Skip to main content

Posts

Showing posts from May, 2018

सोलुखुम्बुका कुन स्थानीय तहले कति अनुदान पाए

१५ जेठ २०७५ – संघीय सरकारले अन्तर सरकार वित्त हस्तान्तरण अन्तर्गत देशभरका स्थानीय सरकारलाई ३ खर्ब ८ अर्ब ४८ करोड रुपैया दिने भएको छ। संघीय संसदमा प्रस्तुत बजेटले स्थानीय तहलाई वित्तीय समानीकरण शसर्त अनुदानस्वरुप उक्त रकम हस्तान्तरण गर्ने भएको हो। सोलुखुम्बुका स्थानीय तहले पाउने बजेट यस्तो छ : १. सोलुदुधकुन्ड नगरपालिका वित्तीय समानिकरण-१३ करोड ३ लाख शसर्त अनुदान-१९ करोड ६७ लाख जम्मा-३२ करोड ७० लाख २. खुम्बु पासाङल्हामु गाउँपालिका वित्तीय समानिकरण-७ करोड ४३ लाख शसर्त अनुदान-६करोड ११लाख जम्मा-१३ करोड ५४ लाख ३. थुलुङ दुधकोशी गाउँपालिका वित्तीय समानिकरण १२ करोड ८९लाख शसर्त अनुदान-९करोड ३६ लाख जम्मा-२२ करोड २५ लाख ४. दुधकौशिका गाउँपालिका वित्तीय समानिकरण ९करोड ६८लाख शसर्त अनुदान-१५करोड १३ लाख जम्मा-२४ करोड ८१ लाख ५. नेचासल्यान गाउँपालिका वित्तीय समानिकरण ११ करोड ५६लाख शसर्त अनुदान-१६करोड ३६ लाख जम्मा-२७करोड ९२ लाख ६. महाकुलुङ्ग गाउँपालिका वित्तीय समानिकरण ८ करोड ७६ लाख शसर्त अनुदान-५करोड ७९लाख जम्मा-१४करोड ५५ लाख ७. लिखुपिके गाउँपालिका वित्तीय समानिकर

सकियो सगरमाथा आरोहणको सिजन, ४०० भन्दा बढी शिखरमा, ३६ करोड राजश्व संकलन

२ जेठ :  यस वर्षको सगरमाथा आरोहणबाट रु ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ ।  वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो ।  यस याममा ४०० भन्दा बढीले आरोहण सम्पन्न गरेका छन् । अघिल्ला वर्ष भन्दा यस पटकको आरोहणमा मानवीय क्षति पनि कम भएको छ । यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रकम रोयल्टी संकलन भएको छ ।  त्यसमध्ये सबैभन्दा धेरै रोयल्टी रकम सगरमाथाले संकलन गरेको छ । यो तथ्यांकमा केही बढ्न सक्ने पर्यटन विभागको भनाइ छ । विभागका निर्देशक रामप्रसाद सापकोटाकाअनुसार सगरमाथाबाट रु ३६ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी संकलन भएको छ । सगरमाथासँगै रहेको ल्होत्से हिमालबाट रु एक करोड ९८ लाख ९३ हजार ६० रोयल्टी संकलन भएको छ ।  यसैगरी कञ्चनजङ्घाबाट रु ८२ लाख २६ हजार ७२०, धौलागिरीबाट रु ६३ लाख ६३ हजार ९०, आमाडब्लामबाट रु २० लाख ४७ हजार ८७७ र मनास्लुबाट रु १४ लाख ९३ हजार २८० रकम संकलन भएको छ ।  यस वर्षको वसन्त ऋतुमा चार नेपालीसहित ३८ आरोही दलका सगरमाथाको शिखर चुम्ने अभियानमा

