Skip to main content

Posts

Showing posts from September, 2014

सगरमाथा राष्ट्रिय निकुन्ज

स्थापनाः २०३२ साल (सन् १९७६) म. क्षे. स्थापनाः २०५८ साल (सन् २००२) क्षेत्रफलः १,१४८ वर्ग कि.मि. म. क्षे. क्षेत्रफलः २७५ वर्ग कि.मि. पू्र्वी नेपालको सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्ज विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८ मि.) लाई समेटेर फैलिएको छ । यसैगरी ६,००० मिटर भन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिमचुचुराहरूले यस निकुञ्जको गौरवलाई अझ बढाएका छन् । यहाँ स्थानीय बासिन्दा र पर्वतारोहीहरूले प्रयोग गर्दै आएका गोक्यो, खुम्बु, छुकुम र नाङ्गपा मुख्य चारवटा उपत्यकाहरू रहेका छन् । यस निकुञ्ज भित्रको गोक्यो र सम्वद्ध तालहरूलाई स न ् २००७ मा  रामसार सूचीमा समावेश गरिएको छ । उच्च पर्वतीय वातावरण रहेको यस राष्ट्रिय निकुञ्जमा गोव्रे सल्ला, ठिंग्रे सल्ला, हेमलक, धुपी, भोजपत्र, गुराँस जातका रुखहरू पाइन्छन् । वसन्त ऋतुमा लालीगुराँसका फूलहरूले निकुञ्ज भित्रको जंगललाई अति मनोरम र सुन्दर बनाउँछन् । कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारल जस्ता वन्यजन्तुहरूका साथै डाँफे, चिलिमे, कालिज, हिम कुखुरा, लालचुच्चे क

सोलुखुम्बुका ख्यातिप्राप्त कलाकारहरु अब एउटै मञ्चमा

सोलुखुम्बु जिल्लामा जन्मेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्यातिप्राप्त प्रतिभाहरु अब एउटै मञ्चमा प्रस्तुत हुने भएका छन् ।  गाउँले इन्टरटेनमेन्ट प्रालिले हिन्दुहरुको महान चाड दशै तथा तिहारको अवसरमा आयोजना गर्न लागेको सोलुखुम्बु सांगीतिक साँझ तथा सम्मान कार्यक्रम २०७१ मा उनीहरु देखिन भएका हुन् । उक्त कार्यक्रम आउँदो असोज ८ गते दिउसो ३ बजेदेखि काठमाडौंको जमलस्थित राष्ट्रिय नाँचघरमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कार्यक्रममा हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस), गायक आनन्द कार्की, मिङमा शेर्पा, पूर्ण राई, जसीहाङ राई, गायिका निरा राई, हास्यकलाकार कुमार कट्टेल (जिक्री), नृत्याङगना पुष्पा खालिङ तथा उदघोषकको रुपमा पेम्बा गेलुशेर्पा लगायतको बेजोड प्रस्तुति रहने गाउँले इन्टरटेनमेन्टका अध्यक्ष बलबहादुर खालिङले जानकारी दिनुभयो । कार्यक्रममा सोलुखुम्बुमा जन्मेर विभिन्न क्षेत्रबाट देशको विकासमा योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई विशेष सम्मान प्रदान गरिने पनि उहाँले जानकारी दिनुभयो । आयोजकका अनुसार उक्र कार्यक्रमको लागि रु. ३००।-, रु. ५००।- र रु. १०००।- गरी तीन किसिमको टिकम मुल्

