Skip to main content

Posts

Showing posts from December, 2016

दुब्लाउने बाहनामा बर्षेनी ३५ लाख रुपैयाँ विदेशियो !

व्यस्त जीवनका कारण मानिसहरु अचेल व्यायाम गर्ने फुर्सदसमेत पाउन छाडेका छन् । व्यायाम गर्ने समय नपाउनेहरु अहिले विभिन्न औषधि वा चियाको सहारा लिएर दुब्लाउने प्रयास गरिरहेका छन् । व्यस्त जीवनमा फास्टफुड र चिल्लो एवं तारेको खानेकुरा खानु कामकाजी मानिसहरुको बाध्यताजस्तै बनेको छ । र, यस्ता खानेकुराले दुब्लाउनुको साटो मोटोपन बढिरहेको छ । दुब्लाउनका लागि अचेल ग्रीन टी खानेहरुको संख्या हृवात्तै बढेको छ । देशभित्रै ग्रीन टी बर्षेनी १० लाख मेटि्रक टनजति उत्पादन हुन्छ । साथै यो बाहिरबाट समेत आयात गर्ने गरिन्छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार ग्रीन टी खरिदका कारण गत आर्थिक वर्ष ०७२/०७३ मात्रै देशबाट ३५ लाख ७८ हजार रुपैयाँ बाहिरिएको छ । आर्थिक वर्ष ०७२/०७३ मा १ हजार ४ सय ७७ किलोग्राम ग्रीन टी विदेशबाट आयात भएको छ । नेपालमा ग्रीन टी चीन, भारत, ताइवान, थाइल्याण्ड, भियतनाम र बेलायतबाट आयात हुने गरेको छ । धेरैजसो मानिसहरु अहिले दुब्लाउने आशमा ग्रीन टी खाने गर्छन् । बानेश्वरको सिद्धबाबा आयुर्वेदका सञ्चालक हिमाल बस्नेतले भने ‘उच्च रक्तचाप, मुटुरोग र अन्य रोगको लाभदा

सुनकोसीमा गाडी खस्यो, ७ जनाको मृत्यु

सिन्धुली- काठमाडौंबाट हलेसी तर्फ जाँदै गरेको स्कारपियो गाडी सुनकोसीमा खस्दा चालक सहित ७ जनाको घट्नास्थलमै मृत्यु भएको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको रत्नावती गाविस ३ सोखुखोला नजिक सडकबाट सुनकोसीमा खस्दा ४ जना पुरुष र ३ जना महिलाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  बा १२ प ८८९७ नम्बरको स्कारपियो गाडी अनियन्त्रित भई सडकबाट सुनकोसीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर निर्मल पनेरुले जानकारी दिए।  दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुपाल्चोक फुल्पिङगकटट् ६ का ५० बर्षिय साङगदोर्जे शेर्पा, सोही स्थान ७ का ५७ बर्षिय बाले शेर्पा, बर्ष ५० की बिवुती शेर्पा, बर्ष ५० कै सर्किनी शेर्पा, गाडी चालक लमजुङ सानिभन्ज्याङ अन्दाजी ४० बर्षका झपटबहादुर गुरुङ काठमाडौं महानगरपालिका स्वायम्भु गोल्ढुङकी ६० बर्षिय टुकुली शेर्पा र सनाखत हुन नसकेका एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर पनेरुले जानकारी दिए।  उनका अनुसार एक जना भने अझै बेपत्ता छन्। गाडीमा ९ जना रहेको र ७ जनाको घट्स्थलमै मृत्यु भएको थियो भने घाइते रहेका १ ज

