Skip to main content

Posts

Showing posts from April, 2017

'४७ दिनदेखि हराई रहेका ताईवानी जोडीलाई यसरी फेला पारें' [भिडियो सहित]

वैशाख १७, २०७४- मेरो नाम दावा तामाङ्ग हो । म ५२ बर्षको भएँ । सामान्य लेखपढ गर्न जानेको छु । मे ५२ वर्षीय मेरो पेशा कृषिनै हो । मौसमी कमाई भने यार्सागुम्वा टिप्न गणेश हिमालका पाखा पखेरा चहार्नु र हिमालकै पाखा पखेरका मुल्यवान रत्न पत्थर क्वार्ज र काईनेटिक खोज्नु हो । पत्थर र यार्सागुम्वाबाट मेरो वर्षेनी आम्दानी ५० /६० हजारसम्म पुग्छ । यार्सागुम्वा र पत्थर संकलन मात्रै हैन गोठपातकै कारण अरु जानै नसक्ने  हिमाल वरपरका भिरपाखा चहार्नु मेरो लागि सामान्य हो । भीरपाखा पखेरा मेरा दिनचर्या हुन् ।  मेरो भीरपाखा जाजे सीप र साहसलाई गाउँ छिमेकीले सदुपयोग गर्थे । हिउं र  भीरमा फसेका गाईवस्तु, गोठाला, चौंरी, घोडाको उद्धार गर्दै आएको थिएँ ।  यार्सागुम्वा र जडिवुटी खोज्न जाँदा हिमालका अप्ठेरो पहरामा फसेका कैयन साथीहरुको ज्यान बचाएको छु । मेरो घरमा बसेर गएको ताईवानी केटाकेटी हिउँमै हरायो रे भन्ने खवर छिमेकी जोमसाई घलेले वताएपछि दश दिन पछि गाउँलेहरुले थाहा पायौं  । त्यतिवेला लेकमा २ मिटर हिउँ परेको थियो । छिमेकी जस थापाका २१ वटा भेडी हिमपातले मरेका थिए । हामीले सोच्यौं पक्कै पनि हिमपात

मतदाता शिक्षा स्थगित, मतदान अधिकृत फर्किए

१४ वैशाख, सोलुखुम्बु । प्रदेश नं १ को स्थानीय तह निर्वाचन जेठ ३१ गतेका लागि सारिएपछि सोलुखुम्बुमा मतदाता शिक्षा कार्यक्रम पनि स्थगित गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका प्रमुख खिमादेवी लगेवाका अनुसार जिल्लामा सञ्चालन भइरहेको मतदाता शिक्षा कार्यक्रम निर्वाचन मिति सरेका कारण मङ्गलबारदेखि स्थगित गरिएको हो । जिल्लाका एकसय २० मतदान केन्द्रका लागि प्रत्येक केन्द्रमा एकजनाका दरले मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको थियो । केन्द्रको निर्देशनअनुसार पछिल्लो चरणमा सुरु गर्नेगरी हालका लागि कार्यक्रम स्थगित गरिएको कार्यालयले जनाएको छ । यस्तै, जिल्लाका आठ स्थानीय तहमा निर्वाचन अधिकृतका रुपमा खटिएका कर्मचारी पनि फिर्ता भएका छन् । मङ्गलबार कार्यालय स्थापना गरी काम सुरु गर्ने कार्यक्रम रहेको भएपनि निर्वाचन मिति सरेका कारण उनीहरु सबैलाई फिर्ता गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । सबै निर्वाचन अधिकृत कार्यक्षेत्रमा पुगिसकेका थिए । निर्वाचनको मिति सरेपछि जिल्लामा मिश्रित प्रतिक्रिया आएको छ । पर्यटकीय क्षेत्र खुम्बुका नागरिक यसबेला पर्यट

मेयर बन्न 'ग्रिनकार्ड' त्याग

मेयरमा उम्मेदवार बन्न अमेरिकाको ग्रिनकार्ड त्यागेका आङदामी शेर्पा । तस्बिरः राधा ढुंगाना सोलुखुम्बु– सदरमुकाम सल्लेरीका ७२ वर्षीय आङदामी शेर्पाका सन्तान सबै अमेरिकामा छन् । उनी आफैं पनि अमेरिकी ग्रीनकार्डधारी हुन् । अमेरिका जाउआउ गरिरहन्छन्। स्थानीय तहको निर्वाचनको रौनक बढिरहँदा जिल्लाको एक मात्र सोलु–दूधकुण्ड नगरपालिकाको मेयर बन्ने आकांक्षा उनमा आयो । तर अमेरिकी ग्रिनकार्डले समस्या निम्त्यायो । मेयर बन्न उनले गत साता ग्रीनकार्ड रद्द गराए । २०५४ देखि २०५९ सम्म सल्लेरी गाविस अध्यक्ष भइसकेका शेर्पाले एक पटक नगरपालिकाको मेयर हुने सपना देखेका छन् । उनले एमालेबाट उम्मेदवारी दिन चाहेका छन् । तर पार्टीभित्र अन्य आकांक्षी पनि छन् । एमाले जिल्ला कमिटीले उम्मेदवारको टुंगो लगाउन नसकेपछि एक नम्बर प्रदेश कमिटीमा पठाइएको छ । शेर्पाले पार्टीमा आफ्नो महŒवपूर्ण योगदान रहेकाले आफ्नो नाम सिफरिस हुने आशा राखेका छन् । ‘जीवनको महŒवपूर्ण समय नेपालमै बिताएँ, अब मर्ने बेलामा किन परदेश जानुँ ? बरु मेयर बन्छु, जिल्लाको विकास गर्छु ।’ जिल्लामा उम्मेदवार हुन शिक्षकहरूले पनि धमाधम राजीनामा गरिरहेका छ

