Skip to main content

Posts

Showing posts from October, 2015

ग्यास बचत गर्न गृहणीलाई १२ टिप्स

भारतीय नाकाबन्दीका कारण इन्धनको संकट गहिरिएका बेला धेरै गृहणीहरु ग्यासको खपत कम गर्ने उपायहरुको खोजीमा लागेका छन् । धेरै काठमाडौंबासीको चुल्होमा ग्यास सकिइसकेको छ भने केहीले जसोतसो पुर्‍याइरहेका छन् । धेरैको टेन्सन छ-ग्यासको खपत कसरी कम गर्ने ? उनीहरुलाई उपयोगी हुने १२ प्रभावकारी उपायहरु यहाँ प्रस्तुत गरिएको छ । १. बर्नरमा राख्नुअघि भाँडाकुडालाई राम्रोसित पुछ्नुस । भाँडामा पानी लागेको भए त्यसलाई सुकाउन लाग्ने अतिरिक्त ग्यासको वचत हुन्छ । भाँडा बसाल्नुअघि नै पकाउन आवश्यक सामग्रीहरु वरिपरी राख्नुस । ग्यास बालेपछि नून-तेल खोज्न अल्मलिनु हुँदैन । फ्रिजमा रहेका तरकारीहरु अगाडी नै बाहिर निकालेर राख्नुपर्छ । तरकारी धेरै चिसो भयो भने तात्न समय लाग्छ । २. बसालेको खानेकुरा तातिसकेपछि ग्यासको बर्नरलाई मिडियम वा स्लो मोडमा राखेर पकाउनु ठिक हुन्छ । ह्वार्र ग्यास बाल्दैमा चाँडो पाक्ने होइन, ग्यास खेर मात्रै जान्छ । सानो ग्यासमा पकाएका खानेकुरा राम्रोसित पाक्ने र स्वाद पनि मिठो हुन्छ । ३ . ग्यास वचन गर्नका लागि खुल्ला मुख भएका भाँडोमा सकभर नपकाउनु राम्रो हुन्छ । बिर्को भएका भाँडामा पक

Three-way contest for Presidency, NC’s Gurung says parties likely to elevate him

October 27 . Three candidates are contesting for the post of President. CPN-UML is fielding Bidhya Bhandari, Congress is fielding KB Gurung and Nepal Workers’ and Peasants’ Party is fielding Narayan Maharjan for the top post. Lawmakers will choose the President through secret voting slated for Wednesday. Of the three candidates, UML’s Bhandari is likely to get elected. UCPN-Maoist Chair Prachanda proposed Bhandari’s candidature and RPP-Nepal leader and Deputy Prime Minister Kamal Thapa seconded it. Bhandari said her candidature is for the sake of national unity. NWPP is fielding its candidate for the top post, though it is represented in a high-level political mechanism formed to guide the government. NWPP lawmaker Prem Suwal proposed his candidature and Dilli Prasad Kafle seconded it. Maharjan is not a member of parliament. As per the new constitution, non-MPs can contest the presidential race, provided the proposer and supporter are MPs. NC General Secretary Prakash Man

नेपाल आउने भयो चिनियाँ तेल अब मंगलबारदेखि पुरा पद्नुस

काठमाण्डु, ६ कात्तिक– सरकारले चीनबाट पेट्रोलियम पदार्थ ल्याउने प्रक्रिया थालेको छ । बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन चीनबाट पेट्रोलियम ल्याउन सक्रिय भएका हुन् । पुनले त्यसबारे शनिबार नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताई, चीनका लागि नेपाली राजदूत महेश मास्केसँग छलफल गरेका छन् । छलफलको चाँजोपाँजो एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मिलाएका हुन् । माओवादीले गठन गरेको सरकार सञ्चालन समितिका संयोजक समेत रहेका श्रेष्ठ पनि छलफलमा सहभागी थिए । छलफलका क्रममा चिनियाँ राजदूत चुन्ताइले चीन इन्धन दिन तयार रहेको भन्दै त्यसबारे औपचारिक प्रस्ताव ल्याउन आग्रह गरेका थिए ।  ‘चीनबाट इन्धन ल्याउने प्रक्रियामा गम्भीर र सकारात्मक छलफल भएको छ’, छलफल श्रोतले भन्यो, ‘चीन आवश्यक इन्धन तत्काल उपलब्ध गराउन तयार छ ।’ भारतले अघोषित नाकाबन्दी तत्काल नहटाउने संकेत पाएपछि सरकारले विकल्पमा चीनबाट इन्धन ढुवानी प्रक्रिया अघि बढाउन लागेको हो । चीनले पूर्ववर्ती सुशील कोइराला नेतृत्वकै सरकारका बेलामसेत इन्धन दिन तयार रहेको बताएको थियो ।  तर सरकारी तवरबाट प्रयास नहुँदा चीनबाट इन्धन ल्याउने प्रक्रिया

