Skip to main content

Posts

Showing posts from March, 2017

सगरमाथा फेदीमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता

राधा ढुंगाना सोलुखुम्बु- सर्वोच्च   शिखर सगरमाथाको फेदी सोलुखुम्बुको नाम्चेबजारमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुने भएको छ। पर्यटक भित्र्याउनका लागि नेपालकै सर्बाधिक राशीको भलीबल प्रतियोगिता गर्न लागिएको हो। खुम्बु भ्रमणमा आन्तरिक पर्यटकलाई पनि बढवा दिन भन्दै सगरमाथा दिवस अर्थात मे २९ (जेष्ठ १५) मा नाम्चेबजारमा भलिबल सहित सांस्कृतीक कार्यक्रम गर्न लागिएको आयोजक नाम्चे युवा समूहका उपाध्यक्ष एब खेल संयोजक लामाकाजी शेर्पाले जानकारी दिए। कार्यक्रम गर्न नेपाल पर्यटन बोर्ड, बिभिन्न ट्रकिङ कम्पनीहरु सहित हिमालय क्षेत्रमा काम गरिरहेको संघसस्थाहरुको साथ रहने जनाइएको छ। खुम्बु क्षेत्रमा बार्षिक ३० देखि ३५ हजारको संख्यामा विदेशी पर्यटक सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गर्ने गरेपनि नेपाली पर्यटकहरु खुम्बु जान नसकेको भन्दै आन्तरिक पर्यटकलाई पनि प्राथमिकता दिनु पर्ने आयोजकको भनाई छ। प्रतियोगितामा पहिलो पुरस्कार ३ लाख ५१ हजार १ सय ५०,  दोस्रो पुरस्कार, २ लाख ८१ हजार १ सय ५०, तेस्रो पुरस्कार, २ लाख ११ हजार १ सय ५० रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगदका साथ ट्रफि मेडल र

तिङलाबासीको आन्दोलनले सोलुमा यातायात ठप्प

राधा ढुंगाना सोलुखुम्बु- पुनर्संरचनामा असन्तुष्टी जनाउँदै सोलुखुम्बुका तिङलाबासी आन्दोलीत भएका छन्। आफुहरुको चाहना विपरित नेचा–सल्यान गाउँपालिकामा समाहित गरेको विरोधमा तिङलाबासीले सोलुखुम्बुमा यातायात शुत्रबारबाट ठप्प पारेका हुन्। आफूहरु सोलु–दुधकुण्ड नगरपालिकामा समावेश हुन ईच्छुक भएपनि अपायक पर्ने नेचा सल्यान गाउँपालिकामा समावेश गरिएको भन्दै सोलु काठामाडौ र तराईसम्म जोड्ने तिङला सडकखण्ड अनिश्चितकालिन बन्द गरेका हुन्। सो बन्दले गर्दा नेचा सल्यान क्षेत्रवाट सल्लेरी सम्मको यातायात ठप्प भएको छ भने राजधानी र तराई गुड्ने यातायातका साधन पनि अपलपत्रमा परेका छन् । विरामीहरुलाई समेत सडक पार गर्न नदिएपछि हेलिकप्टरवाट उपचारका लागि अन्यत्र लैजानुपर्ने बाध्यता पैदा भएको छ। सरकारले आफ्नो मागलाई पुरा नगरेसम्म बन्द लगायतका आन्दोलनका कार्यक्रम गरिरहने आन्दोलन संघर्ष समितिका संयोजक बाल कुमार कार्कीले बताए । विहिबार जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिमा धर्ना सहित नारावाजी गरेका तिंलाबासीले शुक्रबार बिहानैदेखि सोलुबाट छुट्ने कुनै पनि सावरी साधन छुट्न दिएका छैनन । तिंलालीहरुले रमितेब

सल्लेरीमा तिंगलाबासीको व्यापक प्रदर्शन

१० चैत्र – स्थानीय तह पुनर्संरचना प्रति असन्तुष्टी जनाउँदै तिंगलाबासीले सल्लेरीमा व्यापक प्रदर्शन गरिरहेका छन् । सयौं स्थानीयको सहभागितामा उनीहरुले नाराबाजी सहित जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति अगाडी धर्ना दिइरहेकाछन् । तिंगला स्वायत्त गाउँ पालिका घोषणाको माग उनिहरुको छ । नेचा सल्यान गाउँ पालिकामा कुनै पनि हालतमा नजाने भन्दै साबिकको तिंगला गाबिसको हरेक घरवाट नारा जुलुसमा सहभागी भएको अगुवा राम थुलुंगले जानकारी दिनुभयो ।