पाँच दशकदेखि बाटो खन्दै

५ दशकअघि काम खोज्दै उनी लुक्ला एअरपोर्टमा पुगे। दुई विदेशी पर्यटकलाई खुम्बु क्षेत्रमा घुमाउने काम पाए। काम पाएपछि उनी निकै खुसी भए। तर, उनको खुसी धेरै टिकेन। कारण– उनले घुमाउन लगेका पर्यटक खुसी भएनन्। त्यसबेलामा खुम्बु क्षेत्रको बाटो साह्रै साँघुरो थियो। अप्ठ्यारो पनि उत्तिकै। हिँड्नै सकस हुन्थ्यो। स्थानीय त हात–खुट्टा टेक्दै हिड्ने गर्थे। यस्तोमा विदेशी कसरी हिँड्न सकुन् र, खुसी होउन्।   खुम्बुका पासाङ सेर्पाको एक्लो प्रयासमा फेरिचेबाट सुरु गरिएको बाटो पाङबोचे, लहिसास हुँदै क्यान्जुमसम्म पुगेको छ। नाम्चे जोडिन थोरै बाँकी छ। बाटोको अवस्था देखेपछि दुई विदेशीले पासाङ शेर्पालाई भने रे– ‘खुम्बु क्षेत्रमा बाटो बनाउनुपर्ने रहेछ। बाटो बनाउने हो भने यहाँ आउने जो कोहीले पनि  दुई–चार रूपैयाँ दिन तयार हुन्छ।’ पहिलो पटक विदेशी घुमाउन खुम्बु पुगेका पासाङलाई पनि बाटो नबनाए विदेशी बेखुसी हुन्छन् झैं लाग्यो। त्यतिबेला उनलाई पनि भिरको काखमा रहेको सानो गोरेटोमा हिँड्न सकस भएको थियो। दुई महिला दाउराको भारी बोकेर हात–खुट्टा टेकेर हिँडेको देख्दा र विदेशी घिसि्रएर हिँडेको दृश्यले उनलाई पिरो

प्रधानमन्त्रीभन्दा बलिया उम्मेदवार छान्न र घोषणापत्र लेख्न सघाऔंः बालानन्द पौडेल

स्थानीय तहको चुनावपछि गर्नुपर्ने थुप्रै कामहरु छन् । ती कामहरु बहसमा आइराखेका छैनन् । तर, चुनाव आगडि तत्कालै जनतामा जानुपर्ने कुराहरुका बारेमा हामीले प्राथमिकता दिइनुपर्छ । यसमा हतार भइसकेको छ । स्थानीय तहको चुनाव अघि प्राथमिकता दिनुपर्ने कुराहरु के-के होलान् ? अहिले पार्टीहरु चुनावी घोषणापत्र लेख्न व्यस्त छन् । उनीहरुले घोषणापत्र लेख्दैगर्दाखेरि त्यसमा के-के कुरा आओस् भन्नेबारेमा तपाई हामीले पार्टीहरुलाई प्रोत्साहित गर्नुपर्छ । अहिले थुप्रै संवैधानिक अस्पष्टताका कुराहरु छन् । यो पाटोमा पनि दलहरुले घोषणापत्रमा बोल्दिए भने राम्रो हुन्छ । यसमा पनि हामीले दलहरुलाई सहयोग गर्नुपर्छ । दलहरुलाई कस्तो उम्मेद्वार छान्न जरुरी छ भनेर हामीले अहिले नै भन्दियौं भने राम्रो वातावरण बनाउन सहयोग पुग्छ । उम्मेद्वारको क्षमताका बारेमा हामीले ध्यान दिनुपर्छ । हामीले बताउनुपर्ने के हो भने स्थानीय तह कति पावरफूल छ, त्यसैले त्यहाँ कस्तो मानिस छान्नुपर्छ ? स्थानीय तहको पावर कति हो भन्ने हामीले बुझाउनुपर्छ । मैले त धेरै ठाउँमा भनें कि यी स्थानीय सरकारहरु केन्द्रको प्रधानमन्त्रीभन्दा पावरफूल छन् । य

तपाईंले चुन्ने वडा अध्यक्षले केके गर्न सक्छन? हेर्नुहोस् वडा कार्यालयको काम,कर्तव्य र अधिकार

सरकारले पुरानो स्थानिय निकाय विघटन गरेर स्थानीय तह लागु गरिसकेको छ । स्थानिय निकायमा गाविस, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका थिए भने नयाँ ढाँचा अनुसारको स्थानीय तहमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका गठित छन । संविधानले गरेको ब्यवस्था अनुसार स्थानीय तहको काम, कर्तब्य र अधिकार पुरानो स्थानिय निकायको भन्दा व्यापक बनाईएको छ । अर्थात स्थानीय तहलाई स्थानीय सरकारको अवधारणा अनुसार अघी सारिएको छ। वडा कार्यालयबाट तोकिएका सेवा प्रवाह हुँदा जनतालाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा सरकारको छ । स्थानिय चुनावको चहलपहल बढीरहेको परिप्रेक्ष्यमा यो सामग्री प्रस्तुत गरेका छौं । गाउँपालिका वा नगरपालिकाका वडाको काम, कर्तव्य र अधिकारहरु हेर्नुहोस्: क- योजना तर्जूमा, कार्यान्वयन तथा अनुगमन १. सहभागितामूलक योजना तर्जुमा प्रणाली अनुसार वस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अबलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको लागत संकलन, प्राथमिकीकरण तथा छनौट गर्ने । २. वडाभित्रका क्रियाशील राजनीतिक दल, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, टोल विकास संस्थालगायत सामुदाय