Skip to main content

Posts

Showing posts from August, 2015

सामर्थ्यको कसीमा प्रदेश नं १ सबल राज्य

हाल मुलुकलाई संघीय शासन प्रणालीमा लैजानका लागि ६ वटा प्रदेशहरुको प्रस्ताव गरिएका छन् । जसमा नेपाल गणराज्यको सुदुर पूर्वी क्षेत्रमा प्रदेश नंं–१ भनेर एउटा राज्य प्रस्ताव गरिएको छ । उक्त राज्यको सामथ्र्यगत हैसियतको समान्य विश्लेषण मात्र यस लेखको मूल ध्यय हो । सामथ्र्यको दृष्टिकोणले प्रस्तावित प्रदेश–१ ( ….. राज्य) अन्य राज्य भन्दा कुनै पनि हालतमा कम र्छैन र, पछि पर्ने सम्भावना पनि देखिँदैन । पूर्वी नेपालमा हाल कायम रहेका हिमाली–३, पहाडी–८ (उदयपुर भित्री मधेश सहित), तराई–३ गरी जम्मा १४ वटा जिल्लाहरु समेटेर प्रस्ताव गरिएको नं.–१ राज्य सघीय गणराज्य नेपालको एक नम्बर स्थानमै आउन सक्ने प्रशस्त सम्भावनाहरु देखिन्छन् । प्राकृतिक एवम् भौगोकि बनावट, आर्थिक–सामाजिक तथा पूर्वधार विकासका आयमहरु सरसती हेर्दा प्रस्तावित छ राज्यहरु मध्ये सबैभन्दा सन्तुलित राज्य यहि नै देखिन्छ । नेपालको सन्दर्भमा विकासका पूर्वधारको रुपमा शिक्षा, सञ्चार, यातायात, उर्जा, वाणिज्य, साधन–स्रोत, जनशक्ति आदि प्रमुख हुन् । यस सन्दर्भमा प्रस्तावित एक नम्बर राज्यको वर्तमान अवस्था विश्लेषण गर्दा यो राज्यले चाँडै विकासको गत

छम्जी शेर्पा लाई सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै कान्छी आरोहीको उपाधी

सोलुखुम्बु गुदेलकी निमाछम्जी शेर्पा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै कान्छी आरोहीको रेकर्ड कायम गराउन सफल भएकी छिन् । उनलाई बुधबार गिनिज वर्ल्ड रेकर्डले दक्षिणी मोहडाबाट सगरमाथा आरोहण गर्ने विश्वकै कान्छी आरोहीको प्रमाणपत्र पठाएको हो । निमाछम्जीले २०६९ जेठ ६ गते शनिबार सगरमाथा आरोहण गरेकी थिइन्। आरोहण समयमा निमाछम्जी १६ वर्ष ६ महिनाकी थिइन्। प्रमाणपत्र पाएपछि निमाछम्जीले खुसी हुँदै भनिन्’, ‘बुधबारमात्रै साउथ साइडबाट सगरमाथा चढ्ने कान्छी आरोहीको उपाधि पाएँ, एकदमै खुसी लागेको छ ।’ रेकर्ड पाउन झन्डै तीन वर्ष पर्खनुपरेको उनले सुनाइन् । उनले सगरमाथा आरोहण गरेपछि उनका बुबा डेन्डी छोरीको रेकर्ड कायम गराउन लागिपरेका थिए। १८ जनाको समूहमा निमाछम्जीसँगै उनका बुवा डेन्डी पनि सगरमाथा चुचुरामा पुगेको थिए । बुवाछोरी एकैपटक सगरमाथा आरोहण गरेको पहिलो घटना भएको जनाउँदै गिनिज बुकले उनीहरूलाई पहिलो बुवाछोरी सगरमाथा आरोही भएको रेकर्ड पनि दिने भएको छ । हाल राजधानीको बौद्धमा बस्दै आएकी निमाछम्जीले जोरपाटीमा रहेको हिमालयन इन्टरनेसनल मोडल उमाविबाट प्लस टु सकिन् । आफ्नो उद्देश्य पहिलेद

