१६ जेठ, सोलुखुम्बु । १४औं तेञ्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि नेपाल आर्मीका बेदबहादुर सुनुवारले जितेका छन् । नेपाल र बेलायतबीचको दौत्य सम्बन्धको २०० बर्ष पुगेको अवसरमा समर्पित गरिएको यस संस्करणमा ४ घण्टा १० सेकेण्डमा ४२.१९५ किलोमिटरको निर्धारित दूरी पूरा गर्दै बेदबहादुरले उपाधिसहित १ लाख पुरस्कार जितेका हुन् । समुद्र सहतदेखि ५३६४ मिटरको उचाइमा रहेको सगरमाथा आधार शिविरबाट सुरु भएको म्याराथन ३४४६ मिटर उचाईको नाम्चे बजारमा आएर सम्पन्न भएको थियो । म्याराथनमा नेपाल आर्मीकै भीमबहादुर गुरुङले ४ घण्टा ३ मिनेट १४ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै दोस्रो भ एभने सुमन कुलुङले ४ घण्टा ११ मिनेट ५२ सेकेण्डमा दूरी पूरा गरी तेस्रो भए । दोस्रो र तेस्रो हुनेले क्रमसः ७५ हजार र ५० हजार पुरस्कार पाए । एभरेष्ट म्याराथन अन्तर्गत पाँच स्पर्धामा धावकहरु सहभागी थिए । बिदेशी खुल्ला म्याराथन, नेपाली पुरुष र महिला खुल्ला म्याराथन, हाफ म्याराथन र अल्ट्रा म्याराथनको स्पर्धामा धावकहरुको सहभागिता थियो । बिदेशी खुल्ला म्याराथनमा पोल्याण्डका रोवर्ट सेलेन्स्कीले निर्धारित दूरी ४ घण्टा २४ मिनेट ८ सेके...