Skip to main content

Posts

Showing posts from November, 2015

अब किसानलाई पनि पेन्सन

निश्चित उमेर पूरा गरेपछि सेवाबाट अवकाश प्राप्त कर्मचारीले पाउने पेन्सनजस्तै अब किसानले पनि पेन्सन पाउने भएका छन्। किसानको वर्गीकरणका आधारमा ६० वर्ष पूरा गरेका किसानलाई सरकारले पेन्सन उपलब्ध गराउने तयारी गरेको छ। पेन्सन र अन्य सरकारी सुविधा उपलब्ध गराउन सरकारले किसानलाई चार समूहमा वर्गीकरण गरी किसान परिचयपत्र वितरण गर्न थालेको छ। कृषि विकास मन्त्री हरिवोल गजुरेलले समाजमा कृषि पेसालाई सम्मानपूर्वक हेर्ने दृष्टिकोण स्थापना गर्न किसानका लागि पेन्सन र बिमाको व्यवस्था गर्न लागिएको जानकारी दिए। उनका अनुसार पेन्सन र बिमाको व्यवस्था गर्न राष्ट्रिय कोष स्थापना गरिनेछ।  व्यावसायिक कृषिका माध्यमबाट मुलुकलाई आत्मनिर्भरको बाटोमा डोर्‍याउन उत्पादनमा वृद्धि गर्नुपर्ने भएकाले मन्त्रालयले जतिसक्दो धेरै नागरिकलाई कृषि पेसामा फर्काउन पेन्सनको व्यवस्था गर्न लागेको हो। 'कृषि क्षेत्रमा अहिले दक्ष जनशक्तिको अभाव छ। मन्त्री गजुरेलले भने, 'पेन्सनको लोभ देखाएर भए पनि नागरिकलाई कृषि क्षेत्रमा आकर्षण गर्न सकिन्छ भनेर यो सुविधा ल्याउन लागेका हौं।'  यो योजना कहिलेदेखि सुरु गर्ने, कुन वर्ग

अनलाइनमा निःशुल्क सिक्न सकिन्छ यी ६ कुरा

तपाइँ कुनै नयाँ भाषा सिक्न चाहनुहुन्छ ? डिजाइनिंग गर्न तथा राम्रो खाना पकाउन चाहनुहुन्छ तर कुनै ट्युसन इन्स्टिच्युटमा गएर सिक्नका लागि समय वा फुर्सद छैन भने चिन्ता नलिनुस् । सूचना प्रविधिको यो दुनियामा तपाइँले यी सारा कुराहरु घरमै बसीबसी सिक्न सक्नुहुन्छ, त्यो पनि विल्कुलै निशुल्क रुपमा । अनलाइनमा निशुल्क रुपमा सिक्न सकिने केही कुराहरु यी हुन्ः फोटोग्राफीः  फोटोग्राफीको आधारभुत ज्ञान तथा तौरतरिका तपाइँले www.photographycourse.net मा गएर सिक्न सक्नुहुन्छ । यो वेबसाइटमा स्किल लेभल अनुसारका सामाग्रीहरु उपलब्ध हुन्छन् । www.photo.net/learn नामक वेबसाइटमा तपाइँले व्यवसायिक फोटोग्राफरका विभिनन उपयोगी आलेखहरु पढ्न पाउनुहुन्छ, जसबाट तपाइँले फोटोग्राफी कलामा निखार ल्याउन सक्नुहुन्छ । फोटोग्राफीसँग सम्बन्धित शव्द तथा शव्दावलीका विषयमा जानकारी पाउनका लागि डीपीरिभ्यू डटकममा जान सक्नुहुन्छ । एन्ड्रोइड प्रयोगकर्ताका लागि ग्रेगरीको ट्युटोरियल निकै उपयोगी हुनेछ ।  भाषाः  केही भाषाहरुको सिकाइ अन्य भाषाहरुको तुलनामा निकै सजिलो हुन्छ । तपाइँलाई अंग्रेजी राम्रोसँग आउँछ भने

