।

मस्तिष्क घात, छाला क्यान्सर लगायतका रोगहरुबाट छुटकारा पाउन पुदिना सहितको पेय पदार्थ सेवन गनुहोस् जादुमई विशेषता भएको यो ग्रिन टी, सुन्तला र पुदिना सहितको पेय पदार्थ सेवन गरेर शरीरमा भएको विकारहरुबाट सहजै छुटकारा पाउनुहोस् । यदि तपाई आफ्नो तौल र शरीरमा भएको विकारलाई नाश पार्न चाहनुहुन्छ भने हरियो चिया, सुन्तला र पुदिना सहितको पेय पदार्थ आदर्श सावित हुन सक्छ । तसर्थ यो पेय पदार्थ शरीरको संपूर्ण समस्याहरुबाट सहजै छुटकारा पाउनका लागि प्रयोग गर्न सिफारीस गरिन्छ । १. हरियो चिया(ग्रिन टी) हरियो चियाले शरीरको अंगहरुलाई सक्रिय पार्नुका साथै यसले बोसो तथा चिल्लोलाई सोस्ने काम गर्छ । यसले मेटाबोलिज्ममा अनौठो सुधार ल्याउँछ । दैनिक एक कपा हरियो चिया सेवन गर्नाले मुटु जन्य समस्याहरु, मस्तिष्क घात, छाला क्यान्सर, जार्नी जन्य पीडा तथा सुनिने समस्याहरु, रगतमा चिनीको मात्रा उच्च, उच्च रक्तचाप, रुघाखोकी, फ्लू लगायतका समस्याहरुमा कमि आउँछ । २. सुन्तला पोषण तत्व तथा विषादी नाशक गुण भएका कारण सुन्तलालाई अति मुल्यवान फलको रुपमा लिइन्छ । यसमा अनावश्यक चिल्लो पदार्थको मात्रा सुन्य बराब

खुम्बुका व्यवसायी भन्छन् – कर तिर्न मधेस झरिँदैन २५ करोड बढी राजस्व गुमाउँदै छ सरकार

बिक्रम श्रेष्ठ २१ असार, सोलु । बिश्वको सर्बाेच्च शिखर सगरमाथा रहेको जिल्ला सोलुखुम्बु भ्रमण गर्न बार्षिक ३५ हजार भन्दा बढी बिदेशी पर्यटकहरु आउँछन् । बिशेष गरी चौरीखर्क, नाम्चे र खुम्जुङ उनीहरुको ट्रेकिङ रुट पर्दछ । सामान्यतया एक जना बिदेशीले १३ दिनदेखि एक महिनासम्म घुमफिर गर्दै खुम्बुमा समय बिताउँछ । खुम्बुमा ‘अटम’ र ‘स्प्रीङ’ सिजनमा गरी करिब ६ महिना पर्यटकहरुको भिड नै लाग्ने गर्दछ । ती पर्यटकहरुको सेवा सुबिधाका लागि खुम्बुमा २ सय ३० भन्दा बढी सुबिधा सम्पन्न होटल तथा लजहरु संचालनमा छन् । त्यस ६ महिनामा होटलको क्षमता र सुबिधा अनुसार त्यहाका होटल ब्यवसायीहरुले एउटा होटलबाट ३० लाखदेखि २ करोड रुपैयाँसम्म कारोबार गर्दछन् । तर ती होटल तथा लजहरु राज्यको करको दायरामा नल्याईंदा बार्षिक २५ करोड भन्दाबढी राजस्व गुम्ने गरेको छ । खुम्बुमा रहेका २ सय ३० भन्दा बढी होटलहरुमध्य ९० प्रतिशत होटल तथा लज संचालकहरुले राज्यलाई कर नतिर्ने गरेको पाइएको छ । ती होटलहरु जस्ले बार्षिक ३० लाखदेखि २ करोडसम्म कारोबार गर्ने गर्दछ भने ५० प्रतिशत भन्दा बढी नाफा राख्ने नाम नबताउने सर्तमा सो क्षेत्रबारे