Pikey Peak Trek in Lower solu

    Ang Pemba Sherpa 4 hrs जानकारी उपलब्ध गराई दिनु हुने बारे । सगरमाथा क्षेत्रको तल्लो भेग अन्र्तगत महत्वपुर्ण पर्यटकी गन्तब्य पिके क्षेत्र र त्यसको आसपासको पर्यटन बिकासको लागि केही कामह रु गर्नुपर्ने आवश्यक देखिएकोले त्यस क्षेत्रको लागि निम्न अनुसारको पर्यटकीय रुटहरु प्रास्तावित गरेको जानकारी गराउदछु । १ रामेछाप जिल्लाको बाम्तीभण्डार हुंदै गोल्ला–पिकेडांडा–लोदिङ हुंदै फाप्लु– काठमाण्डौ जाने २ सोलुखुम्बु जिल्लाको केरुङ हुंदै टाप्टीङ जांप्रे पिकेडांडा –जुनबेशी –थुप्तेन छोलिङ हुंदै फाप्लु काठमाण्डौ जाने ३ सोलुखुम्बु जिल्लाको केरुङ हुंदै गोराखानी –पिकेडांडा –जुनबेशी –थुप्तेन छोलिङ–हुंदै फाप्लु काठमाण्डौ जाने ४ सोलुखुम्बु जिल्लाको फाप्लु हुंदै पिकेडांडा – गोली –रामेछाप जिल्लाको बाम्तीभण्डार हुंदै काठमाण्डौ जाने ५ ओखलढुंगा जिल्लाको सिरिसे–थोले देम्बा– पिकेडांडा –लोदिङ हुंदै फाप्लु– काठमाण्डौ जाने ६ सोलुखुम्बु जिल्लाको पिकेडांडा हुंदै धर्मडांडा र दुधकुण्डको पदयात्रा पनि जोडन सकिने पिके पिकेडांडा पुगे पछि प्रस्तावित रुटहरु मध्ये आवश्यक अनुसार जता पनि जान सकिने भएको

ठेकेदार, प्रअ र इन्जिनियरकाे मिलाेमाेताेमा कमसल विधालय भवन निमार्ण

ठेकेदार, प्रअ र इन्जिनियरकाे मिलाेमाेताेमा कमसल विधालय भवन निमार्ण साेलुखम्बुकाे दुधकुन्ड नगरपालिका २ हिमालयन शेर्पा बुद्धिस्ट आधारभूत विधालयकाे भुकम्प पुर्ननिर्माण भवन २ बर्ष आगि देखि निर्माण शुरू गरिएकाे भवन भर्खरै सम्पन्न भएपनि प्रयाेग गर्न नमिल्ने भएकाे छ । ८ काेठे नया विधालय भवन निमार्णकाे जिम्मा लिएका पुन्य बहादुर खत्रीले कमसल समाग्रीकाे प्रयाेग गरिएकाेले उक्त भवनमा विधार्थी राख्न मिल्दैन जाेखिमपुर्ण रहेकाे स्थानीय पेमा छेवाड० शेर्पाले बताउनु भयाे । विधालय भवन भुकम्पीय मापदण्ड विपरीत छ, नक्शा अनुसार निर्माण भएकाे छैन कुन तारिकाले इन्जिनियरले भवन पास गरेकाे हाे बुझ्न नसकेकाे उनले बताए । नया बनाएकाे विघालय भवन निर्माणा कार्यमा प्रधानध्याक गाेविन्द बहादुर बस्नेत, ठेकेदार पुन्य बहादुर खत्री र जिल्ला शिक्षा अधिकृत डिकबहादुर राईकाे मिलाेमाेताे रहेकाे शेर्पाले बताए । कुल ६० लाख रूपैयामा निमार्ण सम्झाैता भएकाे उक्त भवनकाे छानविन प्रक्रिया अगाडि बढाउन जिल्ला प्रशासन कार्यालय सल्लेरीमा निवेदन दिएकाे जनाए । विधालय भवन निर्माणामा भएकाे लापाबही प्रति विधालय व्यवस्थापन समितिकाे अध्य

पाइलटले चमात्कारी

Tenzing Tashi Sherpa   May 9 2018 MI 17 हेलीकप्टर स्याङबोचे एयरपोर्टमा अवतरण गर्द हिउको असहज् ताले गर्दा अगाढीको चक्काभाँचिए । Russian पाइलटले चमात्कारी पुर्वक चक्काबिना भुइ नछोइकन जमिनमाथी उडिरहे । छिटो2 loader मेखे बाबु छोराले अागोबाल्ने Chimny लाइ नडराइकन हेलीको छत्तीमुनी पसेर टेकोदिइ अढाउन सफल भए। अाजा यस हेलिलाइ load समेत स्याङबोचेको मानिस र Russian पाइलटले सहसी पुर्वक बचाए । अहिले अगीजस्तोथिए त्यहिअवस्थामा रहेको छ ।

