Skip to main content

Posts

Showing posts from September, 2017

अक्टोबर १ देखि खुम्बुका मजदूरले भारी नबोक्ने

सोलुखुम्बु— अखिल नेपाल पर्यटन मजदुर संगठनले ज्यालादर बृद्धिसम्बन्धी विगतको सम्झौता कार्यान्वयन नगरेसम्म पर्यटकको भारी नबोक्ने निर्णय गरेका छन्। खुम्बु क्षेत्रमा भारी बोक्ने मजदुरहरुले २०७३ माघ २६ गते ट्रेकिङ एजेन्ट्स एशोसियसन अफ नेपाल (टान) सँग ज्याला वृद्धि सम्बन्धमा गरिएको सम्झौता कार्यान्वयन नगरेसम्म काम नगर्न संगठनमा आबद्ध मजदुरहरु सहमत भएका हुन्। यस अघि टानले अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर सघं, नेपाल ट्रेकिङ ट्राभल र्याफ्टिङ एलाइन्स मजदुर युनियन, अखिल नेपाल पर्यटन मजदुर सघं, नेपाल पर्यटन श्रमिक सघं गरी ४ वटै मजदुर युनियनसग मजदुर हितका विषयमा रही १३ बुदे सम्झौंता गरेको थियो । सम्झौंतामा तलब भत्ता बृद्धि, मजदुर कल्याणकोष स्थापना, मजदुर परिचय पत्र, दुर्घटना बिमा, भारीको तौल, छात्रावृत्ति लगायतका मागहरु यथासिध्र सम्बोधन गरिने भनीए पनि कार्यान्वयनमा नल्याएको भन्दै आफुहरु बाध्य भएर भारी नबोक्ने निर्णय गरेको पर्यटन मजदुरहरुले बताएका छन्। सम्झौता अनुसार खुम्बु क्षेत्रका मजदुरहरुको ज्याला ३० प्रतिशत वृद्धि गर्नुपर्ने हुन्थ्यो। बृद्धि गर्ने सम्झौता गरिए पनि कार्यान्वयनमा नआएक

पोखरामा प्याराग्लाईडिङ दुर्घटना, पाइलटसहित २ घाइत

सन्देश श्रेष्ठ २ असोज, पोखरा । पोखराको आकाशमा उड्ने क्रममा प्याराग्लाईडिङ दुर्घट्ना हुँदा २ जना घाइते भएका छन् । सराङ्कोटबाट सोमबार पूर्वाहृन करीब ११ बजे उड्ने क्रममा हावाको भुमरीमा पर्दा प्याराग्लाइडिङका पाइलट धर्म गिरी र उनीसँगै प्याराग्लाईडिङ गर्दैगरेकी काठमाडौं दरबारमार्गकी सुस्मा शर्मा घाइते भएका हुन् । बुद्ध प्याराग्लाईडिङ कम्पनी अन्तर्गत टेण्डम फ्लाइट गर्दै आएका २५ वर्षीय गिरिले सुस्मालाई उडान गरेका थिए । तर, उडानका लागि हामफाल्ने वित्तिकै हावाको भुमरीमा फस्दा केहिबेरको रस्साकस्सी पछि केही तलको चौरमा खसेका थिए । दुर्घटनामा परेका पाइलट गिरिको ढाडमा गम्भीर असर परेको र खुट्टा भाँचिएको बताइएको छ । सुस्माको पनि ढाडमा चोट लागेको छ । घाइते मध्ये गिरिको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते दुबैको रिदम हस्पिटल जिरोकिलोमिटरमा उपचार भइरहेपनि गिरीको अवस्था केही जटिल भएकाले अर्कै अस्पताल रिफर गर्ने तयारी भइरहेको अस्पताल श्रोतले जनाएको छ । घाइते सुस्मा शर्मा रेसिडेन्सियल कलेज बानेश्वरमा बीबीए सिक्स सेमेष्टरकी छात्रा हुन् । उनी साथीहरुसँग पोखरा घुम्न आएका बेला प्