विश्वकै खराबमध्ये त्रिभुवन विमानस्थल तेस्राे स्थानमा

संसारमा धेरै एयरपोर्टहरु छन् जसमध्ये कतिपय अत्यन्तै नराम्रो स्थितिमा पनि रहेका छन्। गाइड टु स्ल्पिङ इन एयरपोर्टले अनुसन्धानका आधारमा सन् २०१५ का सबैभन्दा नराम्रो अवस्थामा रहेका  १० एयरपोर्टहरुको सूची जारी गरेको छ। यात्रुहरुको प्रतिक्रियाका अाधारमा यो सूची तयार पारिएको हो। यो सूचीको पहिलो स्थानमा नाइजेरियाको पोर्ट हारकोर्ट इन्टरनेसनल एयरपोर्ट परेको छ भने नेपालको काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तेस्रो स्थानमा परेको छ।  १. पोर्ट हारकोर्ट इन्टरनेसनल एयरपोर्ट, नाइजेरियाः फोहोर स्थान, असहयोगी कर्मचारीहरु, बस्ने स्थानको कमी, विग्रिएका एसीहरु जस्ता विविध नकारात्मक कुराहरुको कारण नाइजेरियाको यो एयरपोर्ट विश्वकै नराम्रो एयरपोर्टको रुपमा रहेको हो। यहाँको अराइभल  हल पनि एक टेन्ट भित्र रहेको छ जसको धेरैले गुनासो गरेका छन्। यसका साथै यहाँ भ्रष्टाचार पनि अत्यधिक छ। २. जेद्दाह किङ्ग अब्दुल अजीज इन्टरनेसनल एयरपोर्ट, साउदी अरबः यो एयरपोर्टको धुम्रपान निषेधित क्षेत्रमा पनि मानिसहरुले धुम्रपान गर्छन्। त्यस्तै दुर्गन्धित शौचालयको गन्ध बाहिरसम्म फैलिएको छ।  ३. त्रिभुव

एनएमएका सबै पीकको सेवाशुल्क उठाउने अधिकार खोसियो

नेपाल पर्वतारोहण संघ (एनएमए)को करीब चार दशकदेखि रोयल्टी संकलन गर्दै आएको विभिन्न ३३ हिमालको आरोहण अनुमति खोसिएको छ । वि.सं. २०३४ माघ ५ गते तत्कालिन मन्त्रीपरिषद्को निर्णयबाट १८ वटा र २०५९ भदौ ३१ गते थप १५ गरी ३३ वटा हिमालको सेवा शुल्क उठाउन दिएकोे अधिकार एनएमएबाट खोसिएको हो । एनएमएको हिमालको सेवा शुल्क उठाउन पाउने यो अधिकारलाई निवर्तमान सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाको प्रस्तावमा गत असोज २२ गतेको मन्त्रीपरिषद् बैठकले खोसेको हो । सुशील कोइराला नेतृत्व सरकार कामचलाउ भैसकेपछि बसेको मन्त्रीपरिषद् बैठकले पर्वतीय पर्यटन क्षेत्रमा निकै ठूलो प्रभाव पर्ने गरी नीतिगत निर्णय गरेको छ । शेर्पाले जाँदाजादै एनएमएको सेवा शुल्क खोसेर मन्त्रालय अन्तर्गतको पर्यटन विभागबाट उठाउने गरी निर्णय गराएका छन् । मन्त्रीपरिषद्ले गरेको यो निर्णय पाउँदा समग्र पर्वतीय पर्यटन क्षेत्रलाई आश्चर्य र दुःखि बनाएको एनएमएका अध्यक्ष आङछिरिङ शेर्पाले बताए । यो निर्णयमा एनएमएले हिमालको रोयल्टी उठाउन बन्द गर्ने र यसका वार्षिक कार्यक्रम संचालन गर्न सरकारले निश्चित बजेट दिने भन्दै निर्णय गरेको पत्र आ

यूरिक एसिडले मानवीय अङ्गलाई पार्ने असर र रोकथामका उपायहरु !

