Skip to main content

Posts

Showing posts with the label सोलुखुम्बु लुक्ला तेञ्जिङ हिलारी विमानस्थल

लुक्ला विमानस्थलमा माइकिङ रोकिएपछि.

सोलुखुम्बु-नेपालकै व्यस्त विमानस्थलको सूचीमा पर्ने पर्यटकीयस्थल लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा माइकिङ सुविधा नहुँदा यात्रु समस्यामा पर्ने गरेका छन् । पर्यटकीय सिजनमा एकै दिनमा ८०-९० वटासम्म उडान भर्ने सो विमानस्थलमा एकै पटक तीन-चारवटा विमानले यात्रु चढाइरहेका हुन्छन् । यस्तो बेलामा आफू चढ्ने विमानको पहिचान गर्न नसक्नु, जहाज कतिबेला आउँछ, कतिबेला जहाजमा चढ्ने जस्ता सूचना नपाउँदा टर्मिनल भवनमा पर्खिरहेका यात्रु समस्यामा पर्ने गरेका छन् । पर्यटन गाइड ल्हाक्पा नुरु शेर्पा भन्छन् "दुई चारवटा जहाज बसेका हुन्छन्, आफू कुनमा जाने हो सोध्दै दौडनुपर्छ, टर्मिनलमा पसेदेखि कर्मचारीलाई सोधिरहनुपर्छ, यताउति जाँदा पनि कतै जहाज छुटिहाल्छ कि भन्ने डर हुन्छ ।" आफूले यात्रा गर्ने विमानमा कतिबेला चढ्ने भन्ने कुराको जानकारी नदिँदा आफूले टिकट लिएको कम्पनीको काउन्टर अगाडि कुरेर बस्नुपर्ने बाध्यता रहेको अर्का पर्यटन गाइड एकवीर कुलुङले बताए । उनका अनुसार पर्खेर बस्नुपर्दा विदेशी पर्यटकले दिक्क मान्नुपरेको र कतिपय अवस्थामा सामान छुट्ने समस्या रहन्छ । माइकिङ सुविधा नहु...