Skip to main content

Posts

Showing posts from December, 2017

आगलागीबाट ७० लाखको क्षति

२ पुस, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका– ८ बागमको एक घरमा आगलागी हुँदा करिब रु ७० लाख बराबरको क्षति भएकोे छ । स्थानीय तेण्डी शेर्पाको घरमा शनिबार ग्यास लिक भएर आगलागी हुँदा क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगलागीबाट रु एक लाख ५० हजार नगदसहित शेर्पाको ढुङ्गा माटोले बनेको तीनतले घर, घरमा भएको सुनचाँदी कासा तामालगायत सम्पूर्ण धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रद्युम्न अधिकारीले जानकारी दिए । अपराह्न चिया पकाएर घरमा भएका मानिस मेलामा गएको समयमा ग्यास लिक भई आगलागी भएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेका प्रहरी टोली र स्थानीयले आगो नियन्त्रणको प्रयास गरेको भए पनि नियन्त्रणमा लिन नसक्दा घर पूर्णरुपमा जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

सोलुखुम्बुमा समानुपातिक तर्फ कांग्रेस पहिलो

सोलुखुम्बु, २६ मंसिर सोलुखुम्बुमा समानुपातिक निर्वाचन प्रणाली अन्तरगत नेपाली कांग्रेसलाई पहिलो मत प्राप्त भएको छ । दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा माओबादी केन्द्र रहेको छ । कांग्रेसलाई प्रतिनिधि सभा तर्फ १५ हजार १४८ समानुपातिक मत प्राप्त हुदा प्रदेश सभा तर्फ १३ हजार ४४७ मत प्राप्त भएको छ । गएराति सम्पन्न भएको गणनामा प्रतिनिधि सभा तर्फ एमालेलाई १२ हजार ६६ र प्रदेश सभा तर्फ १० हजार ४५८ मत प्राप्त भएको सहायक निर्वाचन अधिकृत मुरारी वस्थीले जानकारी दिनुभयो । त्यस्तै, प्रतिनिधि सभा तर्फ ७ हजार ६७३ र प्रदेश सभा तर्फ ८ हजार ३१ मत प्राप्त गरि माओबादी केन्द्र तेस्रो भएको छ । सोलुखुम्बुमा राप्रपाले पनि समानुपातिक तर्फ सम्मानजनक मत प्राप्त गरेको छ । प्रतिनिधि सभाका लागि ५८५ मत पाएको राप्रपाले प्रदेश सभातर्फ एक हजार ५५५ मत प्राप्त गरेको हो । जिल्लामा नयाँ शक्ति पाटी नेपालले प्रतिनिधि सभा तर्फ ३७६ र प्रदेश सभा तर्फ ४०६ मत पाएको छ । यसैबीच, समानुपातिक प्रणाली तर्फ प्रतिनिधि सभा तर्फ ४ हजार ६४९ मत र प्रदेश सभा तर्फ ६ हजार ७६३ मत बदर भएको छ । ६९ हजार ४११ मतदाता रहेको सोलुखुम्बुम

दोस्रो पटक चुनाव हारेका पूर्वमन्त्री बलबहादुर केसीले भविष्यमा कुनै निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

सोलुखुम्बु, २४ मंसिर – नेपाली काग्रेंसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीले भविष्यमा कुनै निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । यस वर्षको प्रतिनिधिसभा सदस्यको निर्वाचन नै आफ्नो अन्तिम चुनावी प्रतिस्पर्धा भएको सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य उम्मेदवार केसीले बताए । सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘अब म पार्टीको सुदृढीकरणका लागि लागिपर्छु ।’ नेता केसीले पार्टीका उम्मेदवारहरुले पराजय भोग्नु परे पनि जनताको विचारलाई आफूहरुले जित्न सफल भएको जिकिर गर्दै मतदातालाई धन्यवाद व्यक्त गरे । नेपाली काँग्रेसले चुवाव हारे पनि जिल्लाको विकास र जिल्लालाई समृृद्धितर्फ लाने विषयम काँग्रेसको सदैव साथ र सहयोग रहने उनले बताए । विसं २०४८ यता सम्पन्न निर्वाचनमा चार पटक जितेका केसीको यो दोस्रो हार हो । विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी)का गोपाल किराँतीसँग पराजय भएका केसी यस पटक नेकपा (माओवादी केन्द्र)कै हेमकुमार राईदेखि पराजय भएका थिए । आफ्नो चुनावी समीक्षामा पार्टी पराजित हुनाको प्रमुख कारण गुटगत राजनीति भएको काँग्रेसले निष्कर्ष

