Skip to main content

Posts

Showing posts from February, 2016

कालिकोट विमान दुर्घटनाः पाइलटले आफू मरेर पनि यात्रुहरुलाई जोगाए

‘जहाजमा खराबी आयो, अब जुम्ला पुगिँदैन’ मुख्य पाइलट दिनेश न्यौपानेले यत्ति भन्नासाथ यात्रुहरु चिच्याउने गर्न थाले । तत्कालै सबैलाई सान्त्वना दिँदै दिनेशले भने, ‘हामी मरेर पनि तपाईंहरुलाई जोगाउने छौं, सचेत भएर बस्नुहोला ।’ नेपालगञ्जबाट जुम्लाका लागि उडेको बिमान बीचबाटोमै पंखा रोकिएपछि मुख्य पाइलटले सम्भावित दुर्घटनाको जानकारी यात्रुहरुलाई दिएका थिए । विमानमा यात्रा गरेका मेघराज गिरीले भन्छन्, ‘पाइलटले भनेजस्तै आफू मरेर पनि हामीलाई बचाउनुभयो ।’ नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालिकोटको चिलखाया गाविस-२ मा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भयो । दुर्घटना हुँदा पाइलट र को-पाइलट दुवैको ज्यन गयो । तर, विमानमा सवार ९ यात्रुको ज्यान जोगियो । आकासमा उडिरहेको बेला एक्कासी इन्जिन खराव भएपछि पाइलट न्यौपाने र को-पाइलट सन्तोष रानाले आकस्मिक अवतरणको प्रयास गरेका थिए । पाइलटहरुका अनुसार विमानको इन्जिन नै खराब भएपछि ग्लाइड गरेर धेरैबेर उडाउन सकिँदैन । यस्तो बेला सुरक्षित ठाउँ खोजेर विमानको आकस्मिक अवतरण गराउन सक्नु साहसिक का

Tips

Have a glass of low fat milk and watch your excess pounds melt away!! Believe it or not, according to research, low fat dairy product burns unwanted fat and also strengthens the bones. Three servings of low fat dairy product consumption and you can say good-bye to the excess fat!  Garlic  did you know that the awfully smelly garlic can burn the unwanted fat in your body? Garlic works like a thermogenic, boosting your metabolism and keeping your insulin levels low, to maximize fat burning. Apart from this, it also acts as a natural antibiotic, bacteria destroyer and blood sugar regulator.  Ginger  Did you know there more to ginger than just acting as a flavorsome pickled variety? Ginger is known to burn the body fat. It expands the blood vessels, thereby enhancing the body heat and metabolism. Whether you consume it in fresh, grounded or in grated form, ginger would surely be your fat-burning key.  Eggs  A super-duper supplement of protein, egg consump

विमान दुर्घटना क्षेत्रमा हिमपात : शव संकलन गर्न सकिएन

बुधबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरलायन्सको दुर्घटनाग्रस्त विमानमा रहेका यात्रुहरुको शव संकलनमा हिमपात र वर्षाले बाधा पुर्याएको छ । समाचार अनुसार हिमपातका कारण दुर्घटनास्थलबाट नेपाली सेना र प्रहरी टोली फर्केको छ । मौसम खराब भएपछि शव संकलन गरेर हेलिकप्टरबाट पोखरा ल्याउने योजना असफल भएको हो । हिमपात, खराव मौषम र अग्लो ठाउँमा हेलिकोप्टर उडाउन कठिन भएपछि शव संकलन गरेर ल्याउन नसकिएको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् । घटनास्थल १९ हजार फिट माथि रहेको र हिमपात भएका कारण समस्या भएको पोखरा विमानस्थलका प्रमुख दिपक बरालले बताउनुभएको छ । उहाँका अनुसार हिमाल आरोहीहरू ल्याएर मात्रै उद्धार गर्नुपर्ने देखिएकाले आवश्यक तयारीपछि बिहीबारसम्ममा शव संकलन गरेर पोखरा ल्याइने छ  ।