इजरायल जान सरकारले मापदण्ड तोक्यो, हिब्रु भाषा जान्न नपर्ने

सरकारले इजरायल जान मापदण्ड तय गरेको छ। श्रम तथा रोजगार मन्त्रालयले इजरायल जानका लागि नेपाली कामदारको मापदण्ड तय गरेको हो । २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको महिला वा पूरुष, हाइट ५ फिट भएको, तौल ३८ केजीभन्दा माथि रहनुपर्ने मापदण्ड  तय भएको श्रमराज्यमन्त्री टेकबहादुर गुरुङका सल्लाहकार रमेश कोइरालाले जानकारी दिए ।   साथै मान्यताप्राप्त संस्थाबाट ३ महिना केयर गिभरसम्बन्धी तालिम लिनुपर्ने इन्टरमिडिएट लेवलको अंग्रेजी भाषा जान्नुपर्ने पनि मापदण्डमा उल्लेख रहेको मन्त्रालयका निमित्त सचिव सूर्य श्रेष्ठले जानकारी दिए । श्रीमान, श्रीमती, छोराछोरी र आफन्त इजरायलमा भए त्यस्तालाई नपठाउने कोइरालाले बताए ।   मेडिकल फिट र आपराधिक गतिविधिमा सम्लग्न नभएकाहरु पनि इजरायल जान सक्ने उनले बताए। इजरायल जानका लागि हिब्रु भाषा आवश्यक नभएको मन्त्री गुरुङले बताए । इपीएस मोडेलमा दक्षिण कोरियाजस्तै इजरायलमा पनि कामदार पठाउन लागेको उनले बताए ।   इजरायलले ५ वर्षदेखि नेपाली कामदार लैजान रोक लगाएपनि गत शुक्रबारबाट केयर गिभरमा कामदार लैजान सम्झौता गरेको छ । पहिलो चरणमा दसैंअघि ६० जना नेपाली महिला कामदार त्

कुन जिल्ला कुन प्रदेशमा ? हेर्नुहोस्….

लामो समय सम्मको विवाद र बहस पछि मुख्य दलहरुबीच ६ प्रदेशमा सहमति भएको छ । बिहानै देखि छलफलमा जुटेका शीर्ष नेता सहितको संवैधानिक राजनीतिक संवाद तथा सहमती समिति अन्तर्गतको विशेष समितिको बैठकमा तराईमा २ प्रदेश र पहाडमा ४ प्रदेश बनाउने गरी सहमति जुटाएका हुन् । प्रदेशको नामांकन भने भैसकेको छैन । स्रोतका अनुसार कैलाली र कन्चनपुरलाई नछुट्याउने तथा झापा, मोरङ र सुनसरीलाई पनि पहाडी जिल्लासँग जोडेर एकै प्रदेशमा राख्ने गरी सहमति जुटेको छ । दलहरु बीच भएको सहमति संगै संविधान जारी गर्ने बाटो सहज भएको छ । सहमति अनुसार दलहरुबीच भएको प्रदेशको सिमांकन यसप्रकार छ : प्रदेश १ : मेची र कोशी अञ्चलका सबै जिल्ला सगरमाथाको सोलुखुम्बु, खोटाङ, उदपयपुर र ओखलढुंगा प्रदेश २ : पर्सादेखि सप्तरीसम्मको तराई पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही प्रदेश ३ : बागमती अञ्चलका सबै जिल्ला, नारायणिको मकवानपुर र चितवन तथा जनकपुरको सिन्धुली, दोलखा र रामेछाप बाग्मती अञ्चल : भक्तपुर, धादिङ, काठमाण्डू, काभ्रे, ललितपुर, नुवाकोट, रसुवा सिन्धुपाल्चोक प्रदेश ४ : गण्डकी र धवलागिरी अञ्

विश्वको सर्वोच्च स्थानमा खुम्जुङ फुट्बल

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको गाविस खुम्जुङमा फुटवल प्रतियोगिता उपलब्ध भएको छ । ३ हजार ७ सय ९० उचाईमा खुम्बु फाङ्गी कप २०७२ आयोजना भइरहेको छ ।  खेलमा ६ समूह सहभागि छन्, खेल नकआउटको आधारमा भइरहेको खेल संयोजक पासाङ छिरिङ शेर्पाले जानकारी दिए । खुम्बु क्षेत्रका ३ गाविसका क्लबबाट खेलमा सहभागि छन् । फ्रेण्डशिप क्लव लुक्ला, नाम्चे युवा क्लब, नाम्चे स्कूल, खुम्जुङ युथ क्लव, पांवोचे आमादब्बलङ युवा क्लव र ठमिचो युवा समूह रहेका छन् ।  प्रतियोगितामा  पहिलो खेल खुम्जुङ युवा क्लवले १ क विरुद्ध फ्रेण्डशिप युथ क्लवलाई २, दोस्रो खेलमा ठमिचो युथ क्लवले १ का विरुद्ध आमादब्बलङ युथ क्लव छन् । सेमीफाइनल नाम्चे युवा क्लव र फ्रेण्डशीप युवा क्लव र ठमिचो युवा समूह र हिमालयन प्रावि नाम्चेवीच खेल हुने छ । 

