Skip to main content

Posts

Showing posts from March, 2016

सर्वोच्च शिखर सगरमाथा चिनियाँ भूमिमा !

केही सातायता गुगल म्यापमा नेपालको सगरमाथालाई चीनको टिंग्री जिगेज चीनमा देखाइरहेको छ । गुगल म्यापले सगरमाथालाई चिनियाँ भूमिमा देखाउन थालेपछि यसबारेमा चीनमै पनि संशयपूर्ण प्रतिक्रिया आइरहेको छ ।   गुगलले विश्वकै सर्वोच्च शिखरबारे भएको यो गम्भीर त्रुटिमा सुधार गरेको छैन । उसको यो त्रुटिबारे गुगललको प्रेस हेर्ने इमेलमा जबाफ माग्दा कुनै प्रतिक्रिया आएको छैन ।   गुगल म्यापले सगरमाथालाई आफ्नो भूमिमा देखाएपछि चीनकी एक फेसबुक प्रयोगकर्ताले यसतर्फ सजग हुन नेपालका साथीहरुलाई आग्रह गरेकी छन् ।

इम्जा हिमतालको पानी घटाउने जिम्मा सेनालाई

विस्फोटको जोखिममा रहेको सोलुखुम्बुस्थित इम्जा हिमतालको पानीको सतह ३ मिटर घटाउने जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ । मन्त्रिपरिषदको निर्णयपछि वातावरण मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभाग र नेपाली सेनाबीच यसै साता पानीको सतह घटाउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर (एमओयू) हुँदैछ । ‘इम्जाको पानीको सतह घटाउन यसै साता सेनाको इन्जिनियर विभागसँग एमओयू गर्दछौं,’ विभागका महानिर्देशक डा.ऋषिराम शर्माले आइतबार कान्तिपुरसित भने, ‘च्छो रोल्पा हिमतालकै मोडलअनुसार इम्जाको पानीको सतह घटाइनेछ ।’ विस्फोटको खतरामा रहेको दोलखाको च्छो रोल्पा हिमतालमा यसअघि विभागले ‘ओपन च्यानल’ बनाएर पानीको सतह तीन मिटर घटाएको छ । जसले गर्दा विस्फोटको सम्भावना न्यून भएको जानकारहरूको दाबी छ । डा.शर्माका अनुसार च्छोरोल्पाको पानीको मात्रा घटेका कारण विस्फोटको सम्भावना कम भएको हो । विभाग मातहत सञ्चालित ‘समुदायमा आधारित बाढी तथा हिमताल विस्फोट जोखिम न्यूनीकरण आयोजना’ अन्तर्गत इम्जा हिमतालको पानीको सतह तीन मिटर घटाउन लागिएको जानकारी डा.शर्माले दिए । ‘नेपाली सेनाको क्षमता अभिवृद्धि होस् भनेर उसलाई जिम्

शेर्पाले पार्टी कार्यालय दिएको गुण तिर्न ओलीद्धारा विमान चार्टर

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका लागि कुनै उडान नै नभरेको निजी कम्पनी हिमालयन एयरलाइन्सको विमान प्रयोग गर्ने भएका छन् । हिमालयन एयरलाइन्सले ५८ सिट क्षमताको एयरबस खरिद गरेको हो । देशान्तर साप्ताहिकमा प्रकाशित खबरअनुसार सो विमान कम्पनी एमालेलाई धुमबराहीमा पार्टी कार्यालय दिने आङछिरिङ शेर्पाको हो । त्यही गुन तिर्न नेपाल वायु सेवा निगमका कर्मचारीहरुले विरोध गर्दागर्दै पनि ओलीले सो विमान चार्टर गरेका हुन् । हिमालय एयरलाइन्स शेर्पाको वर्ल्ड इन्भेस्टमेन्टको ५१ प्रतिशत र तिब्बत एयरलाइन्सको ४९ प्रतिशत सेयर रहेको छ । @esamata

