Skip to main content

Posts

Showing posts from September, 2016

गगन थापाले सुन्नुपर्ने तलब हराएको कर्मचारीको कथा ! 'जागिर खान पनि पाइँन, छाड्न पनि पाइँन'

९ असोज, काठमाडौ । माइतीघर नजिकै अवस्थित स्वास्थ्य मन्त्रालयमा हरेक दिन एक व्यक्ति उस्तै अवस्थामा देखिन्छन् । मैलो झोला झुण्ड्याएर उनी मन्त्रालय छिर्छन, सहसचिव र सचिवको कार्यकक्ष चाहार्दै हिँड्छन् । र, भन्छन्, हजूर मेरो काम के भयो ? आज बन्छ ? कहिले चप्पल त कहिले गोल्डस्टार जुत्ता लगाएर मलीन मुद्रामा सधैँ स्वास्थ्य मन्त्रालयमा भेटिने सुनसरीका रविन्द्रनाथ देवलाई भेटेपछि बल्ल थाहा भयो, उनको व्यथा । उनले भोगेको पीडाले बताउँछ कि कति कहालीलाग्दो छ, निजामती प्रशासनको अवस्था । ३३ महिनाको तलब ल्याल्जेनको गोजीमा ! रविन्द्र १३ वर्षअघिसम्म यही स्वास्थ्य मन्त्रालय अन्तरगतका कर्मचारी थिए । उनी ०३४ सालबाट स्वास्थ्य मन्त्रालयमा कर्मचारीका रुपमा प्रवेश गरेका हुन् । उनी मधेसी समुदायको कर्मचारी भएता पनि सोलुखुम्बुमा खटाइएका थिए । ‘जागिरे जीवनमा अधिकांश समय दुर्गममा बसेँ, जिल्ला जनस्वास्थ्य कार्यालय सोलुखुम्बु अन्तरगत गार्मा हेल्थपोष्टमा काम गरेँ । करिब एक वर्षपछि फाप्लु अस्पतालमा सरुवा भएँ । तर, तत्कालीन जिल्ला अस्पताल प्रमुख डा. मिङ्मार ग्याल्जेन शेर्पाले मप्रति ठूलो अन्याय गरे ।’

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, सबै यात्रु सकुशल

९ असोज, सोलुखुम्बु । सोलुखुम्बुको जुभीङमा माउण्टेन एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टरमा सवार सबै ६ जना सकुशल रहेका छन् । जुभिङ ५ बुक्सामा बिरामी लिएर उड्ने क्रममा जमिन छाडेको केही सेकेण्डमै इन्जिन बन्द भएपछि पाइलट सुरेश थापाले आकस्मीक रुपमा हेलिकप्टरलाई सोही हेलीप्याडमा अवतरण गराएका थिए । अवतरणको क्रममा हेलिकप्टरको अगाडिको भाग जमिनमा ठोक्किएर क्षति पुगेको छ । आइतबार बिहान करिब साढे ७ बजे हेलिकप्टर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक माधब बुढाथोकीले जानकारी दिए । बिरामी लिन आएको माउण्टेन एयरको नाइन एन अल्फा लिमा क्युबिक कल साइन भएको उक्त हेलिकोप्टर लुक्ला बिमानस्थलबाट बुक्सा आएको थियो । बिरामीसहित ४ जना लिएर पुनः लुक्ला उडेको सो हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटना पछि श्री एयरको हेलिकोप्टरले उनीहरु सबैलाई उद्धार गरी लुक्ला पुर्‍याएको छ । जुभिङ ४ बस्ने ३८ बर्षका देवानसिङ राई हात भाँचिएर घाइते भएपछि उपचारका लागि अस्पताल लैजान हेलिकप्टर झिकाइएको थियो ।