अब पाँच दिनमै राहदानी बन्ने

७ मंसिर । परराष्ट्र मन्त्रालयले द्रुतसेवाअन्तर्गतको राहदानी चार या पाँच दिनमै सर्वसाधारणले पाउनेगरी व्यवस्था मिलउने तयारी गरेको छ । मन्त्रालय अन्तर्गतको केन्द्रीय राहदानी विभागले अत्यावश्यक प्रयोजनका लागि सर्वसाधारणले आवेदन दिएको चार या पाँच दिनभित्र राहदानी वितरण गर्नका लागि विभागले लाइभ इनरोलमेन्ट सेवा सोमबार सुरु गर्ने अन्नपूर्ण पोस्टमा खबर छ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले सोमबार परराष्ट्र मन्त्रालयमा उक्त सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । द्रुतसेवामा पासपोर्ट आवेदन दिने सर्वसाधारणले बाहिर भिन्ने फोटो खिचाउनुपर्ने छैन् । लाइभ इनरोलमेन्ट सेन्टरमा खटिएकै कर्मचारीले सर्वसाधारणको फाटो खिच्नेछन् । त्यस्तै सर्वसाधारणको विद्युतीय हस्ताक्षर पनि आवेदन दिँदा नै लिइनेछ ।

यी हुन संसारका ‘युनिक’ बिशेषता भएका विमानस्थल (फोटोहरु)

Courchevel Airport, France Lukla Airport,Nepal Male Airport, Maldives Barra Airport, United Kingdom Madeira, Portugal Princess Juliana Airport, Sint Maarten Gibraltar Airport, Gibraltar

How To Manage Blood Pressure Naturally

एभरेष्ट ट्रेल रेसको उपाधि भीम गुरुङलाई

एभरेष्ट ट्रेल रेस प्रतियोगिताको उपाधि नेपाली सेनाका भीमबहादुर गुरुङले जितेका छन् । गुरुङले निर्धारित १७८ किमीको दूरी २० घण्टा २५ मिनेट ५३ सेकेण्डमा पूरा गर्दै सन् २०१५ को उपाधि जितेका हुन् । उनले पाँच वर्ष यताकै एभरेष्ट ट्रेल रेसमा सबैभन्दा कम समयमा दौड पूरा गर्ने कीर्तिमानी समेत कायम गरेका छन् । गुरुङ भखरै सम्पन्न विश्वको सबैभन्दा उच्च स्थानमा हुने तेञ्जिङ हिलारी एभरेष्ट म्याराथनमा समेत प्रथम भएका थिए । त्यस्तै स्पेनका भिए रोजियर दोस्रो भएका छन् । रोजियरले निर्धारित दूरी २२ घण्टा ५४ मिनेट २४ सेकेण्डमा पूरा गरेका छन् । स्पेनकै सोलेर जुवान तेस्रो भएका छन् । उनले निर्धारित दूरी २४ घण्टा ३१ मिनेट ५० सेकेण्डमा पूरा गरे । त्यसैगरी महिलातर्फ स्पेनका आना कोमेटले २४ घण्टा ४४ मिनेट ३० सेकेण्डमा निर्धारित दूरी पार गर्दै प्रथम भएकी छन् । फ्रान्सका जुआना रोडाले निर्धारित दूरी २७ घण्टा २० मिनेट ३९ सेकेण्डमा पूरा गर्दै दोस्रो भइन् भने जर्मनीका भोटेगर जुलियले निर्धारित दूरी २८ घण्टा ४२ मिनेट ४४ सेकेण्डमा पूरा गरी तेस्रो भइन् । अन्नपूर्ण टे«क्स एण्ड एक्सपिडिसन प्रालिको आयोजनामा भएको दौड प्रतियोगिता

