Skip to main content

Posts

Showing posts from June, 2016

सिस्नु खानुको फाइदा र पकाउने तरिका

नेपालका हरेक भेगमा सजिलै पाईने प्रजाति हो सिस्नु । अहिलेसम्म तीन–चार प्रकारका सिस्नु भेटिएका छन् । भेटिएका सबै प्रजाति सेवन गर्न मिल्छ । पहाडी क्षेत्रमा पाइने सिस्नु बूढो र छिप्पेको सेवन गर्न लायक हँदैन। कलिलो, फूल या मुना मात्र सेवन गर्नु राम्रो हुन्छ । गाउँघरमा सिस्नुलाई तरकारीको रुपमा पनि प्रयोग गर्ने चलन छ । आज हामी सिस्नु खाँदा हुने फाइदा र पकाउने तरिकाको बारेमा उल्लेख गर्छौँ । मानिस वा पशुको हातखुट्टा भाँचिएमा सिस्नुको लेपन लगाएर काम्रो बाँध्ने चलन विद्यमान छ । सिस्नु खुवाउन थालेपछि चाँडो निको हुने हामीले देखेका भोगेका पनि छौँ । सिस्नु खाएर हुर्किएका बच्चाको हड्डी बलियो पनि हुन्छ । सिस्नुको मुन्टालाई दानाका रूपमा खुवाएको कुखुराले तुलनात्मक रूपमा धेरै अन्डा पार्ने, मासु स्वादिलो हुने र अन्डासमेत गुणस्तरीय हुने देखिएको छ । सिस्नुबाट तयार पारेको दाना खाएको कुखुराले साधारण दाना खाएको कुखुराले भन्दा दोब्बर बढी अन्डा दिने गरेको पनि अनुसन्धानबाट खुलेको छ । सिस्नु खुवाएको बंगुरको तौल नखुवाएकोभन्दा धेरै भएको र मासुसमेत स्वस्थ रहेको पाइएको छ । सिस्नुलाई दानाको रूपमा

के तपाईलाई थाहा छ ? हरियो खुर्सानीले तपाईलाई यी सात रोगबाट बचाउँछ

खुसार्नी एक पीरो पदार्थ हो । स्वास्थ्य क्षेत्रका विज्ञहरुको अध्ययनले खुसार्नी स्वास्थ्यका एकदमै उपयोगी रहेको देखाएको छ । हामीमध्ये धेरैजनाले खाना खाने बेलामा पिरो खानेकुरालाई पाखा लगाउने गर्दछौँ । तर के तपाईंलाई थाहा छ ? खानामा कम्तीमा दुइवटा हरियो खुसार्नी खाने गर्नाले क्यन्सर जस्तो भयानक रोगबाट बच्न सकिन्छ । हरियो खुर्सानीले प्रकृतिक रुपमानै रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने गर्दछ । १.मोटोपन कम गर्छः यदि तपाईं खानेकुरामा निकै सोच्ने गर्नुहुन्छ र सधैँ कम क्यालरीको खाना खानुहुन्छ भने तपाईंको लागि हरियो खुर्सानी राम्रो विकल्प हुनसक्छ । हरियो खुर्सानीमा क्यालरी हुँदैन त्यसकारण यदि तपाईं डाइटिङ गरिरहनुभएको छ भने हरियो खुर्सानी तपाईंको लागि निकै लाभदायक हुन्छ । २.क्यान्सरबाट बचाउँछ ः पुरुषहरुमा प्रोस्टेट क्यान्सरको सम्भावना धेरै हुने गर्दछ । एक शोधका अनुसार खानामा हरियो खुर्सानी खाँदा प्रोस्टेट क्यान्सरबाट बचाउने गर्दछ । हरियो खुर्सानीमा यस्तो तत्व पाइन्छ जसले क्यान्सरको जोखिमलाई कम गर्ने गर्दछ । ३.सँधै जवान राख्न मद्धत गर्छ ः हरियो खुर्सानीमा भिटामिन इ को मात्र

काठमाडौंमै एकमुठा सागभन्दा कपडा सस्तो ! १० रूपैयाँमा सर्ट बेचिँदै

तपाईंलाई सुन्दा अचम्म लाग्ला, एकमुठा सागभन्दा कपडा सस्तो हुन्छ भनेर । तर सामाखुसी टाउनप्लानिङमा रहेको एक पसलमा सागभन्दा कपडा सस्तोमा पाइन्छ । अहिले बजारमा एकमुठा सागको २० रूपैयाँ पर्छ तर उक्त पसलमा एउटा सर्ट भने १० रूपैयाँ मा नै पाउन सकिन्छ । समाजमा केही गरौँ भन्ने भावनाका साथ केही वर्ष कोरिया बसेर फर्केका पर्यटन व्यवसायी चीजमान गुरुङको अवधारणाअनुरुप पुराना सामान पुनः प्रयोग एवम् प्रशोधन गरी उक्त मूल्यमा बेच्ने गरिएको हो । सुखावती प्रतिष्ठानमार्फत सामाखुसीको टाउनप्लानिङमा पुराना कपडालाई पुनः प्रयोग गर्ने उद्देश्यका साथ उक्त पसल सञ्चालनमा ल्याइएको छ । विभिन्न ११७ वटा सामान पुनः प्रयोग गरी १० देखि एक हजार रूपैयाँसम्म बेच्ने गरेको छ । समाज कल्याण परिषद्मा दर्ता भई शिक्षा र महिला उद्यमशलिता निर्माणका लागि उक्त प्रतिष्ठानले काम गर्दै आएको छ । सुखावती फाउन्डेसनका उपाध्यक्षसमेत रहनुभएका गुरुङले धन कमाएर वा गाढी चढेर मात्र सुख नहुने भन्दै समाजमा केही गरौँ भन्ने उद्देश्यका साथ उक्त प्रतिष्ठान स्थापना गरि समाजसेवा गरेको बताए। तपाईंको पुरानो सामान कसैको लागि नयाँ हुन सक्छ । माया बा

एसएलसी परीक्षाफल, कुन् ग्रेडमा कति उत्तीर्ण ?