पदयात्राका लागि सगरमाथा क्षेत्र सुरक्षित, क्षति १७ प्रतिशतमात्र

२२ साउन, काठमाडौं । पदयात्राका लागि बहुचर्चित खुम्बु (सगरमाथा) क्षेत्र सुरक्षित रहेको प्रतिवेदन सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय ख्यातीप्राप्त मियामोतो नामक संस्थाले खुम्बु पदमार्गको गहिरो अध्ययन गरि शुक्रबार यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । मियामोतो इन्टरनेशनलले खुम्बु क्षेत्रको प्राविधिक एवं भौगर्भिक अध्ययन गरेको थियो । मियामोतोको प्रतिवेदनमा खुम्बु पदमार्गमा रहेका होटल, बाटो तथा पुलहरु सुरक्षित रहेको उल्लेख गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भूकम्पपछि पदयात्रा क्षेत्रको वास्तविक अवस्थाका बारेमा अध्ययन गर्न मियामोतो इन्टरनेशनललाई जिम्मा दिएको थियो । मियामोतोले खुम्बु क्षेत्रका १५ गाविसमा ७ सय १० वटा भवनको अध्यन गरेको थियो । जसमध्ये ८३ प्रतिशत भवन सुरक्षित रहेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै मियामोतो इन्टरनेशनलका किट मियामोतोले बताए । भूकम्पले १७ प्रतिशत अर्थात एक सय २० भवनमा मात्र क्षति पुगेको उनको भनाई छ । पदमार्गमा रहेका मूल्य ९ पुलमा भूकम्पले खासै ठूलो क्षति नपुर्‍याएको प्रतिवेदनमा उल्लेख छ । क्षति पुगेका संरचनाहरुको पनि स्थानियहरुले

Highway to Everest: Road to cross Dudh Koshi by year-end

Everest ready to welcome tourists KATHMANDU, AUG 07 - The construction of the first motorable road linking the Everest region is planned to be completed in two years. Dubbed Everest Highway, it has reached Taksindu and will be extended across the Dudh Koshi River by the end of this fiscal year, said Nepali Congress lawmaker Bal Bahadur KC on Thursday. In the last fiscal year, the government started building a 22-km road from Salleri, the district headquarters of Solukhumbu, to Surkhe village, a two-hour walk from Lukla where there is an airport that serves as the gateway to the Everest region. Khumbu locals have urged the government to extend the planned road to Chaurikharka, which lies 2 km from Surkhe. Surkhe lies at an elevation of 2,289 m. The road is expected to help ease transportation of supplies from urban centres to the mountain region. As per the government’s long-term plan, a 100-km motorable road will be built linking Salleri and Jiri. “Khumbu tour

भगवान भरोसामा फाप्लु बिमानस्थल

बिक्रम श्रेष्ठ सोलुखुम्बु १८, साउन : पहाडी क्षेत्रकै ब्यस्त मानिने सोलुखुम्बुको फाप्लु बिमानस्थललाई तारबार नगरिदा बिमानस्थलको सुरक्षामै खतरा बढेको छ । करिब १ वर्ष अघि कालोपत्रको काम सम्पन्न भएपछि पहिलेको तुलनामा निक्कै ब्यस्त रहने सदरमुकाम नजिकैको उक्त बिमानस्थलको कहीँ पनि तारबार लगाइएको छैन । लम्बाई ६ सय ५० मिटर तथा चौडाई २० मिटर धावनमार्ग भएको उक्त बिमानस्थल कालोपत्रे गरिएपनि तारबार नगरिदा बिमानस्थलको सुरक्षा नै फितलो बनेको छ । बिमानस्थलको धावनमार्गमा जहाज अबतरण गर्ने समयमा कुकुर पस्ने, मानिसहरु समेत ओहोरदोहोर गर्ने गरेको पाइएको छ । तारबार नभएकै कारण जहाज अबतरण गर्ने क्रममा बिमान सुरक्षाका लागि खटिएका प्रहरीहरुले मात्रै जहाज अबतरण हुने समयमा धावनमार्गको पुर्ण जिम्मेवारी लिन सकेका छैनन् । बिमानस्थलको ठिक माथि सडक रहेकाले बिमानस्थलको वरिपरि सर्बसाधरणको बढी चाप रहने गर्दछ । बिमानस्थलका सुरक्षाकर्मीहरुले बेवास्ता गर्दा सर्बसाधरणहरु समेत स्वतन्त्र रुपमा धावनमार्गमा हिडिरहेका हुन्छन् । बिहानीको समयमा मात्रै उडान भर्ने फाप्लु बिमानस्थलमा दैनिक ३० वटा सम्म जहाज अबतरण हुने गर्द

Lukla Airport, Nepal - The Most Dangerous Airport in the World ??

Lukla airport also know as Tenzing-Hilary Airport Mt. Everest Region Nepal. It is one of the most dangerous and beautiful airports in the World. Tenzing-Hillary Airport (IATA: LUA, ICAO: VNLK), also known as Lukla Airport, is a small airport in the town of Lukla,[2] in Khumbu, Solukhumbu district, Sagarmatha zone, eastern Nepal. A program titled Most Extreme Airports, broadcast on The History Channel in 2010, rated the airport as the most dangerous airport in the world.[3] In January 2008 the airport was renamed in honor of Sir Edmund Hillary and Sherpa Tenzing Norgay, the first people to reach the summit of Mount Everest and also to mark their efforts in the construction of this airport.[4] The airport is popular because Lukla is the place where most people start the climb to Mount Everest Base Camp. There are daily flights between Lukla and Kathmandu during daylight hours in good weather. Although the flying distance is short, rain commonly occurs in Lukla while the