Skip to main content

Posts

Showing posts from October, 2017

चिसो बढेसंगै सोलुखुम्बुबाट फर्किन थाले पर्यटक, लुक्ला विमानस्थलमा चाप

सोलुखुम्बु : सोलुखुम्बुको खुम्बुमा यस बर्ष गत बर्षको तुलनामा पर्यटक आगमन  दोब्बर बढेको छ। यस वर्षको भदौ २३ गते देखि असोज २३ गतेसम्म ७ हजार ४८४ जना विदेशी पर्यटक खुम्बु भ्रमणमा आएका छन्। अघिल्लो वर्ष सोही समयमा ५ हजार ३ सय ८४ पर्यटक खुम्बु भ्रमणका लागि आएका पर्यटक प्रहरी लुक्लाका हवलदार जयप्रकाश गोहितमानले जानकारी दिए।  भदौ २३ देखि असोज २३ को एक महिनामा गत वर्ष भन्दा यसवर्ष २ हजार एक सय पर्यटक बढी आएका हुन्। प्रहरीको तथ्यांक अनुसार यस वर्ष भदौ २३ देखि कात्तिक १ गतेसम्म १० हजार ४३९ जनाले खुम्बु भ्रमण गरेका छन्। यस बीचमा भ्रमण सकेर ३ हजार ९७१ जना बाहिरिएका छन्। गत सोमबार मात्र २ सय ६३ जना भ्रमणमा आएका थिए।  केही दिनयता खुम्बु क्षेत्रमा चिसो बढ्दै गएपछि पर्यटकहरु भ्रमण छोट्याएर फर्कने तयारीमा रहेका ट्रेकिङ गाइड चुडामणि केसीले बताए। 'यो वर्ष चाडै चिसो सुरु भएको छ, त्यसैले भ्रमण छोट्याउने तयारी भइरहेको छ' उनले भने। खुम्बु भ्रमणमा आउने पर्यटक र उनीहरुका सहयोगी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुक्लास्थित तेञ्जिङ हिलारी बिमानस्थल आउने गर्छन्। अहिले भ्रमण

यस्ता छन् कांग्रेसले अघि सार्ने भावी मुख्यमन्त्रीका उम्मेदवार

काठमाडौं – आगामी प्रदेशसभाको निर्वाचनपछि सात प्रदेशमा मुख्यमन्त्री चयन हुनेछन् । मंसिर १० र २१ गते हुने निर्वाचनपछि उनीहरुको चयन प्रक्रिया सुरु हुनेछ । सात प्रदेशको मुख्यमन्त्री हुनका लागि विभिन्न राजनीतिक दलका केही चर्चित र युवा नेताहरु प्रदेशको प्रत्यक्ष र समानुपातिक सूचीमा छन्।  सांसद र मन्त्री भइसकेका केही नेताहरु समेत भावी मुख्यमन्त्रीको दाबेदारीसहित प्रदेशको प्रत्यक्ष र समानुपातिक सूचीमा छन् । कांग्रेसका केही प्रभावशाली नेताहरुसँगको कुराकानी अनुसार आगामी निर्वाचनमा मुख्यमन्त्रीको सम्भावना बोकेको केही अनुहार यस्ता छन्ः प्रदेश नम्बर १ गुरुराज घिमिरे  : मोरङबाट राजनीति गर्दै आएका घिमिरे नेपाली कांग्रेसका युवा नेता हुन् । नेपाल विद्यार्थी संघको अध्यक्ष रहिसकेका घिमिरे कांग्रेस केन्द्रीय सदस्य छन् । घिमिरे यस पटक प्रतिनिधिसभाका लागि टिकटको दाबेदार भए पनि मुख्यमन्त्रीको दौडका कारण प्रदेशमा झरेका छन्।   आङगेलु शेर्पा  : शेर्पा सोलुखुम्बुका चर्चित युवा नेता हुन् । शेर्पा विद्यार्थी, तरुण हुँदै केन्द्रीय राजनीतिमा सक्रिय छन् । आदिवासी, जनजाति समेत भएकाले शेर्पा मुख्यमन्त्रीको

