Skip to main content

Posts

Showing posts from March, 2014

सगरमाथा बेसक्याम्प विश्वकै उत्कृष्ट ट्रेकिङ रुट

विश्वका उत्कृष्ट ६ ट्रेकिङ रुटमा नेपालको सगरमाथा वेस क्याम्प क्षेत्र पनि परेको छ । बेलायती पत्रिका डेलिमेल र वल्र्ड एक्सपिडिसन्सले संयुक्त रुपमा सार्वजनिक गरेको विश्वका उत्कृष्ट ६ ट्रेकिङ रुटहरुको सूचीको पहिलो नम्बरमै नेपालको सगरमाथा बेश क्याम्प र कालापत्थर परेको हो । डेलिमेल अनलाइनकाअनुसार परम्परागत शेर्पा गाउँको पौराणिक ट्रेक सर्वोच्च शिखर सगरमाथाको आधार शिविर र कालापत्थर हेर्न लायक छ । सगरमाथा वेस क्याम्प र कालापत्थरको यात्राका लागि १८ दिन लाग्ने भन्दै डेलिमेलले विश्वकै सवैभन्दा चर्चित यो ट्रेकिङ रुटमा वर्षमा हजारौं पर्यटक पुग्छन् । यस्तै सगरमाथा आधारक्षेत्रकै गोक्यो ताल क्षेत्रलाई वैकल्पिक पदयात्राको उपयुक्त मार्गका रुपमा उल्लेख गरिएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्ने यो ताल  क्षेत्रमा १७ दिनको ट्रेकिङ गर्न सकिने र सगरमाथासहित ल्होत्से, मनास्लु लगायतका धेरै उच्च शिखर नियाल्न सकिन्छ । उत्कृष्ट ट्रेकिङ रुटको सूचीमा अफ्रिकाको हाइल्याण्ड अप इथियोपिया, अमेरिकाको जोन मुइर ट्रेल, पेरुको हुवाइवास सर्किट, अष्ट्रेलियाको बंगलस बुंगलस पिक्यानी जर्ज ट्रेक र स्विट्जरल्याण्डको बर्निज ओवरल

सोलुखुम्बु जिल्लाका केही पर्यटकीय स्थलहरु

पाङ्गबुचे गुम्वा लामा साङ्वा दोर्जीले १६ औं शताव्दीमा निर्माण गरेको यो गुम्वा ३८९८ मि. उचाइमा रहेको खुम्जुङ्ग गाविसमा अवस्थित छ । यो शेर्पा समुदायहरूको अत्यन्तै ऐतिहासिक महत्वको गुम्वा हो । तान्त्रिक विद्यामा पारङ्गत लामा साङवा दोर्जीले आपूले सूर्यको किरणमा चढ्दा प्रयोग गरेको डोरी वौद्ध स्तुप आफ्नो प्रतिमा मूर्ति स्थापना गरेर राखेका थिए । यो हिमाली काखमा अवस्थित गुम्वामा प्रत्येक कात्तिक मंसीर महिनामा डुम्जी उत्सव मनाइन्छ । यो डुम्जी हेर्न पश्चिमा मुलुकका पर्यटकहरूका साथै आसपासका भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । यो चाड पर्व स्थानीय बासिन्दाहरूले पालोपालो (लावा) बाट सम्पन्न गरिन्छ । यस गुम्वाको अर्को महत्वपूर्ण र सनसनाहट, रोमाञ्चकारी यतिको टाउको हो । यो उच्च हिमाली क्षेत्रमा पाइन्छ भन्ने किम्वदन्ती छ । यति संसारबाट लोप भइसक्यो भनेर भन्ने गरेको पनि सुनिन्छ । जेहोस् यति त्यस्तो चीज हो जसले नक्कल धेरै गर्दछ । मानिसले दिउँसो जे गर्दछ, उसले कतैबाट हेरेको हुन्छ अनि यतिले उसको अनुपस्थितिमा त्यो सबै गर्दछ भन्ने किम्वदन्ती छ । आजसम्म कसैले पनि यतिको फोटो लिन सकेको छैन । यो शेर्पा जातिक