यो हो सुनको ट्वाइलेट ! हेर्नका लागि मात्र होइन दिसापिसाब नै गर्न पाइने

तपाइँले सुनको कपडा, सुनको बटन, सुनको दाँत तथा सुनको फ्रेमका बारेमा त सुन्नुभएको होला । तर के तपाइँले सुनको ट्वाइलेटका बारेमा कहिल्यै सुन्नुभएको छ ? सुनको ट्वाइलेटमा दिसा पिसाब गर्न पाउनुभयो भने आफुलाई सायद दुनियाकै भाग्यमानी ठान्नुहुन्छ होला । अमेरिकाको न्युयोर्कमा एउटा सुनको सार्वजनिक ट्वाइलेट छ, जसमा आगन्तुकले मज्जाले दिसापिसाब गर्न पाउँछन् । न्युयोर्कमा रहेको गुगेनहेम नामक संग्राहलयमा सुनको ट्वाइलेट छ । म्युजियम घुम्न आउने जो कोहीले यो ट्वाइलेटको प्रयोग गर्न पाउँछन् । यो ट्वाइलेट सिट १८ क्यारेट सुनबाट बनेको छ । इटालीका एकजना कलाकार क्याटिलेनले यो ट्वाइलेट तयार पारेका हुन् । सुनका छुट्टाछट्टै टुक्रा जोडेर यो ट्वाइलेट सिट तयार पारिएको छ । यो ट्वाइलेट निर्माणमा कति रकम खर्च भयो र म्युजियममा कहिलेसम्म यो ट्वाइलेट सिट राखिन्छ भन्ने बारेमा चाहीँ केही खुलाइएको छैन ।

भत्ता माग्दै सोलुका ३० वटै गाविस सचिवद्वारा कामकाज ठप्प

गाविसका छाप बुझाउँदै सचिवहरुले भने- माग पूरा नभए जिविसमा तालाबन्दी गर्छौं सोलुखुम्बुका गाविस सचिवहरुले जिल्ला विकास समितिमा बुझाएको छाप ५ असोज, सोलुखुम्बु । सरकारले प्रोत्साहन भत्ताको माग पूरा नगरेको भन्दै सोलुखुम्बुका गाविस सचिवहरुले जिल्ला विकास समितिलाई सामूहिक रुपमा छाप बुझाएका छन् । सोलुखुम्बुका ३० वटै गाविस सचिवहरुले निमित्त स्थानीय विकास अधिकारी बुद्धिनारायण श्रेष्ठलाई गाविसका छाप बुझाएका हुन् । काम ठप्प पारेका सचिवहरुले मासिक तलवको ५० प्रतिशत प्रोत्साहन भत्ता माग गर्दै आएका छन् । देशैभरिका सचिवहरुले कार्यसम्पादन मूल्यांकनका आधारमा प्रोत्साहन भत्ता पाएपनि आफूहरुले नपाएको सोलुखुम्बुका गाविस सचिवहरुको भनाइ छ । गाविस सचिवहरुको आन्दोलनका कारण हिमाली जिल्ला सोलुखुम्बुका सर्वसाधारणले सास्ती पाएका छन् । जिविसमा तालाबन्दी गर्ने चेतावनी प्रोत्साहन भत्ता तीन दिनभित्र सचिवहरुको खातामा नआए जिल्ला विकास समितिमा तालाबन्दी गर्ने उनीहरुले चेतावनी दिएका छन् । गाविस हकहित संरक्षण केन्द्रका अध्यक्ष पशुपति पोख्रेलले राज्यले दिने भत्ताबारेमा पटक-पटक जिविसको ध्यानाकर्षण गराए पनि बे

अर्बौंको व्यापार , कर शून्य

सोलुखुम्बु, जिल्लाको खुम्बु क्षेत्र (नाम्चे र खुम्जुङ)मा स्टार होटलसरहको सुविधा र त्योभन्दा बढी महँगी छ, तर त्यहाँका अधिकांश होटल होमस्टेअन्तर्गत सञ्चालित छन् । यसको मुख्य कारण हो कर नतिर्ने काइदा । सगरमाथाको आधार शिविरअन्तर्गत पर्ने ती गाविसमा सञ्चालित होटल तथा लजले वार्षिक करोडौँको व्यापार गर्दा पनि कर नतिरेको पाइएको छ । नाम्चे र खुम्जुङ गाविसमा ३२१ वटा होटल तथा लज रहेको गाविस सचिव विनोद बस्नेतले जानकारी दिनुभयो । ती होटलले वार्षिक करिब रु एक खर्बको कारोबार गर्छन । तर कारोबारबाट राज्यले भने ‘करिब शून्य’ कमाइ गरेको छ । राज्यको तर्फबाट व्यवसायीलाई सहज बाटो नबनाइदिएका कारण कर तिर्न नसकेको व्यवसायीहरुको भनाइ छ । बजार नियन्त्रण, भौतिक पूर्वाधार निर्माणजस्ता कुरामा राज्यको उपस्थिति शून्य रहेकाले राज्यलाई कर तिर्न व्यवसायीले कर तिर्न नचाहेको स्थानीय व्यापारी लामाकाजी शेर्पा बताउनुुहुन्छ । “राज्यले निभाउनुपर्ने दायित्व पूरा नगरेसम्म एकोहोरो कर मात्र तिर्न हामी बाध्य छैनौँ,” उहाँले भन्नुभयो । आफूहरुलाई राज्यले अन्याय गरेको उहाँको आरोप छ । त्यहाँ एउटा अन्डाको मूल्य रु ७० प