समानुपातिकको अपडेटः एमाले पहिलो, कांग्रेस दोस्रो

पहिलो चरणमा निर्वाचन भएका हिमाली जिल्लामा समानुपातिकतर्फको मतगणना भइरहेको छ । करिब आधा दर्जन निर्वाचन क्षेत्रमा भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमालेले सबैभन्दा बढी मत पाएर पहिलो स्थान लिइरहेको छ भने कांग्रेसले एमालेलाई पछ्याइरहेको छ । प्रत्यक्षतर्फ कांग्रेसभन्दा अगाडि रहेको माओवादी समानुपातिकमा भने तेस्रो स्थानमा छ । मधेसका जिल्लामा समानुपातिकको मतगणना भएकाले राजपा र फोरमको खासै मत खसेको छैन । तथापि पहाडमा समेत राजपाले राम्रो मत ल्याएको छ । कांग्रेस, एमाले र माओवादी बाहेक समानुपातिकमा चौथो स्थानको मत नयाँशक्ति पार्टीले ल्याएको छ । नयाँशक्तिले भन्दा विवेकशीलले न्यून मत पाइरहेको निर्वाचन आयोगको तथ्यांकमा देखिन्छ । आइतबार बिहानसम्म समानुपातिकतर्फ खसेको मत यस्तो छ- १. नेकपा एमाले- ७३२९३ २. नेपाली कांग्रेस- ६९८४९ ३. माओवादी केन्द्र -३०२६२ ४. नयाँ शक्ति – ५२४१ ५. राजपा-३४८५ ६. राप्रपा- २४०० ७. विवेकशील साझा- ८३७ ८. राप्रपा प्रजातान्त्रिक -६०४ ९. संघीय फोरम -४५८

सोलुखुम्बु जिल्ला प्रतिनिधि सभा /प्रदेश सभा तर्फको सम्पुर्ण उम्मेदवारहरुले प्राप्त गरेको मतपरिणाम.

सोलुखुम्बु - प्रदेश 'क' र 'ख' मा बाम गठबन्धन विजयी, आङ गेलु र प्रकाशसिंह पराजित,

सोलुखुम्बुको प्रदेश सभामा बाम गठबन्धनका उम्मेदवारहरु विजयी भएकाछन् । प्रदेश सभा ख मा बाम गठबन्धनका तर्फवाट नेकपा एमालेका नेता बुद्धिकुमार राजभण्डारी विजयी भएका हुन् । राजभण्डारीले कांग्रेसका पूर्व जिल्ला सभापति सममेत रहेका नेता आङ गेलु शेर्पालाई भारी मतले पराजित गरेका हुन ।  राजभण्डारीले १०३८७ मत प्राप्त गर्दा शेर्पाले ७९२९ मत प्राप्त गरे । शेर्पा २४१८ मतले पछि परेका हुन् ।  प्रदेश सभा ख मा बाम गठबन्धनका उत्तमकुमार बस्नेत विजयी भएकाछन् । बस्नेतले कांग्रेसका प्रकाशसिंह कार्कीलाई पराजित गरेका हुन् । बस्नेतले १०६६७ मत ल्याउँदा कार्कीले ८८४६ मत ल्याए । प्रदेश क को मतान्तर १८२१ रहेको छ ।   सोलुखुम्बुमा लामो समयदेखि राजनीतिमा सक्रीय रहेका राजभण्डारी २०६४ सालको संविधान सभाको निर्वाचनमा पराजित भएका थिए भने २०७० सालको संविधान सभाको निर्वाचनमा समानुपातिक सूचिमा रहेर पनि सभासद् बन्न पाएका थिएनन् । बस्नेत लामो समय कम्युनिष्ट राजनीतिमा सक्रीय रहेका छन् ।  दुवै जनाको विजयको औपचारिक घोषणा हुन भने बाँकी छ । प्रतिनिधी सभामा सुरवीर जितको नजिक प्रतिनिधी सभामा पनि बाम गठबन्धनका उम

सोलुखुम्बु - मतान्तर फराकिलो बनाउँदै बाम गठबन्धन

सोलुखुम्बुमा बाम गठबन्धनले लिएको प्रारम्भिक अग्रतालाई कायम राखेकाछन् । बाम गठबन्धनले प्रतिनिधी सभामा झण्डै चार हजार मतले अग्रता लिएको छ ।  बाम गठबन्धनका उम्मेदवार हेमकुमार राई सुरवीरले १३ हजार ८६२ मत प्राप्त गर्दा कांग्रेसका बलबहादुर केसीले १० हजार ९७ मत प्राप्त गरेका छन् ।   यस्तै प्रदेश सभा क मा बाम गठबन्धनका उत्तमकुमार बस्नेतले ७५१७ मत ल्याउँदा कांग्रेसका प्रकाशसिंह कार्कीले ५५२७ मत प्राप्त गरेका छन् ।  प्रदेश सभा ख मा बाम गठबन्धनका बुद्धिकुमार राजभण्डारीले ७४३१ मत प्राप्त गरेका छन् भने कांग्रेसका आङ गेलु शेर्पाले ५ हजार ७ मत प्राप्त गरेकाछन् ।   प्रतिनिधी सभामा सुरवीरभन्दा बलबहादुर ३ हजार ७६५ मतले पछि परेकाछन् भने प्रदेश सभा क मा कांग्रेसका प्रकाशसिंह कार्की १९९० मतले पछि परेकाछन् । यस्तै प्रदेश सभा ख मा कांग्रेसका आङ गेलु शेर्पा २४२४ मतले पछि परेकाछन् ।

सोलुखुम्बुमा बलबहादुर केसी झन्डै ३ हजार मत पछाडि

सोलुखुम्बुको पछिल्लो मत परिणाम अनुसार माओवादी उम्मेदवार  हेमबहादुर राईले मतान्तर फराकिलो पारेका छन्। पछिल्लो मतपरिणाममा प्रतिनिधि सभा  माओवादी केन्द्रका राईले ११८३५ मत पाएका छन् भने कांग्रेसका केसीले ८११२ मत ल्याएका छन्। मतगणना जारी छ। केसी २०७०मा सोलुखुम्बुबाट निर्वाचित भएका थिए। पछिल्लो मतगणना अनुसार सोलुखुम्बु प्रतिनिधि सभामा बाम गठबन्धनका हेम कुमार राई नेकाका बल बहादुर केसी भन्दा ३७२३ मतले अघि

सोलुखुम्बुको ताजा मत परिणाम

सोलुखुम्बु समाचार - प्रारम्भमा लिएको अग्रतालाई सोलुखुम्बुमा बाम गठबन्धनका उम्मेदवारहरुले जारी राखेकाछन् । प्रतिनिधी सभामा फराकिलो अन्तरसहित गठबन्धन अघि रहेको छ भने दुवै प्रदेशमा पनि गठबन्धनकै अग्रता कायम छ । सोलुखुम्बुको  परिणाम यस्तो छ :   प्रतिनिधि सभा तर्फ : क.हेमकुमार राई "सुरवीर" - ८५२० मत  बलबहादुर के.सी. - ५४५० मत प्रदेश सभा - " क " तर्फ   क.उत्तमकुमार बस्नेत - ३६०९ मत  प्रकाशसिंह कार्की - २३१८ मत प्र देश सभा - " ख " तर्फ  क.बुद्धिकुमार राजभण्डारी - ४१३४ मत आङ गेलु शेर्पा - ३३५४ मत

सोलुखुम्बु - यस्तो छ पछिल्लो अपडेट

२१ मंसिर/सोलुखुम्बु समाचार - प्रारम्भमा लिएको अग्रतालाई सोलुखुम्बुमा बाम गठबन्धनका उम्मेदवारहरुले जारी राखेकाछन् । प्रतिनिधी सभामा फराकिलो अन्तरसहित गठबन्धन अघि रहेको छ भने दुवै प्रदेशमा पनि गठबन्धनकै अग्रता कायम छ । प्राप्त पछिल्लो परिणाम यस्तो छ : प्रतिनिधि सभातर्फ  बाम गठबन्धनका हेम कुमार राइ : ६७६२ मत नेपाली काङ्ग्रेसका बल बहादुर केसि : ४९३६ मत प्रदेश सभा क मा नेपाली काङ्ग्रेसका प्रकाश सिङ कार्की : २९७९ बाम गठबन्धनका उतम बस्नेत :३२४९ प्रदेश सभा ख मा नेपाली काङ्ग्रेसका आङ गेलु शेर्पा : २९९० बाम गठबन्धनका बुद्धि कुमार रा.भ : ३४६५

सोलुखुम्बुको ताजा मतपरिणाम, को पछि ?

सोलुखुम्बुमा पूर्व मन्त्री बलबहादुर केसीलाई माओवादीका हेमकुमार राईले पछि पारे

सोलुखुम्बु, मंसिर २१– सोलुखुम्बुको प्रतिनिधि र प्रदेशसभा (क) र (ख) केन्द्रमा वाम गठबन्धन अगाडि रहेको छ । प्रतिनिधिसभा तर्फ १४ सय १७ मत गणना गर्दा वाम गठबन्धनका उम्मेदवार ३०६ मतले अगाडि हुनुहुन्छ । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहनुभएका हेमकुमार राई शुरवीरको ७३४ र नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका पूर्व मन्त्री बलबहादुर केसीले ४३७ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रदेश सभा (क) तर्फ वाम गठबन्धनका एमाले उम्मेदवार उत्तमकुमार बस्नेत ४२५ मतसहित अगाडि हुनुहुन्छ भने नेपाली कांग्रेसका उम्मेदवार प्रकाससिं कार्की १७४ मत सहित पछ्याई रहनुभएको छ । एक स्वतन्त्रसहित ६ जना उम्मेदवार रहेको प्रदेश सभा (क) मा नयाँ शक्तिका दिपक खड्काको १५९ मत, संघीय समाजवादी फोरमको २ मत र स्वतन्त्र भर्‍याङ चिह्नमा ५ मत छ । त्यस्तै प्रदेश सभा (ख) मा वाम गठबन्धनका एमाले उम्मेदवार बुद्धिकुमार राजभण्डारी २४५ मतसहित अगाडि हुनुहुन्छ भने नेपाली कांग्रेसका उम्मेदवार आङ्गगेलु शेर्पा २३० मतसहित पछ्याई रहनुभएको छ ।  प्रतिनिधिसभाको मतगणना जिल्ला समन्वय समितिको समीक्षा हलमा २ स्थानमा भैरहेको छ भने प्रदेश

सफलताका सूत्र : सफल हुने १० टिप्स

एसियाकै धनी व्यक्तिको सूचीमा परेका व्यवसायी हुन्, ज्याक मा । २०१६ मा ब्लुमबर्ग इन्डेक्सअनुसार विश्वकै चर्चित अनलाइन रिटेल कम्पनी अलिबाबा ग्रुपका अध्यक्ष ज्याकको सम्पत्ति २३ अर्ब डलर छ । त्यसो त सबै धनी मान्छे सुखी हुँदैनन् । ज्याक मासँग धन र सुख दुवै छ । केही दिनअघि आफ्नो कम्पनीको वार्षिकोत्सव समारोहमा माइकल ज्याक्सनको गीतमा नाचेर उनले रमाइलो जीवनको महत्व प्रस्तुत गरे । उनले सफल र सुखी हुन केही सूत्रहरू प्रयोग गरेका छन् । पटक–पटक उनले आफ्ना सफलताका सूत्र सार्वजनिक गर्ने गरेका छन् । तपाईं पनि ज्याक मासँग केही सिक्ने कि ? ज्याक मा अध्यक्ष, अलिबाबा ग्रुप १. सफलताका लागि धैर्यता सबैभन्दा जरुरी चिज हो । २. जिन्दगी निकै छोटो छ, तर निकै सुन्दर पनि । काममा मात्रै धेरै गम्भीर नहुनुहोस्, जिन्दगीको मज्जा पनि लिनुहोस् । ३. संसारमा पैसाको कुनै कमी छैन, कमी छ त केवल सपना देख्नेहरूको । ४. वस्तुको मूल्यमा कहिल्यै प्रतिस्पर्धा नगर्नुहोस् । प्रतिस्पर्धा त केवल सेवा र सिर्जनशीलतासँग गर्नुहोस् । ५. आफू जो हो, उही बन्ने प्रयास गर्नुहोस् । तब मात्रै खुसी र सफलता मिल्छ । ‘कपिक्या