कस्तो छ तपाईको खुट्टाको औलाको बनावट ? यसरी थाहा हुन्छ आफ्नो भबिस्य जानी राखौ

ज्योतिष विज्ञान भन्छ, खुट्टाका आकार र बनोटका आधारमा मानिसहरुका स्वभाव र आचरण र भविष्य बताउन सकिन्छ। शरिरका अंग लक्षण हेरेर मानिसको भविष्य बताउने विधीको वर्णन ज्योतिष विज्ञानमा गरिएको छ।ज्योतिषको एक महत्वपुर्ण आधार सामुद्रिक शास्त्रमा मानिसको टाउको देखि खुट्टा सम्मका अंगका विशेष लक्षणहरु उल्लेख छ। अंगहरुको बनावट, आकार, रंगबाट मानिसको रहस्य पत्ता लाग्ने र भविष्यको बारेमा जानकारी हासिल गर्न सकिने तरिका सामुद्रिक शास्त्रमा उल्लेख छ।जोसुकै मानिसहरुको खुट्टाको औलाहरुको बनोट हेरेर सहजै व्यवहार, विचार र कार्यक्षेत्रका बारेमा बताउने सकिन्छ। हावी हुने मानिस:  जो मानिसको खुट्टाका औंलाहरु घट्दो क्रममा हुन्छन् यी मानिसहरु अन्य माथि हावी हुन चाहन्छन् । यस्ता मानिसहरु आफ्ना अधिकारका बारेमा सजक हुन्छन्। यी मानिसहरु चाहन्छन कि उनीहरुलाइ मान सम्मान प्राप्त होस र सवैले उनीहरुको कुरा अक्षरस पालन गरुन । यदी घर परिवारमा वा समाजका कोही मानिसहरु उनीहरुको इच्छा अनुसार नचले रिसाउने गर्दछन्। यस्ता किसिमका खुट्टाका औला भएका मानिसहरु आफ्ना जीवनसाथीमाथि आवश्यक्ता भन्दा बढि हावी रहन्छन्। कडा परिश

नेपालका नाममा जो पनि माग्दै

असार २० - अमेरिकामा सन् २०१२ अक्टोबरमा स्यान्डी समुद्री आँधी नआउँदै त्यसका पीडितका सहयोगार्थ भन्दै हजारभन्दा बढी वेबसाइट दर्ता गरिए। आँधीको सम्भावनासँगै सरकारले सावधानी अपनाउन सूचित मात्र के गरेको थियो, राहत संकलकको बाढी आयो। नक्कली राहत संकलकबारे सीएनएनले नोभेम्बर ११, २०१२ मा लेखेअनुसार इन्डिएगोगो नामक क्राउड फन्डिङ साइटका ३२ पृष्ठ त्यस्तै कथित दाताका लिंकले भरिएका थिए। तीमध्ये धेरै नक्कली पाइए। इन्डिएगोगोमै ‘नेपाल अर्थक्वेक’ सर्च गर्ने हो भने अहिले त्यही अवस्था छ। नेपालका नाममा सहयोग माग्नेहरू पनि ३२ पृष्ठभन्दा बढी पुगिसकेका छन्। क्राउड फन्डिङ यस्ता साइट हुन्, जसले कुनै प्रयोजनमा रकम जुटाउन चाहनेलाई सामाजिक सञ्जालमा जस्तै छुट्टै पृष्ठ प्रदान गर्छन्। त्यसमार्फत उठेको रकमको निश्चित प्रतिशत कमिसनस्वरूप असुल्छन्। संसारमै अति नाफा हुने व्यापार यो पनि हो। त्यस्ता साइट दर्जनौं छन्। तीमध्ये बढी प्रचलित इन्डिएगोगो, गोफन्डमी, ग्लोबलगिभिङ, किकस्टार्टर, टिस्प्रिङ, प्याट्रोन, युकेयरिङ, क्राउडराइज, डोनर्सचुज, किभा, गिभफर्वाडलगायत हुन्। ती सबैमा भूकम्पपीडित नेपालीको सहयोगार्थ भन्