मोबाइल धेरै चलाउँदा स्वास्थ्यमा असर गर्छ, त्यसैले यसो गरौं- डा. भगवान कोइराला

हिजोआज मोबाइल साथमा नहुने मानिस कमै होलान् । फोन गर्न मात्र नभएर इमेल, इन्टरनेट चलाउन, गेम खेल्न पनि मोबाइलको प्रयोग धेरै हुन्छ । तर मोबाइल फोनको प्रयोग धेरै गर्दा यसले स्वास्थ्यमा हानी पुर्याउँछ ।  वरिष्ठ डाक्टर भगवान कोइरालाका अनुसार मोबाइलको अति प्रयोग वा अव्यवस्थित प्रयोग मानव स्वास्थ्यका लागि हानिकारक भएको अध्ययनहरुले देखाएका छन् । अनुसन्धानकर्ताहरुले मोवाइलबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक रेडिएसनले स्वास्थ्यमा नराम्रो प्रभाव पार्ने बताएका उहाँको भनाई छ । त्यसैले मोबाइल फोन चलाउँदा धेरै कुरामा ध्यान दिनुपर्छ । मोबाइल चलाउनेहरुलाई डाक्टर कोइरालाको सुझाव यस्तो छ : १. मोबाइलल फोन कम्तिमा पनि २ देखि ७ इन्च पर राख्नुस् र कुरा गर्दा सकेसम्म लाउड स्पिकर मोडमा राख्नुस् । यसो गर्दा इलेक्ट्रोम्याग्नेटिक रेडियसनहरु मष्तिस्कमा जान पाउदैन ।  २. राती सुत्दा मोबाइललाई स्वीच अफ गरी करिव १।८ मीटर पर राख्नुस् ।  ३.मोबाइल खल्तीमा राख्दा कि प्याडलाई आफूतिर फर्काएर राख्नुस् ताकि त्यसको एन्टिना तपाइदेखि पर होस् ।  ४. गर्भवती हुँदा मोबाइल फोनको प्रयोग नगर्नुस् । किनकी यसको असर विक

उड्न लाग्दा फिस्टेल एयरको हेलिकप्टर असन्तुलित भएर दुर्घटना

काठमाडौं: राहत लिएर गएको फिस्टेल एयरको हेलिकोप्टर रसुवाको लाङटाङमा दुर्घटनाग्रस्त भएको छ ।  भूकम्पबाट भत्किएको घर निर्माणका लागि  रड झारेर धुन्चे फर्कने क्रममा फिस्टेल एयरको थ्री बी हेलिकोप्टर हेलिकोप्टर दुर्घटनामा परेको हो ।  लाङटाङमा घर निर्माणका लागि लगिएको रड झारेर धुन्चेतर्फ फर्कने क्रममा पंखा खुस्किएपछि हेलिकोप्टर भुइँमा बजारिएको थियो ।  हेलिकोप्टर भुइँमा बजारिएपछि त्यहाँ भित्र रहेका पाइलोट निकोलशलाई स्थानीयबासीले शिशा फुटाएर उद्धार गरेका हुन् । प्रत्यक्षदर्शीका अनुसार उनी सामान्य घाइते भएका छन् ।  रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले हेलिकोप्ट दुर्घटना भएको पुष्टि गर्दै चालक दलका एक सदस्य घाइते भएको जानकारी दिए ।    गत बैशाखको भूकम्पमा भत्केको घर पुनःनिर्माणका लागि यो हेलिकोप्टरले रसुवाको धुन्चेबाट रड ओसारिरहेको थियो ।    बिहीबारमात्रै यो हेलिकोप्टरले चार पटक रडक लाङटाङ पुर्याएको थियो । ‘चौथो खेप रड पुर्याएर फर्कने क्रममा उड्नेबित्तिकै पंखा खुस्किएर हेलिकोप्टर भुइँमा बजारिएछ’, रसुवाका प्रजिअ अधिकारीले भने, ‘दुर्घटनामा परेका पाइलोटलाई स्थानीयले उद्धार

सफल हुनु छ ,त्याग्नुहोस् यी बानी

सफलता प्राप्त गर्न सबैले चाहन्छन् । सफलताका लागि मेहनतका साथै केही अन्य कुराहरु जरुरी हुन्छन् । विशेष गरी मानसिक र शाररिक स्वास्थ्यलाई ख्याल पु¥याउनुपर्छ । प्रशंसा सफल मान्छेको हुन्छ वा सफल हुनका लागि प्रशंसा चाहिन्छ एकपल्ट सोचौं । मान्छे स्वस्थ रहन उसका बानी स्वस्थ हुनुपर्छ । स्वस्थ बानीले मात्रै सफलता दिलाउन सक्छन् । प्रशंसाबाट जोगिऔँ प्रशंसा असाध्यै महत्वपूर्ण कुरा हो । प्रशंसाले ऊर्जा प्रदान गर्छ । तर, उच्च सफलताका लागि प्रशंसा बाधक पनि बन्न सक्छ । किनकि जब आफ्नो कामको प्रशंसा मात्रै भइरहन्छ भने गल्ती महसुस कहिले गर्ने रु प्रशंसा त्यस्तो मान्छेल गरिरहेका हुन्छन्, कि त ती केही फुत्काउन खोज्दैछन् वा उनीहरु गल्ती औंल्याइदिएर झन् बढी सफलता हासिल नगरोस् भन्ने चाहन्छन् । तपाईँको शुभचिन्तकले सदा गल्तीबाट तपाईँको प्रशंसा सुरु गर्छ । प्रशंसा गर्ने मान्छे हेरेर मात्रै आफूलाई त्यसका लागि लायक ठह¥याउनुपर्छ । प्रशंसाबाट ऊर्जा लिने गर्नुपर्छ तर आफैले भने आफ्नो निन्दा गर्नुपर्छ । आफू गजब छु भनेर पुलकित हुँदा सफलताको बाटो तय गर्न सकिदैन । जरुरी बुझ्न जरुरी हामीले जीवनमा ठूलो गल्ती यहीँ

