Skip to main content

Posts

Showing posts from 2013

सोलुखुम्बु जिल्ला

सोलुखुम्बु जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलको उत्तरी भागमा अवस्थित हिमाली जिल्ला हो। विश्व सम्पदा सूचीमा सुचिकृत नेपालको पहिचान सगरमाथा हिमाल यसै जिल्लामा पर्दछ। पूर्वाञ्चलमा सडक सुविधासँग आवद्ध नभएको एक मात्र जिल्ला भएतापनि यहाँका मनोरम हिमशिखर र उच्च पर्वतीय क्षेत्र विश्व मानचित्रमा नै प्रसिद्ध रहेको छन। यस जिल्लालाई पर्यटकहरूको सांग्रिला भनेर पनि चिनिन्छ। विश्वका साहसी तथा प्राकृतिक तथा सांस्कृतिक विषयमा चाख राख्नेहरूको लागि यस जिल्लाले सधै आकर्षित गरिरहेको पाइन्छ। यस जिल्ला पूर्वाञ्चलका जिल्लाहरूमा सबभन्दा कम जनघनत्व भएको जिल्लामा पर्दछ। यो जिल्लामा ३४ वटा गाउँ विकास समितिहरू छन। जिल्लाको नामाकरण तिब्बती भाषामा स्यार खुम्बु भन्नाले पूर्व तर्फको पवित्र भूमी जनाउँछ र यही शब्द अपभ्रंश भएर सोलुखुम्बु भएको मानिन्छ। किराँती भाषामा पश्चिम तर्फबाट आई माँझ किराँतमा बस्नेलाई खुम्बुङवा भनिन्थ्यो र तिब्बती भाषाको स्यार शब्द थपिदा स्यारखुम्बु भएको र सो शब्द अपभ्रश भएर सोलुखुम्बु बनेको विश्वास गरिन्छ। सोलुखुम्बु जिल्लाको सदरमुकाम क्षेत्रमा बग्ने सोलु