हिमपहिरोका कारण उपल्लो मुस्ताङमा बाढी

पोखरा- अचानक आएको हिमपहिरोले उपल्लो मुस्ताङको घमीमा ब्यापक क्षति पुर्‍याएको छ। घमीगाउँ भन्दा माथिबाट आएको बाढीले भीषण रुप लिँदा डाकमर गाउँमा क्षति भएको हो। मुस्ताङका प्रमुख जिल्ला अधिकारीध भीमराज पोखरेलका अनुसार बाढीले डाकमर खोलाका ८ वटा काठेपुल बगाएको छ। घमी–८–९ वडालाई जोड्ने डाकमर खोलामा बाढी आएको उनले बताए। ‘गाउँ हुँदै डाकमर खोला बगेको थियो । माथिबाट अचानक आएको हिमपहिरोले बाढीको रुप लिएको हो,’ पोखरेलले भने, ‘मानवीय नभएपनि भौतिक रुपमा क्षति पुगेको छ।’ उनका अनुसार डाकमर खोलाका पुल बगाउँदा गाउँलेलाई आउजाउ गर्न समस्या परेको छ। डाकमर गाउँमा खानेपानी ल्याएको पाइप पनि बाढीले बगाएको छ। केही घरमा बाढीले बगाएर ल्याएको हिलो पसेको उनले बताए। ‘बिहान ९ बजे एक्कासि माथिबाट बाढी आएको रहेछ,’ गाउँलेहरु उठिसकेकोले मानवीय क्षति हुन पाएन।’

काठमाडौंमा घर बनाउँदै हुनुहुुन्छ ? कति लाग्छ खर्च

आफूले दिनरात दुख गरेर कमाएको पैसाले एउटा सुन्दर घर बनाउने रहर कसको नहोला र? तर रहरमा घर बनाउँदा हामी आफू पनि चनाखो भने हुनैपर्छ।   मौसमका हिसावले पनि घर बनाउन उपयुक्त समय सुरु भएको छ। यदि घर बनाउँदा सामान्य कुरामा पनि लापरबाही गरिएमा खर्च बढ्ने मात्रै होइन, भैपरी आउन सक्ने प्राकृतिक प्रकोपले मानवीय क्षति पनि पुग्न सक्छ।     नक्साङ्न तथा प्रक्रियागत काम, बनावट, आवश्यक निर्माण सामाग्री र परिमाण, निर्माण सामाग्रीको गुणस्तर तथा बजारभाउका सम्वन्धमा आवश्यक जानकारी लिनु जरुरी हुन्छ। यस्ता विषयमा आवश्यक जानकारी नहुँदा खर्च बढ्ने र घरको संरचना कमजोर समेत हुन सक्छ।     घर बनाउँदा निर्माण सामाग्रीको अड्कल गर्न नजानेर कहिले अपुग हुने त कहिले बढी हुने जस्ता समस्या पनि कतिपयले ब्यहोर्ने गरेको पाइन्छ।  कतिपयले ठेकदारलाई घर बनाउने जिम्मा लगाएपछि पूर्ण रुपमा विश्वास पनि गर्ने गरेका छन्। यसो गर्दा चाहिनेभन्दा बढी खर्च देखाएर ठगिने सम्भावना पनि उत्तिकै रहन्छ।    त्यसकारण स्वयम् आफै चनाखो भएमा न्यून खर्चमा राम्रो र मजबुत घर बनाउन सक्छौँ। नक्साङ्कनदेखि फिनिसिङ कलर गर्दासम्म राम्ररी

तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली

यतिखेर समृद्धि राईको म चाहिँ नेपाली बोलको गीत चर्चाको शिखरमा छ। दु:खको कुरो, चर्चा जसरी हुनुपर्थ्यो, त्यसरी नभई अर्कै तरिकाबाट भएको छ। सोसल मिडियामा केही मानिसहरु भन्दैछन्, ‘यसले ठूलो राष्ट्रियताको कुरा गरेर जातजातिको महत्वलाई कम आाकलन गरेको छ।’ विरोध गर्नेहरुले बिर्सिएका छन् कि समृद्धि आफैं जनजाति समुदायकी हुन्। उनको गीतले राष्ट्रिय अखण्डताको वकालत गर्ने सुन्दर प्रयत्न गरेको भनेर प्रशंसा गर्नेहरु उत्तिकै भएको युट्युबमा चुलिएको हिटले पनि दर्शाउँछ। हुन त माथिका दुवै कुरा त्यति महत्वपूर्ण होइनन्। सोसल मिडियामा आएका कुरा पनि नाजायज होइनन्, किनकि ‘लोकतान्त्रिक’ मुलुकमा यी सामान्य हुन्। मानिसहरुले बोल्न, मनभित्र रहेको ऐंठन फुकाल्न मज्जैसँग पाउनुपर्छ। त्यसमाथि यो नयाँ नेपाल निर्माणको जग बसाल्ने बेला त झन् त्यसको स्वागत नै हुनुपर्छ। मेरो प्रश्न एउटै हो, के राष्ट्रियता जातीय मुद्दाको तानातान र लुछाचुँडीले मात्रै बलियो हुने हो त? हरेक कुरामा जात, धर्मभन्दा माथि उठ्न नसकी बिषयलाई ‘सेन्सेसनल’ (संवेदनशील) बनाउँदा संविधानमा केही बलिया धारा त थपिएलान्, आरक्षणमा केही प्रतिशत हिस्सा बढी त होला तर

