Skip to main content

Posts

Showing posts with the label सोलु कांग्रेसको अधिवेशन स्थगित

सोलु कांग्रेसको अधिवेशन स्थगित

१२ फागुन, सोलु । महाधिवेशन प्रतिनिधि छनोटमा बिबाद भएसँगै सोलुखुम्बु कांग्रेसको अधिवेशन स्थगित भएको छ ।  महाधिबेशन प्रतिनिधि छनौटमा उत्पन्न विबादले उग्र रुप लिए पछि सोलुखुम्बुमा निर्वाचन गराउन आएका निर्वाचन अधिकृत इन्द्रमणि अधिकारी जिल्ला अधिबेशन स्थगित गरि मंगलबार काठमाडौं फर्किएका छन् । बैधानिक समस्या समाधान नभएसम्म अधिवेशन गर्न नसकिने भन्दै निर्वाचनको सम्पूर्ण प्रकृया स्थगित गरेको बिज्ञप्ति प्रकाशित गर्दै निर्बाचन अधिकृत काठमाडौं फर्किएका हुन् । एक निर्वाचन क्षेत्र भएको जिल्लामा ११ जना महाधिबेशन प्रतिनिधि र एक सभापति निर्वाचित गर्नुपर्नेमा १२ जना महाधिबेशन प्रतिनिधि चयन गरिएपछि कांग्रेस सोलुखुम्बुको १३ औँ जिल्ला अधिबेशन विबादमा परेको थियो । ‘स्थगित रहेको चौलाखर्क र सोताङ गाविसको गाउँ अधिवेशन गर्नुपर्ने, विधान विपरीत घोषणा भएका महाधिवेशन प्रतिनिधिको टुङ्गो लगाउनुपर्ने विषयमा केन्द्रिय निर्वाचन समितिमा उजुरी परेको तर निर्णय नआएको सन्दर्भ र जिल्लाको भौगोलिक विकटताका कारण मतादाता सदरमुकाम आउने समय अभावका कारण अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचनको सबै प्रक्रिया स्थगित ...