सगरमाथा आरोहणका लागि बाटो निर्माण शुरु

सोलुखुम्बु- यस बर्षको सगरमाथा आरोहणका लागि बाटो निर्माण कार्य आजबाट सुरु भएको छ। आधार शिबिरबाट बाटो निर्माणका लागि ८ जना आइसफल डक्टरहरुले काम थालेको सगरमाथा प्रदुषण नियन्त्रण समितिले जनाएको छ । उनीहरुले सगरमाथाको क्याम्प दुइ सम्म बाटो बनाउने छन् । हिमाल आरोहणको मौसम सुरु हुन लागेपछि बाटो निर्माण सुरु गरिएको हो । हिमालमा बाटो बनाउने ब्यक्ति आइसफल डक्टरहरु फागुन २४ गते नै आधार शिबिर पुगेको भएपनि हावाहुरी र हिमपातले प्रभाबित बनाएपछि बाटो निर्माणमा ढिलाइ भएको हो । बौद्ध परम्परा अनुसार हरेक बर्ष जस्तै गत बुधबार पूजा गरेर आजबाट बाटो निर्माण सुरु गरिएको एसपिसिसिका उपाध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए । उनीहरुले एक बर्षमा हिमपातका कारण भत्कीएका पुराना बाटोको मर्मत, आरोहणमा प्रयोग हुने डोरी र भर्याङहरुको ब्यबस्थापन लगायतको काम गर्नेछन् । बाटो निर्माणका लागि ८ जना आइसफल डक्टर सहित १० जना सोलुखुम्बुको नाम्चेबजारबाट फागुन २२ गते नै सगरमाथाको आधारशिबिर तर्फ लागेका थिए । बाटो बनाउनेहरुमा आङकामी शेर्पाको नेतृत्वमा आङसार्की शेर्पा, निमादोर्जी शेर्पा, मिङमा छिरि शेर्पा, याङडा शेर्पा, मिङमा

हिमाल आरोहणमा जीपीएस अनिवार्य

हिमाल आरोहण गरेको झूट प्रमाण पेस गरेर कीर्तिमान बटुल्नेको संख्या बढेपछि पर्यटन विभागले एक व्यक्ति एक जीपीएस अनिवार्य गर्ने भएको छ ।कीर्तिमानको प्रमाणपत्र अनुमानमै शीर्षक समाचार अन्नपूर्णमा प्रकाशित भएपछि विभागले हिमाल आरोहीलाई अनिवार्य ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रयोग गर्नुपर्ने व्यवस्था गर्न लागेको हो । समाचार प्रकाशनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हेल्लो सरकारले विभागसँग स्पष्टीकरण मागेको थियो । विभागले चलानी नम्बर ४९३९ अनुसार फागुन ८ गते स्पष्टीकरण पेस गरेको छ । प्रधानमन्त्री कार्यालयको नियमनपछि आरोहणलाई वैज्ञानिक बनाउन जीपीएस प्रयोग अनिवार्य बनाउने पक्षमा विभाग लागिपरेको छ । विभागले पर्यटन ऐन २०३५ पर्वतारोहण नियमावली २०६५ अनुसार पर्वतारोहणसम्बन्धी काम अघि बढाउँदै आएको जनायो । सम्पर्क अधिकृतले पेस गरेको पर्वातारोहणसम्बन्धी प्रतिवेदन, पर्वतारोही दलका टोली नेताले पेस गरेको प्रतिवेदन, सफल आरोहणको फोटो र सम्बन्धित एजेन्सीको सिफारिसका आधारमा प्रमाणपत्र उपलब्ध गराउनुपर्ने कानुनी प्रावधान छ । तर यी नियमबिनै प्रमाणपत्र उपलब्ध गराएको भन्दै उजुरी गर्नेको सं

