Skip to main content

Posts

Showing posts from October, 2016

भारतीय राष्ट्रपतिलाई आतंकवादीबाट भन्दा नेपालीबाट खतरा!

काठमाडौं— भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधबारदेखि हुने तीनदिने नेपाल भ्रमणलाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको छ । तीन घेरामा उनको सुरक्षा व्यवस्था मिलाइएको छ। गृह मन्त्रालय उच्चस्रोतका अनुसार भारतीय गुप्तचर निकायको सहकार्यमा गरिएको सुरक्षा विश्लेषणमा आतंकवादी संगठन, भारतीय अतिवादी संगठनभन्दा पनि पछिल्लो भारतीय नाकाबन्दीबाट चिढिएका नेपालीले नै मुखर्जीलाई अपमान गर्न सक्ने सम्भावनालाई ध्यान दिई तीन घेरामा सुरक्षा योजना बनाइएको छ । भारतीय तत्कालीन राष्ट्रपति केआर नारायणले मे १९९८ मा गरेको नेपाल भ्रमणपछि पहिलोपटक भारतीय राष्ट्रप्रमुखबाट नेपाल भ्रमण हुन लागेको हो । भारतले नेपालको राजनीतिक स्थिति र त्यसबाट उत्पन्न सुरक्षा चुनौतीलाई भ्रमण नहुनुको कारक बताउँदै आएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मुखर्जी नेपाल आउन लागेका हुन् । उनको भ्रमणलाई नेपाली पक्षले ऐतिहासिक बनाउने तयारी गरेको छ। काठमाडौंमा महŒवपूर्ण भेटघाट गर्ने मुखर्जीले जनकपुर र पोखरा भ्रमण पनि गर्नेछन्। कात्तिक पहिलो सातादेखि नै सुरक्षा अधिकारीले मुखर्जीको भ्रमणलाई लिएर सुरक्षा योजना

दीपावलीको हार्दिक मंगलमय शुभकामना ।

२०७३ सालको दीपावली तथा छट पर्वको उपलक्ष्यमा सम्पूर्ण जिल्लावासीहरुमा हार्दिक मंगल मय शुभकामना!!!

महंगो फल किवि खेतीमा बिचार नपुर्याउँदा जोखिममा पर्नसक्छ लगानी

नेपालमा बर्षेनी छ अर्ब रुपैयाँ जत्तिको फलफूल आयात हुने गरेको अनुमान छ र त्यस मध्येको महंगो फल किवि पनि एक हो । एउटा किवि खाँदा धेरै फलफूलको स्वाद र पौष्टिकता पाउन सकिने भएकाले यसको माग बिश्वभरि नै छ । नेपालमा किवि प्रति किलोग्राम ४०० देखि ८०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । के हो किवि ?  यो अण्डा आकारको फल हो, जो बोटमा लहरामा झुण्डिएको शैलीमा फल्छ । बाहिर काँडा अर्थात झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रंगमा गुदी देखिन्छ । किविलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ । गुणस्तरीय किवि न त धेरै गुलियो हुन्छ, न त धेरै अमिलो नै । यो निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको माग बढेको हो । किवि नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको कमी पुर्ति गर्ने लगायतका फाईदाहरु दर्शाईएको छ ।  धनीले मात्र किन्छन् नेपालमा न्युजिल्याण्ड, चिली र ईटली लगायतका देशहरुबाट किवि आयात भईरहेको बताईन्छ । ती देशहरुबाट ल्याउँदाको ढुवानी भाडा नै चर्को र डलरमा मूल्य तिरेर ल्याउनुपर्ने हुँदा महंगो