फोर्ब्सले लेख्यो: नेपाल घुम्न यो सही बेला

३ चैत, काठमाडौं ।  अमेरिकाको चर्चित पत्रिकाले नेपाल घुम्न विश्वभरका पर्यटकहरुलाई प्रेरित गर्दै एउटा आलेख प्रकाशित गरेको छ । आलेखमा अहिले नै नेपाल घुम्न उपयुक्त बेला किन हो भन्ने तार्किक कारणहरु प्रस्तुत गरिएको छ । उक्त आलेखको भाव यस्तो छः धेरै हदसम्म पर्यटनमा आश्रति देशलाई गत वैशाखमा गएको भुकम्पले निकै आहत तुल्यायो । भुकम्पपछिको पुनर्निमाण र नवनिर्माणको सरकारी गति कछुवाको भन्दा सुस्तरुपमा भइरहेको छ । नेपाल आउन चाहने वा नियमित आउने पर्यटकहरु भुकम्पले गर्दा हच्किएका छन् । यसले गर्दा पर्यटन क्षेत्रबाट गुजारा गर्नेहरुको रोजीरोटी संकटमा परेको छ । यसैबीच, एउटा ट्राभल कम्पनीले उदाहरणीय सुरुवात गरेको छ ।  उसले भूकम्पपीडितको सहयोगका लागि ठूलो योजना अगाडि ल्याएको छ । अहिलेदेखि आगामी मे महिनासम्म तपाईले नेपाल भ्रमणका लागि इन्ट्रेपिड ट्राभलमार्फत प्याकेज ‘बुक’ गर्नुभयो भने उक्त ट्राभलले त्यसबाट निस्कने नाफाको शतप्रतिशत रकम उसको गैरनाफामुखी संस्था इन्ट्रेपिड फाउन्डेसनमा जम्मा गर्छ । सो रकम भुकम्पपिडितहरुका लागि खर्च गरिनेछ  । गैरनाफामुखी भनिएका संस्थाहरुले कोषमा जम्मा भएकोमध्ये कति पैस

गिँजाको संक्रमणले अल्जाइमरको खतरा

बेलायतका वैज्ञानिकहरुले गिँजाको संक्रमणका कारण स्मरण शक्ति क्षयिकरण हुने रोग अर्थात् अल्जाइमरको खतरा हुने तथ्य पत्ता लगाएका छन् । शोधकर्ताहरुका अनुसार अध्ययनका क्रममा अल्जाइमरको सुरुवाती अवस्थामा विरामी यदि गिँजाको रोगबाट पीडित भएमा उसको स्मरण क्षमता तिव्र गतिमा गिरावट हुने गरेको पाइएको छ । शोधकर्ताहरुका अनुसार गिँजाको रोगले भुल्ने समस्या अर्थात् डिमेन्सियाको गतिलाई बढाउँदछ साथै मानसिक रोग अल्जाइमरलाई समेत तिव्र रुपमा बढाउन योगदान गर्दछ । बेलायतको युनिभर्सिटी अफ साउथ ह्याम्पटनका शोधकर्ताका अनुसार गिँजाको रोग पिरियोडोन्टिस र स्मरण शक्तिको क्षयिकरणबीच प्रत्यक्ष सम्बन्ध रहने गरेको छ । त्यसैले अल्जाइमरको रोगको उपचारका क्रममा गिँजाको रोगको उपचारलाई प्राथमिकतामा राख्नुपर्ने शोधकर्ताको सुझाव छ । शोधका क्रममा विज्ञहरुले ५९ जना सहभागीहरुमा ६ महिनासम्म अध्ययन गरेका थिए । शोधकर्ताहरुको निष्कर्ष छ की गिजाको रोगको प्रभावकारी उपचारले अल्जाइमरको असर कम गर्नमा सहयोग पूराउँदछ ।

Lukla Airport, Nepal - The Most Dangerous Airport in the World ??