निरोगी बच्चा जन्माउन के गर्ने, के नगर्ने ?

सुन्दर र स्वस्थ बच्चाको चाहना नराख्ने को होला ? वैवाहिक जीवनमा बाँधिएका अधिकांश दम्पतीको एउटै सुन्दर सपना हुन्छ, स्वस्थ बच्चा जन्माउने ।तर, सबैले सोचेजस्तो र कल्पना गरेजस्तो बच्चा पाउन सकिरहेका छैनन् । नचाहँदा नचाहँदै पनि केही परिवारमा रोगी र विकलांग बच्चाको जन्म हुने गरेको छ । कतिपय घरमा यस्ता बच्चाको जन्मले खुसी ल्याउन सक्दैन । चिकित्सा क्षेत्रमा भएका अध्ययनअनुसार करिब ३० प्रतिशत बच्चा जन्मँदा नै कम वजन भएको, विकलांग, दृष्टि नहुने तथा विभिन्न रोग लिएर जन्मन्छन् । यस्ता बच्चामध्ये केहीको एक महिनाको अवधि नपुग्दै मृत्यु समेत हुन्छ । यसले परिवारमा दुःख निम्त्याउने, उज्यालो र खुसीको चाहना गर्ने दम्पतीलाई अँध्यारो र दुःखी बनाइदिन्छ । कसरी जन्मन्छ त स्वस्थ बच्चा ?वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. चन्दा कार्की भन्छिन्,‘स्वस्थ र निरोगी बच्चा जन्माउनका लागि र बच्चाको सर्वाङ्गीण विकासका लागि दम्पतीले पेटमा बच्चा बसेपछि मात्र होइन, त्यो भन्दा धेरै अगाडिदेखि नै विशेष ध्यान दिनु आवश्यक छ । ‘मानिसहरुले गर्भमा बच्चा बसेपछि मात्र महिलाको विशेष ध्यान दिन्छन् तर त्यो मात्र पर्याप्त छैन,’ उ

यस्ता लक्षणहरु देखिएमा डायविटिज हुनसक्छ

बिहान खाली पेटमा रगत जाँच्दा रगतमा चिनीको मात्रा १२६ मिलिग्रामभन्दा बढी देखियो भने ब्लड सुगर बढेको मानिन्छ । यदि १०० देखि १२६ मिलिग्रामको बीचमा देखियो भने मधुमेह रोग लाग्ने सम्भावना बढेकोे मानिन्छ । त्यस्तै खाना खाएपछि सुगर दुई सय भन्दा बढी देखिएमा पनि ब्लड सुगर बढेको मानिन्छ । १४० देखि १९९ सम्म भएमा मधुमेहको जोखिम मानिन्छ । यो अवस्था पत्ता लगाउन रगत जाँच्नै पर्ने हुन्छ । रगतमा ग्लुकोजको मात्रा १८० मिलिग्राम भन्दा बढी पुगेको अवस्थामा मात्र पिसाब जाँचेर डाइबिटिज पत्ता लगाउन सकिन्छ । एउटा स्वस्थ व्यक्तिको रगतमा ग्लुकोजको मात्रा नियन्त्रित हुन्छ । ८–१० घण्टा मानिस भोकै रहँदा पनि रगतमा ग्लुकोजको मात्रा ७०–१०० मिलिग्रामको बीचमा रहन्छ भने खाना खाएको २ घण्टामा जाँच्दा यो मात्रा करीब १४० मिलिग्रामसम्म पुग्न सक्छ । मानिसले खाएको खाना शरीरभित्र ग्लुकोजमा परिवर्तन हुन्छ । मानव शरीरको प्रमुख शक्तिको स्रोत ग्लुकोज हो । शक्ति शरीरभित्र रहेका सेल्स (कोशिकाहरु) भित्र हुन्छ । ग्लुकोजलाई रगतबाट कोशिकाभित्र प्रवेश गराउने काम इन्सुलिन नामक हर्मोनले गर्छ । इन्सुलिन पेटको प्यान्क्रियाज भन्ने ग्रन

