Skip to main content

Posts

Showing posts from January, 2018
सोलुखुम्बु – लामो समय देखि आन्दोलनमा रहेको सोलुखुम्बुको तिंलालाई  सोलु–दुधकुण्ड नगरपालीकामा गाभिएको छ। बिहीबार राती अबेर सम्पन्न मन्त्रिपरिषद बैठकले साविकको तिंला गाविसलाई सोलु–दुधुकण्ड नगरपालीकामा मिसाउने निर्णय गरेसँगै तिंलावासीको माग पुरा भएको हो। यस अघि स्थानीय तहको सीमाङकनको क्रममा तिंलालाई नेचा सल्यान गाउँपालीकाको वडा नम्बर ६ कायम गरिएको थियो। तिंलाबासीलाई सरकारले न्याय गरेको संघर्ष समितीका संयोजक बाल कुमार कार्कीले बताए। आफुहरुलाई अपायक स्थानमा गाभिएको भन्दै विगत लामो समयदेखि तिंलाबासी आन्दोलित थिए। नेचा सल्यान गाउँपालीकाको केन्द्र नेचा जानुभन्दा नगरपालीकामा नै आउन पायक पर्ने भएकाले आन्दोलनमा उत्रिएका तिंलाका स्थानीयहरुको सपना साकार बनेको छ। उनीहरुले आफुहरुलाई अन्याय भएको भन्दै स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन समेत बहिस्कार गरेर विरोध जनाएका थिए। यस्तो थियो समस्या राज्यको पुर्नसंरचनाका क्रममा तत्कालिन अवस्थामा दुई खाले मत प्रकट भए। एउटा तिंला सहितको सल्यान र दुई वटा नेचा समेटेर सल्यान केन्द्र बनाउनु पर्ने मत थियो। अनि अर्को नेचामा केन्द्र बनाउनु पर्ने