सामसुङ नोट ७ को उत्पादन बन्द, स्विच अफ गरेर राख्न सामसुङको अपिल

मर्मतपछि सुरक्षित भनी बजारमा पठाइएका ग्यालेक्सी नोट सेभेन स्मार्टफोनमा समेत आगलागी भएको घटना सार्वजनिक भएपछि सामसुङले तत्कालै नोट सेभेन स्विच अफ गरेर राख्न आफ्ना प्रयोगकर्तालाई अपिल गरेको छ । सोमबार एक चेतावनी जारी गर्दै सामसुङले नोट सेभेन प्रयोगकर्तालाई यस्तो आग्रह गरेको हो । उपभोक्ताको सुरक्षामै खतरा उत्पन्न गराएको नोट सेभेनको उत्पादन बन्द गर्ने घोषणा गरेको एक दिनपछि नै सामसुङले यस्तो अपिल गरेको हो । एक विज्ञप्ती जारी गर्दै सामसुङले ग्यालेक्सी नोट सेभेनको बिक्रि तथा सट्टापट्टा बन्द गर्नका लागि सबै प्रयोगकर्ता तथा बिक्रेताहरुलाई आग्रह गर्ने र सुरक्षित भनिएका नोट सेभेनमा आगो लागेको घटनाको छानविन गर्ने जनाएको छ । विज्ञप्तीमा भनिएको छ ः पूरानो नोट सेभेन वा पछि साटेको नोट सेभेन जुन भएपनि सबै प्रयोगकर्ताले डिभाइस स्विच अफ गरेर राख्नुहोस्् र प्रयोग नगर्नुहोस् । ग्यालेक्सी नोट सेभेन आगलागीको यो घटना दक्षिण कोरियाली कम्पनी सामसुङका लागि ठूलो धक्का भएको बताइएको छ । नोट सेभेन प्रयोग नगर्न सामसुङले जारी गरेको दोश्

सक्छौ साकाहारी बनौ सक्दैनौ खसि काटेको मासु खाएको ,फोटो चाहि पोष्ट नगरौ

यसपालीको दशैमा अनेक अनेक स्टाटास लेखेर मानिसहरु चर्चामा आइरहेका छन् । यसै क्रममा कयौ मानिसहरुले यसपाली पशुवलिको विरोधमा स्टाटस लेखेका छन भने कयौले पशुअधिकारका कुरा उठाइर हेका छन् । हास्य कलाकार दिपक राज गिरीको स्टाटस भने एकदमै सन्तुलित रहेको छ । उनले सानो बेलामा आफूले माासु खाने गरेको र पछि बुझ्ने भएपछि मासु छाडेको प्रसंगलाई यथार्थपरक ढंगले प्रस्तुत गर्दै भनेका छन् , सक्छौ शाहाकारी बनौ सक्दैनौ,शाहाकारी बन्न नसके पनि मासु खाएको र मासु काटेको तस्विर चाहि पोष्ट नगरौं । हेर्नुस दिपक राज गिरीको पोष्ट जस्ताको तस्तै म आज लेख्दैर्छूुस।।।।।  सानो छंदा १० दिन अघि खसि घरमा आउथ्यो खसि संगै खेल्थे , खसिको कान निमोठथे, म्वाइ खान्थे त्यहि खसि अष्टमिको दिन आफ्नै ऑखा अगाडि काटिदा रून्थे म।। ।। बिस्तारै ठूलो हूदै गए खसि काटदा आफै खुट्टा समाउन थाले।।।। मतलब संबेदनाहीन बन्दै गएछू तर अहिले ५ बर्ष भो म पूर्ण साकाहारी छू।।।।। दशै रमाइलो नै छ।।। रमाइलो भनेको कसैको मासु र कसैको ऑशुमा हुनै सक्दैन।।।।।। सक्छौ साकाहारी बनौ सक्दैनौ खसि काटेको मासु खाएको ,फोटो चाहि पोष्ट नगरौ

दुनियाँमा हरेक एक मिनेटमा के के हुन्छ ? जानिराखौँ ९ रोचक तथ्य

विश्वमा केवल ६० सेकेण्ड भित्रैमा यस्ता धेरै घटनाहरु हुन्छन् जो सुन्दैमा अनौठा तथा कल्पनै गर्न नसकिने खालका समेत हुन्छन् । बजफीड, लिस्ट २५ लगायतका वेबसाइटहरुका अनुसार दुनियमा १ मिनेट भित्रमा यस्ता यस्ता घटना हुन्छन्ः विश्वमा हरेक एक मिनेटमा भोकमरीका कारण १८ जना बच्चाको मृत्यु हुन्छ । विश्वमा हरेक एक मिनेटमा १५ जना अपांग बच्चा जन्मिन्छन् । विश्वमा हरेक एक मिनेटमा १६० जना मानिसको मृत्यु हुन्छ । चर्चित ब्राण्ड नाइकले हरेक एक मिनेटमा ३८ लाख रुपैयाँ मुनाफा कमाउँछ । हरेक मिनेटमा ५५ हजार ब्यारेल तेलको प्रयोग हुन्छ । मानिसहरुले एक मिनेटमा औषतमा १२ पटक परेला झिम्क्याउँछन् । एक मिनेटमा पृथ्वीमा ३६० पटक चट्यांग पर्दछ । पृथ्वीमा रहेकेा ९६ करोड टन पानी हरेक मिनेटमा वाफ बनेर उड्दछ ।  हरेक मिनेटमा दुनियाभर ४५ सय गोटा म्याकडोनाल्डका बर्गर खाइन्छ ।

BioLite BaseCamp Wood Burning Stove and Grill

BaseCamp Large format cooking & charging The BaseCamp converts heat into usable electricity for large-format cooking and charging. Using only fallen branches or small pieces of firewood, make wood-fired meals and charge devices all at the same time. It's a smart alternative to fossil-fueled stoves, creating an elevated cooking fire that burns smarter than any fire you're used to.