नेपालमा अब भोलि बाट गाडीबाट थुक्नेलाई ५ सय जरिवाना, फोहोर फाल्नेहरू जेल जाने !

सवारी साधनको झ्यालबाट बाहिर थुक्दा विचार पुर्‍याउनुहोला, तपाइँले ५ सय रूपैयाँ जरिवाना तिर्नुपर्ने हुन सक्छ । अझ तपार्इले पुस १ गते अर्थात भोलिदेखि गाडीकाे झ्यालबाट सार्वजनिकस्थल वा सडकमा फोहोर फाल्नुभयाे भने जेल नै जानुपर्ने पनि हुन सक्छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच सार्वजनिक यातायातबाट फोहोर फ्याँक्न निषेध गर्ने र सवारीमै डस्टविन राख्ने सहमति भएको छ । मङ्सिर १७ गते भएको याे सहमति पुस १ गतेबाट लागू हुने भएकाे छ । सवारीबाट यात्रा गर्दा सार्वजनिकस्थल तथा सडकमा कुनै पनि फोहोरजन्य पदार्थ (प्लास्टिक बोतल, खानेकुराको अवशेष, प्लास्टिक झोला, कागज आदि) जथाभावी फाल्दा फोहर भई वातावरणमा समेत प्रभाव परेकाले निषेध गरिएको फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले जानकारी दिए । “सार्वजनिक यातायातबाट निष्कासन हुने फोहरमैलालाई नियन्त्रण वा व्यवस्थित गर्न प्रत्येक सवारीमा ३० माइकोनमाथिको पोलिथिन थैलो वा डस्टविन राख्नुपर्ने व्यवस्था गरिएको छ, सवारी छुट्नुअघि चालकले डस्ट

मुस्ताङका पूर्वाराजा विष्टको निधन

मुस्ताङका पूर्वराजा जिग्मेदोर्जे पल्बर विष्ट। मुस्ताङका पूर्वराजा जिग्मेदोर्जे पल्बर विष्टको उपचारका क्रममा ओम अस्पतालमा शुक्रबार बिहान निधन भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गत मंगलबार अस्पताल भर्ना गरिएको थियो। फोक्सोको समस्याबाट पीडित उनलाई उच्च रक्तचाप समेत थियो। उपल्लो मुस्ताङको लोमान्थाङमा जन्मिएका उनी मुस्ताङका राजा आङ्गुन तेन्जिङ त्रान्दुलका तेस्रो पुत्र थिए। उनले चीनको सिगात्से (तिब्बत) बसेर स्व अध्ययन गरेका थिए। सन् १९५९ मा उनलाई राजा आङ्गुनको उत्तराधिकारीको रुपमा नेपालका तत्कालीन राजाले मान्यता दिएका थिए। सन् १९६४ मा पिताको निधनपछि उनी मुस्ताङको राजा घोषित भएका थिए। उनी सन् १९६४ देखि १९९० सम्म राजसभाको सदस्य तथा सेनाको लेफ्टिनेन्ट कर्नेलको जिम्मेवारीमा थिए। वि.सं. २०६२/६३ को जनआन्दोलनपछि नेपालबाट राजतन्त्र हटेसँगै उनी पदबिहीन भएका थिए।

