Skip to main content

Posts

Showing posts from June, 2017

युवाहरु आफ्नो मत सदुपयो गर्नजादै

२०७४/०३/११ महाकुलुङ्को युवाहरु आफ्नो मत सदुपयो गर्नजादै र यिनै युवाको औलामा उम्मेदवारको भबिस्य !!!

चुनावले नछोएको सोलुखुम्बुको तिङला (फोटो फिचर)

असार १०, २०७४- सबैतिर चुनावको चहलपहल छ । उम्मेद्वारहरु भोट माग्ने दौडधुपले हैरान छन् । पार्टीका प्रचार सामाग्रीले सबैतिर रंगिन छन् । तर सोलुखुम्बुको साविक तिङला गाविस (हालको नेचा सल्यान गाउँपालिका–६) लाई यो चुनावले छोएको छैन ।  तिङलाका २ हजार ४ सय ७६ मतदाताले चुनावको बहिष्कार गरेका हुन् । कुनै उम्मेद्वार समेत नभएको यहाँ सबै आ–आफ्नै काममा व्यस्त छन् । राज्य पुनर्संरचना आयोगले गरेको सीमांकनसँग असन्तुष्टि राख्दै चैत २ गतेदेखि सुरु भएको आन्दोलनको अर्को रुप अन्तर्गत यो चुनाव बहिष्कार गरिएको हो ।  २० मिनेट परको सोलुखुम्बु दुधकुण्ड नगरपालिकामा नसमेटेर एक दिनको बाटो लाग्ने दुरीमा रहेको नेचा सल्यान गाउँपालिकामा तिङला समावेश गरिएपछि आन्दोलन सुरु भएको थियो । तिङलावासीको आन्दोलन सुनुवाई नभएपछि उनीहरु अन्तत: निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुगे । उनीहरुले नारा नै बनाए ‘नो भोट, नो क्यान्डिडेट !’ 

स्थानीय चुनावमा भोट कसरी हाल्ने ? पढ्नुहोस् ध्यानदिनुपर्ने ४ कुरा एक व्यक्तिले ७ जना उम्मेदवारलाई मतदान गर्नुपर्ने

 स्थानीय   तहको निर्वाचनमा प्रयोग हुने मतपत्र कस्तो होला ? एकजनाले कति ठाउँमा छाप लगाउनुपर्ला ? यसबारे धेरै मतदाताहरु अझै पनि दुविधामा छन् ।   निर्वाचनमा कसरी मतदान गर्ने त ? यहाँ केही टिप्सहरु दिइएको छः १. मतदाता नामावलीमा नाम नभए उजुरी गर्नोस् सबैभन्दा पहिले तपाईले आफ्नो नाम मतदाता नामावलीमा भए नभएको निश्चित गर्नुपर्ने हुन्छ । तपाईले ०७० को निर्वाचनमा मतदाता परिचय पत्र पाए पनि अहिले लिष्टमा नाम नहुन पनि सक्छ । त्यस्तो भएमा तत्काल निर्वाचन आयोगमा उजुरी दिनुपर्ने हुन्छ । यदि तपाईको नाम मतदाता नामावलीमा छ भने अब तपाईले भोट दिन पक्का पाउनु हुनेछ । तर, ०७० सालपछि मात्रै यदि तपाइले फोटोसहितको मतदाता नामावली दर्ता गराउनु भएको थियो भने तपाईको नाम निर्वाचन आयोगको वेभसाइटबाट अहिल्यै हेर्न  सकिन्छ। २. मतदान केन्द्र हेर्नुस् निर्वाचन आयोगले मतदाता नामावलीमै तपाईको निर्वाचन केन्द्र तोकेको हुन्छ । तर, अहिले निर्वाचन आयोगको वेभसाइडमा तपाईले भेट्ने मतदाता सूचीमा तपाईको मतदान केन्द्र जुन लेखिएको छ, अब त्यो लागू नहुन सक्छ र फेरिएको पनि हुन सक्छ । त्यो मतदान केन्द्