युरिक एसिड बढेर हुने जोर्नी समस्या लाई गौट–बाथरोग भनिन्छ । खान–पान र जीवनशैली सँग सम्बन्धित रोग भएकाले उचित निदान र रोगको प्रकृति, विकृति र रोगोस्थितिको उचित आँकलन पश्चात् खान–पान सुधार र जीवनशैली परिवर्तन गरेर यो रोगबाट पूर्ण मुक्ति पाउन सकिन्छ । त्यसमा पनि विशेषतः यो रोगमा पथ्य–अपथ्य (के खाने, के नखाने ?) को उचित व्यावश्थापन नितान्त आवश्यक छ । जसका लागी यहाँ दिर्ईएका केही सुझावहरू लाभकारी हुन सक्छन । रगतमा युरिक एसिडको मात्रा बढ्नुमा प्युरिन न्युक्लिक एसिड युक्त खाद्यान्नहरूको मूख्य भूमिका छ । यूरिक एसिडको, प्युरिन न्युक्लिक एसिड उपपाचन (मेटावोलिजम्) को अन्तिम उत्पादन हो । रगतमा यूरिक एसिडको मात्रा प्युरिन न्युक्लिक एसिडको उपपाचनमा आएको गडबडीको कारणले वा बनेको युरिक एसिड युरियामा परिवर्तन भएर पिसाबबाट बाहिर जान नसक्नाले बढ्द छ । यस्तो अवश्थामा प्युरिन न्युक्लिक एसिड युक्त खाने कुराहरू पहरेज गरी, बनेको यूरिक एसिडलाई पिसाप मार्पmत बगाएर लैजाने र यूरिक एसिडका कारणले हुने प्रदाहत्मक क्रियालाई समन गर्न सघाउने खालका खानेकुराहरू खान आवश्यक छ । के खाने ? १ उषाः पान (पानी पिउने)

परम पुज्य ठुल्शिग रिन्पोक्षेको जीवनी

चुन्मो काथाङबाट यसरी भविष्य वाणी गरिएको छ । फाग्री नामक स्थानमा भिक्षु कोकलीले सय जन्मान्तर पछि मेरो धर्मको शासन संरक्षण समवर्दन र विस्तार गर्नेछ तथा पाँचसय जना ध्यानी साधकहरुद्वारा परिक्रमित महा ठुल्शिगको उत्पन्न हुनेछ भनि बताइएको छ । भविष्य वाणी अनुकूल परम पुज्य ठुल्शिग रिन्पोक्षेको जन्म पिता तेन्जिन क्षोदर तथा माता ज्याम याङ वाङ्मो दुइको सुपुत्रको रुपमा सन् १९२४ मा तिब्बतको अचाङ रुजी अन्तर्गतका मे चाङमे नाकार स्थित डुब्दे नामक स्थानमा अद्भूत लक्षणका साथ जन्म हुनु भएको थियो । चार वर्षको उमेरमा लतोद शेलकारजोङ्को जारोङफु नामक स्थानमा स्वयंका पूर्वजन्म शेदुहु कुन्गा थोङडोल दोर्जे एवं ठुल्शिग दोङा्ग लीङ्पाको शिष्य परम पुज्य जाटुल रिन्पोक्षेको सम्मुख प्रस्थान गर्नुभई पूर्वजन्मको सम्पूर्ण कुरा बताउनु हुँदा चार वर्षको उमेरमा भ्रम रहित अवतारको रुपमा प्रमाणित गर्नुभई दोङग तेन्जिन पाल जाङ्पो भनि शुभ नामकरण भर्नुभयो । १२ वर्षको उमेरमा स्वर्ण आशनमा गद्दिआरोहण गर्नु भयो । जाटुल रिन्पोक्षेको सम्मुखबाट प्रतिमोक्ष, बोधि चित्त र गुह्यमन्त्रको धमृचक्र श्रवण गरी १८ वर्षको उमेरदेखि तीन वर्ष सम्म कठोर ध