मोटोपनाको समस्याको लागि जीराको दाना

तरिका १:     १ गिलास पानीमा १ चम्चा जीराको दाना राख्नुहोस् र उमाल्नुहोस्।     पानी उम्लिएर खैरो रङ्गको भएपछि ग्यास बन्द गरेर भाँडोलाई छोप्नुहोस्।     त्यसपछि हलुका चिसो भएपछि त्यसलाई दिनको ३ चोटि पिउनुहोस्। यसले पाचनप्रक्रियामा राहत दिनुको साथै सामान्य पेट दुखेको समस्यालाई पनि समाधान गर्दछ। तरिका २:     २ चम्चा जीराको दानालाई एक गिलास पानीमा राख्नुहोस् र त्यसलाई छोपेर रातभरी भिज्न दिनुहोस्।     विहान त्यस पानीलाई चिसै अथवा उमालेर पिउनुहोस्।     पिउँदा जीराको दानालाई पनि चपाउनुहोस्। यसले शरीरमा भएका अनावश्यक बोसोलाई हटाउँदछ। तरिका ३:     १ गिलास दहीमा १ चम्चा जीराको धूलो राख्नुहोस्।     चिनी नराखी, त्यस मिश्रणलाई दिनको एकचोटि खानुहोस्। यसरी नियमित सेवन गर्दा पनि तौल घटाउन मद्दत गर्दछ। तरिका ४:     १ चम्चा जीराको धूलो र आधा चम्चा महलाई पानीलाई मिसाएर दिनहुँ पिउनुहोस्।     यसरी पिउँदा पनि तौल नियन्त्रण गर्न सहज हुन्छ। तरिका ५:     थोरै शुद्ध र सफा पानीमा गाँजर, काउली र बन्दा काटेर मिसाउनुहोस् र त्यसलाई बफाउनुहोस्।     बाफिइसकेपछ

कपाल फुल्ने समस्या समाधानका लागि उपयोगी घरेलु उपायहरु

यदि तपाईको उमेर नपुगेरै युवा अवस्थामै कपाल फुल्ने अर्थात सेतो देखिने समस्या देखिएको छ भने अब त्यसलाई घरमै उपचार गर्न सकिने छ । मानिसको पर्सनालिटीसँग जोडिएको महत्वपूर्ण अंग हो कपाल । कालो कपालले मानिसको पर्सनालिटीलाई अझै बढाउँछ। तसर्थ युवा उमेरमै कपाल फुल्ने समस्याबाट छुटकारा पाउन यी सजिला घरेलु उपाय अपनाउनुस्। जो निकै फाइदाजनक छ। – प्याजको रस पनि कपाल फुल्ने समस्याबाट छुटकारा दिने महत्वपूर्ण बस्तु हो । कपाल झर्न, र तालुखुइले हुनबाट रोक्न मद्दत गर्छ । एउटा काँचको कचौरामा प्याज र कागतीको रस मिलाउनुस् । आफ्नो कपाल र टाउकोमा मालिस गर्नुस् । ३० मिनेटपछि एक हल्का हर्बल स्याम्पूले धुनुस्। यद्यपी प्याजको रस चिसो हुन्छ त्यसकारण यसको प्रयोग गर्मी मौसममा गर्दा ठिक हुन्छ। – कपाल फुल्ने समस्याको उपचारका लागि अमला एक उत्तम उपाय हो । नरिवलको तेलमा सुकेको अमलाका केही टुक्रा मिसाएर आगोमा उमाल्नुस् । र तेल चिसिएपछि त्यसलाई आफ्नो कपाल र टाउको लगाउनुस् । तेलले मालिस गर्नुस् । र कपाल धुनुभन्दा पहिला कम भन्दा कम एक घण्टा अथवा रातभरी छोडिदिनुस् । यो प्रक्रियामा हप्ता

नेपाली सेना अब चुप लागेर नबस्ने - देश बचाउन जुनसुकै बेला पनि सेना परिचालन हुने सेनाको निर्णय