सोलु कांग्रेसको अधिवेशन स्थगित

१२ फागुन, सोलु । महाधिवेशन प्रतिनिधि छनोटमा बिबाद भएसँगै सोलुखुम्बु कांग्रेसको अधिवेशन स्थगित भएको छ ।  महाधिबेशन प्रतिनिधि छनौटमा उत्पन्न विबादले उग्र रुप लिए पछि सोलुखुम्बुमा निर्वाचन गराउन आएका निर्वाचन अधिकृत इन्द्रमणि अधिकारी जिल्ला अधिबेशन स्थगित गरि मंगलबार काठमाडौं फर्किएका छन् । बैधानिक समस्या समाधान नभएसम्म अधिवेशन गर्न नसकिने भन्दै निर्वाचनको सम्पूर्ण प्रकृया स्थगित गरेको बिज्ञप्ति प्रकाशित गर्दै निर्बाचन अधिकृत काठमाडौं फर्किएका हुन् । एक निर्वाचन क्षेत्र भएको जिल्लामा ११ जना महाधिबेशन प्रतिनिधि र एक सभापति निर्वाचित गर्नुपर्नेमा १२ जना महाधिबेशन प्रतिनिधि चयन गरिएपछि कांग्रेस सोलुखुम्बुको १३ औँ जिल्ला अधिबेशन विबादमा परेको थियो । ‘स्थगित रहेको चौलाखर्क र सोताङ गाविसको गाउँ अधिवेशन गर्नुपर्ने, विधान विपरीत घोषणा भएका महाधिवेशन प्रतिनिधिको टुङ्गो लगाउनुपर्ने विषयमा केन्द्रिय निर्वाचन समितिमा उजुरी परेको तर निर्णय नआएको सन्दर्भ र जिल्लाको भौगोलिक विकटताका कारण मतादाता सदरमुकाम आउने समय अभावका कारण अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचनको सबै प्रक्रिया स्थगित गरिए

तारा एयरको विमान म्याग्दीको सोली घोप्टेमा दुर्घटनाग्रस्त भेटियो

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन–एएचएच ट्वीनअटर विमान दुर्घटनामा परेको छ ।  पोखरा विमानस्थलबाट बुधबार बिहान ८ बजेर ५ मिनेटमा जोमसोमको लागि उडेको विमान म्याग्दीको रुप्सेमा दुर्घटनाग्रस्त भएको हो । ठूलो मुस्लो देखिएको भन्दै स्थानीय बासिन्दाले प्रहरीमा खवर गरेका थिए । तर सुरक्षा अधिकारीहरुले भने घटनास्थलमा पुग्न बाँकी रहेकाले अहिले नै केही भन्न नसकिने बताएका छन । चालक दलका सदस्यमा पाइलट रोशन मानन्धर, को–पाइलट विकेश नेमकुल र एयरहोस्टेस रमा रावल रहेको पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशिनात पौडेलले जानकारी दिएका छन । चालक दलका तीन सदस्य, दुई बालिकासहित १८ जना नेपाली र २ जना विदेशी नागरिकको मृत्यु भएको छ ।  विमानमा चालक दलका सदस्यसहित २३ जना रहेका थिए । चालक दल क्याप्टेन :रोशन मानन्धर को-पाइलट: डिकेस नेम्कुल र परिचारिका: रोमा राउत विमानमा रहेका दुई बालकको नाम खुल्न सकेको छैन विमानमा रहेका यात्रुहरुको नामावलीः रलरसिद अहमद र एकजना बच्चा ।  कृष्णलाल भट्टचन, रेवती बराल,  मुक्तिनाथ बास्तोला,  विनिता भट्टचन,  कृष्णलाल भट्टचन,  दिलकुमारी गौचन,  देवीजं

कुन ब्लडग्रप भएकाले के खाने ?