पेटमा ग्यास भरिन्छ ? त्यसो भए यसो गर्नुस्

अस्वस्थकर खानपान तथा जिवनशैलीका कारण अहिले आम मानिसहरुमा पेटमा ग्यास भरिने अर्थात् पाद र डकार आउने जस्ता समस्या आम समस्या बनिरहेका छन् । पोषण विज्ञहरुका अनुसार मानिसका केही बानी व्यहोराहरु पेटमा ग्यास भर्नमा जिम्मेवार हुन्छन् । त्यसैले पेटमा ग्यास भरिनबाट रोक्नका लागि त्यस्ता आनीबानी तथा खानेकुराबाट बँच्नुपर्छ । ·   खानेकुरालाई राम्रोसँग नचपाई खानाले खाना पच्नमा समय लाग्दछ । खाना राम्रोसँग नपचेपछि एसिड बन्न थाल्दछ र पेटमा ग्यास भरिन थाल्दछ । त्यसैले खानेकुरा खाँदा हडबडाउने र छिटो छिटो नचपाइकन निल्ने काम गर्नु हुँदैन । राम्रोसँग चपाएर खानुपर्छ । ·    निद्रा कम हुनाले पनि खानेकुरा अपच हुने समस्या पैदा हुन्छ । दिनमा ७ घण्टाभन्दा कम समयको निद्राले अपचको समस्या हुन्छ र यसले पेटमा ग्यास पैदा गर्दछ । त्यसैले पर्याप्त निद्रा लिनुहोस । ·    व्यायाम, हिँडडुल तथा शारीरिक गतिविधि नगर्दा सरीरको मेटाबोलिज्म धिमा हुन्छ । यसो हुँदा खानेकुरा ठीक ढंगले पच्न पाउँदैन र ग्यासको समस्या सिर्जना हुन्छ । ·   लामो समयसम्म लगतार बसेर कम गर्नाले खाएको खाना राम्रोसँग पच्न पाउँदैन ।

सुनसान राजधानी

दसैँ मान्नका लागि राजधानी काठमाडौँबाट लाखौँको सङ्ख्यामा सर्वसाधारण बाहिरिएपछि उपत्यका प्रायः सुनसानजस्तै बनेको छ । उपत्यकाका तीनवटै जिल्लाबाट २२ लाखभन्दा बढी मानिस विभिन्न गन्तव्यमा गएका छन् जसका कारण उपत्यकाका मुख्य बजार, सडक चोकका पसल बन्द छन् । सडकमा पातलो सङ्ख्यामा सवारी साधन गुडेका छन् । मानिसको चहलपहल पनि न्यून छ । पर्याप्त सवारी नचल्दा कामकाजी सर्वसाधारण मर्कामा परेका छन् ।  कतारबाट दसैँका लागि घर फर्केका चितवनका विश्वास केसीले काठमाडौँका विभिन्न स्थानमा आवतजावत गर्न समस्या परेको बताए। अनामनगरमा ट्याक्सीको पर्खाइमा रहनुभएका उनले दुई घन्टासम्म पनि सवारी साधन नपाएको गुनासो पोखे ।  उपत्यका छोड्ने सर्वसाधारणभन्दा पनि विभिन्न बाध्यतामा राजधानीमा रहेका सर्वसाधारणलाई दसैँका बेला सवारी साधन, अत्यावश्यक खाद्य पदार्थ तरकारी आदि सामान किन्न र गन्तव्यमा पुग्न समस्या भएको छ । उपत्यकामा यात्रुको सुविधालाई मध्यनजर गरी नेपाल प्रहरी र नेपाली सेनाले विभिन्न रुटमा गाडी सञ्चालन गरिरहेको भएपनि धेरै यात्रु उक्त सेवाको पहुँचमा नभएको बुझिएको छ ।

दशैंको शुभकामना फेसबुकबाटै !

