Skip to main content

Posts

Showing posts from July, 2016

टाक्सिन्दुमा ठ्रोमा वाङ हुने

टाक्सिन्दु/साउन ६ : टाक्गोन स्येत्डुब थर्लिङ गुम्बा टाक्सिन्दुमा ठ्रोमा वाङ हुनेभएको छ ।  २०७२ साल बैशाख १२ गतेको भुकम्पले स्थगित भएको ठ्रोमा वाङ २०७३ साल आश्विन ८ गतेदेखि १० गतेसम्म हुने भएको छ । २०७३ आश्विन ८ गते शुरु हुने उक्त कार्यक्रम आश्विन १० गते समापन हुने छ ।  सोलुखुम्बुमै पहिलो पटक हुन गईरहेको ठ्रोमा वाङ (क्रोधिकाली अभिषेक) कार्यक्रममा भुटानका दुङ्से गराब दोर्जे रिन्पोछे पाल्नुभई वाङ प्रदान गर्नुहुने छ ।  वाङ कार्यक्रमहरु आश्विन ८ गते गुम्बाको प्राङ्गणमा नवनिर्मित नयाँ ल्हाबाप् क्ष्योर्तेनको राब्ने, ९ गते पर्दो थोटोलको लुङ र लोङक्ष्येन (च्योद्को वाङ), १० गते ठ्रोमाको वाङ र लुङ प्रदान गर्ने कार्यक्रम रहेको छ । उक्त वाङ कार्यक्रम आयोजना गर्नका लागि काठमाण्डौ अर्थ संकलन समिति र गुम्बाका प्रमुख लामाको उपस्थितिमा बसेको बैठकले गुम्बाका प्रमुख लामा ङवाङ मोन्लमको संयोजकत्वमा १५ सदस्यीय ठ्रोमावाङ व्यवस्थापन समितिको गठन गरिएको छ । उक्त समितिमा संयोजक गुम्बाका प्रमुख लामा ङवाङ मोन्लम, सह संयोजकमा बाबु शेर्पा, अध्यक्षमा कुसाङ लामा, प्रथम उपाध्यक्षमा दोर्जी शेर्पा, द्वित्ति

साङ्लाले सताएर हैरान हुनुहुन्छ ? अब शक्तिशाली तेजपत्ताले भगाउनुहोस् सधैकालागि साङ्ला

हामी सबैलाई नै थाहा छ कसैलाई पनि साङ्ला मन पर्दैन तर हाम्रो वरपर झिगाँ, किराहरु प्रसस्त नै देख्न सकिन्छ । संसारमा सबैभन्दा धेरै प्राणी भनेकै किराहरु हुन् । साङ्ला सर्वाहारी किरा हो । साङ्ला जता ततै जहिले पनि देख्न सकिन्छ । साङ्लाले नत गाँउ नै भन्छ नत सहर, नत फोहर नत सफा यो जहा तहीँ पाइने जिव हो । तपाई हाम्रो घरका कोठाहरू, भान्सा, बाथरुम लगायतको स्थानमा ओसको मात्रा बढी हुँदा साङ्लाहरूलाई उत्पादन गर्न, हुर्किन, सजिलो हुन्छ । साङ्लाहरूको बास नै भान्सामा खाने कुरा भएको ठाउँमा बढी हुने गर्दछ । साङ्ला भगाउन या मार्नका लागि बजारमा थरिथरिका रासायनिक औषधि पाइन्छन् । तर, यी औषधिहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् । घरमा साना बच्चा छन् भने रासायनिक औषधि होइन, घरेलु उपाय नै अपनाउनुहोस् । साङ्लाले सताएर हैरान हुनुहुन्छ धन्दा नमान्नुहोस् तेजपत्ताको प्रयोगबाट सबै हजुरको घरबाट भाग्ने छन् ।  साङ्ला भगाउने घरेलु उपाय मध्य तेजपत्ता अत्यन्तै उत्तम उपाय हो । तेजपत्ताको गन्धसँग कक्रोच भाग्ने गर्छ । त्यसैले केही पत्ता कक्रोच धेरै बस्ने कुनामा राखिदिनुहोस् तुनुन्तै त्यहाँबाट यसको ग

आफ्नै छोरीको हत्या गर्ने पक्राउ

सोलुखुम्बु– आफ्नै छोरीको हत्या गरेको अभियोगमा गुदेल–९ नाम्लुङ बस्ने २३ वर्षीय सुखधन राईलाई प्रहरीले पक्राउ गरेको छ। बिगत ३ महिनादेखि मानसिक सन्तुलन बिग्रिएको बताइएका उनले मंगलबार आफ्नै ८ महिनाकी छोरीको टाउको काटी हत्या गरी फरार भएकोमा इलाका प्रहरी कार्यालय तोताङको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।