बालबालिकालाई सिकाउनै पर्ने ९ बानी

अभिभावकहरुले विकास गरेका विभिन्न प्रकारका संस्कार र बानी स्वास्थ्यका लागि निकै लाभदायी छन् । जस्तै : बिहान सबेरै उठ्ने, प्रार्थना गर्ने, बत्ती बाल्ने, भुइँमा सुकुल ओछ्याएर खाने र बारम्बार हात धुने इत्यादि । तर, यी परम्परागत संस्कारलाई अहिले हामीमध्ये कतिले पालना गरेका छौ त ? कुनै पनि अभिभावकले आफ्ना नानीबाबुलाई केही नियम पालना गराउनुपर्छ ताकि बालबालिका शारीरिक एवं मानसिक रुपमा स्वस्थ भएर बाँचून् । बिहान सबेरै उठ्न लगाउने तपार्इं, हामी बिहान सबेरै उठ्ने बिरलै छौं । रातीको पार्टी, कामको चापलगायत कारणले एकाबिहानै उठ्न त्यति सजिलो छैन । आयुर्वेदमा वर्णन गरिएअनुसार आफ्नो दैनिक कार्यमा संलग्न हुनुभन्दा अगाडि केही घन्टा सबेरै हिँड्दा तपाईंमा कम तनाव हुनुका साथै दिनभर सक्रिय र खुसी बनाउँछ । समयमै सुत्ने र बिहान उठेर व्यायाम गर्दा तपार्इंको जीवन नै उत्पादनशील हुन्छ । साइक्याट्रिया एन्ड क्लिनिकल न्युरोसाइन्समा प्रकाशित एक अध्ययनअनुसार सबेरै उठ्ने व्यक्तिमा डिप्रेसनको खतरा कम हुन्छ । भुइँमा पलेँटी कसेर खान लगाउने हिजोआज अधिकांश मानिस डाइनिङ टेबुलमा बसेर खाने गर्छन् । तर

विश्वमा सबभन्दा बढी/धेरै

विश्वमा सबभन्दा बढी/धेरै  #गर्मी हुने ठाउँ → डेथ भ्याली (USA) #जाडो हुने ठाउँ → भर्खेयांक्स (रुस) #खर्चिलो सहर → टोकियो (जापान) #धान उत्पादन गर्ने देश → चीन #पानी पर्ने ठाउँ → चेरापुञ्जी (भारत) #सम्बन्ध विच्छेद गर्ने देश → अमेरिका #टापु भएको देश → इन्डोनेसिया #भुकम्प जाने देश → जापान #जनसंख्या भएको देश → चीन #मतदाता भएको देश → भारत #बाँच्ने प्राणी → कछुवा (३०० वर्ष) #जंगल भएको देश → ब्राजिल #जलस्रोत भएको देश → ब्राजिल #प्रदुषित सहर → मेक्सिको सिटी #गीत रेकर्ड गर्ने → मोहम्मद रफी #साइकल चल्ने देश → चीन #साइकल चल्ने सहर → जबलपुर (भारत) #बाल मृत्युदर भएको देश → ब्राजिल #बाँच्ने किरा → क्वीन टर्माईस #विश्वमा धेरै पाइने चरा → भँगेरा #वृक्षारोपण गर्ने देश → चीन #प्राकृतिक रबर उत्पादन गर्ने देश → थाइल्याण्ड #सूर्ती उत्पादन गर्ने देश → चीन #आलु उत्पादन गर्ने देश → जर्म

मृगौला फेल हुने कारण र लक्षणहरू यस्तो पो रहेछ !