हिमाल आरोहणको कथा व्याथ ।

सगरमाथा चढ्नेहरूकाे कथा “समय बितेको पत्तो नै नहुने हिमालमा “ (डोमा शेर्पा) आज भन्यो भोलि भन्यौ दिनहरु बिति रहेको छ । सगरमाथा आरोहणको क्रममा छु । एक जनाले एका थरी भन्छ अर्कोले अर्को थरी । बुज्दै छु हिमाल आरोहणको कथा व्याथ । यता गएनी उता गएनी टेन्ट टागेको पूरा बेस क्याम नै टेन्टमय भएको देख्छु । लाग्छ सानोमा हाट बजार गए सो सरह छ बेस क्याम । क्याम १, २ , ३ जादाको पलहरु सम्झन्छु । मन खुसी हुन्छ । पाइला पाइलाको संघर्ष, खुम्बु आइस फलको दिनहु जाने पहिरो । सबै जना भन्ने गर्छ “बहिनि खुम्बु आइस फल dengerous छ है होस गरेर जानु” जोखिम मोल्ने बानि परेर होला पहिरोको प्रवाह नगरी निरन्तर पाइला चाली रहेको छु । पापाआमा दाइबहिनी दिनहु सोध्नु हुन्छ ” के हुदैछ, कहाँ पुग्यो, गाह्रो त भएको छैन” उहाहरुको माया, हौसला र साथले गर्दा होला उहाहरुसगै छु जस्तो लाग्छ । आरोहण अभियान सुरु गर्नु पुर्व धेरै आरोही दाइदिदिहरुसग भेटे सल्लाहा लिएको थिए । हिमाल आरोहण सजिलो छैन ज्यानलाइ बाजीमा राखेर जानु पर्छ । उहाहरु बन्नु हुन्थ्यो तर गरे के हुन्न र आट्नुस हिम्मत गर्नुस सकिन्छ भनी हौसला दिनु हुन्थ्यो । क्याम

हवाई उडान प्रभावित हुँदा लुक्लामा विदेशी पर्यटक अलपत्र

सोलुखुम्बु– मौसम प्रतिकुल र काठमाडौं विमानस्थलको ट्राफिक जामका कारण सोलुखुम्बुको पर्यटकीय क्षेत्र लुक्ला विमानस्थलमा उडानहरु प्रभावित भएका छन् । काठमाडौं विमानस्थलको ट्राफिक जामका कारण लुक्लामा हवाई उडान घट्दा पर्यटक आवागमनमा समस्या भएको हो ।  दैनिक ४० भन्दा बढी विमानहरुले उडान भर्ने लुक्लामा काठमाडाँै विमानस्थलको जामकै कारण दैनिक ३० भन्दा कम उडान हुने गरेको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । केहीदिन देखि मौसममा आएको खराबीका कारण उडानहरु प्रभावित बन्दै आएका छन् ।  तालिका अनुसार सबै उडान तथा अवतरण नहुँदा सगरमाथा लगायतका हिमाल आरोहण तथा खुम्बु क्षेत्रको अवलोकनका लागि आएका पर्यटकहरु काठमाडौ फर्कन पाएका छैनन् । दैनिक उडान तालिकाअनुसार उडान नहुँदा खुम्बु भ्रमणमा आउने पर्यटकहरु काठमाडौंमै रोकिने गरेका छन् । करिब एक सातायता पानीसँगै बाक्लो हुस्सु र कुहिरोले उडान तथा अवतरण नियमित तालिका अनुसार हुन सकेको छैन ।  यस्तै, देशकै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको काठमाडौंमा हुने आन्तरिक तथा बाह्य उडानका कारण दिनमा २ घण्टाभन्दा बढी आन्तरिक उडानहरु ट्राफिक जाममा