नेपाली चाडपर्व उस्तै छन् तर मनाउने शैली बदलिएको छ । चाडपर्व आफ्नै रफ्तारमा आएका छन् तर प्रविधिले मानव जीवनमा नै उथलपुथल ल्याएको छ । दशैं, तथा नयाँ बर्षमा भेटेर, पोष्टकार्ड तथा फुलको गुच्छा साँटासाँट गर्ने चलनमा पनि सूचनाप्रविधिले बदलिदिएको छ । परिर्वतन कति छिट्टै आयो ! भेट्ने, गला जोड्ने, पोष्टकार्ड र फूलको गुच्छा दिएर आत्मियता साट्नेहरु घट्दै छन् । फेसबुक ,टि्वटरका भित्ताहरुमा शुभकामना साट्ने प्रचलनले व्यापकता पाएको छ । अहिले भेटेर नै शुभकामना साटासाट गर्ने चलन त पुरानो भईसक्यो । त्यही चलन पछ्याउनेहरु पनि नयाँ प्रविधिलाई आत्मसात गरिसके । हातहातमा मोवाइल हुनेले एसएमएस, एमएमएस मार्फत आफ्ना मनपर्ने साथी तथा परिवार जनमा शुभकामना आदानप्रदान गर्ने चलन अहिले पुरानो भइसक्यो । इन्टरनेट पहुँच भएकाहरुले सामाजिक सञ्जाललाई नै शुभकामना आदानप्रदान गर्ने माध्यम बनाउनु नौलो रहेन अब । इन्टरनेटमा झुम्नेहरु त सामजिक सञ्जाललाई भरपुर प्रयोग गर्दै आएका छन् । नेपालीहरुको घरदैलोमा आएको बडा दशैं सुरु भएको दुई दिन भइसक्यो तर दशंैका शुभकामना रुपी स्टाट्सले फेसबुक प्रयोगकर्ताको वाल

दशैंको शुभकामना !

विजयादशमी तथा शुभ दिपावली २०७३ सालको उपलक्ष्यमा तपाईंको सुस्वास्थ्य, शान्ति, दिर्घायु, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना  ।।।

शाकाहारीको दशैं यसरी बनाउन सकिन्छ स्वादिलो (भिडियो सहित)

यम्मी फुड वर्ल्ड' को दशैं उपहार ! दशैं भन्नेबित्तिकै अधिकांश नेपालीको भान्सामा मासुका परिकार पाक्छन् भन्ने ठानिन्छ । कवाफ, सेकुवा, भुटन, सुकुटीजस्ता परिकारका अगाडि काउली, मुला, सागजस्ता तरकारीको कुनै गन्ती गरिँदैन । त्यसैले शाकाहारीहरु यस्तोबेलामा खानपानको दृष्टिले आफू एक्लिएको महसुस गर्छन् । आफूले दशैंमा खाने त्यस्तो विशेष परिकार नै छैन भनेर उनीहरु मन खल्लो बनाउँछन् । र, दशैंमा शाकाहारीहरू कुन परिकार उपयुक्त होला भनेर अलमलिन्छन् पनि । तपाईं शाकाहारी हुनुहुन्छ भने यसरी अलमलिनुपर्दैन । दशैंमा माछामासु खानेहरुको भिडमा एक्लिएर बस्नुभन्दा तपाईं आफैंले केही परिकार बनाएर यो दशैंलाई स्वादिलो बनाउन सक्नुहुन्छ । शाकाहारीका लागि विशेष उत्सवका बेला पनिर निकै उपयोगी हुन सक्छ । चाडबाड बाहेकको समयमा पनि कसैकोमा पाहुना बनेर जाँदा अरुका लागि मासु पाके पनि शाकाहारीका लागि ससम्मान पनिरको परिकार बनाइएको पाइन्छ । तपाईंले पनि मटर पनिर, पालक पनिर जस्ता परिकार खान सक्नुहुन्छ । यस्तै, तोफुका आइटम पनि बनाउन सक्नुहुन्छ । मैले यसपालि मेरो युट्युब च्यानल ‘यम्मी फुड वर्ल्ड’मा दशैं स्पेशल

