Skip to main content

Posts

Showing posts from April, 2014

संविधानसभा ताक्न थाले ‘आरोही’

काठमाडौं १२ बैशाख । सगरमाथा हिमपहिरोमा परी १३ जना आरोहीको ज्यान गएपछि सगरमाथा आरोहण गर्ने कि नगर्ने भन्ने मनस्थितिमा रहेका आरोहीहरुको ध्यान संविधान सभातिर सोझिन थालेको छ । हिमपहिरोको क्षतिबारे अध्ययनका लागि विहीबार सगरमाथा आधारशिवीर पुगेको पर्यटन मन्त्री सहितको उच्चस्तरीय प्रतिनिधीमण्डल समक्ष उनीहरुले संविधानसभामा कम्तीमा तीनजना शेर्पा मनोनित गर्नुपर्ने माग रहेका हुन् ।  संविधानसभामा मनोनित गर्न बाँकी २६ सदस्यमा तीनजना शेर्पा मनोनित गर्नुपर्ने, सम्पर्क अधिकृतमा सरकारी कर्मचारी हटाएर शेर्पालाई मात्र पठाउनुपर्ने र सरकारी सेवामा शेर्पालाई बिना परीक्षा नियुक्त गर्नुपर्ने सहित तीनवटा लिखित माग पेस गरेका हुन्।  यी माग पूरा नभएसम्म आरोहण दलमा सहभागी नहुने अडान राखेपछि सगरमाथा आरोहण समेत अनिश्चित भएको हो। यसले जेठ पहिलो साता शिखर पुग्न आधारशिविरमा तयारी गरिरहेका ३२ आरोहण दलको योजना प्रभावित हुने अवस्था आएको छ। यसमध्ये ३१ विदेशी दलमा ३ सय ३४ आरोही छन् भने एउटा नेपाली दलमा एकजना शेर्पा मात्रै छन्। अघिल्लोपटक पेस गरिएका सबै माग पूरा गर्न सरकारले प्रतिबद्धता जनाइसकेको अवस्थामा अहि

पर्यटन मन्त्रिसहितको टोलि सगरमाथा आधारशिविरमा

गत शुक्रबार सगरमाथामा हिमपहिरोले १६ जनाको ज्यान लिएपछि त्याहाँको स्थिती बुझ्न पर्यटन मन्त्रि भिम आचार्यको नेतृत्वामा सरकारी  टोली सगरमाथा आधार शिविर पगेको छ । सगरमाथा आधार शिविरमा रहेका शेर्पाहरुले यस बर्ष शोक मनाउँदै आरोहण नगर्ने बताईरहेका बेला सरकारी टोली सगरमाथा आधार शिविर पुगेका हुन । टोलिमा पर्यटन मन्त्रिलयायत,  पर्यटन सचिब र सहसचिब समेत रहेको भन्ने जानकारी आएको प्राप्त भएको छ ।  सरकारले भने सगरमाथा बिश्वाकै चासोको विषय भएकोले आरोहण सुचारु गर्न अपिल गरिसकेका छन । आरोहिहरुले सरकार समक्ष राखेका विभिन्न १३ बुँदे माग राखेका छन भने जसमध्ये केहि माग सम्बोधन गरिसकेका छन । आरोही हरुलो राखेका माग मध्ये विमा रकम बृद्धि गर्ने, आरोही स्मारक निर्माण लगायतका माग सरकारले सम्बोधन गरिसकेका छन । आरोही कल्याणकारी कोष स्थापना गर्नेमा सरकार सकरात्मक छन। 

सगरमाथा हिमपहिरोका पीडितलाई २५ लाख दिन माग

सगरमाथा हिमपहिरोका पीडितलाई २५ लाख दिन माग १२ बैशाख, काठमाडौं । सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई २५ लाख रुपैयाँ दिन सभासदहरुले सरकारसमक्ष माग गरेका छन् । शुक्रबार बसेको ब्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका सभासद आङ्टावा शेर्पाले हिमपहिरोमा ज्यान गुमाएका शेर्पाहरुसहितका परिवारलाई २५ लाख रुपैयाँ राहत दिन माग गरेका हुन् । ‘सामान्य दुर्घटना या अन्य कारणले कोही मर्दा सरकारले सहिद घोषणा गर्दै १० लाख रुपैयाँ दिन्छ’, सभासद  शेर्पाले भने, ‘मृतकका परिवारलाई उचित राहत दिन सरकारले कन्जुस्याईँ गरेको छ, शेर्पाहरुको सम्झनामा सरकारले शोक समेत मनाएन ।’ सभासद शेर्पाले हिमाल आरोहणमा संलग्न भरियाहरुको अवस्थालाई सरकारले गम्भीरतापूर्वक नलिएको पनि आरोप लगाए ।

सोनाम भन्छन् 'हिमाल चढ्न छाड्नुपर्छ'

हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायको मुख्य पेशा जस्तै हो हिमाल आरोहण । हिमाली आदिवासी शेर्पा जातिको मुख्य व्यवसाय चौरी तथा याक पालन भएपनि पर्वतीय पर्यटन प्रवद्र्धन सँगै शेर्पा जातिको पेशा व्यवसाय समेत रुपान्तरित हुदै गयो । फलतः हिमाल आरोहण हिमाली जातिहरुको मुख्य र अभिन्न पेशा जस्तै हुन पुग्यो ।  शेर्पा समुदायले हिमाली क्षेत्रमा कमाएको चर्चा अन्तरराष्ट्रिय समुदायमा समेत परिचित छ । हिमाल चढ्न कुशल, आँटी र साहसी जातिको रुपमा शेर्पा जाति विश्व समुदायमा परिचित छ । सगरमाथा आरोहणसँग जोडिएर जत्ति किर्तिमान कायम भएका छन् त्यसमा शेर्पा समुदायको हिस्सा ठूलो छ ।  २२ औं पटक सफल आरोहण गरेका अप्पा, हिमचितुवाको उपनामले चिनिने आङ रीता, पहिलो नेपाली महिला आरोही पासाङ ल्हमू, सगरमाथाको चुचुरोमा विहे गरेका पेम्दोर्जी सबै शेर्पा समुदायकै हुन् । हिमाली बातावरण सँगको निकटता, आरोहण सँग सम्बन्धित कम्पनीहरुमा शेर्पा जातिको बढी लगानी तथा विदेशीले समेत उनीहरुलाई खोज्ने कारणले पनि आरोहण क्षेत्रमा शेर्पा जातिको बाहुल्यतालाई नकार्न सकिदैन ।  सगरमाथा आरोहणमा जाने सरदार तथा सहायक गाईड (शेर्पां) पनि अधिकांश श

यसरी गएको थियो सगरमाथामा हिमपहिरो (भिडियो)

काठमाडौं ६ बैशाख । जमेर बसेको हिउँ तापक्रम बढ्न थालेपछि पग्लिएर झर्छ र पहिरोको रूप लिन्छ। हिउँको सानो ढिस्को झरे पनि त्यसले अरू हिउँका ढिक्का लडाउँदै ठूलो आकार लिन्छ। विज्ञहरूले जलवायु परिवर्तनकै कारण हिमपहिरो झर्ने बताएका छन्। विश्वव्यापी तापक्रम वृद्धिका कारण हिउँ पग्लिने क्रम बढेको छ। हिमाली क्षेत्रमा विश्वमै सबैभन्दा छिटो तापक्रम वृद्धि भइरहेको संयुक्त राष्ट्रसंघीय अन्तरसरकारी समूह (आईपीसीसी) को प्रतिवेदनमा उल्लेख छ।  सगरमाथा क्षेत्रमा हिउँ पग्लिएर हिमनदी बन्ने क्रमसमेत बढेको छ। सगरमाथा क्षेत्रमा आएको हिमपहिरो अहिलेसम्मकै ठूलो हो। यसअघि सन् १९९६ मे ११ मा झरेको हिमपहिरोमा आठजना आरोहीको मृत्यु भएको थियो। सन् १९७० मा आएको पहिरोमा परी ६ जना नेपालीको ज्यान गएको थियो। सन् १९५३ यता पाँच हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन्। यस अवधिमा दुई सय ५० भन्दा बढीको आरोहणका क्रममा मृत्यु भएको छ।  सगरमाथा क्षेत्रमा आएको हिमपहिरो अहिलेसम्मकै ठूलो हो। यसअघि सन् १९९६ मे ११ मा झरेको हिमपहिरोमा आठजना आरोहीको मृत्यु भएको थियो। सन् १९७० मा आएको पहिरोमा परी ६ जना नेपालीको ज्यान गएको थियो। सन् १९

