लामो समय सम्मको काम, मोटोपना, कमजोरी जस्ता त्रुटिले ढाड दुखाइको समस्या हुन सक्छ । कहिले कहीँ दुखाई यती धेरै हुन्छ कि ओछ्यानमै लामो समय आराम गर्नु पर्ने हुन्छ। ढाड दुखाईबाट राहत पाउने केहि उपायहरू यस्ता छन् । लसुन : दैनिक बिहान सर्स्यू वा नरिवलको तेलमा लसुनको तिन(चार पोटी राखेर लसुन कालो हुनजेल सम्म तताउनुस् । तेल तातिसकेपछि त्यसलाई सेलाउन दिनुहोस । तेल सेलाएपछी दुखेको ठाउँमा मालिस गर्नुहोस्। यसो गर्नाले तपाईको ढाडको समस्या कम हुनेछ । बाफ : नुन राखेर उमालेको पानीमा बाक्लो सफा कपडा चोबेर निचर्नुहोस् । दुखेको ठाउँमा उक्त कपडा राखेर बाफले सेक्नुस्। नुन : कराईमा ३- ४ चमेचा नुन राखेर भुट्नुहोस् । नुनलाई सफा सुतीको कपडामा पोको पारेर कमरमा सेक्नुहोस् । यसबाट तपाँईलाई आराम मिल्नेछ। ज्वानो: ज्वानोलाई तावामा कम तापमा भुट्नुहोस् । ज्वानो सेलाएपछी बिस्तारै चबाएर निल्नुहोस्। यसको नियमित सेवनबाट कमरको दुखाई कम हुनेछ । हिड्नु : धेरै समय एउटै पोजिशनमा नबस्नुहोस्। एकै ठाउमा नबसेर ४० मिनेटको अन्तरमा दायाँ बायाँ हिड्नुहोस्। नरम ओछ्यान : हिजोआज नदब्ने ९कडा० ओछ्यानको प्रयोग ...