महाराजगंज प्रहरीवृत्तले घटनालाई ढाकछोप गर्न खोजेको भन्दै सोलुखुम्वुवासी विरोधमा

सामाखुसीमा गत भदौ ३१ गते वसको ठक्करबाट मृत्यु भएका सोलुखुम्वुका १७ वर्षीय राम कमल कुलुङको परिवारलाई क्षतिपूर्ति तथा वसका धनीलाई सार्वजनिक गर्न माग गर्दै आफन्त र छिमेकीले अहिले महाराजगंज प्रहरीमा विरोध गरिरहेका छन् । गत भदौ ३१ गते विद्यालय जानेक्रममा सामाखुसीमा विहान ५ वजे कुलुङलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले घटनालाई ढाकछोप गर्न खोजेको भन्दै सोलुखुम्वुबाट निर्वाचित सभासद तथा नेताहरुले अहिले महाराजगंजमा विरोध गरिरहेका छन् । उनिहरुले मृतकका परिवारलाई क्षतिपूर्ति र सवारी धनीलाई सार्वजनिक नगरेसम्म कुलुङको शव नवुझ्ने बताएका छन् । नेपाली कंग्रेसका केन्द्रीय सदस्य तथा सभासद् वल वहादुर केसीले घटनालाई ढाकछोप गर्ने प्रयास भईरहेकाले विरोध गरिएको बताउनुभयो । प्रहरीले भने घटनाको अनुसन्धान भईरहेको भन्दै आवश्यक परे सवारी धनीलाई पनि पक्राउ गरिने बताएको छ ।  NEWS COPY FROM-RADIO KANTIPUR

फाप्लु बिमानस्थलमा आगामि ६ गते परिक्षण उडान हुने

बिक्रम श्रेष्ठ । भाद्र ३१– बिगत डेढ बर्ष यता स्तरउन्नतीका लागि स्थगित गरिएको सोलुखुम्बुको सल्लेरी २ स्थित फाप्लु बिमान स्थलमा आगामि ६ गते सोमबार परिक्षण उडान हुने भएको छ । मर्मतको ८० प्रतिशत कार्य सकिएको सो बिमान स्थलमा सर्बसाधारणको मागलाई ध्यानमा राखेर दशै अगाबै बिमान संचालनमा ल्याउने तयारि स्बरुप परिक्षण उडान गर्न लागिएको नागरिक उड्यन प्राधिकरणका ईन्जिनियर रत्न बहादुर श्रेष्ठले जानकारी दिनुभयो । परिक्षण उडान सफल भए दशै अगाबै बिमान स्थल सुचारु हुने उहाको भनाई छ । परिक्षण उडानका लागी आज बिहानै देखी बिमानस्थलको धावनमार्गमा रेखाङकन गर्ने, छेउकुनाका ढुंगामाटोहरु स्काभेटर लगाएर हटाउने लगायतको काम भईरहेको छ । नेपाल एयर लाईन्सको टेईनअटर बिमानले परिक्षण उडान भर्ने बताईएको छ । यदी परिक्षण उडान सफल भए दशै लक्षीत उडानहरु सुचारु हुने र निर्माणाधीन कार्यलाई जारी राखीनेछ ।

तीन सय नेपाली कामदार लैजान इजरायल सहमत

काठमाडौं : इजरायलले पाइलट प्रोजेक्टअन्तर्गत पहिलो चरणमा तीन सयजना नेपाली कामदार लैजाने भएको छ। यसरी जाने नेपाली नेपालीले केयर गिभर (हेरचाह गर्ने) को काम गर्नुपर्नेछ। नेपाली कामदार लिने सम्बन्धमा छलफल गर्न आएको इजरायली टोली र नेपाल सरकारका प्रतिनिधिबीच सोमबार भएको वार्तामा यस्तो सहमति भएको हो। कामदार पठाउने मोडालिटीबारे भने टुंगो लागेको छैन। द्विपक्षीय वार्ता गरी साझा खाका बनाएर मोडालिटीबारे टुंगो लगाउने सहमति भएको छ। इजरायलमा सरकारी तहबाट कामदार पठाउने सम्बन्धमा दुई देशका अधिकारीबीच आइतबार काठमाडौंमा सुरु भएको वार्ता सोमबार सम्पन्न भएको छ। इजरायलका दुई सरकारी अधिकारी र नेपालका लागि इजरायली राजदूत सम्मिलित टोलीले नेपाली अधिकारीसँग वार्ता गरेको हो। टोलीले आइतबार श्रम तथा रोजगारमन्त्रीसहित मन्त्रालयका उच्‍चअधिकारीसँग वार्ता गरेको थियो भने सोमबार श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीसँग वार्ता गर्‍यो। श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले पाइलट प्रोजेक्टअन्तर्गत पहिलो चरणमा तीन सय नेपाली कामदार लिन इजरायल सहमत भएको जानकारी दिए। '