​गाउँपालिका र नगरपालिकामा जनप्रतिनिधि कसरी निर्वाचित हुन्छन्? जान्नै पर्ने तथ्य

नेपालमा स्थानीय जनप्रतिनिधिले केन्द्रीय संसद्को माथिल्लो सदन् 'राष्ट्रिय सभा'मा उम्मेद्वार बन्ने तथा मतदान गर्ने अधिकारसहितको अधिकारसम्पन्न स्थानीय तहको चुनाव आगामी वैशाख ३१ गते हुँदैछ। आगामी २०७४ साल वैशाख ३१ मा हुने चुनावले स्थानीय तहमा जनप्रतिनिधि दिने मात्र नभई स्थानीय तहलाई अधिकारसम्पन्न बनाउँदै केन्द्रसम्मको प्रत्यक्ष पहुँचसमेत स्थापित गर्नेछ। गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख उपप्रमुखले राष्ट्रियसभा गठनका लागि निर्वाचक मण्डल (इलेक्टोरल कलेज)को भूमिका निर्वाह गर्नेछन् भने राष्ट्रपति निर्वाचनमा पनि त्यही भूमिका स्थानीय तहका जनप्रतिनिधिलाई हुने छ। भलै त्यसलाई सच्याउन संविधान संशोधन गर्नुपर्ने माग संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरिरहेको छ। यति महत्वपूर्ण स्थानीय तहका प्रतिनिधि निर्वाचित कसरी हुन्छन्? स्थानीय तह अन्तर्गत गाउँ सभा, गाउँ कार्यकारी, नगर सभा, नगर कायर्कारी र जिल्ला समन्वय समिति पर्छन्। ती निकाय मध्ये गाउँसभा र नगरसभा जनताको प्रत्यक्ष निर्वाचनबाट गठन हुन्छ्न् भने गाउँ कार्यकारिणी, नगर कार्यकारिणी र जिल्ला समन्वय समिति जनताबाट निर्

सोलुखुम्बुमा एक नगरपालिका र सात गाउँपालिका

तिङला गाविस नेचा सल्यान गाउँपालिकामा  २७ फागुन - स्थानीय तहको संरचना शुक्रबार राजपत्रमा प्रकाशन भएसँगै अहिलेको संरचनामा रहेको नगरपालिका र गाउँ विकास समितिहरु खारेज भएकाछन् । नयाँ संरचनामा शुक्रबारदेखि गाउँ पालिका र नगरपालिका कार्यान्वयनमा आएको छ ।  स्थानीय तह पुर्नसंरचना आयोगले दिएको ७११ स्थानीय तहमा २५ वट थप गर्दै सरकारले देशभरी ७४४ वटा स्थानीय तह बनाएको छ ।  नयाँ संरचनामा सोलुखुम्बुमा एक नगरपालिका र सात गाउँ पालिका रहेकाछन् ।वडाहरुको संख्या भने ५२ रहेको छ ।  १. सोलु दुधकुण्ड नगरपालिका  एक मात्र नगरपालिका सोलु दुधकुण्ड नगरपालिकाको केन्द्र साबिकको दुधकुण्ड नगरपालिकाको कार्यालय तोकिएको छ भने नगरपालिकामा साबिकको दुधकुण्ड नगरपालिका, टाक्सिन्दु, टाप्टीङ, गोराखानी र केरुङ गाविस समेटिएको छ । २. दुधकोशी गाउँपालिका  यो गाउँपालिकामा साबिकको जुभिङ गाविसको वडा नम्बर २, ४ र ६, बासा, काँकु र वाकु गाविस समेटिएकाछन् । यस गाउँ पालिकाको केन्द्र साबिकको बासा गाविसको कार्यालय तोकिएको छ । ३. खुम्बु पासाङल्हामु गाउँ पालिका  यो गाउँपालिकामा चौरिखर्

एलडिओ कुटिएको बिरोधमा सोलुका सबै सरकारी कर्मचारी आन्दोलित

सोलुखुम्बु । स्थानीय बिकास अधिकारी कृष्णप्रसाद साप्कोटा माथि हातपात भएपछि सोलुखुम्बुमा रहेका सबै सरकारी कार्यलयका कर्मचारीहरुले मंगलबार बिरोध स्वरुप कामकाज ठप्प पारेका छन् । कार्यकक्ष भित्रै एलडिओमाथि हातपात भएपछि कर्मचारीहरुले सुरक्षाको माग र दोषिलाई कारबाहीको दायरामा ल्याउन भन्दै आन्दोलन सुरु गरेका हुन् । सोमबार सडक निर्माण सम्बन्धी काम गर्दै आएको ड्रिलिप परियोजनाका इन्जिनियर अमुल बस्नेत, नेबिसंघका पूर्ब केन्द्रीय सदस्य नबिन थापासहित ८ जनाले मदिरा सेवन गरी एलडिओमाथि हातपात गरेको जिबिसका कर्मचारीहरुको भनाइ छ । दोषीलाइ पक्राउ गरि कानुनी कार्बाहीको माग गर्दै कर्मचारीहरु कामकाज ठप्प पारी आन्दोलनमा उत्रिएका हुन् । सदरमुकाम सल्लेरी बजारमा कर्मचारीहरुले बिरोध र्‍याली गर्दै दोषीलाइ उन्मुत्ति नदिन माग गरेका छन् । उनीहरुले प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेलाइ ज्ञापन पत्र बुझाउँदै दोषी सबैलाइ पक्राउ गरेर कार्बाही प्रक्रिया अघि नबढाएसम्म काममा नर्फकने जनाएका छन् । ड्रिलिप परियोजना आगामी असार मसान्तमा सकिँदै छ । परियोजना सकिएसँगै जागीर धरापमा पर्ने भएपछि जिबिसमै क

