Skip to main content

Posts

Showing posts from November, 2016

सोमबार विहानको पराकम्पले आमाडब्लम हिमालमा एक शेर्पाको मृत्यु

१३ मंसिर, सोलखुम्बु। सोमबार विहान गएको पराकम्पका कारण चट्टान खस्दा अमादब्लम हिमाल आरोहणमा गएका एक शेर्पाको मृत्यु भएको छ । रामेछाप र सोलखुम्बुको सीमानालाई केन्द्र बनाएर ५ बजेर २० मिनेटमा ५.६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको थियो । सोलखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार भूकम्पका कारण खसेको चट्टानले लागेर लाक्पा थिन्बु शेर्पाको मृत्यु भएको छ । शेर्पासहितको टोली अमादब्लम हिमाल आरोहणका लागि गएको थियो र आधार शिविरमा बसेको थियो । घाइते ४५ वर्षका शेर्पालाई उद्धार गरी हेलिकोप्टरमा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रजिअ पाण्डेले जानकारी दिए । आरोहण टोलीमा कति जना थिए भन्ने खुलेको छैन । तर, उनीहरु सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । भू कम्पका कारण खसेको पहिरोले लुक्लामा दुई घरमा पुरिएका छन् ।

रामेछाप र सोलुको सीमालार्इ केन्द्र बनाएर ५.६ रेक्टरको भूकम्प, काठमाडौंमा पनि धक्का महसुस

१३ मंसिर, । सोमबार विहानै रोमछाप र सोलखुम्बुको सीमानालाई केन्द्र बनाएर भूकम्प गएको छ । र, भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लाहरुमा समेत महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५ बजेर २० मिनेटमा गएको भूकम्प ५.६ रेक्टर स्केलको थियो । र, यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै पराकम्प भएको समेत केन्द्रले जनाएको छ ।

सोलुखुम्बुको स्थानीय तह पुनर्संरचना

मिति २०७३ मंसीर १० गते सोलुखुम्बुको स्थानीय तह पुनर्संरचना प्राबिधिक सगयोग समितिको आयोजनामा बसेको सर्वदलीय सुझाव समितिको बैठकले निम्न अनुसारको गाउँपालिका , नगरपालिका र वडाहरु निर्माण गर्ने निर्णय गरी आयोगमा पेश गर्ने निर्णय गरियो । (१) नाम:- सोलु दूधकुण्ड नगरपालिका  समेटिने गाबिसहरु :- सल्लेरी , वेनी, तामाखानी, गार्मा , तिंगला , टाप्टिड० , केरुड० , गोराखानी र टक्सिन्दु   केन्द्र:- सल्लेरी   वडाहरु :- तिंगला एउटा वडा  , बेनी एउटा वडा , तामाखानी एउटा वडा ,  गार्मा एउटा वडा ,  सल्लेरी १ , २ , ३ , ९  एउटा वडा ,   सल्लेरी ४ , ५ एउटा वडा  ,  सल्लेरी  ६ , ७ , ८ एउटा वडा ,  टाप्टिड० एउटा वडा ,  गोराखानी एउटा वडा  ,    केरुड०  एउटा वडा  ,  टाक्सिन्दु  एउटा वडा  (२) नाम:- खुम्बु पासाड०ल्हमु गाउँपालिका समेटिने गाबिसहरु:- नाम्चे , खुम्जुड० , चौरीखर्क र जुभिड० १,५,७,८,९ केन्द्र :- चौरीखर्क  वडाहरु :-  नाम्चे एउटा वडा  , खुम्जुड० एउटा वडा ,   जुभिड० १,५,७,८,९ एउटा वडा , चौरीखर्क १ ,२,३, ५ , ६, ९  एउटा वडा  ,  चौरीखर्क ४ , ७ र ८ एउटा  वडा  (३)  नाम:- खालिड० दूधकोशी गाउ