यस्तो थियो स्थानिय चुनाबको नतिजा सोलुखुम्बुमा:(अध्यक्ष पदमा प्राप्त मत अनुसार)

एमाले -१२,२५३ माके -९,४४४ काँग्रेस-१२,७१८ स्वतन्त्र -१,८८१ अन्य - प्रदेश (क) मा एमाले-५,५२० माके - ५,५१३ काँग्रेस-६,२०६ स्वतन्त्र -१,८८१ अन्य- प्रदेश(ख) मा एमाले-६,७३३ माके-३,९३१ काँग्रेस-६,५१२ स्वतन्त्र - अन्य-

सोलुखुम्बुमा कुन कुन दलबाट क कस्ले दर्ता गराए मनोनयन दर्ता ?

नेपाली काग्रेस प्रतिनिधि सभा - बलबहादुर केसी प्रदेश सभा(क)- प्रकाश सिंह कार्की प्रदेश सभा(ख)- आङगेलु शेर्पा नेकपा एमाले र माओवादी केन्द्र ( बाम गठबन्धन ) प्रतिनिधि सभा -हेमकुमार राई ( सुरवीर ) प्रदेश सभा (क) उत्तम बस्नेत  प्रदेश सभा(ख)- बुद्धिकुमार राज भण्डारी **प्रदेश(क) मा बागी उम्मेद्वार नेकपा एमालेको तर्फबाट लोचन कुमार शेर्माले दर्ता गर्नुभएको छ । संघिय समाजबादी फोरम प्रतिनिधि सभा - लाक्पा शेर्पा  प्रदेश सभा (क)-चोलामाया बस्नेत  प्रदेश सभा(ख)- गंगा बहादुर थापा मगर राष्ट्रिय जनता पार्टी प्रतिनिधि सभा -रामकाजी राई  प्रदेश सभा (क)- श्रीध्वज तामाङ प्रदेश सभा(ख)- प्रेमकुमारी राई नेपाल मजदुर किसान पार्टी प्रतिनिधि सभा- दोर्जी शेर्पा मङ्गोलनेशनल अर्गनाइजेसन पार्टी प्रतिनिधि सभा- रुद्र बहादुर मगर नयाँ शक्तिपार्टी प्रतिनिधि सभा - सुनिल खड्का  प्रदेश सभा (क)-दिपक खड्का प्रदेश सभा(ख) -मुनिन्द्र बस्नेत

फेसबकमा ु भेटयो यतो मनछ ु नेक ु रा, एकैछन पनस

ववाहको पहलो रात ीमान ीमती बीच एउटा शतभयो क जो सकुैआओस कसलाई ै ढोका नखोलदने। यह रात केटाको बा आमा आनो छोरालाई भेन भनी कोठामा आए । ढोका ढकढयाउदा उनह ीमानलेीमतीको अनहार ु हेय दवुैमखाम ु खु गरे तर छोरालेढोका खोलेन भबाट नैगफ गय कनक उ चाहादैन थयो ीमतीको मन नदखोस ु र वचन पन नतोडयोस । बा आमा बाहरबाटैगफ गरेर फकए । पनः ु केहबेरमा ीमतीका बा आमा छोरलाई भेन भनेर आए । ढोका ढकढयाए । फेर ीमान र ीमती हेराहेर गरे। दवुलै ेशत पन याद गरे। ीमती ीमान निजक आउछेर आखा ँ भर आसँ ुबनाउदैभछे: म मेरा बा आमालाई यसो गनसिदन भदैढोका खोलदछे। छोरलेबा आमालाइ भेछे। ीमान केह बोदैन उ चपु बसरहछ । केह बषमा उनीहको जयाहा ु छोरा जिमछन । परवार खबु खसी ु हुछ । पनः ु केह बषमा छोर जिमछे। बबा ु अयाधक खशी ु हुछ । खशी ु थान नसकेर गाउँलेलाइ भोज खवाउ ु ँछ । ीमती अचममा पछर सोछेछोरा जमदा चाहँवाता गनुभएन छोर जमँदा चाहँकन यो भोज ? ीमानलेजवाफ दछ ” यह सतान हो जसलेमलाई कुनदन ै ढोका खोिदनेछे । ” यसलै े………. छोर भायमानीको नसबमा मा हुछ

विश्व शेर्पा सम्मेलन : अर्थ र सार्थकता

लाक्पा जी. शेर्पा लेखकबाट थप विश्व शेर्पा सम्मेलन : अर्थ र सार्थकता विश्वभर छरिएर रहेका शेर्पा समुदायको सामूहिक भेटघाट अर्थात ‘विश्व शेर्पा सम्मेलन २०१७’ चलिरहेको अवस्थामा हामी छौँ । असोज २२ देखि २४ सम्म राजधानीको होटल ¥याडिसनमा उद्घाटन भई शेर्पा गुम्बामा सम्मेलन हुनेछ । शेर्पा समुदायको अवस्था ‘थातथलो, बसोबास, निरन्तर विकास र परिस्थिति’ अनुसार फरक छन् । सबैलाई एकै ठाउँमा भेला पार्ने र एउटा ठोस् विषयमाथि बहस चलाउँदै समुदायलाई निश्चित समयसीमाभित्र कुनै एक विन्दुमा पु¥याउनु नै सम्मेलनको मूल धेय हुनुपर्छ । वास्तवमा राजनीतिक अधिकारको विषयमा उठान गर्ने र एउटा स्पष्ट रोडम्यापसहित शेर्पा समुदायलाई निश्चित विन्दुमा पु¥याउने मार्गदर्शनका रूपमा सम्मेलन हुनुपर्छ । सम्मेलनमा विश्वभरका २५ भन्दा बढी राष्ट्रबाट आप्रवासी, मजदुरी, व्यापारका सिलसिलामा रहेका नेपाल आउँछन् र सम्मेलनमा भाग लिनेछन् । विशेषगरी नेपाल शेर्पा संघको अगुवाइमा विश्व शेर्पा सम्मेलन तय गरिएको हो । यो सम्मेलनको परिकल्पना विश्व शेर्पा संघ स्थापनाका लागि गरिएको हो । अमेरिका, युरोपलगायत विभिन्न मुलुकमा बसोबास ग

खुम्बु पासाङल्हामू गाउ पालिकामा पर्यटन प्रवेश शुल्क संकलन कार्य सुरू

खुम्बु पासाङल्हामू गाउ पालिकाको गत आषाढ़ २५ गते बसेको बैठकको निर्णयको कार्यन्वयन सुरू भएको छ । गाउ पालिकाकै निर्णयअनुसार गत सेप्टेम्बर 16 र 17 तारीख़ कान्तिपुर दैनिक लगायत विभिन्न पत्र पत्रिका तथा सामाजिक संजाल मार्फ़त आजको मिती अक्टूबर 1 तारीख़ देखी लागु हुने गरी गरी खुम्बु पासाङल्हामू गाउ पालिका भित्र टिम्स कार्ड पुर्ण रूपमा निषेध गर्ने र गाउ पालिकाले प्रवेश शुल्क उठाउने सूचना प्रकाशन गरेको थियो । आज बिह ानै स्थानिय परम्परा अनुसारको विधिवत पुजा गरी प्रवेश शुल्क संकलन कार्य सुरू गरीएको हो । बिगत ११ बर्ष भन्दा पहिले देखी नेपाल पर्यटन बोर्ड र टान को संयुक्ततामा अनिवार्य टिम्स कार्ड लागु गरी नेपालको विभिन्न पर्यटकीय क्षेत्रबाट ९६ करोड़ भन्दा बढी शुल्क उठाएको थियो तर नेपालकै मुख्य पर्यटकीय गन्तव्य को रूपमा रहेको सगरमाथा तथा खुम्बु क्षेत्र मा उक्त रकमबाट कुनै पनि भौतिक पुर्वाधार बिकास तथा कुनै पनि क्षेत्रमा लगानी नभएको कारण टिम्स शुल्क हटाउनु पर्छ भनि बिगत लामो समय देखी आक्रोशित स्थानिय बासी र ट्रेकिङ मजदुर तथा ब्यबसायिहरू गाउ पालिकाले नै शुल्क उठालने र उक्त शुल्क सत प्र