Skip to main content

Posts

Showing posts with the label नेपाल घुम्न यो सही बेला

फोर्ब्सले लेख्यो: नेपाल घुम्न यो सही बेला

३ चैत, काठमाडौं ।  अमेरिकाको चर्चित पत्रिकाले नेपाल घुम्न विश्वभरका पर्यटकहरुलाई प्रेरित गर्दै एउटा आलेख प्रकाशित गरेको छ । आलेखमा अहिले नै नेपाल घुम्न उपयुक्त बेला किन हो भन्ने तार्किक कारणहरु प्रस्तुत गरिएको छ । उक्त आलेखको भाव यस्तो छः धेरै हदसम्म पर्यटनमा आश्रति देशलाई गत वैशाखमा गएको भुकम्पले निकै आहत तुल्यायो । भुकम्पपछिको पुनर्निमाण र नवनिर्माणको सरकारी गति कछुवाको भन्दा सुस्तरुपमा भइरहेको छ । नेपाल आउन चाहने वा नियमित आउने पर्यटकहरु भुकम्पले गर्दा हच्किएका छन् । यसले गर्दा पर्यटन क्षेत्रबाट गुजारा गर्नेहरुको रोजीरोटी संकटमा परेको छ । यसैबीच, एउटा ट्राभल कम्पनीले उदाहरणीय सुरुवात गरेको छ ।  उसले भूकम्पपीडितको सहयोगका लागि ठूलो योजना अगाडि ल्याएको छ । अहिलेदेखि आगामी मे महिनासम्म तपाईले नेपाल भ्रमणका लागि इन्ट्रेपिड ट्राभलमार्फत प्याकेज ‘बुक’ गर्नुभयो भने उक्त ट्राभलले त्यसबाट निस्कने नाफाको शतप्रतिशत रकम उसको गैरनाफामुखी संस्था इन्ट्रेपिड फाउन्डेसनमा जम्मा गर्छ । सो रकम भुकम्पपिडितहरुका लागि खर्च गरिनेछ  । गैरनाफामुखी भनिएका संस्थाहरुले कोषमा जम्मा भएक...