समूह ए यो समूहको रगत भएकाहरूले गाँजर, हरियो सागसब्जी, नास्पाती, लसुन, सिमी वा द्विदलीय खाना खानु राम्रो मानिन्छ । दूध र यसबाट बनेका परिकार, भात र आँटा कम गर्दा राम्रो हुन्छ । तर, दही र सोया मिल्क खानु राम्रो मानिन्छ । कुखुरा र खसीको मासु यो रक्त समूहका मानिसले कम खानु राम्रो हुन्छ । समूह बी यो रक्त समूह भएकाको पाचन शक्ति राम्रो हुन्छ । यो समूहको रगत भएकाहरूले सागसब्जी, फल, माछा, मटन, चिकेन सबै राम्रो हुन्छ । समूह एबी यो कम मान्छेमा पाइने गु्रप हो । यो गु्रप भएका मान्छेले बढी सावधान रहनुपर्छ । फलफूल र अत्यधिक सागसब्जी खानु उत्तम हुन्छ । त्यसका साथै अन्डा पनि खाँदा राम्रो हुन्छ । त्यसका साथै दूध र दूधले बनेका परिकारले पनि त्यति खराबी गर्दैन । समूह ओ यो रक्त समूह भएका मानिसले बढी प्रोटिन भएको आहारा लिनु राम्रो हुन्छ । जस्तै, दाल, मासु, माछा, फल राम्रो हुन्छ । त्यस्तै, अन्नका साथै फलफूल सन्तुलित तरिकाले खानु राम्रो हुन्छ ।-नयाँ पत्रिका

४४ वर्षीय FIT ट्रेकिङ गाइड ल्हाक्पा दोर्जी शेर्पा नाम्चे बजारमा मृत फेला

युवास तामाङ/फागुन ९, नाम्चे बजार सोलुखुम्बु l सगरमाथा ट्रेकिङको सिलसिलामा २ फ्रान्सेली नागरिकको साथमा नाम्चे बजार आइ पुगेका चौरीखर्क निवासी ४४ वर्षीय FIT ट्रेकिङ गाइड ल्हाक्पा दोर्जी शेर्पा नाम्चे बजार दुमुचे स्थित आफ्नै भान्जी छिरीङ पाल्जु शेर्पाको (छिमेकी रेस्टुराँ) अगाडी आज बिहान ६ बजे मृत अवस्थामा फेला पारिएको हो  ।   भान्जी छिरीङ पाल्जुका अनुसार गय राती आफु संगै रहेको र बिहान उठ्दा रेस्टुराँ अगाडी आफ्नो मामाको लास फेला परेको हो  ।   इ.प्र.का. नाम्चेको प्ररम्बिक अनुसन्धानमा शेर्पाको हत्या भएको र  हत्या कसले गरीएको हो भन्ने बारेमा अनुसन्धान भै रहेको इ.प्र.का नाम्चेका निमित्त प्रमुख तेज नारायण यादबले जानकारी दिनु भयो  । यादबका अनुसार मृतक शेर्पाको घटीमा आफ्नै बाँया खुट्टामा लगाइएको जुत्ताको तुना द्वारा कसी कसैले हत्या गरिएको अनुमान लगाउन सकिन्छ l थप अनुसन्धान भै रहेको र चाढै नै पोस्टमार्टमको लागि शेर्पाको लास खुन्दे अस्पताल लाने तयारी भै रहेको इ.प्रा.का. नाम्चेले जानकारी दिए l फोटो-युबाश तामांग   ४४ वर्षीय FIT ट्रेकिङ गाइड ल्हाक्पा दोर्जी शेर्पाको लाश   ४४