सामाजिक सञ्जालले टुटाउँदै दाम्पत्य सम्बन्ध

काठमाडौं, असार १९ - महानगरको मध्य सहरी इलाकामा घर, श्रीमान सरकारी स्वामित्वको कम्पनीमा जागिरे त, श्रीमती नाम चलेको स्कुलमा शिक्षिका । दसवर्षे छोरा र माया गर्ने सासूससुरा भएको नैना श्रेष्ठ (नाम परिवर्तन) को जीवन हाँसीखुशी थियो । ससाना व्यक्तिगत कुरा पनि सामाजिक सञ्जालमा साथीसँग सेयर गर्ने बानीका कारण सम्बन्ध विच्छेद गर्ने अवस्था बन्यो । उनको विवाद थाहा पाएका वकिलका अनुसार नैनाको ससाना  व्यक्तिगत कुरा पनि अमेरिका बस्ने सहपाठी साथीलाई फेसबुकको इन्बक्समा भन्थिन् । फेरी साथीलाई भनें भनेर श्रीमानलाई सुनाउँथिन । यस्तो क्रम चल्दै जाँदा श्रीमानको मनमा श्रीमतीका लागि आफूभन्दा साथी नजिक भएको महसुस हुन थाल्यो । उनको असन्तुष्टी प्रकट हुन थाल्यो । श्रीमान(श्रीमतीबीच विवाद बढ्न थालेपछि नैनाले पासपोर्ट बनाउन खोजिन्, श्रीमान थप संशकित भए । सम्बन्ध विच्छेद भए थोरै सम्पत्ति दिएर काम चलाउने उद्देश्यले श्रीमानले बावुआमासँग अंश लिइसकेको भर्पाईको कागज बनाए । यसपछि नैनाले पनि विश्वास गर्न सक्ने अवस्था नरहेको भन्दै सम्बन्ध विच्छेदको मुद्दा हालिन । पाँच महिनाअघि दुवै अलग भए ।            ‘फेसबुकमा साथील

कसरी चलेको होला गगन थापाको गुजारा ?

गगन थापा, सभासद मेरो पुख्र्यौली थलो सोलुखुम्बु हो । मेरो बुवा सरकारी इन्जिनियर हुनुहुन्थ्यो । सिन्धुपाल्चोकको सुनकोसी पावरहाउसबाट बुवाले जागिर सुरु गर्नुभएको हो । म त्यहीबेला नै काठमाडौंमा जन्मेको हुँ । तर, मेरो प्रारम्भिक बाल्यकाल सिन्धुपाल्चोकमा बित्यो । हाम्रो काठमाडौं रातोपुलमा घर छ । मैले दुई कक्षादेखि काठमाडौंमा पढेको हुँ । त्यसपछि काठमाडौंमै बसेँ, हुर्कें । म एक प्रकारले काठमाडौंकै बासिन्दा हुँ । मैले ०४८ सालमा एसएलसी पास गरेको हुँ । बुवा सरकारी सेवामै हुनुहुन्थ्यो । योसँगै हाम्रो व्यवसाय पनि थियो– पुस्तक पसल, पब्लिकेसन । मैले सानैदेखि हाम्रो व्यवसायलाई नियाल्ने मौका पाएँ । त्यतिबेला एसएलसी पास भएपछि ६ महिनाजति खालि बस्नुपथ्र्यो । बुवाले पनि ‘पकेट खर्च चाहिने भए काम गर’ भन्नुहुन्थ्यो । त्यतिबेला मैले पसल, पब्लिकेसनमा काम गरें । काम गर्ने बानी पर्यो । भनौं, पैसा कमाउने लत लाग्यो । पछि हाम्रो परिवारले पसल र पब्लिकेसनको व्यवसाय छाड्यो । म त्रिचन्द्र कलेज भर्ना भएँ । यसबीचमा मैले ट्युसन पढाएँ । मैले घर–घर गएर र आफ्नै घरमा विद्यार्थी बोलाएर पनि पढाएँ । यहीबीचमा मैले एफएम रेडिय