Skip to main content

Posts

Showing posts from January, 2017

म किन गरीब ?’ भन्ने प्रश्नमा बुद्धले दिएको यो जवाफ सुन्दैमा धनी बनिन्छ

साथमा पर्याप्त धन हुँदैमा कोही धनी हुँदैन, संसारका हरेक मानिस धनी छन्, तर आफूसँग भएको धनलाई चिन्नुपर्छ । चिन्नलाई दुरदृष्टि आवश्यक पर्छ, त्यो जो कोहीसँग नहुन सक्छ । परापूर्वकालमा एक व्यक्ति आफ्नो गरिबीको कारण सोध्न महामानव गौतम बुद्धकोमा पुग्यो । भगवान ‘म किन गरीब ?’ भन्ने उसको प्रश्नमा बुद्धले यस्तो जवाफ दिए कि उसको गरिबी एक मिनेट पनि टिकेन । भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि बुद्ध आफूले प्राप्त गरेको ज्ञान बाँढ्ने अभियानमा थिए । यसैक्रममा एक गाउँमा पुगेपछि उनले सबैलाई भेला परेर आफूले प्राप्त गरेको ज्ञान बाँढ्न थाले । मानिसहरु गौतम बुद्धकोमा आ-आफ्ना दु:ख, पीडा र रोदन लिएर पुग्थे अनि उर्जा र जोशले भरिएर फर्किन्थे । म किन गरीब ? त्यसैक्रममा एक दु:खी व्यक्तिले भगवान बुद्धसँग आफ्नो गरिबीको कारण सोध्न चाह्यो । ऊ हिम्मत गरेर बुद्धको शिविरतर्फ अघि बढ्यो । मानिसहरु पालैसँग एक-एक गरी बुद्धलाई भेटिरहेका थिए । ऊ पनि आफ्नो पालो पर्खिएर लाइनमा बस्यो । भगवान बुद्ध चुपचाप गाउँबासीको समस्या सुन्दै निकै नै शान्त र सालिन भावमा उपदेश दिइरहेका थिए

सोलुखुम्बुमा अहिलेसम्मकै सबैभन्दा बढी हिमपात, खुम्जुङको तापक्रम माइनस ११ डिग्री

सोलुखुम्बु, १५ माघ - सोलुखुम्बुमा गएराति अहिलेसम्मकै सबैभन्दा बढी हिमपात भएको छ। शुक्रबार बिहान करिब १० बजेदेखि पर्न सुुरु भएको हिमपात राति निकै अबेरसम्म जारी रहेको थियो।   जिल्लाको खुम्जुङलगायतको माथिल्लो बस्तीमा चार फिटभन्दा बढी हिउँ जमेको छ भने दूधकुण्ड नगरपालिकालगायतको क्षेत्रका डाँडापाखा पनि हिउँले सेताम्मे भएका छन्। यस वर्ष यसअघि पुस महिनाको दोस्रो हप्ता हिउँ परेको भए पनि त्यसबेलाको भन्दा यस पटक बढी हिउँ जमेको छ।   हिमपातसँगै जिल्लामा चिसो पनि अत्यधिक बढेको छ। आज बिहान ५ः३० बजे सदरमुकाम सल्लेरीको तापक्रम माइनस ७.२ डिग्री सेल्सियसमा झरेको सल्लेरीस्थित मौसम अवलोकन केन्द्रले जनाएको छ। यस्तै खुम्जुङ भ्यालीको तापक्रम माइनस ११ डिग्री सेल्सियसमा झरेको खुन्दे अस्पताल परिसरमा रहेको तापमापन केन्द्रले जनाएको छ।   हिमपातसँगै जिल्लाको हिमाली बस्तीको जनजीवन कष्टकर बनेको छ। रातभर हिउँ परेको भए पनि बिहानैदेखि मौसम सफा भएर घाम लागेका कारण स्थानीय बासिन्दालाई राहत भएको छ। रासस 