शिक्षक पदस्थापनाको काम अझै अन्योल

जिल्ला शिक्षा अधिकारी कार्यालयमा निमित्त समेत नदिई काठमाडौं हिडेपछि शिक्षक दरबन्दी मिलान् तथा पदस्थापनाको काम अन्योलमा परेकोछ । गएको मंगलवार राती शिक्षक दरबन्दी मिलान्को लागी शिक्षक पद कटौती र थपको सुचि तयार गरेर प्रक्रिया शुरु गरेको बताएपनि जिल्ला शिक्षा अधिकारी पारिवारीक कारण देखाउँदै काठमाडौं गएपछि अन्योलता बढेको हो  शिक्षक दरबन्दी मिलान् गरी यहि महिनाभित्र पदस्थापन समेत गर्ने भनिएपनि जिल्ला शिक्षा अधिकारी नै नभएपछि आफुहरुलाई नियुक्ती दिने कार्य अन्योलमा परेको शिक्षक सेवा आयोगले सिफारिस गरेका शिक्षकहरुले गुनासो गरे । जिल्ला शिक्षा कार्यालयको भद्रगोल अबस्थाका कारण अब यो महिनामा दरबन्दी मिलान् र पदस्थापनाको काम सम्पन्न नहुने अबस्थामा पुगेको नेपाल शिक्षक युनियन सोलुखुम्बुका अध्यक्ष गुणराज निरौलाले बताउनुभयो । जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुका कर्मचारीहरु कार्यालयमा निमित्त समेत कसैलाई नदिएको बताउँछन् भने काठमाडौं जानुभएका जिल्ला शिक्षा अधिकारी संकरकुमार कार्कीको मोबाईलमा सम्पर्क हुन सकेन ।

१० विद्युत् आयोजनाको लाइसेन्स खारेज गर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको सर्त पूरा नगरेको भन्दै ५ सय ६६ मेगावाट क्षमताका १० आयोजनाको विद्युत् अनुमतिपत्र (लाइसेन्स) खारेज गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ ।   पछिल्लो समयमा १ वर्षभित्र विद्युत् खरिद सम्झौता (पीपीए) र लगानी जुटाउने सर्तमा ऊर्जा मन्त्रालयले प्रवद्र्धकलाई विद्युत् उत्पादन लाइसेन्स दिँदै आएको छ । धेरै आयोजनाका प्रवद्र्धकलाई ऊर्जाले यही सर्त राखेर लाइसेन्स दिँदै आएको छ । अब पीपीए र लगानी जुटाउन असफल प्रवद्र्धकको लाइसेन्स स्वतः खारेज हुने अख्तिायारले बताएको छ । अख्तियारले अनुसन्धान जारी राखे धेरै आयोजनाको लाइसेन्स खारेज हुने अवस्था आएको छ । ‘झोलामा खोला’ राखेर हिँड्ने प्रवृत्तिको अन्त्य गर्न प्रारम्भिक चरणमा यो कारबाही गरेको अख्तियारले स्पष्ट पारेको छ । सर्त पालना नगरी आयोजना ओगटेर बस्ने अन्य प्रवद्र्धकमाथि पनि छानबिन हुने अख्तियारले जानकारी दिएको छ  । ऐनले तोकेको भन्दा बढी अवधिका लागि सर्वेक्षण लाइसेन्स जारी गरेको, सर्तसहित उत्पादन अनुमतिपत्रहरू जारी गरेको सर्त पालना नगर्दा पनि कारबाही नगरी झोलामा खोला राख्ने प्रवृत्तिलाई ऊर्जा मन्त्रालयले समे

नेपाली कामदार सजिलै यूरोप-अमेरिका !

नेपालीहरु वैदेशिक रोजगारीका लागि मलेसिया र खाडी राष्ट्रहरुमा केन्द्रित रहेकामा अब युरोप, अमेरिकालगायतका मुलुकमा रोजगारीका लागि कामदार पठाउन सरकारले तयारी सुरु गरेको छ । वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक पहिचान गर्ने जिम्मा पाएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले विकसित मुलुकमा नेपालीलाई रोजगारीका लागि पठाउन आवश्यक कार्ययोजना तयार गरिसकेको छ । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले विकसित मुलुकमा नेपाली कामदार पठाउन प्रक्रिया सुरु भइसकेको बताउँदै यससम्बन्धी कार्ययोजनालाई बोर्डले अन्तिम रुप दिने तयारी गरिरहेकोे जानकारी दिए । उनले निकट भविष्यमा नेपालीहरुको गन्तव्य खाडी, मलेसियालगायतका मुलुकबाट स्थानान्तरण भई नयाँ विकसित मुलुकहरु गन्तव्य हुने बताए । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ सहभागी बिहीबारको बोर्डको बैठकले ‘उच्चस्तरीय वैदेशिक रोजगार प्रवद्र्धन समिति’ बनाउने सैद्धान्तिक सहमति गर्दै समितिलाई अन्तिम रुप दिने तयारी गरेको छ । बोर्डको अर्को बैठकले समितिका संयोजक र सदस्यहरुलाई पूर्णता दिनुका साथै समितिको कार्यविधिलाई पारित गर्नेछ । समितिमा श्रम मन्त्रालय