असोज १५ देखि खुम्बुमा पर्यटकलाई २ हजार प्रवेश शुल्क लिईने

बुद्धवीर बाहिङ/सोलुखुम्बु, ३१ भदौ । खुम्बुपासाङल्हामु गाउँपालिकामा प्रवेश गर्ने प्रत्येक विदेशी पर्यटकलाई २ हजार रुपैयाँ प्रवेश शुल्क लिईने भएको छ । गएको असार २५ गते बसेको गाउँपालिकाको गाउँसभाबाट प्रत्येक विदेशी नागरिकलाई प्रवेश शुल्क बापत २ हजार रुपैया स्थानीय कर लगाउने निर्णय गरेको हो । यही असोज १५ गते (अक्टोबर १ तारिख) देखि प्रवेश शुल्क लिईने खुम्बुपासाङल्हामु गाउँपालिकाका अध्यक्ष निमदोर्जी शेर्पाले बताए । सगरमाथा क्षेत्रको विकास र पर्यटन क्षेत्रको सुधारको लागि ‘गाउ÷नगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानून, २०७४’ अनुसार विदेशी पर्यटकलाई स्थानीय कर उठाउने निर्णय गरिएको अध्यक्ष शेर्पाले बताए । ‘सगरमाथा क्षेत्रमा पर्यटकहरुको चापसँगै सुरक्षित व्यवस्थापन गर्नु पर्ने भएकाले पनि हामीले स्थानीय कर बापत शुल्क लिने निर्णय गरेका हौं’ अध्यक्ष शेर्पाले भने । खुम्बु क्षेत्र भ्रमणमा जाने विदेशी पर्यटकलाई यस अघि लिइदै आएको टिम्स कार्डको आवश्यकता नभएको पनि अध्यक्ष शेर्पाले बताए । ‘स्थानीय तहको निर्वाचन अघि जे थियो अब त्यस्तो अवस्था छैन, जब स्थानीय तहको निर्वाचन पू

लुक्ला विमानस्थलमा हवाई जोखिम बढ्दो

भानुभक्त निरौला सोलुखुम्बु, २५ भाद्र । लुक्ला लगायत जोखिमपूर्ण रुपमा रहेका नेपालका ७ वटा विमानस्थलमा आधारभुत उपकरणकै अभावमा जोखिम बढि हुने गरेको पाईएको छ । नागरिक उड्डयन प्राधिकरण नेपालका अनुसार सञ्चालनमा रहेका यस्ता खतरनाक विमानस्थल देशभर सातवटा छन् । यी विमानस्थललाई प्राधिकरणले ‘वन बी’ कोडमा वर्गीकरण गरेको छ । लुक्लासहित मुस्ताङको जोमसोम, बाजुराको कोल्टी, हुम्लाको सीमकोट, मुगुको ताल्चा, जुम्ला, डोल्पाको जुफाल विमानस्थल यस सूचीमा पर्छन् । यी विमानस्थलमा १९ पटक दुर्घटना भइसकेका छन् । छोटो रन–वे, जटिल भूगोल, छिनछिनमै भइरहने मौसमी बदली, प्रतिकूल मौसमलाई आधार मानेर यी विमानस्थललाई जोखिमपूर्ण मानिएको हो । हावाको दिशा मापन गर्ने यन्त्र, छोटो रन वे, बदलिदो मौसमको प्रकृति थाहा पाउने यन्त्र पनि यी विमानस्थल र हवाई रुटमा छैनन् । अझ हिमाली तथा पहाडी भेगका विमानस्थलमा त सुरक्षाका आधारभूत कुराकै अभाव छ । जोखिमयुक्त मानिएका कुनै पनि विमानस्थलमा ‘लाइट सिस्टम’ छैन । जबकि, लाइट सिस्टमलाई विमानस्थलको आधारभूत पूर्वाधार मानिन्छ । यो प्रणालीले ‘भिजिबिलिटी’ (दृष्टि क्षमता) कम भएको बेला विम

छालाको प्रकृति अनुसार यसरी छनौट गरौ साबुन

अहिले बजारमा थरीथरीका साबुन छन् । कुन साबुनले नुहाउने ? यसको खास हेक्का गर्दैनौ । हेर्दा राम्रो साबुन छनौट गर्छौं । कतिले सस्तो खोज्छन्, कसैले महंगो । कोहि साबुनको ब्रान्ड हेर्छन्, कोहि त्यसको आवरण । वास्तवमा सावुन धेरै रंग, फ्लेवरको हुन्छ । यसरी सावुनमा विविधता हुनु भनेको त्यसको प्रकृति पनि फरक हुनु हो । अर्थात कुन किसिमको छालामा कस्तो साबुन प्रयोग गर्ने भन्ने हुन्छ । त्यसैले साबुन प्रयोग गर्नुअघि आफ्नो छालाको प्रकृति अनुसार छनौट गर्नुपर्छ । अन्यथा त्यसको गलत असर पनि पर्न सक्छ । छालाको प्रकृति अनुसार भिन्न भिन्नै साबुन आवश्यक हुन्छ । छालाको प्रकृति अनुसार सहि किसिमको साबुन छनौट गर्नुपर्छ । राम्रो साबुनको गुण – छालाको सफाई – छालालाई मुलायम एवं नरम बनाउने – छालामा भिटामिन एवं पोषक तत्वको स्तर बनाइराख्न राम्रो साबुनले रुखो छालालाई पोषण दिन्छ र स्वस्थ्य बनाइराख्छ । धेरै रुखो छाला छ भने मोश्चराइजिङ साबुन प्रयोग गर्नुपर्छ । यदि छाला सामान्य प्रकारको छ भने आफुलाई मनपर्ने सुगन्ध भएको साबुन छनौट गर्न सकिन्छ । यदि संवेदनसिल छाला छ भने सुगन्धित साबुन प्रयोग नग