अल्पायुमै अस्ताए प्रतिभावान् कलाकार तथा साहित्यकार अर्जुन खालिङ

प्रतिभावान् कलाकार तथा साहित्यकार अर्जुन खालिङ मृत फेला परेका छन् । बुधबार दिउँसो कोटेश्वरस्थित आफ्नै डेरामा उनी झुन्डिएको अवस्थामा मृत फेला परेको परिवारजनले जनाएको छ । सोलुखुम्बु जुभिङ स्थायी घर भएका खालिङ त्रिभुवन विश्वविद्यालयबाट ललितकला विधामा २०५८ सालको ‘गोल्ड मेडलिस्ट’ थिए । स्नातकोत्तर सकेर व्यावसायिक पेन्टिङमा लागेका उनी अहिले आदिवासी जनजातिको आवाजलाई क्यान्भासमा उतार्ने अभियानमा थिए । उनले किराती पुर्खा तयामा, खियामा र रैछाकुलेको स्केच (चित्र) बनाएका थिए । उनको ‘गोयाङको सुगन्ध’ र ‘सूर्य डढिरहेछ’ कवितासंग्रह प्रकाशित छन् । सीमान्तकृतहरूको पहिचानलाई पेन्टिङको विषय बनाएर उनले सैयौं चर्चित पेन्टिङहरु गरेका थिए । खालिङ केही समयअघिसम्म पेन्टिङ बिषयमा अध्यापन गराउँथे । जुभिङदेखी काठमाडौंसम्म तीन दर्जन प्रदर्शनीमा सहभागी भइसकेका अर्जुनले ‘पेन्टिङ–संघर्ष’ कालमा सोलुखुम्बुको लुक्ला र मुस्ताङको जोमसोममा आर्ट ग्यालरी खोलेका थिए । त्यसपछि उनले काठमाडौंको बौद्धमा ग्यालरी चलाए। यसपछि उनले सीमान्तकृतहरूको पहिचानलाई पेन्टिङ बिषय बनाएर अभियान्ताको रुपमा सक्रिय थिए । ‘चिन्ड

सुन्दर बस्ती भित्रको कष्टदायी जीवन, पर्यटकको बाटो कुर्दा कुदै वित्छ दिन, सिटामोल लिन समेत दुई दिन हिड्नु पर्ने बाध्यता

भोजेन्द्र बस्नेत/सोलुखुम्बु सोलुखुम्बुको हिमाली क्षेत्रहरुको सुन्दरताले संसारलाई लोभ्याएको छ । यहि सुन्दरताका कारण बिश्वका बिभिन्न मूलुकबाट समेत पर्यटकहरु घुम्न आउँछन्, त्यहाँ रमाउँछन्, अनी आफन्त तथा साथीभाईहरुलाई त्यसको कथा सुनाउँछन्, अनि कतिपयले त्यही सुन्दरताको बयान गरेर पनि जिविका चलाईरहेका छन् । त्यहाँको फोटो बिक्री भईरहेको छ, त्यहाँको बयानले राम्रो स्थान पाएको छ, अनी सुन्दरताले गर्दा हामीले मनग्गे आम्दानी पनि लिईरहेका छौं । देशले राजश्व पाएको छ भने व्यक्तिहरु सम्पन्नताको चुलीमा पुग्दै छन् । आलु बाहेक उत्पादन नहुने ठाउामा बसेर पनि आँगनमै हेलिकोप्टर राख्न सक्ने अबस्था त्यही हिमाली सुन्दरताले दिलाएको हो ।  सुन्दरताले यति धेरै फाईदा दिएपनि त्यहाँ भित्रको कष्टदायी जीवनको याद भने कमैले गर्छन्, । त्यहाँ पुग्ने पर्यटकलाई सुबिधा दिन बसेकाहरुको कथा कारुणिक पनि छ । खुम्बुमा पर्यटकका कारण धेरै कमाएको र जीवनशैली सुध्रिएको चर्चा धेरैतिर हुन्छ । खुम्बुका पर्यटन व्यवसायीको जीवनशैली बिकसित मुलुकको जीवनशैली भन्दा कम रौनक छैन भनेर धेरैतिर चर्चा सुनिन्छ । तर पर्यटकको बाटो कुरेर बस्ने हिमा