बाह्र बर्ष पछि काजक्रिया

भदौ १७ गते । शसस्त्र युद्धको समयमा २०५९ सालमा ज्यान गुमाएका नेचाबेतघारी २ सोलुखुम्बु निबासी रमेश कटेलको काजक्रिया मंगलबार सम्पन्न भएको छ ।  तत्कालिन सेनाले २०५९ साल भदौ ५ गते नेलेबजारबाट नियन्त्रणमा लिएर पत्ताले स्थित थालेडाँडामा हत्या गरिएको सुनिएपनि राज्यपक्षबाट हत्या भएको एकिन नगरेका कारण काजक्रिया नगरिएका कटेलको आफन्तले जनाएका छन् ।  शसस्त्र युद्धमा हिडेको व्यक्ति पक्राउ परेको सुनिएपनि हत्या भएको वा नभएको थाहा नपाई काजक्रिया गर्न नमिल्ने भन्दै हराएको १२ बर्ष पुरा भएपछि मृत्यु भएको मानेर पक्राउ परेकै मितिबाट काजक्रिया शुरु गरिएको जनाइएकोछ । उनलाई बेपत्ताको सुचिमा राखेको भएपनि पत्तालेमा हत्या गरिएको र सरकारले बेपत्ता तथा मृत्युबारे आफन्तलाई जानकारी नदिएको सहिद प्रतिष्ठान सोलुखुम्बुका अध्यक्ष लोकेन्द्र राउतले बताउनुभयो ।  राज्यले न मृत्यु भयो भन्छ, नत उसको अबस्थाबारे भन्छ, त्यसैले अन्योलमा रहेको परिवारले १२ बर्षसम्म काजक्रिया गर्न पाएनन्, १२ बर्षपछि मरेको बिस्वासका साथ धार्मिक बिधिअनुसार काजक्रिया भएको हो राउतले भन्नुभयो ।  नेलेबाट पक्राउ परेका कटेलको पत्तालेमा हत्या भएको जा

स्तुपा (माने) भत्काउने माथि कडा कार्वाहिको माग

चितवन ,भदौ १७ ,मंगलवार । जुटपानी ७ सुर्यपुर चितवनमा रहेको बौद्ध धर्मवलम्बिहरुको आस्थाको धरोहर (माने) स्तुपा तोडफोड भएको प्रति नेपाल तामाङ घेदुङ चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलवार विज्ञप्ति निकाली घेदुङले मान बहादुर योञ्जन सहित उनका परिवारको सम्लग्नतामा सार्वजनिक जग्गा आफ्नो बनाउन सुनियोजित तरीकाले माने भत्काएको भन्दै कडा कानुनी कार्वाहिको माग गरेको छ ।  माधक पदार्थ सेवन गरी यहि भदौ १५ गते आईतवार विहान ७ बजे स्तुपा तोडफेड गरेपछि स्थानियले क्षतिपुर्ति र पुर्ननिर्माणका लागी प्रहरीमा उजुरी दिएका थिए । लगतै ईलाका प्रहरी कार्यलय टाँडीले योञ्जनलाई पक्राउ गरेको छ । सम्लग्न अन्यलाई पक्राउ गर्नुको साटो मिल्नुपर्ने भन्दै आल टाल गर्न खोजेको भन्दै प्रशासनको पनि ध्यानाकर्षण गराईएको छ । घेदुङ अध्यक्ष मोहन स्याङबोद्धारा हस्ताक्षरीत विज्ञप्तिमा केही व्यक्तिले योञ्जनलाई छुटाउन प्रहरीलाइ दवाव दिईरहेकाले सो कार्यको विरोध गर्दै संस्कृतिमाथिको हस्तछेप भएकाले प्रशासनसँग कानुनी कार्वाहिको माग गरेको छ ।  सो स्तुपा तोडफोड भएको भिडियो समेत प्रमाण स्वारुप सुरक्षीत रहेको स्थानियवासी मो