अस्पतालमा अक्सिजन अभाव

२ मंसिर, काठमाडौं। भारतीय नाकाबन्दीका कारण अस्पतालमा अक्सिजनको अभाव भएपछि हजारौं बिरामीको जीवन संकटमा परेको छ। उपत्यकाका अधिकांश अस्पतालमा अहिले अक्सिजनको अभाव देखिन थालेको छ।नाकाबन्दी सुरु भएलगत्तै उपत्यकाका नौवटा ठूला सरकारी अस्पतालले अक्सिजनसहित अत्यावश्यक औषधि र इन्धनको व्यवस्था अविलम्ब गर्न स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई पत्र लेखे पनि त्यसमा चासो नदेखाउँदा अस्पतालमा भर्ना भएका बिरामीको जीवन संकटमा परेको अन्नपूर्ण पोस्टमा खबर छ । ती अस्पतालले एक महिनाअघि नै भारतीय नाकाबन्दीपछि अक्सिजनलगायत अत्यावश्यक औषधि र अन्य वस्तुको अभाव भएको जानकारी गराउँदै सरकारलाई पत्र लेखेका थिए। तर यत्रो समय बितिसक्दा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कुनै पनि प्रतिक्रिया नआएपछि सरकारी अस्पतालका निर्देशक, प्रशासन प्रमुख र चिकित्सक आक्रोशित भएका छन्। उनीहरूले केही दिनमै शल्यक्रियासहित अत्यावश्यक सेवा बन्द गर्नुपर्ने अवस्था आएको पनि बताएका छन्।’जस्तोसुकै संकटका बेला पनि जनताको बाँच्न पाउने नैसर्गिक अधिकारलाई राज्यले नै सुरक्षा गर्छ।

रगत भर्ने झोला पनि सकिनै लाग्यो

२ मंसिर भारतले लगाएको नाकाबन्दीले आपूर्ति अवरुद्ध हुँदा बजारमा रक्त संकलन झोलाको अभाव हुन थालेको छ । उपत्यकाका अस्पतालमा पनि यस्ता झोला सकिन लागेकाले रगत संकलनमै समस्या पर्ने अवस्था आएको छ । अस्पतालका अनुसार बाँकी झोलाको पनि दुई साताभित्रै प्रयोग मिति सकिँदैछ । ‘पहिलो स्टकको म्याद सोमबारै सकियो । पछिल्लो स्टकमा रहेकाको म्याद पनि ३० नोभेम्बरमा सकिँदैछ,’ टिचिङ अस्पतालका उपनिर्देशक डा. प्रेम खड्काले भने । टिचिङमा मात्र मासिक २ हजार ब्याग खपत हुने गरेको तथ्यांक छ । दुई साताभित्र आवश्यक ब्याग आपूर्ति हुन नसके सिकिस्त बिरामीको उपचारमा समस्या हुने र बिरामीको ज्यानै जोखिममा पर्ने निर्देशक खड्काले सचेत गराएको नागरिकमा खबर छ । ‘डिलरले ल्याउन नसकेको जवाफ दिएका छन्, यस्तै स्थिति रहे दुई सातापछि काम ठप्पै हुन्छ,’ उनले भने । यस्तो ब्याग चीनबाट खरिद गएि पनि भारतीय बाटो भएर ल्याउने गरिएकाले नाकामै अड्किएर अभाव खट्केको खड्काले जनाए । आफ्नै रक्तसंकलन केन्द्र रहेको प्रसूति गृह अस्पतालले पनि दुई/चार दिनमै रक्तसंकलन ब्याग सकिन लागेको जनाएको छ । ‘डिलरले खोज्छौं भनेका छन् तर बजारमा पाइँदैन,’

उडिरहेको हेलिकोप्टरमै बच्चा जन्मिएपछि…

१ मंसिर, सोलुखुम्बु चौलीखर्चकी एक गर्भवती महिलाले हेलिकोप्टरमै बच्चा जन्माएकी छन् । दुईदिनदेखि बिरामी खत्री थरकी ती महिलाले बच्चा जन्माउन नसकेपछि सिमि्रक एयरको हेलिकोप्टर उद्धारका लागि सोमबार बिहान त्यसतर्फ गएको थियो । हेलिकोप्टर बिरामी लिएर उपचारका लागि काठमाडौं आउँदै गर्दा जिरी नजिक आइपुगेपछि उडिरहेकै बेला बच्चा जन्मिएको अन्नपूर्ण पोस्टमा खबर छ । हेलिकोप्टरका क्याप्टेन विवेक खड्काले भने,-‘उड्दै गरेको बेला पछाडिबाट केही भनेजस्तो लाग्यो । मैले हेडसेट दिएर लगाउन भने र के भो भनेर सोधेँ, उहाँले बच्चा जन्मियो भन्नुभयो ।’ बच्चा जन्मिएपछि सुत्केरी महिलाका पति र अर्की एक आफन्तलाई हेलिकोप्टर बीच बाटोमै अवतरण गर्ने कि भनेर खड्काले सोधेका थिए । ‘उहाँहरुले काठमाडौं नै लैजाने भनेपछि मैले काठमाडौं पुर्‍याए,’ उनले भने । सुत्केरी महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो ।