धोका दिने केटालाई जेलबाट छुटाएर विवाह

भोजेन्द्र बस्नेत- सोलुखुम्बु-साँझ करिब ५ बजेतिर एउटी महिला अत्तालिँदै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु पुगिन् । प्रहरी नायब उपरीक्षकलाई खोज्दै गएकी उनलाई प्रहरीले प्रनाउ माधवप्रसाद बुढाथोकीसँग भेट गराइदिए । बुढाथोकीलाई भेटेपछि उनले जन्तीका लागि भोज तयार गरेको तर जन्ती नआएको र बेहुला पनि सम्पर्क बाहिर गएका कारण आफू बर्बाद भएको बताइन् । उनले तत्काल बेहुलालाई झिकाइदिन प्रहरीलाई आग्रह गरिन् । जन्ती कहाँबाट आउने ? प्रनाउ बुढाथोकीको प्रश्नमा रश्मी भुजेल (नाम परिवर्तित) ले भनिन्, जाजरकोटबाट । झनै अचम्म लागेपछि बुढाथोकीले सोधे – “जाजरकोट कहाँ हो, कति टाढा छ, थाहा छ ?” भुजेलको जवाफ आयो – “त्यो त थाहा छैन, जाजरकोट भन्ने मात्र सुनेको ।”   जन्तीका लागि भोज तयार गरेको तर जन्ती नआएको र बेहुला पनि सम्पर्क बाहिर गएका कारण आफू बर्बाद भएको बताइन् । उनले तत्काल बेहुलालाई झिकाइदिन प्रहरीलाई आग्रह गरिन् । घटना विवरण बुझ्दा थाहा भयो, ती महिला वैदेशिक रोजगारीबाट केही समय अघि फर्केकी रहिछन् । विदेशमा बस्दा ती महिला र जाजरकोट घर बताउने एक पुरुषसँगै बस्दा (लिभिङ टुगेदर) रहेछन् । नेपाल फर्केपछि

सल्लेरीमा फेरि आगलागी, एक घर जलेर नष्ट

तीन तले घर जल्यो ९ माघ, सोलुखुम्बु - सोलुखुम्बु सदरमुकाम सल्लेरीमा पुनः आगलागी भएको छ । आइतबार विहान ११ बजेतिर भएको आगलागीवाट एक घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । सल्लेरी नजिकको माथिल्लो दोर्पूका गल्देन शेर्पाको घरमा आगलागी भएको हो ।  परिवारका साथमा अन्य कामदार समेत घरमा नै भएको अवस्थामा पनि आगलागी नियन्त्रणमा लिन नसकिएको घरधनीले बताए । एक्कासी धुवाँको मुस्लो देखिएपछि मात्र आगलागी भएको घर परिवारले थाहा पाएका थिए ।  तीन तले घरमा प्लाई उडका साथमा जस्ताको छाना लगाउने कार्य केही दिन अघि मात्रै सकिएको थियो भने विद्युत वायरिङको काम पनि भर्खरै मात्र गरिएको थियो । आगलागी भएपछि स्थानीय तथा प्रहरी पुगे पनि घरभित्रवाट केही पनि सामान बाहिर निकाल्न नसकिएको परिवारले बताएको छ ।  विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । लगातारको आगलागीवाट सोलुखुम्बु सदरमुकाम सल्लेरीबासी त्रसित बनेका छन् ।

लुक्ला विमानस्थल, जहाँ जहाज स्टार्ट भइसकेपछि यात्रु खोजेर ल्याउनुपर्छ

सोलुखुम्बु, ९ माघ | नेपालकै व्यस्त विमानस्थलको सूचीमा पर्ने पर्यटकीयस्थल लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा माइकिङ सुविधा नहुँदा यात्रु समस्यामा पर्ने गरेका छन् । पर्यटकीय मौसममा एकै दिनमा ८० – ९० वटासम्म उडान भर्ने सो विमानस्थलमा एकैपटक तीन – चारवटा विमानले यात्रु चढाइरहेका हुन्छन् । यस्तो बेलामा आफू चढ्ने विमानको पहिचान गर्न नसक्नु, जहाज कतिबेला आउँछ, कतिबेला जहाजमा चढ्नेजस्ता सूचना नपाउँदा टर्मिनल भवनमा पर्खिरहेका यात्रु समस्यामा पर्ने गरेका हुन् । पर्यटन गाइड ल्हाक्पा नुरु शेर्पा भन्छन् – “दुई चारवटा जहाज बसेका हुन्छन्, आफू कुनमा जाने हो सोध्दै दौडनुपर्छ, टर्मिनलमा पसेदेखि कर्मचारीलाई सोधिरहनुपर्छ, चर्पी जाँदा पनि कतै जहाज छुटिहाल्छ कि भन्ने डर हुन्छ ।” बिहानको समयमात्र उडानका लागि उपयुक्त रहेको सो विमानस्थलमा सबैजसो उडान कम्पनीले एकै समयमा उडान भर्छन्, यस्तो अवस्थामा विमानस्थलको टर्मिनलमा सयौँको भीड हुन्छ तर आफूले यात्रा गर्ने विमानमा कतिबेला चढ्ने भन्ने कुराको जानकारी नदिँदा आफूले टिकट लिएको कम्पनीको काउण्टर अगाडि कुरेर बस्नुपर्ने बाध्यता रहेको अर्का पर्य