सुनचाँदी किन्दा होस गर्नुहोला यसरी हुन सक्छ मिसावट

गहना खरीदमा ठगीबाट कसरी जोगिने ? चाड पर्वहरुमा केही नयाँ गरगहना जोड्ने परम्परा कायमै छ । दशैं तिहारमा सुन पसलहरुमा निकै भीडभाड लाग्छ  । र, यस्तो बेलामा सुन खरिद गर्दा ठगिन सक्ने सम्भावना पनि अत्यधिक हुन्छ । गत वर्ष वाणिज्य विभागले गरेको अनुगमनमा केही सुन पसलले २४ क्यारेटका भनेर बेचेको सुनमा १२ प्रतिशतसम्म मिसावट भेटिएको थियो । सुनका गहनामा धातुजन्य अन्य पदार्थ मिसावट हुने गरेको तथ्य यसबाट खुलेको थियो । बजारमा मिसावटयुक्त अशुद्ध सुनको कारोबार मौलाइरहँदा उपभोक्ताले सचेत हुनुपर्ने अवस्था छ । कतिपय सुन पसलहरुले चाँदीमा मापदण्ड भन्दा बढी जिंकसमेत प्रयोग गर्ने गरेका छन् । झण्डै २० प्रतिशतसम्म हानिकारक क्याडिएम प्रयोग अनुगमनमा फेला परिसकेको छ । के हो क्याडिएम ? क्याडिएम सुनचाँदीमा घुल्ने एक प्रकारको हानिकारक धातु हो, जुन मानव स्वास्थ्यका लागि निकै घातक मानिन्छ । युरोपमा गरगहनामा क्याडिएमको प्रयोग निषेध गरिएको छ । क्याडिएम भएका गरगहना प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग लाग्ने सम्भावना हुन्छ । तर, त्यही क्याडिएमको प्रयोग अहिले नेपाली सुनचाँदी व्यवसायीले गरगहनामा

सकारात्मक विचार

मसंग १ रुपैंयाँ छ, र तपाईसंग पनि १ रुपैंयाँ छ । यदि म र तपाईसंग रहेको १ रुपैंयालाई एक-अर्कामा साटासाट गर्ने हो भने हामीसंग १ रुपैंयाँ नै रहन्छ ।  त्यस्तै गरी मसंग एउटा सकारात्मक विचार छ,  र तपाईसंग पनि एउटा सकारात्मक विचार छ ।  यदि हामी दुईले एक-अर्कामा आफ्नो सकारात्मक विचारलाई सट्टापट्टा गर्यो भने हामीसंग २-२ वटा सकारात्मक विचारहरु हुन्छन् । तसर्थ सदैव राम्रा बिचार र ज्ञानगुणका कुराहरुको अदान प्रदान गरौं ।

नजिकैबाट सगरमाथा हेर्न चाहानुहुन्छ ? विकल्प छ पत्ताले डाँडा

देशका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमणको लागि आन्तरिक पर्यटकहरु नयाँ नयाँ क्षेत्रको खोजीमा रहेका छन् । यसरी घुमफिर गर्न चाहने आन्तरिक पर्यटकका लागि पत्ताले डाँडा एउटा शुन्दर विकल्पको रुपमा रहेको छ ।   सोलुखुम्बु र ओखलढुङ्गाको सीमानामा पर्ने पत्ताले डाँडा राजधानी काठमाडौंबाट छोटो दूरीमा रहेको शुन्दर पर्यटकी क्षेत्र हो । यसको उचाई करीब ३१०० मिटर छ । मनोरम हिमालका दृष्याअवलोकन गर्नको लागि यो उपयुक्त डाँडा हो । यहाँबाट सगरमाथा, मकालु, कन्चनजङ्गा, लोत्से, नुम्बुर, कार्यालुङ, चोलाच्छे, ताबोचे, पुमोरी, खुम्बुचे, थामसेर्कु लगायतका शुन्दर हिमालको दृश्याअवलोकन गर्न सकिन्छ ।   राजधानी काठमाडौंबाट छोटो दूरीमा रहेको यो क्षेत्रमा हवाई र सडक मार्गबाट पुग्न सकिन्छ । सडक मार्गबाट त्यहाँ पुग्न विपी राजमार्ग प्रयोग गर्नुपर्छ । काभ्रेको धुलीखेल, सिन्धुलीको खुर्कोट, जयरामघाट(उदयपुर र खोटाङको सीमाना), ओखलढुङ्गा बजार हुँदै करीब १ सय ५० किमि सडक पार गरेपछि सोलुखुम्बुको पत्ताले गाँऊ पुगिन्छ । पत्ताले गाँउबाट करीब ४० मिनेट उकालो हिडेपछि पत्ताले डाँडा पुगिन्छ । पहिलो दिन खोटाङमा रहेको हले