जिप दुर्घटना, ५ घाइते

जिप दुर्घटना, ५ घाइते ओखलढुगांको सिद्धिचरण नगरपालिका वडा नं ३ विप्लाटेमा आज विहान जिप दुर्घटना हुदाँ ५ जना घाइते भएका छन् ।  सोलुखुम्बुबाट काठमाण्डौका लागि विहान ४ बजे छुटेको ना १ ज ३९७४ नं को जिप विहान साढे ७ बजे दुर्घटना भएको हो । दुर्घटनामा सोलुखुम्बु टाक्सिन्धु ६ का १८ बर्षिय जाङबु शेर्पा, ३७ बर्षिय दाछिरिङ शेर्पा र ओखलढुगां बरुणेश्वरका ३३ बर्षिय कल्पना नेपाली गम्भिर घाइते भएका छन् । घाइतेको उपचार ओखलढुगां सामुदायिक अस्पताल सोब्रुमा उपचार भईरहेको सोलुखुम्बु ट्राफिक इन्चार्ज भेषबहादुर थापाले जानकारी दिनुभयो ।  थापाका अनुसार दुर्घटनामा टाक्सिन्धुका ६ कै १० बर्षिय लाक्पा शेर्पा र १६ बर्षिय ङिमा शेर्पा सामान्य घाइते भएका छन् । जीप रोकेर सामान लोड गर्दैगर्दा अचानक पछाडि सरेर सडकबाट करिब ५० मिटर तल झरेको थियो ।

नेपालले विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोत पर्यटन क्षेत्र

नेपालको पर्यटन विकासबारे प्रसिद्ध परामर्शदाता डेभिड फ्रान्केलले भनेका छन्– नेपालको विकासको साँचो भनेकै पर्यटन विकास हो। वास्तवमा नेपालका अधिकांश उच्च हिमशृंखला, नदीनाला, झरना, तालतलैया, हरियाली पहाड, समथर तराई जस्ता प्राकृतिक, सांस्कृतिक, धार्मिक, जैविक एवं मानव निर्मित सम्पदाको उपस्थितिले कुनै पनि पर्यटकलाई रोमाञ्चित गर्ने क्षमता राख्छ। विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मथलो लुम्विनीलगायत असंख्य गुम्बा, मठ, मन्दिर, स्थानीय भाषा, जातजाति, धर्म, संस्कृति, परम्परा, स्वच्छ र शीतल हावापानी, प्राकृतिक छटा र मुख्यतः नेपाली नागरिकमा रहेको पाहुनालाई प्रदान गरिने विशिष्ट शैलीको आतिथ्यता आदिलाई व्यवस्थित गर्न सके सिङ्गो नेपाललाई पर्यटकीय आकर्षण केन्द्र बनाइ राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउन सकिन्छ। नेपालले विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोत भनेको पर्यटन क्षेत्र नै हो। यहाँका प्राकृतिक, सांस्कृतिक, धार्मिक, जैविक एवं मानव निर्मित सम्पदाहरुलाई ज्ञानको भण्डारका रूपमा विकास गरी नेपाललाई विश्व मानचित्रमा आकर्षक, रमणीय र सुरक्षित गन्तव्यस्थलका रूपमा विकास गर्ने सोचसहित नेप