विकासे काममा चरम ढिलासुस्ती, ५ बर्षमा पनि बनेन लिखु खोलाको पुल, ठेकेदार भन्छन् – कमजोरी भयो

सोलुखुम्बुको चौंलाखर्क र रामेछापको गुम्देल गाविस जोड्ने लिखुखोलाको पुल निर्माण कार्य ५ बर्षमा पनि पुरा हुन सकेको छैन । २०६९ सालमा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) र सिरुवा लोकप्रियदेवी कन्स्ट्रक्सन बीच सम्झौता भई काम शुरु भएको पुल निर्माण कार्य हालसम्म पनि पुरा नभएको हो । सो पुल निर्माण नहुादा सोलुखुम्बुको डााडापारीका गाविसहरु गोली, चौलाखर्क र भकाञ्जेका बासिन्दा मर्कामा परेका छन् भने सदरमुकामबाट चौलाखर्क तथा रामेछाप हुादै राजधानी चल्न सक्ने सडक निर्माणको काम पनि अबरुद्ध भएको छ ।  २०७० साल असार मसान्त भित्रमा काम सम्पन्न गर्ने गरी ३ करोड ५० लाखको लागतमा समझौता भएको सो ट्रष्ट ब्रिजको निर्माण कार्य बीचमा २ बर्ष अबरुद्ध भएको थियो । अघिल्लो बर्षको चैत्र महिनामा सोलुखुम्बुका सांसद बलबहादुर केसी र डोलिडारका प्राबिधिक सहितको उपस्थितीमा सार्वजनिक सुनुवाई गरी ठेकेदारलाई दवाव दिएपछि पुन: काम शुरु भएको थियो । गत बर्षको असार मसान्तमा अन्तिम पटकका लागि एक बर्षको म्याद थप भएकोले आगामी असार मसान्त सम्ममा निर्माण सक्नु पर्ने दवावका क

इन्टरनेटबाट आफूलाई अलग गर्न चाहनुहुन्छ ? अपनाउनुस् यी २ काइदा

के तपाइँ इन्टरनेटको दुनियाबाट बाहिरिन चाहनुहुन्छ ? त्यसो हो भने धेरै ठूलो चिन्ता लिइरहनु पर्दैन । अहिलेको अनलइनको दुनियामा इन्टरनेटमा लत बसाल्ने चिजहरु त छँदैछन् लत छुटाउने उपायहरुको पनि कमी छैन । डिसिट नामक वेबसाइट सबैभन्दा उत्तम उपाय हो यो बाटोमा । यसमा प्रयोगकर्ताहरुले आफुलाई आफ्नो जिमेल अकाउन्टबाट आबद्ध गरेर आफुलाई अन्ततः इन्टरनेटको संजालबाट मुक्त गर्न सक्दछन् । सुरुमा यो वेबसाइटमा गई गुगल अकाउन्ट लगइन गरिसकेपछि यसले तपाइँले आफ्नो जिमेल ठेगानासँग आबद्ध गराएका सबै खाले अनलाइन सर्भिस, वेबसाइट र मेलिंग लिष्ट पत्ता लगाउँछ । यसमा तपाइँको खाता रहेको सोसल नेटवर्किंग साइट, डेटिंग वेबसाइट तथा अनलाइन स्टोर पनि समावेश हुन्छन् । तपाइँ जतिधेरै इन्टरनेट नेटवर्कमा आबद्ध हुनुहुन्छ ती सबै पत्ता लगाउन यो वेबसाइटलाई उति नै धेरै समय लाग्नेछ । तपाइका अनलाइन आबद्धता पत्ता लगाइसकेपछि डिसिटमी ले सबै अकाउन्ट तथा अनलाइन सर्भिसको सूचि देखाइदिन्छ र त्यसको दायाँ साइडमा डिलिट गर्ने वा अनसब्सक्राइब गर्ने लिंक उपलब्ध गराउँछ । खासगरी पहिले कुनैबेला प्रयोग गर्ने भएप्नि ह

निन्द्रा नपुग्दा के हुन्छ ?