काठमाडौंः परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले २०७२ सालमा सञ्चालित एसलएसली परीक्षाको परीक्षाफल बिहीबार सार्वजनिक गरेको छ ।  परीक्षा नियन्त्रण कार्यालयका अनुसार६१५५५३ जनाले परीक्षा आवेदन फारम भरेकोमा ५ लाख ८८ हजार १ सय ५२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।  एसएलसीको परीक्षाफल सार्वजनिक जसमध्ये नियमिततर्फ सहभागी ४३७३२६ जना परीक्षार्थी र एक्जाम्टेडतर्फ १५०८२६ परीक्षाफल सार्वजनिक भएको हो ।  परीक्षाफल अनुसार सबैभन्दा धेरै विद्यार्थीहरु १.६ ग्रेड प्वाइन्टदेखि २.० ग्रेड प्वाइन्टमा उत्तीर्ण भएका छन् । यो ग्रेड प्वाइन्ट ल्याएर नियमिततर्फ एक लख ४२ हजार ७८ हजार विद्यार्थी उत्तीर्ण भएका परीक्षा नियण्त्रण कार्यालयले जानकारी दिएको छ ।  एक्जाम्टेडतर्फ पनि सबैभन्दा धेरै १.६ देखि २.० ग्रेड प्वाइन्टसहित ७५ हजार ३ सय ४० जना विद्यार्थी उत्तीर्ण भएका छन् । 

फेरि डरलाग्दो भूकम्प !

असार २, काठमाडौँ । २०७२ साल बैशाख १२ गते गएको भयानक भूकम्पलगत्तै विश्वका प्रतिष्ठित वैज्ञानिकहरुले एक वर्षभन्दा बढी समय लगाएर गरेको निश्कर्ष हो– काठमाडौंको भू–सतहभन्दा १० किलोमिटर तल ७.३ रिक्टर स्केलसम्मको भूकम्प जानसक्ने ऊर्जा संकलन भएको छ। त्यो भूकम्प जुनसुकै बेला पनि जान सक्छ । तर, तिथि र समय नै तोक्न सक्ने अवस्था भने छैन । पराकम्प गएर पनि त्यो ऊर्जा क्षय नहुने वैज्ञानिकहरुको तर्क रहेको छ । सो अनुसन्धानको रिपोर्ट विज्ञानसम्बन्धी विश्वकै प्रतिष्ठित नेचर जिओसाइन्स म्यागेजिनमा बुधबार प्रकाशित भएको छ । अनुसन्धानमा संलग्न वैज्ञानिक तथा नेपाल भौगर्भिक समाजका अध्यक्ष डा‍. दण्डपाणि अधिकारीले भने, ‘उता प्रकाशित नभइकन हामीले बोल्न नमिल्ने भएकाले अहिलेसम्म चुप लागेर बसेका हौं ।’ उनले १० किमिको जमिन धाँजा फाटेको कुरालाई आधा च्यातिएको लुगासँग तुलना गर्दै भने,‘गोरखाको बारपाकभन्दा तलको जमिनको धाँजा फाटेको छ। त्यो धाँजा ललितपुरको खुमलटारसम्म छ। त्यो च्यातिएको कपडाजस्तै धाँजा सिमरासम्म च्यातिएको भए ऊर्जा समाप्त हुन्थ्यो। तर, यथावत् रहेकाले त्यसको निश्कासन कसरी हुन्छ भन्न सक्ने अ

भाग्यले साथ दिएर अर्बपति बनेका उपेन्द्र महतो

उपेन्द्र महतो, पूर्व एनआएन अध्यक्ष उनी नेपालकै सबैभन्दा धनी मध्येका एक हुन् । जसोतसो एक हजार डलर जम्मा पारेर सुरु गरेको उनको व्यापारले अहिले आधा विश्व ढाक्ने क्रममा छ । परिवारका साथ रसियामा बस्दै आएका उनले रसिया र नेपालमा अथाहा सम्पत्ति लगानी गरेका छन् ।  सिराहा जिल्लाको एउटा सामान्य गाउँ कर्जनहामा पिता श्री रामआशिष महतो तथा माता स्वर्गीय श्रीमती फूलकुमारी महतोको सन्तानको रुपमा सन १९६०मा उनको जन्म भएको थियो । साधारण किसान परिवारमा जन्मेका उनले त्यहीँ विद्यालयस्तरको शिक्षा पूरा गरेका थिए ।  त्यसपछि ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सिभिल इन्जिनियरिङ पढेका थिए । पास गरेपछि एक वर्ष सुनसरी मोरङ सिँचाइ आयोजनामा ओभरसियरको काम गरेका उपेन्द्रले काम गर्दागर्दै तत्कालीन सोभियत संघमा पढ्नका लागि छात्रवृत्ति पाएर रुस पुगेका थिए, जहाँ उनले जलविद्युत्मा एमई र पछि पिएचडी गरे ।  ठीक त्यसैबेलामा सोभियत संघमा आर्थिक उदारीकरणको सुरुवात भयो, जब सत्तामा ग्लास्तनस र प्रेस्त्रोइस्का आए, यो १९८८ ८९ तिरको हो, जब रुसमा बर्लिनको पर्खाल भत्कियो र अर्थतन्त्र अझ खुल्ला भयो । विदेशीले पनि व