सोलुखुम्बुको नेपाली कांग्रेसको गाउँ अधिबेशन सोताङ र चौलाखर्क बाहेक सबै गाबिस तथा नगर वडाहरुमा सम्पन्न भएको छ । अहिलेसम्म मत परिणम अनुसार आङ गेलु शेर्पाको समूह अघि देखिएको छ । दुइ गाबिसमा बिबाद भएपछि अधिवेशन स्थगित गरिएको हो । दुधकुण्ड नगरपालिकाको नौ वटै वडामा प्रतिनिधि छानिए । दुधकुण्ड नगरपालिकाको १ नम्बर वडामा सभापति ज्याप्याङ शेर्पा, सचिबमा डोमी शेर्पा, कोषाध्यक्षमा छो गिर्मी शेर्पा चयन भएका छन् । प्रतिनिधिमा युबराज भुजेल, नाम्गेल जाङबु शेर्पा र सुमित्रा तामाङ रहेका छन् । २ नम्बर वडामा सभापतिमा सुम्बा शेर्पा चयन भएका छन् । जिल्ला प्रतिनिधिमा मिङमा दोर्जी शेर्पा, दावा शेर्पा र पेलु शेर्पा रहेका छन् । ३ नम्बर वडामा सभापतिमा कृष्ण गोपाल राजभण्डारी, सचिब ल्हाक्पा गेलु शेर्पा, कोषाध्यक्ष टेक बहादुर मगर चयन भएका छन् । यस्तै प्रतिनिधिमा धर्म बहादुर तामाङ, डिल्ली बहादुर मगर र याङजीडोमा तामाङ चयन भएका छन् । ४ नम्बर वडामा सभापति दोर्जे तामाङ, सचिबमा बिक्रम श्रेष्ठ, कोषाध्यक्षमा साङगे लामा रहेका छन् । प्रतिनिधिमा बुद्ध राउत, जाङबु लामा र फुर्बा लामा रहेका छन् । वडा नम्बर ५ मा भने सहमति...