Skip to main content

Posts

Showing posts from May, 2016

यस्तो पो रहेछ काठमाडौंमा!

बिएसम्मको पढाई रामेछापमा सकाएर एमए पढ्न भर्खरै काठमाडौं छिरेकी म। काठमाडौंमा म बिल्कुलै नयाँ। ठाउँ नयाँ, साथी नयाँ र जीवन नयाँ। त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रको प्रथम सेमेष्टरमा अध्ययनरत छु।  रामेछापमा हुँदा म काठमाडौंलाई देशकै सम्पन्न र सभ्य मानिसहरु बस्ने शहर मान्थें। तर यहाँ आएपछि थाहा पाएँ काठमाडौंको वास्तविकता। बाहिरबाट हेर्दा जति सम्पन्न देखिन्छ भित्री रुपबाट हेर्दा त्यस्तो रहेन छ काठमाडौं। गास, बास र कपास मानिसको आधारभुत आवश्यक्ता हो। यो बिना मानिस रहन सक्दैन। यसको परिपुर्ति नै जीवन रहेछ। काठमाडौंमा मैले यी कुराको बन्दोबस्त गर्नु थियो। बस्नको लागि एउटा कोठा चाहियो। त्यसपछि आवश्यक सामाग्री ग्यास, चुल्हो, खाद्यान्न, कपडा आदि आदि..। भूकम्पले क्षतविक्षत बनेको काठमाडौं, त्यसमाथि नाकाबन्दीले थिलथिलो भएको जनजीवन, कहाँ सजिलो छ र! बस्नको लागि कीर्तिपुरमा एउटा कोठा खोजियो। कोठा पनि धेरै मुस्किलले पाइयो। कोठा पाएपछि एउटा झञ्झन्टको अन्त्य भयो। त्यसपछि ग्यासको खोजीमा हिँडे। कीर्तिपुरका हरेक ग्यास डिपोमा सोध्ाँे। तर, ग्यास छ भनेर कसैले भनेनन्। तैपनि मनले मानेन। आवश्यकता

अमेरिकाले भन्यो, ‘अब चीनसँग जोडिए मात्र नेपालको हित हुन्छ’

पछिल्ला वर्ष अमेरिकाले नेपालप्रति हेर्ने नीतिसँग भारतलाई जोडेर निकै बहस हुने गरेका छन् । दक्षिण एसियाका दुई ठूला राष्ट्र चीन र भारतको बीचमा रहेको नेपालको भारतसँगको सम्बन्ध युगौ देखिको हो । सम्बन्धका आधारहरु धेरै हुन सक्छन् तर सानो राष्ट्र हुने वित्तिक्कै ठूलो राष्ट्रको परराष्ट्र नीतिअनुसार कुनै पनि मुलुकलाई हेर्नु नजरअन्दाज मात्र हुने कुटनीतिक मामलामा दख्खल राख्ने जानकारहरु बताउँछन् । यसै सन्दर्भमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा अमेरिकन राजदूत अलइना वि टेप्लिजले अमेरिकाले कहिल्यै नेपाललाई भारतका आँखाबाट नहेरेको स्पष्ट पारिन् । अमेरिकाले नेपाललाई आप्mनै आँखाले हेरेकोले नै आफ्नो देशले यहाँ राजदूतावास र द्धिपक्षीय सहकार्यका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताइन् । त्रिभुवन विश्वविद्यालयमा आयोजित ‘अमेरिकी विदेश नीति र दक्षिण एसिया’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले भारत र चीनको प्रगतिबाट धेरै फाइदा लिन सक्ने समेत बताएकी थिइन् । यो काम गर्न सके चीन र भारतसँगै नेपाल पनि विश्वको नजरमा अगाडि देखिने उनको आसय थियो ।  किन हेरिन्छ भारतको दृष्टिकोणबाट नेपाललाई ?  नेपाल एसि

एभरेष्ट म्याराथनको उपाधि सेनाका बेदबहादुर सुनुवारलाई

१६ जेठ, सोलुखुम्बु । १४औं तेञ्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि नेपाल आर्मीका बेदबहादुर सुनुवारले जितेका छन् । नेपाल र बेलायतबीचको दौत्य सम्बन्धको २०० बर्ष पुगेको अवसरमा समर्पित गरिएको यस संस्करणमा ४ घण्टा १० सेकेण्डमा ४२.१९५ किलोमिटरको निर्धारित दूरी पूरा गर्दै बेदबहादुरले उपाधिसहित १ लाख पुरस्कार जितेका हुन् । समुद्र सहतदेखि ५३६४ मिटरको उचाइमा रहेको सगरमाथा आधार शिविरबाट सुरु भएको म्याराथन ३४४६ मिटर उचाईको नाम्चे बजारमा आएर सम्पन्न भएको थियो । म्याराथनमा नेपाल आर्मीकै भीमबहादुर गुरुङले ४ घण्टा ३ मिनेट १४ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै दोस्रो भ एभने सुमन कुलुङले ४ घण्टा ११ मिनेट ५२ सेकेण्डमा दूरी पूरा गरी तेस्रो भए । दोस्रो र तेस्रो हुनेले क्रमसः ७५ हजार र ५० हजार पुरस्कार पाए । एभरेष्ट म्याराथन अन्तर्गत पाँच स्पर्धामा धावकहरु सहभागी थिए । बिदेशी खुल्ला म्याराथन, नेपाली पुरुष र महिला खुल्ला म्याराथन, हाफ म्याराथन र अल्ट्रा म्याराथनको स्पर्धामा धावकहरुको सहभागिता थियो । बिदेशी खुल्ला म्याराथनमा पोल्याण्डका रोवर्ट सेलेन्स्कीले निर्धारित दूरी ४ घण्टा २४ मिनेट ८ सेकेण्डम

First American Woman Summits Everest Without Oxygen

M lissa Arnot became the first American woman to summit Everest and survive the descent without supplemental oxygen Monday, climbing the 29,035-foot peak’s northeast ridge from Tibet.* It marked the sixth Everest summit for Arnot, 32, whose prior five summits came via the more popular South Col route in Nepal. Of the 7,001 Everest summits going into this season, according to the Himalayan Database, only 193—or 2.7 percent—did not involve supplemental oxygen. Above 26,000 feet, in what’s known as “the death zone” the human body can no longer acclimatize to the altitude. In order to function at that elevation, most people need to use tanks of supplemental oxygen in order to maintain circulation, stay warm, and maintain mental and motor skills. “Plenty of people talk about doing it, but getting it done is actually quite rare and impressive,” wrote guide and 15-time Everest summiter Dave Hahn in an email to Outside . “It wasn’t accidental that she succeeded. Melissa made the commi

ल्होत्से हिमाल चढ्दा एक जनाको मृत्यु

६ जेठ,  सोलुखुम्बु। ल्होत्से हिमाल आरोहण गर्ने क्रममा आज एक शेर्पा पथप्रदर्शकको मृत्यु भएको छ । नाम्चे–४ सोलुखुम्बुका २६ वर्षीय आङ फुर्वा शेर्पाको ल्होत्सेमा डोरी अड्काउने क्रममा चिप्लिएर मृत्यु भएको सगरमाथाको आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । मृतक शेर्पा हिउँबाट चिप्लिएर करिब दुई हजार मिटर तल खसेको बताइएको छ । शेर्पाको शव झिक्न उद्धार टोली परिचालन भइसकेको श्रेष्ठले बताए । आठ हजार ५१६ मिटर उचाइको ल्होत्से हिमाल विश्वको चौथो अग्लो हिमाल हो ।