यसरी सम्भव भयो हिम पहिरोमा उद्धार

सगरमाथा आरोहीलाई सघाउन गएका शेर्पाको समूह शुक्रबार बिहान दुर्घटनामा परेको खबर सुनेपछि हामी उद्धारका लागि निस्कियौं। हामीसँग भएका दुईवटा हेलिकोप्टरमार्फत तत्काल उद्धार प्रयास थाल्यौं। हामी दुर्घटनास्थल खुम्बु आइसफल पुग्दा कसैका हातखुट्टा देखिन्थे भने कसैका टाउका। परैबाट लुगाका रङमात्र पनि देखिए। हामीले पहिले माथिबाटै मानव शरीर भएको स्थान पहिल्याऔं। भौगोलिक रूपमा विकट भएकाले हेलिकोप्टरबाट डोरीको सहायताले दुर्घटनास्थलमा झर्ने र एकएक गर्दै बोक्दै हेलिकोप्टरमा ल्यायौं। यस्तो विधिलाई हामी लङ लाइन रेस्क्यु भन्छौं। एउटा हेलिकोप्टरले घटनास्थलबाट घाइते तथा शवलाई पालैपालो आधार शिविर, फेरिचे तथा लुक्लासम्म ल्यायौं। करिब आठ घन्टा निरन्तर उद्धारमा खटियौं। यसबीचमा १६ पटक लङ लाइन रेस्क्यु गर्नुपर्‍यो। हेलिकोप्टर ल्यान्ड गर्न सकिने ठाउँमा ल्यान्ड गरेर पनि केही उद्धार गर्‍यौं। शनिबार पनि हामी उद्धारका लागि जाँदैछौं। हेलिकोप्टरबाट डोरीको सहयोगले घटनास्थल पुगेर शव र घाइतेलाई कम्मरमै बाँधेर ल्याउने प्राविधिक सीप हामीलाई स्विट्जरल्यान्डको एअर जरम्याटले सिकाएको थियो। गत डिसेम्बरमा आरोहणमा जाने

"चिवाङ गुम्वा"

टासी देलेक  सोलु खुम्बु जिल्ला मा भएका प्रख्यात गुम्बा मध्ये एक "चिवाङ गुम्वा"  चिवाङ गुम्वा सदरमुकाम सल्लेरीदेखि करिव ६ किलोमिटर उत्तरमा लगभग २६०० मिटरको उचाइमा अवस्थित सोलुखुम्वुका प्रसिद्ध गुम्वा मध्ये एक हो ।  यो गुम्वामा सल्लेरीबाट ३ घण्टा ३० मिनेट र फाप्लुबाट ३ घण्टाको पैदल यात्राबाट सजिलै पुग्न सकिन्छ । पहुँचको हिसाबले सजिलो गुम्वामध्ये यो गुम्वा एक भएकोले यहाँ वर्षेनी धेरै संख्यामा पर्यटक एवं भक्तजनद्वारा दर्शन गरिन्छ ।  यो गुम्वालाई सोलुखुम्वुको ठूलो गुम्वा मध्ये एक मानिन्छ, जसलाई सन् १९२५ मा लामा साङ्गे तेम्वाको सक्रियतामा स्थानीय जनता र भक्तजनहरूको सक्रिय सहयोगमा निर्माण गरिएको हो ।  सुरुवातमा साङ्गे तेम्वाले पचास जना टावाहरूलाई बास र गाँसको लगायत अन्य आवश्यक व्यवस्था मिलाएका थिए । यस गुम्वामा मनाइने प्रमुख चाडमध्ये मनिरिम्डु प्रमुख मानिन्छ । प्रत्येक वर्षको हेमन्त ऋतुमा मानिरिम्डू पर्व मनाइन्छ । यस पर्वमा स्वदेशी तथा विदेशी हजारौं दर्शकहरूको भेला हुन्छ ।

डुप्छेन पूजा

आदरर्णीय सम्पूर्ण बौद्घधर्मवलम्बी भक्तजनहरुलाई सर्वप्रथम हार्दिक न्यानो स्वागत तथा टासी देलेक अपर्ण गर्दछौं । आज यस किल्खोर्दिङ् गुम्बाको लामा समूहबाट विगतका वर्षहरुमा झै यसपटक पनि काठमाडौंको बौद्ध, टुसालको शेर्पा सेवा केन्द्र गुम्बामा हुन गइरहेको मानेरिम्डु र डुप्छेन पूजा यहि आउँदो चैत्र २६ गते विहिबारबाट शुरु हुन गइरहेको हुँदा सम्पूर्ण बौद्धधर्मलम्बी भक्तजनहरुलाई सहभागि भई दिनु हुन हार्दिक अनुरोध गर्दछौं । यस डुप्छेन पूजामा गरिने कार्यहरु निम्न प्रकार छन् १)सर्वप्रथम मण्डला तयार गरी डुप्पुर नामसुम अर्थात त्रीसाधना भन्ने पुस्तकमा आधारित भई पूजा गरिन्छ । २)मनिरील्डुप्को सिद्धान्त अनुसार अवलोकीतेश्वरको मन्त्र ओम मानी पद्यमे हुम् भन्ने नटुटीकन जब सम्म डुप्छेन सकिँदैन तब सम्म २४ घण्टा निरन्तर रुपमा जप्ने गरिन्छ ।  २०७१ बैशाख ४ गतेको दिन गुरु लामाको आज्ञ अनुसार माने तोङ्ग्युर र जप गर्ने भएको हुँदा सम्पूर्ण बौद्धधर्मवलम्बी भक्तजनहरु सहभागी भई दिनु हुन हार्दिक अनुरोध छ । ३) डुप्छेन पूजाको अन्तिम दिन सम्पूर्ण भक्तजनहरुको निम्ति आयुको अभिशेष प्रदान गरिन्छ । ४)जिन्दाकहरु लगायतका