२३ फागुन । मधेसमा देश टुक्राउने गतिविधी भइरहेका बेला नेपालको शक्तिशाली सुरक्षा निकाय नेपाली सेनाले देश बचाउन स्वतः परिचालन हुने निर्णय गरेको छ । आइतबार सैनिक मुख्यालय जंगी अड्डामा पिएओज रथीबृन्दहरु तथा पृतनापतिहरु सम्मिलित पृतनापति समन्वयात्मक बैठकले सैनिक शासनको संकेत दिँदै स्वतः परिचालन हुने निर्णय गरेको हो । बैठकपछि सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा देश टुक्रिने अवस्थामा चुप लागेर बस्न नसकिने भन्दै त्यो बेला तुरुन्तै एक्सन लिने निर्णय भएको जनाएको छ । बैठकमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले सुरक्षा कारवाही राजनीतिक प्रक्रियालाई सहज बनाउन उपयुक्त वातावरण सिर्जना गरीदिने माध्यम मात्र भएकोले सुरक्षा चुनौतीको दिगो समाधान राजनीतिक रुपमा गरिनुपर्ने भएतापनि देश नै टुक्राउने खालका तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई खतरा पुर्याउने प्रवृत्तिका सुरक्षा चुनौतीहरु सिर्जना भएमा नेपाल सरकारको निर्देशानुसार विधिसम्मत् तरिकाले नेपाली सेना स्वतः परिचालन हुने बताए । उनले भने– ‘अबका दिनहरुमा राष्ट्र र जनता दुवैलाई राष्ट्रिय सुरक्षाका सन्दर्भमा केन्द्रबिन्दुका रुपमा लिई नीति

सोलुखुम्बुमा चट्याङ लागेर २ को मृत्यू

सोलुखुम्बु, फागुन २३ – सोलुखुम्बुमा शुक्रबार साँझ परेको चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । शुक्रबार साँझ करिब ६ बजे परेको चट्याङबाट सोताङ ६ थुलुका बर्ष ३१ का बुद्धिबीर तामाङको घरैमा निधन भएको हो भने सोताङ ६ नै घर भएका बर्ष १९ का कि–तेम्बा तामाङको गुदेल ९ मा निधन भएको हो । कितेम्बा ज्याला मजदुरी गर्न गुदेल ९ का रामकाजी तामाङको घरमा पुगेका थिए । ४२ बर्षिय रामकाजी तामाङ भने सख्त घाइते भएका छन् । त्यस्तै अर्का १७ बर्षिय सन्त बहादुर तामाङ पनि घाइते भएका छन् । यसैबीच, चट्याङ लागी वा बिपतको समयमा मृत्यु भएमा सरकारले ४० हजार रुपैयाँ रकम दिने ब्यबस्था गरेको छ । मृत्यु भएको परिवारले राहत माग गरि ब्यबस्था अनुसार ४० हजारको दरले रकम दिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभएको छ ।

किन फरफराउँछ आँखा ? यस्ता छन बैज्ञानिक कारण

आँखा फरफरायो भने कुनै घटना वा खबर प्राप्तिको संकेत हो भन्ने विश्वास हाम्रो समाजमा गरिन्छ । आँखाको फरफराई पनि महिला र पुरुषमा अलग–अलग तरिकाले विश्वास गरिन्छ । कुनै समाजमा पुरुषमा दाहिने आँखा फरफरायो भने शुभ समाचारको सूचक मानिन्छ भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचक मान्ने गरिन्छ । महिलामा भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचकका रुपमा लिने गरिन्छ । तर, यो पूर्णत वैज्ञानिक कारणसंग जोडिएको कुरा हो । यसमा आँखाको परेला फरफराउँछ । यो फरफराई केही सेकेण्डसम्म या केही घण्टासम्म जारी रहन्छ । कसै कसैमा हप्तौंसम्म पनि जारी रहेको पाइन्छ । अधिकांशमा तल्लो परेला फरफराउने गरेपनि कसै कसैमा भने माथिल्लो आँखा पनि फरफराउने गर्छ । यसको वास्तविक कारण थाहा नभएपनि सुख्खा आँखा, प्रकाश सवेदनशिल आँखा, तनाव, थकान, क्याफिनको प्रयोग, अल्कोहल, पोषक तत्वको कमी तथा एलर्जी आदिका कारणले आँखा फरफराउँछ । यो कुनै गम्भीर समस्या होइन । तनावका कारण : जब हामी कुनै तनावमा हुन्छौं, हाम्रो शरीरले विभिन्न तरिकाले प्रतिक्रिया जनाउँछ । आँखा फरफराउनु पनि तनावको एउटा भाग हुन सक्छ । तनावलाई कम गर्नु नै आँखा फर