के तपाई पर्याप्त निन्द्राबाट बञ्चित हुनुहुन्छ ? मध्यरातमा बिउँझेर चिन्तित मुद्रामा घडीको सुईले टिक–टिक गरेको हेरेर बस्नुभएको छ ? तपाईंलाई निन्द्रा पुगेको छैन? अफिसमा छिर्नेबित्तिकै १० मिनेट यसो निदाउन पाए हुन्थ्यो जस्तो लाग्छ ? अवश्य पनि तपाईं एक्लै हुनुुहुन्न र आशा मरिसकेको छैन । हामी राम्रोसँग सुत्न चाहन्छौं, तथापि धेरैलाई गा¥हो हुन्छ । अनिन्द्राले के गर्छ ? अपर्याप्त निद्राले मन अस्थिर बनाउछ र दैनिक गतिविधिमा नै असर गर्छ । अनिद्राका कारण थकान, एकाग्रताको अभाव, दिक्क लाग्ने, तनाब बढ्ने र दैनिक कार्य शैलीलाई नै असर गर्छ । ६ घन्टाभन्दा कम समय सुत्दा बढी भोक लाग्छ, जसले साढे सात गुणा मोटोपन ल्याउँछ ।  थोरै सुत्ने मानिसलाई पर्याप्त मात्रामा सुत्ने मानिसको तुलनामा साढे दुई गुना डायबिटिजको खतरा हुन्छ । पर्याप्त नसुत्दा रोग प्रतिरोधात्मक क्षमता घट्छ । डिप्रेसन, डायबिटिज, मुटुसम्बन्धी रोग, डिमेन्सिया निम्त्याउँनुका साथै असामयिक मृत्युसमेत हुन सक्छ ।वास्तवमा सातामा दैनिक ४–५ घन्टा सुत्दा स्मरण क्षमता १ प्रतिशतले घट्छ । समग्रमा भन्नु पर्दा अनिद्राले जीवनको गुणस्

तपाईंको वाइफाईंमा चोरको मस्ती ?

घरको इन्टरनेटमा वाइफाई सेवा जोड्नुभएको छ ।  पहिले स्पिडमा चलिरहेको वाइफाई स्लो भएको महसुस त भएको छैन ? यो अवस्थामा टाउको समाएर तनाव लिने होइन । गम्भीर भएर सोच्नुहोस् । वाइफाई स्लो हुनुको कारण चोरी पनि हुन सक्छ । यो समस्या अहिले अधिकांशले भोग्ने गरेका हुन्छन् । वाइफाई ह्याक गरेर कसैले मस्ती गरिरहँदा तपाईंले सास्ती भोग्नुपरेको हुन्छ ।  त्यसैले पत्ता लगाउनुहोस्, कसैले चोरेकै कारण स्लो भयो या अन्य समस्याले ? १. सुरुमा आफ्नो वाइफाइ राउटरमा नजर लैजानुहोस् । राउटरमा केही लाइट बलिरहेका हुन्छन् । यीमध्ये एउटा वायरलेस कनेक्टिभिटीको हुन्छ । वाइफाई चोरी भए/ नभएको पत्ता लगाउन सबै वायरलेस डिभाइस बन्द गर्नुहोस् । २. ल्यापटप, कम्प्युटर, स्मार्टफोन, स्मार्ट टिभीजस्ता सबै डिभाइस बन्द गरिदिएपनि मोडेममा भएको वायरलेसको लाइट बल्ने निभ्ने गरिरहेको छ भने कसैले ह्याक गरको अनुमान लगाउन सकिन्छ । ३. यो बाहेक अर्को उपाय पनि छ । राउटर लग–इन गरेर डिएचसिपी क्लाइन्ट लिस्ट हेर्नुहोस् । राउटरभित्र यो लिस्ट हुन्छ । अब आफ्नो घरमा वाइफाई चलाउने मोबाइल, ल्यापटपको संख्या भन्दा बढी संख्यामा आइपी चलेको