मृगौला फेल हुने कारण – मधुमेह – उच्च रक्तचाप – पिसाब सम्बन्धी समस्या – पाठेघर खस्नु – मृगौलामा पत्थरी, ट्युमर – प्रोस्टेटको आकारमा बृद्धि -जन्मजात पिसाब नलीमा खराबी – रगतमा दूषित पदार्थको प्रवाह – लामो समय पेनकिलरको प्रयोग – शरीरमा पानीको कमी । मृगौला फेलका लक्षणहरू – शरीर दुब्लाउँदै जाने – शरीरका विभिन्न अङ्ग सुन्निने – पिसाब कम हुने र पोल्ने – पिसाबमा रगत देखिने – क्षणक्षणमा पिसाब भइरहने – थोरै हिँड्दा पनि थकाइ लाग्ने – सास फेर्न गाह्रो हुने – कोखा दुख्ने, ज्वरो आउने – खानामा रुचि घट्ने ¬– पिँडौलाको मासु फर्किने – वाकवाकी लाग्ने – छाला सुख्खा हुने र चिलाउने – उच्च रक्तचाप हुने – रगतको मात्रा कम हुँदै जाने – महिनावारी समयमा नहुने – यौन रुचि घट्दै जाने – प्रजनन दरमा कमी आउने – ढाड र कम्मर दुख्ने कसरी हुन्छ प्रत्यारोपण ? मृगौला फेल भएपछि कि त नियमित डाइलसिस गराइरहनुपर्छ कि त मृगौला प्रत्यारोपण । यी दुई बाहेक अन्य विकल्प रहँदैनन् । मृगौला फेल भएका मानिसका लागि स्वस्थ मानिसका दुई वटामध्ये एउटा मृगौला झिकेर प्रत्यारोपण गरिन्छ । त्

फोन उठाउनेबित्तिकै ‘हेलो’ भन्ने चलन कहाँबाट आयो ?

मोबाइल वा ल्यान्डलाइनमा कल उठाउँदा हेलो भन्ने शब्द उच्चारण गरिन्छ । किन यसो गरिन्छ त ? यसको एक रमाइलो इतिहास छ । अक्सफोर्ड इंग्लिश डिक्सनरीका अनुसार ‘हेलो’ शब्द प्राचीन जर्मन शब्द ‘होला’बाट बनेको हो । ‘होला’को अर्थ हुन्छ ‘के छ ?’ प्राचीन समयमा यस शब्दको प्रयोग सामुुद्रिक यात्राको क्रममा जहाजका मान्छेले गर्थे । अंग्रेजी साहित्यका पिता मानिने जोफ्रे चोसरको पालामा यो शब्द हालो भनी उच्चारण गरिन्थ्यो भने शेक्सपियरको पालामा हालू भनिन्थ्यो । पछि यसलाई हालवा, हालूवा, होलो पनि भनियो । टेलिफोनका आविष्कारक अलेक्जेन्डर ग्राहम बेलले १८७६ मा आविष्कारको पेटेन्ट राइट लिएका थिए । पहिलोचोटि उनले आफ्नी प्रेमिकालाई फोन गरे । प्रेमिकाको नाम मार्गरेट ह्यालो थियो । उसैलाई बेलले मायालु पारामा ह्यालो भनी बोलाए । टेलिफोन बजारमा आउन थालेपछि मान्छेले ‘कोही हुनुहुन्छ ?’ भन्थे । आफ्नो आवाज फोन गरिएको व्यक्तिले सुन्यो कि सुनेन भन्ने पत्ता लगाउन यो प्रश्न गरिन्थ्यो । तर बेललाई यति लामो शब्दावली प्रयोग गरिएको चित्त बुझेको थिएन । उनले प्रिन्टिङ टेलिग्राफ कम्पनीका अध्यक्ष टिबिए स्मिथ

ग्यास्ट्रिक,फोक्सोसंग सम्बन्धित रोग छ भने खानुहोस अमल

त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ । अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ । भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । अमलाले युवाहरुमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । तर अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ । – प्रत्येक दिन एउटा अमला खानाले पेट सफा रहिरहन्छ र कब्जियत लगायत पेटमा देखा पर्ने समस्याहरु हुन पाउदैन साथै ग्यास्ट्रिक पनि केहि हदसम्म कन्ट्रोल हुन्छ । – अमलाको सेवन दैनिक गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ । किड्नी संग सम्बन्धित रोगहरु लाग्दैनन । अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ। दैनिक एउटा अमला खानाले फोक्सोसंग सम्बन्धित रोगहरु लाग्न पाउदैनन। – अमला शरीरको त्वचा र