स्कुलवाट फर्कने क्रममा खहरे भेलले बगाउँदा नेलेमा दुई बालबालिकाको मृत्यु

विद्यार्थीको मृत्युपछि विद्यालयमा तोडफोड... .. सोलुखुम्बु ,सल्लेरी- खहरे खोलाले बगाउँदा दुई विद्यार्थीको मृत्यु भएपछि तिनका आफन्तले विद्यालयमा तोडफोड गरेका छन् । विद्यालय प्रशासनको लापर्बाहीका कारण विद्यार्थीको मृत्यु भएको आरोपसहित आफन्तले आक्रोश व्यक्त गर्दै विद्यालयमा तोडफोड गरेका हुन् । विद्यालय प्रशासनको लापार्बाहीले घटना भएकाले घटनाको जिम्मा लिनुपर्ने र उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ । विद्यालय परिसरमै शव राखेर उनीहरुले बिहीबार साझदेखिनै विद्यालय घेरा उ गरेका थिए । अहिले विद्यालय व्यवस्थापन समिति र मृतकका आफन्तबीच छलफल भइरहेको प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिए । समस्या समाधान पश्चात शवलाई परीक्षणको लागि फाप्लुस्थित जिल्ला अस्पताल ल्याइने भएको छ । बिहीबार अपराह्न ५.३० बजे दूधकौसीका गाउँपालिका– १ नेलेस्थित जोगरामा रेहको खहरे खोलाले बगाउँदा सोही स्थानको हिमशिखर बोर्डिाङ स्कुलमा एल केजीमा अध्ययनरत– सात वर्षीया सागर कटुवाल र कक्षा– २ मा अध्ययनरत– ८ वर्षीया रचना बस्नेतको घटनास्थलमै मृत्यु भएको थियो । सोही खोलाले बगाउँदा दूधकौसीका गाउँपालिक

सोलुखुम्बुको लागि यी उमेदवार मध्य को उपयुक्त देख्नुहुन्छ ?

तिङ्लाको विद्रोह ! ‘नो भोट’ अभियान सफल, सबैको उम्मेदवारी फिर्ता

सोलुखुम्बु । नेचासल्यान गाउँपालिकास्थित तिङ्ला गाउँको ‘नो भोट’ अभियान सफल भएको छ । गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने तिङ्वाबाट यो चुनावमा कोही पनि उम्मेदवार छैनन् । नेपाली कांग्रेसका टङ्क कार्कीले वारेसनामाबाट दिएको उम्मेदवारी खारेज भएको छ । योसँगै दुई जनाको स्वतन्त्र उम्मेदवारी पनि फिर्ता भएको छ । ज्ञानबहादुर राई र हर्कबहादुर विश्वकर्माले उम्मेदवारी फिर्ता लिएपछि वडा नम्बर ६ जनप्रतिनिधिविहीन बन्ने भएको निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए । तिङ्लावासीले आफूहरुको भावना विपरीत नेचा सल्यान गाउँपालिकामा समाहित गरेकोप्रति असन्तुष्टी जनाउँदै निर्वाचनमा भाग नलिने अडान राख्दै आएका थिए । तर, नेपाली कांग्रेसका सांसद बलबहादुर केसीले टङ्क कार्कीलाई उम्मेदवार बनाउन खोजेपछि तिङ्लावासीले उनीहरुलाइै बिचमै रोकेका थिए । केसीले वारेसनामामार्फत कार्कीको उम्मेदवारी दर्ता गराए । लगतै स्वतन्त्र उम्मेदवारी परेको थियो । कार्कीको उम्मेदवारी रद्द भएपछि अन्य स्वतन्त्रबाट मनोनयन दर्ता गरेकाले पनि आन्दोलनलाई सहयोग गर्ने भन्दै फिर्ता लिएका छन् । आफूहरुको माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने