Skip to main content

Posts

Showing posts from August, 2014

सोलुखुम्बुमा कुकुरको स्थायी बन्ध्याकरण !

११ भदौ, सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रका भुस्याहा कुकुरको स्थायी बन्ध्याकरण सुरु गरिएको छ । राष्ट्रिय निकुञ्ज क्षेत्रमा भुस्याहा कुकुरको सङ्ख्या घटाउनस्थायी बन्ध्याकरण अभियान सुरु गरिएको निकुञ्जका निमित्त संरक्षण अधिकृत लक्ष्मण ढकाले जानकारी दिए । आइतबारबाट सुरु अभियान अन्तर्गत मङ्गलबारसम्ममा खुम्जुङ गाविसका १० वटा भुस्याहा कुकुरको स्थायी बन्ध्याकरण गरिसकेको पशु चिकित्सक तारामान तामाङले जानकारी दिए । खुम्जुङमा बन्ध्याकरण अभियान सकेपछि क्रमशः नाम्चे र चौरीखर्कका भुस्याहा कुकुरको पनि बन्ध्याकरण गरिने जनाइएको छ । घरपालुवा कुकुर बाटोमा छाडा नछोड्न सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेले सूचनासमेत जारी गरेको छ । भुस्याहा कुकुरको सङ्ख्या नियन्त्रण गर्दा निकुञ्ज क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु र पक्षीको सुरक्षा हुने विश्वास निकुञ्जले लिएको छ ।  News From C/P Onlinekhabar

यस्ताे छ सोनामको ४७० रुपैयाँ देखि कराेडसम्मको यात्रा

काठमाडौं । जब चैत/बैशाख लाग्थ्यो घर भन्दा ठ्याक्कै पारि डाँडाबाट लस्करै  विदेशी पर्यटक उकालो लाग्थे। तीनै विदेशी पर्यटकलाई देखेर गाउँका धेरै युवाहरु विदेशीको पछि लाग्थे । कतिले पछिलाग्दा लाग्दै भरियाको काम पाउँथे त कतिले सहयोगीको भूमिका । सोनाम शेर्पा चाहिँ आफू विदेशीको पछि लाग्ने हैन । कसरी विदेशीले आफूलाई खोज्दै आउन सक्छन् भनेर सोच्दै बस्थे । गाउँका शेर्पाहरु विदेशीको भारी बोक्ने, विदेश जाने र पैसा कमाउने भनेर उनीहरुकै पिछा गर्थे । कतिपयचाहिँ काम पाउने आशमा लुक्लातिर हानिन्थे । ट्रेकिङको सिजनमा महिनौसम्म गाउँका तन्नेरीहरु विदेशीको भारी बोक्थे र फर्केर आउँदा राम्रा जुत्ता बजार्दै न्यानो लुगा लगाएर, बलिया झोला भिरेका हुन्थे । सोनामलाई पनि कहिलेकाही तिनै गाउँलेले जस्तै जुत्ता बजार्दै झोला भिरेर सानका साथ गाउँ पस्न मन लाग्थो । तर उनी यसको लागि भरियाको काम गर्न लुक्ला हानिएनन् । उनको बुबा गाउँमा घर बनाउने ठेक्कापट्टा मिलाउँथे । घरको गाह्रो लगाउने काम गर्थे, घरमा खासै बास हुँदैनथ्यो । आमाले घरको काम सम्हाल्थिन् । सोनामचाहिँ आमालाई सघाएर उब्रिएको समयमा वल्लोपल्लो घरको मेलापात भ

पर्यटक नपठाउन माओवादीको चेतावनी

भाद्र १० - नेकपा-माओवादी समर्थित अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर युनियनले पूरै पर्यटन क्षेत्रलाई धक्का पुग्ने गरी विदेशी राजदूतावासमा आफ्ना नागरिक (निश्चित एजेन्सीमार्फत) नपठाउन चेतावनी दिँदै पत्र पठाएको खुलासा भएको छ। मजुदरमाथि अन्याय गरेको भन्दै आन्दोलनका नाममा युनियनले भारतीय, डेनमार्क, अमेरिकी र जर्मनी राजदूतावासमा युनियनले हिमालय एक्स्िपडिसन इन, पिक प्रमोसन, एक्सप्लोर हिमालय ट्राभल एड्भेन्चर र हिमालय गाइड नामक एजेन्सीमार्फत पर्यटक नपठाउन भनेको छ। यी एजेन्सीले केही मजदुर निष्कासित गरी क्षतिपूर्ति नदिएको र पुनर्बहाली नगरेकाले यी एजेन्सीमार्फत पर्यटक पठाए बीच बाटोबाटै फर्काइदिने धम्कीसमेत दिइएको पर्यटन व्यवसायी रमेश धमालाले बताए। 'राजदूतावासमा पठाएको पत्र बोधार्थ हामीकहाँ आउँदा छक्क पर्‍यौं,' धमालाले भने, 'युनियनले एक साताअघि देखि नै समस्या ल्याएका थिए। वार्ताबाट सुल्झाउन खोज्दा पनि चासो दिइएन। एक्कासि धम्कीपूर्वक पत्र राजदूतावासमा पुग्यो।' गत असोजमा मात्र व्यवसायी-मजदुरबीच सेवा/सुविधालाई लिएर नयाँ सम्झौता भएको थियो। तर यसको विपरीत युनियनले आन्दोलन सुरु गरेक

प्रमुख बिहिन जिल्ला विकास समिति सोलुखुम्बु ..

भदौ ९ गते -विदामा बसेको कार्यालय प्रमुख कार्यालयमा हाजिर नभई सरुवा भएपछि जिल्ला विकास समितिको कार्यालय सोलुखुम्बु यस बेला प्रमुख विहिन भएकोछ । तत्कालिन स्थानीय विकास अधिकारी लक्ष्मण ढकाल विदामा रहेकै बेला सरुवा भएर अर्को व्यक्तिलाई विभागले निमित्त वा कार्यबाहक नदिएकोले गर्दा जिविस सोलुखुम्बु यस बेला प्रमुख बिहिन भएको हो ।  निमित्त दिने व्यक्ति सरुवा भईसकेको र उहाँले दिएको निमित्त स्वतः अमान्य हुने भएकोले यसबेला आफु योजना अधिकृत मात्र रहेको योजना अधिकृत रोसशनसंकर घिमिरेले बताउनुभयो । जिविस सोलुखुम्बु प्रमुख विहिन भएको सम्बन्धमा आफुले विभागमा लेखेर पठाएको भएपनि अहिलेसम्म आफुलाई निमित्त वा कार्यबाहक नदिएको पनि घिमिरेले बताउनुभयो ।  कार्यालयमा निमित्त समेत नहुँदा जिविसका निर्णय गर्नुपर्ने सबै किसिमका बैठकहरु हुन सकेका छैनन् भने कार्यालय प्रमुखको तर्फबाट हुने निर्देशन तथा कार्यहरु समेत हुन सकेका छैनन् । स्थानीय विकास अधिकारी नभएकै कारण गत ६ गतेका लागि तय भएको पर्यटन रोयल्टी रकम बाँडफाँड सम्बन्धि बैठक शुरु हुन सकेको छैन भने जिल्ला शिक्षा समितिका अध्यक्ष समेतको जिम्मेवारी भएका स्थानीय वि

सम्पुर्ण नेपाली दिदी बहिनी हरुलाइ तीज को शुभकामना

देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण सोलुखुम्बुबासीहरु दिदिबहिनी तथा मित्रजनहरुमा महान चाड हरितालिका तीज २०७१  को  अबसर मा    सुख,स्वास्थ्य, शान्ति  र  दिर्घायुको हार्दिक मंगलमय शुभकामना  ब्यक्त गर्दछौ । सोलुखुम्बु फेसबुक पेज अन्लाईनसोलुखुम्बु https://www.facebook.com/onlinesolukhumbu

एन्फासँग रकम माग्दा ४ क्लब प्रतिबन्धि

९ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफूसँग गत वर्षको पुरस्कार र तयारीको बाँकी रकम माग गर्ने चार क्लबमाथि प्रतिबन्ध लगाएको छ । मछिन्द्र, हिमालयन शेर्पा, सरस्वती र फेन्ड्स क्लबलाई २०७१ सालभरि एन्फाको आयोजना र स्वीकृति पाएका कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको नागरिक दैनिकमा खबर छ । एकैपटक चार क्लबमाथि कारबाही भएको यो नेपाल फुटबलकै पहिलो घटना हो । एन्फाको काम-कारबाहीसँग असहमत चार क्लबले बैशाखको सुरुआतमा क्लब समन्वय समिति गठन गर्दै गत वर्षको तयारी र पुरस्कार राशि नदिएसम्म एन्फाका कुनै कार्यक्रममा भाग नलिने निर्णय गरेको थिए । आर्थिक विषयबाट सुरु भएको विवादले कारबाहीको रुप लिएको हो । झन्डै ८ महिनाको प्रतिबन्धनमा परे पनि चार क्लबको ‘ए’ डिभिजन हैसियत यथावत रहनेछ । नेपालमा १२ ए डिभिजन क्लबहरु छन् । क्लब समन्वय समितिका संयोजक शिक्षित पराजुली एन्फाको प्रतिबन्धको कुनै अर्थ नभएको बताउँछन् । एन्फाले समस्या समाधानभन्दा कारबाही गरेर विवाद चर्काउन खोजेको उनले आरोप लगाए ।

अब इजरायलमा पनि कोरियामा जस्तैगरी नेपाली पठाइने

काठमाडौ, अब सरकारले आफै इजरायलमा कामदार पठाउँने भएको छ । म्यानपावर कम्पनीबाट कामदार पठाउँन बन्द भएपछि सरकार आफैले सिक र कमाऊ (लर्न एण्ड अर्न) अवधारणामा नेपाली प्रशिक्षार्थी कामदार इजरालय पठाउने तयारी गरेको हो । अन्नपूर्ण पोष्टमा प्रकाशित एक खबर अनुसार दक्षिण कोरियामा जस्तै दुवै देशबीच सरकारी तह (जी टु जी मोडेल) मा कामदार पठाउन लागिएको छ । इजरायलले पनि सरकार आफैले कामदार पठाउँने जिम्मा लिएमा नेपाली कामदारलाई रोजगारी दिन तयार रहेको जानकारी गराईसकेको छ ।  श्रम तथा रोजगार मन्त्रालयका अधिकारीले इजरायलले नेपाली कामदार लिने संकेत गरेपछि सरकारी तवरबाट प्रशिक्षार्थी कामदार पठाउँने तयारी थालिएको जानकारी दिए । अहिल बनाएको योजना अनुसार अन्तिम निर्णय भएमा जाने कामदारलाई सरकारले सहुलियत दरमा ऋण उपलब्ध गराउँने छ । यसरी जानेले तोकिएको अवधि पूरा गरेपछि नेपालमै फर्किएर काम गर्नुपर्नेछ । धेरैजसोले कृषि क्षेत्रमा काम गर्न पाउने भएकोले नेपालको कृषिलाई ब्यवसायीकरण गर्न यसबाट सहयोग पुग्ने सरकारको ठम्याई छ । काम सिकेपछि अनिवार्य रुपमा स्वदेशमा फर्किनुपर्ने सर्त राख्ने सरकारी योजना रहेको छ । वैदेशिक र

गुगल बारे ११ रोचक तथ्य जाखिराखौँ

न्टरनेट जायन्ट गुगल सूचना प्रविधि क्षेत्रको वादशाह नै हो । सर्च इन्जिन, अनलाइन विज्ञापन, इमेल मात्र नभै गुगल प्लस जस्तो सोसल मिडिया, स्मार्टफोनको चर्चित अपरेटिङ सिस्टम एन्ड्रोइड देखि लिएर स्मार्टफोन, स्मार्ट घडी तथा स्मार्ट चश्मा जस्ता हार्डवेयरको क्षेत्रमा समेत गुगलले आफ्नो प्रभुत्व स्थापित गरिरहेको छ । एकै समयमा धेरै चिजको सामना गरिरहेको गुगलमाथि कहिलेकाहीँ सिर्जनात्मकता नभएको तथा यसका सेवाहरुमा कुनै त्यस्तो उल्लेखनीय तथा अनौठो तथ्य नभएको भनि आलोचना समेत हुने गरेको छ । तर, आलोचकहरुले भनेजस्तै उतिसारो निरस भने छैन् गुगल । गुगलका सेवाहरु उत्कृष्ट त छन् नै यसका सेवा तथा सर्त सम्बन्धि केही तथ्यहरु निकै रोचक पनि छन् । गुगल सम्बन्धि केही रोचक तथ्य यस्ता छन् : १. गुगल सर्चमा केही कुरा खोज्दा त्यसको नतिजा देखाउनुअघि गुगलले २ सय भन्दा बढि पक्षहरुलाई ध्यानमा राखि खोजी गरिएका विषयका नतिजा देखाउँछ । यो काम यति छिटो हुन्छ की एक सेकेण्डको पनि केही अंश समयभित्रैमा सबै पक्षहरुको हिसाबकिताब गरि नतिजा स्त्रिmनमा देखाइहाल्छ गुगलले । २. गुगलले Google जस्तै लाग्ने अन्य कैयौँ डोमेन समेत सिर्ज

अध्यापन अनुमतिपत्रको नतिजा जिल्ला: सोलुखुम्वु तह: निम्नमाध्यमिक तह

बधाई छ उतीर्ण सफल साथीहरूलाई........ २४,२५/०७०–७१ अध्यापन अनुमतिपत्रको नतिजा जिल्ला: सोलुखुम्वु तह: निम्नमाध्यमिक तह बिषय: अध्यापन अनुमतिपत्र नतिजा प्रकाशित मिती: २०७१/०५/०३ 112320001, 112320002, 112320003, 112320004, 112320006, 112320007, 112320012, 112320014, 112320016, 112320019, 112320021, 112320025, 112320026, 112320039, 112320040, 112320043, 112320051, 112320054, 112320055, 112320063, 112320074, 112320079, 112320083, 112320087, 112320088, 112320090, 112320091, 1123 20099, 112320100, 112320101, 112320102, 112320104, 112320106, 112320117, 112320119, 112320121, 112320125, 112320130, 112320131, 112320136, 112320139, 112320142, 112320143, 112320145, 112320146, 112320148, 112320149, 112320150, 112320151, 112320152, 112320155, 112320158, 112320163, 112320164, 112320166, 112320167, 112320168, 112320169, 112320172, 112320175, 112320177, 112320178, 112320184, 112320185, 112320188, 112320190, 112320197, 112320199, 112320212, 112320213, 112320214, 112320221, 112320227, 112320231, 112320

भरिया कामदारहरू करोडपति बन्दै

सोलुखुम्बु: तामाखानी सोलुखुम्बुका डिल्ली मगर पर्यटन भरियाको रुपमा खुम्बु क्षेत्र पुगे । त्यहाँ पर्यटन भरिया, होटल कामदार लगायतको मजदुरी गरेका शेर्पा अहिले स्याङबोचे विमानस्थल नजिक घर तथा होटल मालिक हुन् । स्याङबोचे विमानस्थलमा हेलिकोप्टर उडानको चाँजोपाँजो मिलाउने काममा कहलिएका मगर कामदारबाट खुम्बुमा करोडपति मालिक वनेका छन् । खुम्बुमा अन्यत्रबाट आएकालाई जग्गा किन्न समस्या हुने भएपनि खुम्बुकै युवतीसँग विवाह गरेपछि उनले त्यहाँ घडेरी किन्न सम्भव भएको हो । उनि भन्छन् 'भरियाबाट सङ्घर्ष गरें अहिले राम्रो छ' ।  त्यस्तै धादिङका दिल थापामगर १९ वर्ष अघि होटल कामदारका रुपमा नाम्चे अएका हुन् । करिब नौ वर्ष त्यसरी काम गरेपछि उनि आफैँले होटल चलाउन थाले । उनि यतिखेर स्याङबोचेस्थित खुम्बु माउन्टेन भ्यु लज, नाम्चेभित्रै होटल एभरेस्ट र नेस्ट गरी तीन होटलका सञ्चालक हुन् । काभ्रे तिमालका राम लामा पनि ११ वर्षअघि खुम्जुङ - ६ देबुचेमा काम गर्न आएका थिए । चार वर्षयता उनि हाँ स्योमारेमा हिमालयन लन्च स्पट चलाइरहेका छन् । सिजनमा राम्रै कमाइ हुने उनले बताए । यी तीन जना प्रतिनिधि पात्र हुन् ।

नेचाका पर्यटकीय स्थल

जालपा गुफा र सुके पोखरी   सदरमुकाम सल्लेरीबाट करीब ११ कोष टाढा रहेको नेचा वेतघारी गाविसको वार्ड नं. २ नेचा डाँडा (१९०० मि. उचाइ) को रमणीय जङ्गलमा जालपा गुफा रहेको छ । गुफाको पूर्वतर्फ जालपा देवीको मन्दिर तथा यज्ञक ुण्ड, पश्चिमतर्फ सिद्धेश्वर महादेव स्थान, उत्तर तर्फ सुकेपोखरी तथा दक्षिण तर्फको डाँडामा सूर्योदय पार्क रहेकाले विविधताको नमूना यहाँ हेर्न सकिन्छ । मकालु, केरेलुङ्ग, नुम्बुर, थामसेर्कु, मेरापिक आदि हिमश्रृंखला देखिने सूर्योदय पार्कबाट दूधकोशीको अविरल प्रवाहका साथै हलेसी महादेवस्थान, रुम्जाटार, ट्याम्के डाँडा, ऐंसेलुखर्क लगायत सोलु, खोटाङ्ग र ओखलढुङ्गाका धेरै भागहरू देख्न सकिन्छ । १९७० को दशकमा एकजना पण्डितले कोटीहोम लगाएको प्रसङ्ग स्कन्ध पुराणमा उल्लेख गरिएको पाइन्छ भने सोही स्थानमा एउटा ठूलो गुराँस (३ फुट गोलाइ) को रुख रहेको छ । सुकेपोखरीको पानी महिलाले झिक्न नहुने, उक्त स्थानमा फोहोर मैला भएमा गाउँमा अनिष्ट हुने, पोखरीमा झरेका पात घामको झुल्कोमा अनौठो चराले हटाउने र पोखरीमा जुठविटुल गरिएमा सेतो मृग, हाँस देखिने तथा सिंह गर्जने गर्दछ भनिन्छ । ऐतिहासिक, धार्मिक र पर्य

मोबाइल भिज्यो ? बिग्रनबाट यसरी जोगाउनुस्

आफ्नो मोबाइल फोन पानीमा भिज्ला र बिग्रिएला भन्ने डर सबैलाई हुन्छ । वर्षात् समय सुरु भैसकेको छ । त्यसैले स्मार्टफोन भिज्ने जोखिम अझै बढ्दैछ । कहिलेकाहीँ सावधानी अपनाउँदा पनि मोबाइल फोन भिज्न सक्छ । त्यसो हुँदा केही उपाय अपनाउनु पर्छ । ता कि मोबाइल फोनमा पानीले असर नपरोस् । स्मार्टफोन भिजिहाल्यो भने यसरी स्याहार गर्नुपर्छः १. तत्कालै मोबाइल स्विच अफ गर्नुस्ः मोबाइल पानीमा भिजेको थाहा पाउने बित्तिकै तत्कालै स्विच अफ गर्नुहोस् । त्यसपछि यसलाई सुख्खा कागज वा टावेल तथा कपडामा राख्नुहोस् । ब्याट्री तथा सिमकार्ड निकाल्नुहोस् । मेमोरी कार्ड पनि निकालेर सुकाउनुहोस् । त्यस्तै हेडफोन तथा अन्य बाहिरी ड्राइभ छन् भने पनि निकाल्नुहोस् । २. ब्याट्रीको स्टिकर जाँच गर्नुस्ः तत्कालै ब्याट्री निकालेर जाँच गर्नुहोस् । ब्याट्रीमा प्रायः स्टिकर लगाइएको हुन्छ जुन सेतो रंगको हुन्छ । जब तपाइँको मोबाइल फोन भिज्छ तब उक्त स्टिकर पनि भिजेर रातो तथा गुलाबी बन्दछ । यदि मोबाइलको स्टिकर भिजेको छैन भने तपाइँले बिक्रेताबाट वारेन्टी बापतको सुविधा पाउनुहुन्छ । ३ . विस्तारै फोन पुछ्नुहोस्ः तपाइँको भिजेको स्मा

जानी राखौंः के हो ईबोला भाइरस रोग?

मंगलबार मात्र विश्व स्वास्थ्य संगठनले जारी गरेको व्यक्तव्यका अनुसार गत फेब्रुवरीबाट पश्चिम अफ्रिकामा फैलिएको ईबोला भाइरस रोग (इभीडी) बाट मर्नेको संख्या १,०१३ पुगिसकेको छ भने यस रोगबाट १,८४८ जना संक्रमित भइसकेका छन् । अगस्त ७ देखि ९ सम्ममा मात्र, ६९ वटा इबोला भाइरसका नयाँ रोगीहरु गिनिया, लाइबेरिया र सेयेरा लियोनमा देखापरेका छन् । यिनीहरुमध्ये ५२ को अवस्था चिन्ताजनक रहेको छ । गत डिसेम्बर महिनामा पहिलोपटक यो भाइरस देखापरेको गिनियामा यस रोगका कारण अहिलेसम्म सबैभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । त्यहाँ ३७३ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै छिमेकी देश लाइबेरियामा ३२३ तथा सियेरालियोनमा ३१५ जनाले ज्यान गुमाएका छन् । इबोला भाइरस रोगका कारण नाइजेरियामा पनि दुई जनाले ज्यान गुमाइसकेका छन् । उक्त क्षेत्र पश्चिम अफ्रिकामा सबैभन्दा बाक्लो जनसंख्या भएको मानिन्छ । ईबोला भाइरसको प्रकोप बढ्दै गएपछि विश्व स्वास्थ्य संगठनले आपत्कालिन स्थितिको घोषणा गरेको छ । के हो ईबोला भाइरस रोग? विश्व स्वास्थ संगठनले ईबोला भाइरस रोग (इभीडी)लाई ‘एक गम्भिर, प्रायः घातक रोग, जसको मृत्युदर ९० प्रतिशतसम्म र

इबोला’ भाइरस नेपालमा पनि भित्रन सक्ने जोखिम उच्च देखिएको छ ।

श्रावण २८ । ‘इबोला’ भाइरस नेपालमा पनि भित्रन सक्ने जोखिम उच्च देखिएको छ । तर, सरकारले भने यसलाई भित्रिन नदिन अहिलेसम्म खासै सतर्कता अपनाएको देखिंदैन । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) 

सोलुखुम्बुलाई ७५ जिल्लाकै उत्कृष्ठ बनाउनेछु–केसी

सोलुखुम्बुलाई ७५ जिल्लाकै उत्कृष्ठ बनाउनेछु–केसी बिपीको विचारमा शिक्षा र पिछडिएको क्षेत्रको विषयका विचार गोष्ठीको कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा पूर्वमन्त्री तथा दोस्रो संविधान सभाका सभासद बलबाहदुर केसीले सोलुखुम्बु जिल्लालाई ७५ जिल्ला मध्ये एक नमूना बनाउने उद्घोष गरेका छन् । सोलेखुम्बुमा विकासको प्रचुर सम्भावनाहरू रहेको भन्दै उनले पर्यटन, जलविद्युत, जडीबुटी, कृषि लगायतको विकासलाई अगाडि बढाउने हो भने सोलुखुम्बुको कायापलट हुन सक्ने उक्त विचार गोष्ठीमा आफ्नो भनाई राखे ।  पूर्वीय तीन जिल्ला सोलु, ओखलढुङ्गा र खोटाङ जोड्ने सुनकोसी पुल बनिसकेपछि सोलुखुम्बुमा विकासको ढोका खुल्ने पनि उनले बताए । बिपीको सतवार्षिकीको अवसरमा भएको कार्यक्रममा शिक्षा क्षेत्र नेपालमै व्यवस्थित र गुणस्तरिय नभएको समेत बताए । शिक्षाको विकासको लागि उत्कृष्ट श्रेणीमा पास गरेका विद्यार्थीहरु र प्राध्यापकहरु हुनुपर्ने बताए । शिक्षामा हुनुपर्ने गुण भएको व्यक्तिहरु मन्त्रालयमा विभिन्न सरकारी निकायमा भएकाले गुणस्तरहिन शिक्षा व्यवस्था भएको बताएका छन् । उनले थपे ‘सोलुखुम्बुका अन्य नेताहरुले जातीय र पहिचान

मुलुक अन्‍धकारमै, खोला दलालकै झोलामा

एक दशकदेखि मुलुक लोडसेडिङमा रहेका बेला सयौं मेगावाट बिजुली उत्पादन हुने खोला नियन्त्रणमा राखेर दलालहरूले जलविद्युत् आयोजनाका सर्वेक्षण अनुमतिपत्र (लाइसेन्स) बेच्ने गरेको पाइएको छ। खोला दर्ता गराई वर्षौंसम्म ग्राहक कुर्ने र मौका परे ठूलो 'कमिसन' कुम्ल्याउने तर निर्माण नगर्ने प्रवृत्ति बढ्दै गएका कारण सरकारले जारी गरेका लाइसेन्स कागजमा सीमित हुन पुगेका छन्। झन्डै १० वर्षअघि संखुवासभामा पर्ने तल्लो अरुणको लाइसेन्स स्थानीय व्यापारी वृन्दावनमान प्रधानांगले लिएर ब्राजिलको ब्रास पावरलाई बेचे। उक्त कम्पनीले 'अध्ययन' मात्र गर्‍यो, निर्माण गर्न सकेन। उनै प्रधानांगले ६ सय मेगावाटको लमजुङमा पर्ने माथिल्लो मर्स्‍याङ्दीको लाइसेन्स भारतीय कम्पनी जीएमआरलाई बेचे। उसले पनि यो आयोजना अहिलेसम्म बनाउन सकेको छैन। फेरि पनि प्रधानांग र उनका छोरा विकेशले माथिल्लो त्रिशूली-१ को लाइसेन्स कोरियन कम्पनीलाई बेचे। यसअघि प्रधानांगले १४ मेगावाट क्षमताको माथिल्लो मोदी आयोजनाको लाइसेन्स चिनियाँ कम्पनीलाई बेचेका थिए। यसरी एउटै व्यक्तिले चारवटा लाइसेन्स हात पारी विदेशीलाई बेच्न सफल भए। तर एउटा पनि

नेपाल बाट निःशुल्क कामदार लैजान इजरायल तयार

नेपाल बाट निःशुल्क कामदार लैजान इजरायल तयार २ वर्षदेखि बन्द रहेको इजरायलले पहिलो पटक नमुना योजना (पाइलट प्रोजेक्ट) का रुपमा नेपाली कामदार लैजाने प्रस्ताव गरेको छ । यसका लागि इजरायलले पहिलो वर्ष ५० नेपाली कामदार लैजाने प्रस्ताव समेत गरेको छ । नेपालले भने ३ सय ५० देखि ५ सय जना सम्म नेपाली कामदार लैजान प्रस्ताव गरेको छ । इजरायल महिलाका लागि आकर्षक श्रम गन्तव्य मुलुक मानिन्छ । त्यहाँ नेपालीको मासिक न्युनतम पारिश्रमिक १ हजार डलर (करिब ९७ हजार रुपैयाँ) छ । इजरायलले म्यानपावर एजेन्सीले बढी रकम असुल्ने तथा अनियमितता गर्ने भएकाले सरकार मार्फतमात्र नेपाली कामदार लिने प्रस्ताव श्रम तथा रोजगार मन्त्रालयमा पठाएको कारोबारमा खबर छ । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली मोडलमा नै इजरायलले कामदार लैजानेबारे सरकार सँग छलफल चलाइरहेको छ । यो प्रक्रियामा दुवैतर्फका सरकारी निकायले मात्र काम गर्न पाउने छन् । इजरायलका स्थानीय एजेन्ट र नेपाली म्यानपावर एजेन्सी बीच कमिसन लिने/दिने प्रतिस्पर्धा चलेपछि बन्द गरिएको इजरायली रोजगार निजी क्षेत्रलाई सहभागी नगराई जनशक्ति लैजाने प्रक्रिया अघि बढेको हो । इजरायलले प

किन थुप्रियो बैंकमा मात्र रकम

साउन २६–लगानी गर्नुपर्ने रकम बैंक तथा वित्तीय थन्किएपछि अर्थतन्त्रमै नयाँ खाले जोखिम बढेको छ । बैंकमा एकवर्षयता रकम जम्मा हुँद्यै गए पनि त्यसअनुरुप लगानी नभएपछि सर्वसाधरणले उचित ब्याज नपाउने स्थिति छ । ट्रेजरी विल्स र अन्तर बैंक ब्याजदर बर्षदिन यता एक प्रतिशत भन्दा कम हुनु अत्यधिक लगानी योग्य रकम (तरलता) भएको संकेत हो । बैंक वित्तिय संस्थामा बढि रकम भएपछि उनीहरु ट्रेजरी विल्समा लगानी बढाउन खोज्छन । लिलाम बढाबढमा खरिद गर्नुपर्ने विल्समा बढि लगानीकर्ता भएपछि स्वभाविक रुपमा ब्याज कम हुदै जान्छ । बैंकहरुसंग बढि रकम भएपछि उनीहरु सर्वसाधारणबाट पनि रकम लिन चाहदैनन, जसले गर्दा बचतको ब्याजदर पनि कम भएर सर्वसाधारणलाई मर्का पर्न थालेको छ । ०७० असार २५ देखि १ प्रतिशत भन्दा कममा झरेको ट्रेजरी बिल्सको ब्याजदर पछिल्लो एक महिनायता शुन्यकै हाराहारीमा अडिएको छ । अल्पकालिन व्याजदरको औसत अवस्था देखाउने ९१ दिने ट्रेजरी बिल्सको प्रतिफल यस्तो देखिएको आजको कान्त्पिुर दैनिकमा खबर छापिएको छ । बैंकबाट विकास निर्माणका लागि आवस्यक आन्तरिक ऋण उठाउन र बजारको बढी तरलता (लगानी योग्य पुजी) खिच्न सरकारले राष्ट्र बैंक

नेपाल इबोलको उच्चजोखिममा

 पश्चिम अफ्रिकामा महामारीको रुप लिइरहेको इबोला भाइरस नेपालमा पनि भित्रन सक्ने जोखिम उच्च देखिएको छ । तर सरकारले भने यसलाई भित्रिन नदिन अहिलेसम्म कुनै सतर्कता अपनाएको छैन् । विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयमा कार्यरत डा. रवि काफ्लेले काममा लागि अवैध रुपमा अफि्रकी र आसपासका देश पुगेका नेपाली र त्यस क्षेत्रबाट आउने पर्यटकले इबोला भाइरस भित्र्याउने सम्भावना उच्च रहेको बताए । इबोलाले पश्चिम अफ्रिकाका गिनी, नाइजेरिया, लाइबेरिया, सियरा लियोनलगायतका मुलुकका एक हजार सात सय जनाको ज्यान लिइसकेको अन्नपूर्ण पोस्टमा खबर छ । इबोला नियन्त्रणमा आउन नसकेपछि विश्व स्वास्थ्य संगठनले संकटग्रस्त क्षेत्र घोषणा गरी निगरानी गरिरहेको छ । इबोला संक्रमण भएको १४ देखि १४ दिनपछि मात्र संक्रमित मानिसले बढी असहज महसुस गर्ने र त्यो अवधिमा सम्पर्कमा आएका अन्य व्यक्तिलाई पनि सर्ने सम्भावना उच्च रहेको काफ्लेले बताए । इबोला रोकथामका लागि अहिलेसम्म खोप विकास गर्न सकिएको छैन भने उपचारमा पनि चिकित्सक असफल भइरहेका छन् । विदेश आपतजावत गर्ने नेपालका कुनै पनि नाकामा हेल्थ डेक्स नभएका कारण पनि इबोला भित्रिन सक्ने

अब फेसबुक चलाउन इन्टरनेट नचाहिने

समाचारको शीर्षक पढेर सुरुमा त विश्वास गर्नुभएन होला तर यो वास्तविकता हो । फेसबुकले एउटा यस्तो एपको विकास गरेको छ जसको सहयोगले इन्टरनेट बिना नै फेसबुक चलाउन सकिनेछ । सोसल वेभसाइट कम्पनीले बिहिबार जाम्बियामा ष्लतभचलभत।यचन नामक यो एपको लञ्च गरेको छ । यो एप जाम्बियाका एयरटेल उपभोक्ताहरुलाई फेसबुक र यसको मेसेन्जरसमेत १३ अन्य इन्टरनेट सेवाहरु निशुल्क प्रदान गर्ने बताइएको छ । यसमा विकिपेडिया, गुगल सर्च, मौसम, जागिर र स्वास्थ्य सम्बन्धि सेवाहरु हुनेछन् । यद्यपी इमेल सुविधा भने दिइएको छैन र गुगल सर्चको नतिजाको अर्को चरणमा जानका लागि भने शुल्क लाग्ने बताइएको छ । internet.org को प्रोडक्ट म्यानेजमेन्ट डाइरेक्टर गे रोजनका अनुसार यो एप एन्ड्रोइडमा मात्र नभई साधारण सुविधा भएको मोबाइलमा पनि काम गर्ने छ । यो सेवालाई छिट्टै अन्य देशमा पनि लागु गरिने उनी बताउँछन् । (एजेन्सी) 

कोरियामा काम गर्न जाने युवाका लागि १० र ११ असोजमा परीक्षा, राजधानीमा तीन ठाउँबाट आवेदन

कोरियामा काम गर्न जाने युवाका लागि १० र ११ असोजमा परीक्षा, राजधानीमा तीन ठाउँबाट आवेदन रोजगारीका लागि कोरिया जान चाहने युवा युवतीका लागि आउँदो १० र ११ असोजमा भाषा परिक्षा हुने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपीएस कोरिया शाखाले परिक्षामा सामेल हुन चाहनेका लागि २८ देखि ३१ साउन सम्म आवेदन लिने जनाएको हो । यस अघि चार लटमा नेपाली युवा कोरिया कामका लागि गइ सकेका छन् । त्यसैले यसपटक पाँचौ इपिएस–टोपिक परिक्षाको तालिका सार्वजनिक भएको हो । यसपालि कोरिया जानेको कोटा पछि तय गर्ने जनाइएको छ । दुई सय पुर्णाङ्कको परिक्षामा प्राप्ताङ्क ५० तोकिएको छ । तर, कोटाको सिमा अनुसार धेरै अंक ल्याउनेको मात्र नाम निस्किेनछ । परिक्षा एक÷एक सय पुर्णाङ्कको सुनाइ र पढाइ माध्यमको हुनेछ । २९ असोजमा नजिता प्रकाशित गर्ने जनाइएको छ । भाषा परिक्षामा उच्चतम अंक ल्याउने परिक्षार्थीलाई सिप परिक्षामा सहभागि गर्ने र त्यसमा पनि उत्कृष्ठ हुनेलाई प्राथमिकताका साथ रोजगारी दिन सिफारिस गर्ने इपिएस कोरिया शाखाले जनाएको छ ।  उत्पादनमुलक क्षेत्र, कृषि तथा पशुपालनमा काम गर्न आवेदन दिन सकिनेछ । आवेदन फर्म राजधानीमा च्या

३५ करोड पर्यटन रोयल्टी निकासकोलागी सोलुखुम्बु

कारीव ३५ करोड पर्यटन रोयल्टी निकासकोलागी सोलुखुम्बु जिल्लाको बिभिन्न गाबिसहरुको सडक बिस्तारको लागी केही महिना अघी जिल्ला परिषदमा ब्यपक बहस र छलफल भयो। चार दिन पछीको छलफल पछी बल्ल कुरा मिल्यो कुन गाबिसमा कत्ती रकम बिनियोजन गर्ने ?  कुरा मिलेपछी जिल्लाको प्रमुख नौ दलका नेताहरु जिल्लाको समिक्ष हलबाट बाहिर निक्लदै। साथमा नेपाली काङग्रेसको नेता तथा जिल्ला सभापति आङ गेलु शेर्पा प्रसन्न मुद्रामा अगाडि पटी। शेर्पा सोलु जिल्लाको एक लोकप्रिय र बिकासप्रेमी नेताको रुपमा चिरपरिचित हुनुहुन्छ।  तस्बिर: छिरिङ्ग तेन्जिङ् शेर्पा । सोलुखुम्बु

सिन्धुपाल्चोकको राम्चे र मांखा गाविसको सीमानामा पर्ने जुरे भन्ने स्थानमा पहाड खस्दा भोटेकोशी थुनिएको छ ।

काठमाडौं, साउन १७–पहिरोले सिन्धुपाल्चोककमा भोटेकोशी नदी थुनिएको छ । गएराती १ बजे सिन्धुपाल्चोकको मांका गाविसमा पहिरो जाँदा भोटेकोशी नदी थुनिएको हो । बाह्रविसेबाट नजिकै पर्ने इटनी भीर खसेर  भोटेकोसी नदी थुनिएको र हालसम्म नदी सुचाररु हुन नसकेको बताइएको छ  । नदी थुनिदा स्थानीय ड्यामसाइड बजार पुरिएको छ  भने रातको समयमा पहिरो गएराकाले मानविय क्षति भएको आशंका गरिएको छ । यद्यपी यसको औपचारिक पुष्टि हुन सकेको छैन । नदी थुनिदा करीब २ किलामिटरसम्म ताल बनेको स्थानीयले जानकारी दिएका छन् । पहिरोले नदी ठप्प भएपछि लामोसँधु, खाँडीचौर, सुकुटे दोलालघाट बजारलगायत  उच्च जोखिममा परेका छन् भने भोटेकोसी जलविद्युत आयोजना पनि जोखिममा परेको छ  । अहिले घटनास्थलमा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल  प्रहरी, स्थानीयहरु उद्दारमा खटिएको जानकारी प्राप्त भएको छ ।  घटनास्थल ड्यामसाइटबजार बाह्रबिसेबाट ५ किलोमिटर दक्षिणमा पर्छ ।