Medicine Buddha - Mantra

पोर्चुगल जाँदै हुनुहुन्छ ? लाखौं खर्च गर्नुअघि एकचोटि सोच्नुहोस्

नेपालीहरु लाखौँ कमाउने, खेतीपाती गर्नेदेखि सडकमा माग्नेसम्म बार्सिलोना । युरोपियन मुलुक पोर्चुगलमा नेपाली युवाको आकर्षण बढ्दो छ । विशेष त राम्रो पढाइ भएका युवा अमेरिका, क्यानडा, अस्ट्रेलिया जान चाहने र जान नपाएपछि युरोप छिरेर कार्ड बनाउने सपना धेरैले बुन्ने गरेको पाइन्छ । तर, अब नेपालीहरुले पोर्चुगल जानु अघि एकपटक सोच्नैपर्ने अवस्था आएको छ । पढे-लेखेका युवा खाडी मुलुक जान हीनताबोध गर्छन् । यसैले सेन्जेन भिसा लगाएर केही दिनका लागि युरोप छिर्ने र यतै बस्नेको संख्या बढेको पाइन्छ । युरोपमा पनि कतिपय देशमा उनीहरुलाई समस्या पर्‍यो भने फुत्त पोर्चुगलतिर छिर्ने गरेको पाइन्छ । केही दिनको भिसामा युरोप छिराएबापत नेपालमा मोटो रकम असुल्ने दलालहरुको पनि कमी छैन । यस कार्यमा युरोपको यथार्थ बुझेकाहरू नै सक्रिय रहेको पाइन्छ । भर्खरै युरोप छिरेका एक युवाले भने, ‘आउन मात्र १५ लाख खर्च भयो, अब दुःखसुख पोर्चुगलमा पुगेर रेसिडेन्सी कार्ड बनाउनुपर्ला ।’ युरोप छिर्नेबित्तिकै पोर्चुगल किन जान्छन् ? युरोप छिरेको वर्ष दिन नबित्दै रेसिडेन्सी कार्ड बन्ने हुँदा धेरैले पोर्चुगललाई रोजाइमा राखेक

एन्ड्रोइड फोनमा एसएमएस भाइरस, लाखौँ फोन जोखिममा

एन्ड्रोइड स्मार्टफोनमा एउटा यस्तो भाइरस फैलिएको छ, जसले विश्वका लाखौँ एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ता जोखिममा परेका छन् । डेनमार्कको एक अनलाइन सेक्योरिटी कम्पनीले टेक्स्ट म्यासेजद्धारा फैलिने एन्ड्रोइड मालवेयर मजर पत्ता लगाएको हो । हेम्डल कम्पनीका अनुसार ह्याकरहरुले डेनमार्कका झण्डै एक लाख स्मार्टफोनमा यस्तो भाइरसजन्य एसएमएस पठाइसकेका छन् । विश्वका अन्य देशका स्मार्टफोन प्रयोगकर्ताले यस्तो एस एम एस प्राप्त गरे नगरेको अझै थाहा हुन नसकेको कम्पनीको भनाइ छ । यस्तो मेसेज झ्वाट्ट हेर्दा जोखिमपूर्ण तथा आपत्तिजनक हुँदैन र यसमा एउटा लिंक दिइएको हुन्छ । उक्त लिंकमा क्लिक गरेसँगै त्यसले टर सफ्टवेयर डाउनलोड गर्छ र बेनामी इन्टरनेट कनेक्सन स्थापित हुन्छ । टर सफ्टवेयरबाटै भाइरस पनि आफै डाउनलोड भैसकेको हुन्छ जसका कारण उक्त भाइरस सफ्टवेयरको खास श्रोत के हो भन्ने कुरा थाहा हुँदैन । त्यसपछि ह्याकरले उक्त फोनमा सम्पूर्ण पहुँच स्थापित गर्ने, स्मार्टफोन प्रयोगकर्ताले गर्ने फोन कल तथा एसएमएस सबै थाहा पाउनुका साथै आफै एसएमएस तथा कल समेत गर्न सक्ने र फोनबाट सबै डाटा डिलिट गरिदिन पनि सक्दछन् । र

पेट रोगको उपचार सम्वन्धि १० घरेलु तरिका जान्नै पर्ने

पुरानो अचार,खुर्सानी,धेरै मसला,फ्राइगरेको खाना खाने ,समयमा खाना नखाने,समयमा नसुत्ने एसिड भएको पेय पदार्थ पिउने,धुम्रपान लागुपदार्थ सेवन गर्ने,माछा मासु अण्डा तारेर सेवन गर्ने,सँधै तनावमा बस्ने वा चिन्ता,रिस,प्रतिशोध,काम,क्रोध,लोभ,मोह र अहंकारमा उभिरहने जस्ता गुण भएका व्यक्तिलाई धेरै छिटो ग्यास्ट्रिक हुन्छ । साथै पेटमा जुका पर्नु,सधैं मैदाका परिकार सेवन गर्नु,एकपटक खाना खाएको नपच्दै पुनः खाना खानु, खानासँगै पानी प्रशस्तै खानु आदिबाट पेट खराव हुन्छ । आमाशयबाट अम्लपित्त उत्पन्न भई अनियन्त्रित रुपमा फैलन्छ । यसको रोकथाम समयमै नगरेमा अल्सर हुन्छ साथै डेडुनलको क्यान्सर समेत हुन्छ । अमिलो बान्ता हुनु खानमन नलाग्नु दुब्लाउँदै जानु पेट दुख्ने पोल्ने आउँ पर्नेे टाउको दुख्ने बारम्वार रिस उठ्ने दिशामा रगत देखिने रोगप्रतिरोधात्मक क्षमता घटेर जाने सरुवा रोगले छिटो समात्ने रक्तअल्पता हुने रिंगटा लाग्ने आँखा कमजोर हुने मुटुको धड्कन बढेर डरलाग्ने पेटको रोगको उपचारका १० घरेलु उपायहरु : १.पेटमा ग्यास्ट्रिक वायु बढेमा वा आउ परेमा मेथिको चिया दिनमा द

ढाडको दुखाइबाट छुटकारा कसरी पाउने ?

लामो समय सम्मको काम, मोटोपना, कमजोरी जस्ता त्रुटिले ढाड दुखाइको समस्या हुन सक्छ । कहिले कहीँ दुखाई यती धेरै हुन्छ कि ओछ्यानमै लामो समय आराम गर्नु पर्ने हुन्छ। ढाड दुखाईबाट राहत पाउने केहि उपायहरू यस्ता छन् । लसुन : दैनिक बिहान सर्स्यू वा नरिवलको तेलमा लसुनको तिन(चार पोटी राखेर लसुन कालो हुनजेल सम्म तताउनुस् । तेल तातिसकेपछि त्यसलाई सेलाउन दिनुहोस । तेल सेलाएपछी दुखेको ठाउँमा मालिस गर्नुहोस्। यसो गर्नाले तपाईको ढाडको समस्या कम हुनेछ । बाफ : नुन राखेर उमालेको पानीमा बाक्लो सफा कपडा चोबेर निचर्नुहोस् । दुखेको ठाउँमा उक्त कपडा राखेर बाफले सेक्नुस्। नुन : कराईमा ३- ४ चमेचा नुन राखेर भुट्नुहोस् । नुनलाई सफा सुतीको कपडामा पोको पारेर कमरमा सेक्नुहोस् । यसबाट तपाँईलाई आराम मिल्नेछ। ज्वानो: ज्वानोलाई तावामा कम तापमा भुट्नुहोस् । ज्वानो सेलाएपछी बिस्तारै चबाएर निल्नुहोस्। यसको नियमित सेवनबाट कमरको दुखाई कम हुनेछ । हिड्नु : धेरै समय एउटै पोजिशनमा नबस्नुहोस्। एकै ठाउमा नबसेर ४० मिनेटको अन्तरमा दायाँ बायाँ हिड्नुहोस्। नरम ओछ्यान : हिजोआज नदब्ने ९कडा० ओछ्यानको प्रयोग

आफ्नो गुगल अकाउण्टका सबै गतिविधि यसरी थाहा पाउनुस्

तपाइँको जिमेल अकाउण्टमा धेरै गोप्य कुराहरु राख्नु भएको हुनसक्छ । आफ्नो बैंक अकाउण्टका विवरण, विभिन्न खाले गोप्य तथा संवेदनशील कागजातका विवरण, साथी तथा परिवारको इमेल आदि आदि । त्यसैले यस्तो संवेदनशील जिमेल अकाउण्टलाई सुरक्षित राख्न र ह्याकरबाट बचाउनका लागि तपाइँ सधै चनाखो बन्नुपर्छ । गुगल ड्यासबोर्डको प्रयोग गरी तपाइँले आफ्नो जिमेल अकाउण्टमा हरेक समय नजर राख्न सक्नुहुन्छ । तपाइँलाई यसमार्फत हरेक महिना यस्तो रिपोर्ट प्राप्त हुन्छ जसले तपाइँको लगइनका बारेमा सम्पूर्ण जानकारी प्रदान गर्दछ । गुगल ड्यासबोर्ड कसरी सेटअप गर्ने ? सबैभन्दा पहिले आफ्नो जिमेल अकाउण्टमा लगइन गर्नुहोस् । त्यसपछि आफ्नो प्रोफाइल पिक्चरमा क्लिक गर्नुहोस् र त्यहाँ रहेको माइ अकाउण्ट अप्सन छान्नुहोस् । त्यसपछि तपाइँले आफ्नो गुगल अकाउण्ट पेज देख्नुहुनेछ । तपाइँले त्यहाँ रहेको पर्सनल इन्फो एण्ड प्राइभेसी अप्सनमा गएर अकाउण्ट ओभरभ्यू छान्नुपर्नेछ । त्यहाँ तपाइँले भ्यू ड्यासबोर्ड नामक अप्सन देख्नुहुन्छ । त्यहाँ तपाइँले आफ्नो जिमेल अकाउण्टको पासवर्ड हाल्नुपर्ने हुनसक्छ । ड्यासबोर्डमा तपाइँले आफ्नो गुगल अकाउण्ट

कांग्रेस सोलुमा आङ गेलु शेर्पाको पल्लाभारी !

सोलुखुम्बुको नेपाली कांग्रेसको गाउँ अधिबेशन सोताङ र चौलाखर्क बाहेक सबै गाबिस तथा नगर वडाहरुमा सम्पन्न भएको छ । अहिलेसम्म मत परिणम अनुसार आङ गेलु शेर्पाको समूह अघि देखिएको छ । दुइ गाबिसमा बिबाद भएपछि अधिवेशन स्थगित गरिएको हो । दुधकुण्ड नगरपालिकाको नौ वटै वडामा प्रतिनिधि छानिए । दुधकुण्ड नगरपालिकाको १ नम्बर वडामा सभापति ज्याप्याङ शेर्पा, सचिबमा डोमी शेर्पा, कोषाध्यक्षमा छो गिर्मी शेर्पा चयन भएका छन् । प्रतिनिधिमा युबराज भुजेल, नाम्गेल जाङबु शेर्पा र सुमित्रा तामाङ रहेका छन् । २ नम्बर वडामा सभापतिमा सुम्बा शेर्पा चयन भएका छन् । जिल्ला प्रतिनिधिमा मिङमा दोर्जी शेर्पा, दावा शेर्पा र पेलु शेर्पा रहेका छन् । ३ नम्बर वडामा सभापतिमा कृष्ण गोपाल राजभण्डारी, सचिब ल्हाक्पा गेलु शेर्पा, कोषाध्यक्ष टेक बहादुर मगर चयन भएका छन् । यस्तै प्रतिनिधिमा धर्म बहादुर तामाङ, डिल्ली बहादुर मगर र याङजीडोमा तामाङ चयन भएका छन् । ४ नम्बर वडामा सभापति दोर्जे तामाङ, सचिबमा बिक्रम श्रेष्ठ, कोषाध्यक्षमा साङगे लामा रहेका छन् । प्रतिनिधिमा बुद्ध राउत, जाङबु लामा र फुर्बा लामा रहेका छन् । वडा नम्बर ५ मा भने सहमति