Skip to main content

Posts

Showing posts with the label नेपाली कांग्रेस सोलुखुम्बु

क्रियाशिल सदस्यतालार्इ लिएर कांग्रेस सोलुखुम्बुका दुवै पक्ष अनशनमा

सदस्यताको विषयलाई लिएर नेपाली कांग्रेस सोलुखुम्बुका दुवै गुटका नेताहरु कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा अनशनमा बसेका छन् ।   केन्द्रीय सदस्य सदस्य बलबहादुर केसीले सोलुखुम्बुको नयाँ सबै क्रियाशिल सदस्य बदर गराउनु पर्ने माग गर्दै रिले अनशन सुरु गरेका छन् भने जिल्ला सभापति आङगेलु शेर्पा लगायतको टोलीले सबै नयाँ पुराना दुवैखाले क्रियाशिल सदस्यता सदर गरी मताधिकारी दिन माग गर्दै सोमवारबाट अनशनमा बसेका हुन् । १३ औँ अधिबेशनको आधारशिलाको रुपमा रहेको क्रियाशिल सदस्यता सदर गराउनु पर्ने र बदर हुनुपर्ने दुई थरी मत अन्ततः केन्द्रीय कार्यालयमा अनशन बस्ने सम्म अवस्थामा पुगेको हो । पार्टीका केन्द्रीय सदस्य नरहरि आचार्य नेतृत्वको क्रियाशिल छानविन समितले सोलुखुम्बुका नयाँ पुराना सबै क्रियाशिल सदस्यता सदर गरी १८ गाविसलाई मताधिकारसहितको अधिकार सुनिश्चित गरेको प्रतिवेदन केन्द्रीय समितिमा पेश गरेपछि सो निर्णयप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्य केसीले नयाँ क्रियाशिल सदर गराएर आफूमाथि अन्याय गरेको भन्दै आइतवारवाट नै अनशन सुरु गरेका थिए । केसीको टोलीमा माहासमिति सदस्यहरु रामबहादुर बस्नेत...