Sel Roti: How to Make Nepalese Traditional Recipe Cell Roti

Find here best tips for making Sel Roti or celroti. We have posted here the cooking tips of Nepali traditional recipe ‘Sel Roti’. If or course help you to cook Sel Roti. सेल रोटि  पकाउने तरिका. How to cook Sel Roti? How to Make Nepalese Traditional Recipe Cell Roti About Sel Roti: A Nepali Traditional and Cultural Recipe Sell roti is also termed as Cell Roti, Sel Roti, Cel Roti, Selroti or Celroti and सेल रोटि  in Nepali language. Selroti is one of the most famous Nepalese snack among Nepali in all over the Nepal. Selroti is also used sometime as food in several occasions. But it is specially a Nepalese traditional snacks. Most of Nepalese person like this recipe to eat in any time of the day or night. It is easy to have as snack. When the word Sel roti is pronounced, Nepalese got water in their mouth. Let’s learn here to cook such a great and tasty Nepalese recipe Sel Roti. This cooking method may help you to cook and make the Selroti. We all

मासिक ५ हजार बचतले तपाई करोडपति बन्न चाहनुहुन्छ ! तलको फर्मुला अपनाउनुहोस्

प्रविधिले संसारलाई ढपक्कै ढाक्दै जाँदा मानिसको जीवन शैलीमा पनि परिवर्तन हुँदै आएको छ । विगतमा सामान्य जीवनयापन गर्ने मानिसको समयानुसार चल्दैगर्दा अहिले आधुनिकताको खोजीमा नयाँनयाँ विज्ञानद्धारा प्रतिपादित साधनबिना अपुरो मात्रै होइन् चल्ने नसक्ने अवस्था आइसकेको छ । यसरी मानिसको जीवनशैली आधुनीकता तर्फ जाँदैगर्दा जाखिम पनि त्यत्तिकै बढ्दै गएको छ । सामान्य मोबाइल फोनको प्रयोग देखि सवारी साधानमा यात्रा गर्दा पनि कतिपय समयमा मुस्किलले जोगिएको हामी सबैसँग अनुभव नै छ । त्यस्तै हामी कुनै व्यवसाय गर्दैछौं भनेपनि त्यसको सुरक्षाको शत प्रतिशत ज्ञारेन्टी छैन् । यसरी पैदल यात्रा गर्दा होस् अथवा घरमा किचेनमा काम गर्दा नै किननहोस् जहाँकहीं पनि मानिसको जीवन जोखिम नै रहेको हुन्छ । यसर्थ भैपरि आउने जोखिमबाट पुरै छुटकरा पाउने तरिका नभएपनि कम क्षति हुने र जोखिमबाट बच्ने उपाय प्रशस्तै रहेका छन् हामीसँग । त्यस्तै मध्ये भविष्यमा आउनसक्ने जोखिमबाट बच्न सकिने एक उपाय वर्तमानमा भएको आम्दानीको केही हिस्सा बचत पनि हो । त्यस्तै बचत गरिएको रकमले भैपरि आउने समस्याको गर्जो टार्ने मात्रै होइन भविष्य आफूले कुनै व

सुन्तला खेतीमा राष्ट्रिय प्रथम पुरस्कार देउसाली कृषक राईलाई

कात्तिक १४ गते । सुन्तला खेतीमा राष्ट्रिय स्तरको प्रथम पुरस्कार सोलुखुम्बुको कृषकले हातमा पारेको छ । देशैभरीवाट गरिएको अध्ययनमा उत्कृष्ट ठहरिएका सोलुखुम्बु देउसाका एक कृषकलाइ सरकारले पुरस्कृत गर्ने भएको हो । सुन्तला खेती गर्ने कृषकहरुमा गरिएको अध्ययनका आधारमा देउसा १ रनेमका राज कुमार राईलाइ कृषि मन्त्रालय अन्तर्गत बजार ब्यबस्थापन निर्देशनालयले कात्तिक १६ गते एक कार्यक्रमका बीच पुरस्कृत गर्न लागेको हो । सुन्ताल उत्पादन क्षेत्रमा उनी प्रथम भएको र यसले सोलुखुम्बुका सुन्तला उत्पादक तथा कृषकहरु माझ हौसला प्रदान गरेको कृषि बिकास कार्यलय सोलुखुम्बुका बागवानी अधिकृत तथा सुचना अधिकारी बिन्देश्वर यादबले जानकारी दिनुभयो । बिश्व खाद्य दिबसको अबसरमा प्रतिष्प्रर्धामा शिर्ष तिन स्थान हासिल गर्न सफल हुने कृषकलाई पुरस्कृत गरिने भएको हो ।