फेसबुकबाट टाढिने मन छ ? यसरी डिलिट गर्नुस् आफ्नो फेसबुक अकाउन्ट

यदि तपाइँले फेसबुक छाड्ने निधो गर्नुभएको छ भने तपाइँले आफ्नो अकाउन्ट सधैका लागि डिलिट गर्न सक्नुहुन्छ । तर तपाइँले विचार पुर्‍याउनुपर्ने तथ्य के छ भने एकपटक डिलिट गरेको अकाउन्ट पुनः एक्टिभेट गर्न सकिँदैन र तपाइँले आफ्नो प्रोफाइलमा शेयर गरेका सबै चिज पनि डिलिट हुन्छन् । आफ्नोे फेसबुक अकाउन्ट सधैका लागि डिलिट गर्न तलको प्रक्रिया अपनाउनुहोस्- १. फेसबुकमा लगअन गरी सेटिंग अप्सनमा जानुहोस् । २. General Account Settings मा गएर Download a copy या all your Facebook data नामक अप्सनमा क्लिक गर्नुहोस् । ३. त्यसपछि https://www.facebook.com/help/delete_account ? लिंकमा गएर Delete My Account अप्सनमा जानुहोस् । यति गरिसकेपछि तपाइँलाई पासवर्ड हाल्न भनिन्छ । Final Confirmation का लागि Captcha Code भेरिफाइ गर्न लगाइन्छ । यति गरिसकेपछि फेसबुकले तपाइँलाई सूचित गर्नेछ की तपाइँको फेसबुक अकाउन्ट डिलिट हुन सुरु भएको छ र आगामी १४ दिनभित्रमा डिलिट हुनेछ । यदि यसबीचमा तपाइँको मन परिवर्तन भयो र फेसबुकमा रहिरहन मन लाग्यो भने तपाइँले १४ दिन भित्रमा फेसबुक लगइन गरेर डिलिट रिक्वेस्ट

सर्पले टोकेपछि के गर्ने, के नगर्ने ?

सर्पले टोकेपछि के गर्ने, के नगर्ने ?हजुरको १ शेयरले कसैको ज्यान नै बच्न सक्छ। त्यसैले शेयर गर्दै जानुहोला गर्मी मौसममा तराईका जिल्लामा सर्पको टोकाइबाट बर्सेनि कैयौँ व्यक्तिको ज्यान जाने गरेको छ । यो अवधिमा विषालु सर्प निस्किने र टोक्ने दर अरू समयमा भन्दा निकै बढी हुन्छ । तर, अझै पनि अधिकांश बिरामी सर्पले टोकेपछि अस्पताल नगएर धामीझाँक्रीकहाँ जाने गरेको पाइन्छ । सर्पले टोकेलगत्तै अस्पताल आउने बिरामीको मृत्युदर भने निकै कम रहेको विभिन्न संघसंस्थाले गरेका अध्ययनले देखाएको छ । सर्पको टोकाइ र त्यसको प्राथमिक उपचारबारे ज्ञान नहुँदा पनि कतिपय व्यक्तिको अकालमा ज्यान जाने गरेको छ । त्यसैले सर्पदंश उपचारबारे लामो अनुभव भएका जनकपुर अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. अवधेषकान्त झाले महत्वपूर्ण जानकारी दिएका छन् १. सर्पले टोकेको घाउ अनावश्यक रूपमा चलाउनु हुँदैन । पोल्ने, चिरफार गर्ने, घाउबाट विष चुस्ने, विद्युतीय झड्का दिने, मनलागी जडीबुटीको प्रयोग गर्नेजस्ता काम गर्नु हुँदैन । यस्तो गर्दा घाउको संक्रमण झन् बढ्ने खतरा हुन्छ । घाउमा विष फैलिने गति बढ्छ र अत्यधिक रक्तश्राव हुनसक्छ । ट