Skip to main content

Posts

Showing posts from April, 2018

सगरमाथा आरोहणको क्याम्प २ सम्म बाटो बन्यो

सोलुखुम्बु – सगरमाथा आरोहणका लागि क्याम्प २ सम्मको बाटो निर्माण भएको छ । सगरमाथाको आधार शिविरदेखि क्याम्प २ सम्मको बाटो निर्माणको काम सम्पन्न भएको हो। गत चैत १८ देखि निर्माण सुरु गरेको समूहले अप्रिल ११ अर्थात् गत शुक्रबार क्याम्प २ सम्मको बाटो बनाउने काम सकेको आइसफल डाक्टर आङसर्की शेर्पाले जानकारी दिए। शेर्पाले भने, ‘सगरमाथा आरोहणमा जान प्रयोग गरिने क्याम्प२ सम्मको बाटो निर्माण गर्ने काम निकै चुनौतीपूर्ण थियो ।’ शेर्पाका अनुसार क्याम्प २ सम्म ११ स्थानमा भर्‍याङ राख्ने र अन्य क्षेत्रमा डोरीसमेत टांगिएको छ ।आइसफल डाक्टर आङकामी शेर्पाको नेतृत्वमा आठजनाको समूहले सगरमाथा अरोहणका लागि बाटो निर्माण गरेको हो। आधार शिविरदेखि क्याम्प १ र क्याम्प २ सम्मको बाटो सगरमाथा राष्ट्रिय प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का आइसफल डाक्टरको समूहले निर्माण गरेकोछ।एसपिसिसीले हरेक वर्ष हिमाल आरोहणअघि क्याम्प२ सम्म बाटो निर्माण गर्दै आएको छ । बाटो निर्माण गर्ने आइसफल डाक्टरको टोलीले हिमपातका कारण भत्किएका पुराना बाटाको मर्मत, आरोहणमा प्रयोग हुने डोरी र भर्‍याङको व्यवस्थापन गरेको छ ।योसँगै सगरमाथा चढ्नेक

१८ यात्रु बाेकेकाे समिट एयरको विमान दुर्घटनाबाट बच्यो

सोलुखुम्बु- समिट एयरको विमान दुर्घटनाबाट जोगिएको छ।  बिहान १०ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लाको तेञ्जिङ हिलारी विमानस्थल आएको नाइन एनएएमएच कल साइनको उक्त जहाज धावनमार्गमा अवतरण गर्ने क्रममा उफ्रिएर पछाडिको भागले जमीन छोएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए।  पाइलटले अटो प्लाइलोट अन गर्न भुल्दा विमानको पछाडिको भागले जमीन छुँदा सामान्य कुच्चिए पनि कुनै मानवीय क्षति नभएको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ। विमानमा १८ विदेशी सवार थिए। विमानमा सामान्य क्षति पुगेपछि काठमाडाैंबाट प्राविधिक टोली आई जाँच गरेपछि अपराह्न ३ः१० मा पुनः काठमाडौँ फर्किएको छ।  खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ मा रहेको उक्त विमानस्थल आन्तरिक उडान हुने अन्य विमानस्थलमध्ये व्यस्त छ। प्राविधिक दृष्टिकोणले विमानस्थल अति संवेदनशील मानिन्छ। धावनमार्ग अति छोटो भएकाले पनि उडान भर्दा समस्या आउने गरेको विमान चालकको भनाइ छ।