Skip to main content

Posts

Showing posts from January, 2016

खराब मौसमका कारण सोलुखुम्बुको लुक्ला र फाप्लु विमान स्थलमा विमान सञ्चालन नहुदा यात्रु तथा पर्यटकहरु मर्कामा परेका छन् ।

माघ १६, सोलुखुम्बु – लगातारको खराब मौसमका कारण सोलुखुम्बुको लुक्ला र फाप्लु विमान स्थलमा विमान सञ्चालन नहुदा यात्रु तथा पर्यटकहरु मर्कामा परेका छन् । तेन्जिङ हिलारी विमान स्थल लुक्लामा हिजोदेखि विमान सञ्चालन नहुदा दजर्नाै पर्यटकहरु लुक्लामा अलपत्र परेका छन् । हाल आफ्नो देश फर्कन नपाएका पर्यटकहरु लुक्लामै रहेको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ । कार्यालयका प्रहरी हवल्दार कुमार बास्तोलाका अनुसार हिजो आएका ३२ जना र आज आएका २० जना पर्यटकहरु लुक्ला मै रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण लुुक्लाका विमान स्थल प्रमुख बच्चुराम श्रेष्ठका अनुसार हिजो र आज कुनै पनि विमान चल्न नसकेको हो । त्यस्तै फाप्लु विमान स्थलमा पनि कुनै विमान चल्न नसक्दा धेरै यात्रुहरु अलपत्र परेका हुन् ।

हिमालको राजधानी

वैशाखको महाभुकम्पपश्चात् मुलुक एकोहोरिएको बेला खुम्बुका बासिन्दा भने चलायमान छन्। भुकम्पपछि अघिल्लो वर्षजस्तै भनेजति र चाहेजति कमाउने अवसर त पाएका छैनन् तैपनि छिटफुट पर्यटकको आगमनले आशा मारिहालेका पनि छैनन्। बरु फुर्सदिलो समयमा भुकम्पले पछारेका घर धमाधम पुनर्निर्माणमा तम्सिएका छन्। त्यसो त वरिपरि पहाडको हरियाली अनि हिमालको फेदीमा सजिएको लुक्लामा एक वर्ष अघिसम्म पर्यटकीय मौसममा रौनकता नै बेग्लै हुन्थ्यो । तर, यस वर्ष भने भुकम्प र नाकाबन्दीले खुम्बु-पर्यटन सुस्त छ। पर्यटन आगमनको मौसममा दैनिक ५० भन्दा बढी उडान हुने लुक्लामा अहिले भने मुस्किललले २० उडानमात्र हुने गरेको छ भने पर्यटन आगमनमा आएको गिरावटले स्थानीय बजारको चहलपहल र कारोबारसमेत घटेको छ। विमानस्थलमा भेटिएका वल्र्ड एक्सपिडिसनका पथप्रदर्शक दा जाङ्बु शेर्पा भन्दै थिए, ‘सबै सिजनमा व्यस्त हुने खुम्बुलाई भुकम्पले शान्त बनाएको छ। वर्षमा सत्र गु्रपभन्दा बढी कोरियाली पर्यटकलाई नेपाल घुमाउने डिस्कभर एडभेन्चरका प्रबन्ध निर्देशक ङिमा छिरिङ शेर्पा भन्छन्, ‘यस वर्ष मुस्किलले पाँच गु्रप चलाएँ।' ङिमा छिरिङको भनाइमा सहमति जनाउँदै

देउवाले भन्नुभयो – ‘महाधिवेशनबाट अन्यायको बदला लिनुस्, जितेर आउनुस्’

आंगेलु शेर्पा, सभापति, नेपाली कांग्रेस, सोलुखुम्बु -नेपाली कांग्रेस १३ औं महाधिवेशन बिशेष- क्रियाशील सदस्यता विवाद किन भयो सोलुमा ? सोलुखुम्बुमा खास गरी अघिल्लो बर्ष वितरण गरिएको नयाँ क्रियाशील सदस्यलाई मताधिकार दिने कि नदिने भन्नेकै हो । त्यसलाई पहिला छानविन समितिले केही गाविसलाई दिने केहीलाई नदिने निर्णय गर्यो । अहिले पदाधिकारी समितिमा नाममा नयाँ कसैलाई पनि मताधिकार नदिने र १२ औं लाई मात्र निरन्तरता दिने जुन निर्णय गर्यो । हामी यसैको विरुद्ध आन्दोलनमा हौं । छानविन समितिले कुनै गाविसलाई दिने र कुनैलाई नदिने निर्णय किन गरेछ ? छानविन समितिले किन यस्तो गर्यो भनेर हामीलाई बताएको पनि छैन । न त कुनै स्पष्ट पार्ने काम पनि समितिबाट भएको छैन । हामीलाई समितिको प्रतिवेदन देखेर अचम्म किन लाग्यो भने एउटै माईन्यूटबाट पारित भएर विधान बमोजिम भरेर पठाईएका कतिपय गाविसका नयाँ सदस्यलाइ मान्यता दिने अनि कतिलाई नदिने । जब कि लाग्ने दस्तुर देखि सबै प्रक्रियाहरु पुरा गरेर गाउँ तहबाट आएका नयाँ सदस्यता फारमलाई जिल्लाले पठाएको अवस्थामा किन यस्तो खालको विभेद भयो । समितिलाई कहाँ निर यस्तो आशंका भयो । हा

लुक्ला विमानस्थलमा माइकिङ रोकिएपछि.

सोलुखुम्बु-नेपालकै व्यस्त विमानस्थलको सूचीमा पर्ने पर्यटकीयस्थल लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा माइकिङ सुविधा नहुँदा यात्रु समस्यामा पर्ने गरेका छन् । पर्यटकीय सिजनमा एकै दिनमा ८०-९० वटासम्म उडान भर्ने सो विमानस्थलमा एकै पटक तीन-चारवटा विमानले यात्रु चढाइरहेका हुन्छन् । यस्तो बेलामा आफू चढ्ने विमानको पहिचान गर्न नसक्नु, जहाज कतिबेला आउँछ, कतिबेला जहाजमा चढ्ने जस्ता सूचना नपाउँदा टर्मिनल भवनमा पर्खिरहेका यात्रु समस्यामा पर्ने गरेका छन् । पर्यटन गाइड ल्हाक्पा नुरु शेर्पा भन्छन् "दुई चारवटा जहाज बसेका हुन्छन्, आफू कुनमा जाने हो सोध्दै दौडनुपर्छ, टर्मिनलमा पसेदेखि कर्मचारीलाई सोधिरहनुपर्छ, यताउति जाँदा पनि कतै जहाज छुटिहाल्छ कि भन्ने डर हुन्छ ।" आफूले यात्रा गर्ने विमानमा कतिबेला चढ्ने भन्ने कुराको जानकारी नदिँदा आफूले टिकट लिएको कम्पनीको काउन्टर अगाडि कुरेर बस्नुपर्ने बाध्यता रहेको अर्का पर्यटन गाइड एकवीर कुलुङले बताए । उनका अनुसार पर्खेर बस्नुपर्दा विदेशी पर्यटकले दिक्क मान्नुपरेको र कतिपय अवस्थामा सामान छुट्ने समस्या रहन्छ । माइकिङ सुविधा नहु

नेपालकै यस्तो ठाउँ जहाँ कहिल्यै लोडसेडिङ हुँदैन

हिउँदमा सुख्खा र चिसो बढ्दै गर्दा देशभर विद्युत् कटौतीको समय थपिँदै गएपनि सोलुखुम्बुको पर्यटकीय बजार नाम्चे, खुम्जुङ भ्याली, स्याङबोचेलगायत स्थानमा कहिल्यै विद्युत्भार कटौती हुँदैन । यस वर्ष भारतीय नाकामा उत्पन्न समस्याका कारण देशैभर इन्धन अभाव भइरहेको बेला पनि नाम्चेमा कहिल्यै बिजुली निभेको छैन । १३ वर्षअघि खुम्बुविद्युत् कम्पनीबाट सेवा सुरु भएदेखि हालसम्म त्यहाँ विद्युत्भार कटौतीको समस्या नभएको हो । पर्यटकको बाक्लो चाप भएको समयमा हिटरलगायत विद्युतीय उपकरण प्रयोग गर्दा पनि त्यहाँ विद्युत्को समस्या हुँदैन । ८५० भन्दा बढी घरपरिवारका लागि सेवा दिइरहेको सो विद्युत्बाट पर्यटकीय क्षेत्रमा निकै सहज भएको छ । काठमाडौंबाट व्यवसाय गर्न चार वर्षअघि नाम्चे आएका राजेन्द्र देसारलाई यहाँको प्राकृतिक मनोरमतासँगै चौबिसै घन्टा उज्यालो दिने बिजुलीले पनि लोभ्याएको छ । राजधानी काठमाडौं पुग्नासाथ विद्युत्भार कटौतीको मार सहनुपर्ने देसारले नाम्चेको विद्युत्बाट निकै खुसी भएको बताए । १३ वर्षअगाडि अस्ट्रियाको सहयोगमा करिब रु १८ करोड लगानी गरी निर्माण गरिएको खुम्बु बिजुली कम्पनीले अहिले नाम्चे तथ

सुशील कोइराला सस्थागत धाँधली गर्न लागेको जिल्ला सभापतिहरुको आरोप

क्रियाशिल सदस्य विवादमा लामो समयदेखि अनसनमा बसेका नेपाली काग्रेसका विभिन्न जिल्लाका सभापतिहरुले पार्टी सभापति सुशील कोइराला १३ औ महाधिवेशनलाई लिएर अहिलेदेखि सस्थागत धाँधलीमा लागेको आरोप लगाएका छन । सबै क्रियाशिल सदस्यहरुलाई मान्यता दिनु पर्ने माग गर्दै अनसनमा बसिरहेका सोलुखुम्बु, कैलाली र रौतहटका पार्टी सभापतिहरुले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सदस्य छानविन गर्न बनाएको समितिको प्रतिवेदनलाई बाईपास गरेर पार्टीमा ब्यवस्था हुँदै नभएको पदाधिकारी बैठकको नामबाट सदस्य खारेज गर्ने काम गरेर महाधिवेशनमा धाँधलीको सुरुवा गरेको आरोप लगाएका हुन । पत्रकार सम्मेलनमा सोलु काग्रेस सभापति आङ गेलु शेर्पाले पार्टीको पदाधिकारीको नामबाट आएको निर्णय अवैद्यानिक भएको र यसले सभापति कोइराला आफै धाँधलीमा लागेको पुष्टि भएको भन्दै यसलाई आफूहरुले महाधिवेशनको एजेण्डा बनाएर लैजाने चेतावनी दिए । उनले पार्टीभित्र गुटबन्दीको मुल नाईके सभापति कोइराला भएको दावी गर्दै पार्टीका आफ्नो गुटको कठपुतली बनाएकोले त्यसका विरुद्ध संघर्ष जारी राख्ने चेतावनी दिए । उनले भने,‘आफ्ना विरोधी ठानेकाको क्रिया