अब ह्वाट्सएपमा भिडियो कल सेवा

पछिल्लो समयमा लोकप्रिय बन्दै गएको मोबाइल मेसेजिङ सेवा ह्वाट्सएपले अब छिटै निशुल्क भ्वाइस कलको सुविधा ल्याउने भएको छ । अन्तराष्ट्रिय मिडियाहरुको रिपोर्ट अनुसार एपको इन्टरफेसमा भएका पछिल्ला परिवर्तनलाई आधार मान्ने हो भने ह्वाट्सएपले छिटै नै आफ्ना ६० करोड प्रयोगकर्ताका लागि भ्वाइस कलको सुविधा ल्याउँदैछ । ‘हालै सार्वजनिक भएका युजर इन्टरफेसका गोप्य तस्वीरहरुले देखाउँछन् की अन्य भाषा अनुवादमा समेत एपलाई सक्रिय बनाइएको छ जसलाई कुनै प्रयोगकर्ताले ह्वाट्सएपमार्फत कल प्राप्त गर्दा डिस्प्ले गरिन्छ’, दी फसजोपलिन डट कमलाई उधृत गर्दै टाइम्स अफ इण्डियाले लेखेको छ । ह्वाट्सएपको सबैभन्दा पछिल्लो भर्सनमा उपलब्ध भाषा अनुवादको फिचर्सले अब भ्वाइस कल सेवा पनि छिटै आउँदैछ भन्ने कुराको संकेत गरेको छ । ह्वाट्सएपले भ्वाइसकल सेवा सुरु गर्न लागेको समाचार सार्वजनिक भैरहेका बेला उसैको मातृसंस्था फेसबुकले यस्तो सेवा ल्याउने नल्याउने विषयमा भने केही जानकारी नभएको रिपोर्टमा भनिएको छ । फेसबुकले ह्वाटएप्स खरीद गरेसँगै यसका प्रयोगकर्तामा १५ प्रतिशतले वृद्धि भैसकेको छ ।

जिल्लाको विकासमा जुर्मुराउ“दै– पिजी शेर्पा

सोलुखुम्बु जिल्ला गार्मा गाविस, जोरबौद्ध, नेमारका पासाङ ग्याल्जेन शेर्पा अर्थात पिजी जिल्लाको शैक्षिक विकास गर्न निकै कस्सिएर लागि परेका छन् । त्यसका लागि उनले आफ्नो दिवङ्गत बुबा मिजार पेम्बा गोर्जा शेर्पाको नाममा अक्षय कोष नै खोलेका छन् । स्वर्गीय बुबाको नाममा स्थापित मिजार पेम्बा गोर्जा स्मृति अक्षय कोषमार्फत उनले जिल्लाका विद्यार्थीको शिक्षामा सहयोग पु¥याई रहेका छन् ।  धर्म गुरु बुबाको नाममा स्थापना भएको सो अक्षय कोष उनले सुरुमा २ लाख रुपैया“ जम्मा गरेका थिए । सोही कोषको व्याजबाट उनले गार्माबाट एसएलसीमा फस्र्ट डिभिजन ल्याउने दुई जना छात्रछात्रालाई ५ हजार ५ रुपैया“ छात्रवृत्ति प्रदान गर्दै आइरहेका छन् । अक्षय कोषको राशी ५ लाख बनाउने योजनामा रहेका पिजीले यो वर्ष १ लाख रुपैया“ थपेका छन् । उनी छात्रवृत्ति मात्रै प्रदान गर्दैनन्, विद्यालयको भौतिक विकासमा पनि ध्यान दिन्छन् । हालसालै उनले जीर्ण बनेको गार्मा माविको पर्खाललाई आफ्नै खर्चमा मर्मतसम्भार गरी ढलान पनि गरिदिएका छन् । भन्छन, ‘सकेको सहयोग गर्नु पर्छ, हामीले नगरे कसले गर्छ ?’ विद्यालयले पनि उनको कामको तारिफ गर्दै दोसल्ला ओढाएर स