हिउँमा यस्तो देखियो सोलुखुम्बु [फोटो फिचर]

यस बर्ष सोलुखुम्बुको विभिन्न स्थानमा हिमपात भयो र यो जारी पनि छ । हिमपातका कारण चिसो बढे पनि धेरैले हिउँसँगै रमाइलो गरेकाछन् । विभिन्न सिलसिलामा सोलुखुम्बु आइपुगेका व्यक्तिहरुले अझ बढी रमाइलो अनुभूति गरेकाछन् । पुस महिनाको दोश्रो साता विभिन्न स्थानमा हिमपात हुँदाका केही तस्वीरहरु श्रोत : फेसबुक

सुत्केरी बचाउन हेलिकप्टरको भर, चौंलाखर्ककी रुद्रमायालाई बोकेर उडेको हेलिकोप्टरमै छोरो जन्मियो, उनको नाम हेलिकोप्टर व्वाई राखियो

सोलुखुम्बु । गुदेल २ तुमाउ सोलुखुम्बुकी लक्षी राईलाई सुत्केरी व्यथा लाग्दा राती ११ बजे बच्चाको हात निस्कियो, स्वास्थ्य चौकी गुदेलका अहेब रामु केसीले हरसंभव प्रयास गर्दा संभव भएन, बिहानै डेढ लाखमा हेलिकोप्टर चार्टर गरेर काठमाडौं पुर्‍याईयो, अस्पताल पुग्दा बच्चा मरिसकेको रहेछ, अप्रेसन गरेर आमाको ज्यान बच्यो, ६ महिनाको उपचारपछि घर फर्किएकी राई भन्नुहुन्छ – ऋण त लाग्यो तै पनि ज्यान बच्यो, हेलिकोप्टर नआएको भए मर्थे ।  अघिल्लो महिना गुदेल ८ कि बिन्दुमाया राईलाई पनि सुत्केरी व्यथाले च्याप्यो, स्वास्थ्य चौकीमा उपचार संभव नभएपछि हेलिकोप्टरको खोज शुरु भयो, ४ घण्टामा रकम जम्मा गरेर हेलिकोप्टर मगाईयो, काठमाडौंबाट हेलिकोप्टर उडेको आधा घण्टा नभई बिन्दुमायाको ज्यान गयो । अघिल्लो बर्ष छेस्काम ९ कि खामिमाया राईलाई लिन बोलाएको हेलिकोप्टर अबतरण गर्न साथ उनको ज्यान गयो ।  यस्तै चौंलाखर्क ३ की रुद्रमाया खत्रीलाई बोकेर काठमाडौं उडेपछि हेलिकोप्टर भित्रै छोरो जन्मियो, उनको नामै हेलिकोप्टर व्वाई राखियो । यी त उदाहरण मात्र हुन् । दुर्गमका गर्भवती सधैं जोखिममा छन् । बेथाले च्या

बदाम खानुका ९ फाइदा

जाडो मौसममा घाम ताप्दै बदाम खानेहरु यत्रतत्र देखिन्छ। धेरैले घाम ताप्दाको साथी सम्झेर बदाम खान्छन्। तर बदाम जुनै मौसममा खाए पनि त्यसले फाइदै गर्छ। पौष्टिक तत्वयुक्त बदाम खाँदा हुने फाइदा यस्ता छन्ः तौल नियन्त्रणः  बदाम खाँदा पेट छिट्टो डुम्म हुने भएकाले अन्य क्यालोरियुक्त चिल्लो पर्दाथ भएको खानेकुरा खाने इच्छा हुँदैन। धेरै खाने इच्छा नहुँदा मोटा मानिसको तौल घट्न सक्छ। मोटा मानिसले नियमित बदाम खाँदा तौल घटाउन प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएका छन्। क्यान्सरबाट बचाउँछः  बदाममा ‘फाइटोस्टेरोल’ नाम गरेको तत्व हुन्छ। फाइटोस्टेरोलले आधारभूत रुपमा ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउँछ। कोलेस्टेरोल तह नियन्त्रणः   बदाममा हुने ‘फ्याटी एसिड’ले शरीरमा सन्तुलित कोलेस्टेरोल तह कायम गर्न सहयोग गर्छ। डायबिटिजबाट जोगाउँछः  बदाममा हुने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ‘ब्लड सुगर’को तह कायम राख्न सघाउँछ। यसले डायबिटिजको समस्याबाट जोगाउँछ। स्ट्रोकको खतरामा कमीः  बदाममा विभिन्न प्रकारका ‘एन्टि अक्सिडियन्ट’ र खनिज तत्व हुन्छन्। जसका कारण हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग