Skip to main content

Posts

Showing posts from November, 2017

हुम्लामा तारा एयरको जहाज दुर्घटना, पाइलटसहित चार घाइते

हुम्ला—तारा एयरको एउटा ट्विन अटर जहाज हुम्लाको सिमिकोट विमानस्थलबाट उड्न लाग्दा दुर्घटनामा परेको छ। दुर्घटनामा परी दुई प्रहरी र चालक दलका दुई जना घाइते भएका छन्। घाइते प्रहरीको टाउकोमा चोट लागेको छ। सिमिकोटबाट विमानस्थलबाट सुर्खेत उड्नका लागि धावनमार्गमा कुदिरहेको जहाज पाङ्ग्रा पञ्चर भएर दक्षिणतर्फ पुगेको थियो। जहाजमा १३ प्रहरीसहित ३ जना चालक दल सदस्य थिए। जहाजमा रहेका प्रहरी हुम्लाको र्विाचन सकेर सुर्खेत फर्किन लागेकाहरु थिए।

सोलुखुम्बुका दुई मतपेटिका पानीले भिजेको आशंका

सोलुखुम्बु, मंसिर १२–सोलुखुम्बुमा सदरमुकाम सल्लेरी ल्याउने क्रममा  २ वटा मतपेटिका भित्र पानी पसेको आशकां गरिएको छ । सोताङ गाउँपालिका अन्र्तगतका हुगां आधारभुत विद्यालय र पञ्चकन्या आधारभुत विद्यालय मतदान केन्द्रका  मतपेटिका भित्र पानी पसेको आशंका गरिएको हो ।   गाडीबाट ढुवानी गरिएको मतपेटिका बीच बाटोमा गाडी बिग्रेपछि ट्याक्टरमार्फत ढुवानी गरिएको  गरिएको थियो । दुधकौशीका गाउँपालिका वडा नम्बर ७ झरेनीमा पुगेपछि पानी परेको थियो । पालबाट भित्र पानी छिरेको आशंका गरिएपछि  मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुले सर्वदलीय छलफल आयोजना गरेको छ ।  छलफलपछि पानीका कारण  भिजेको भनिएको मतपेटिका अगाडि गणना गर्ने र मतपत्रमा लगाइएको छाप प्रष्ट हुने गरी सामान्य  मसी लतपतिएको भए सदर गर्ने र नबुझिने गरी लतपतिएको भए बदर गर्ने सहमती भएको छ । मतपत्र ढुवानीमा मतपेटिकामा पानी छिर्नु मुख्य निर्वाचन अधिकृतको कार्यलयको मुख्य कमजोरी भएको दलहरुले आरोप लगाएका छन् ।   ढुवानीको क्रममा आवश्यक व्यवस्थापन गर्दा गर्दै कम्जोरी हुन गएकाले  मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्वीकार गरेका छ । सोमबार राति २ बजे मतपे

सोलुमा कुन नेताले कहाँवाट मतदान गरे ?

सोलुखुम्बु-  सोलुखुम्बुमा मुख्य प्रतिष्पर्धामा रहेका वाम र कांग्रेस नेताहरुले आ–आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन्। प्रतिनिधि सभाका कांग्रेस उम्मेद्वार बल बहादुर केसीले नेचा –सल्यान गाउँपालीकाको विपि संस्कृत माविमा रहेको मतदान केन्द्रबाट मतदान गरे।   त्यस्तै वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हेम कुमार राई सुरबिरले फुर्के सामुदायिक बनको भवनमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन्।  कांग्रेस तर्फबाट प्रदेश सभा ‘क’ का उम्मेदवार प्रकास सिंह कार्कीले नेचा–सल्यान गाउँपालिकाको रुँगास्थानी आधारभुत विद्यालय र प्रदेश सभा ‘ख’ का उम्मेदवार आङगेलु शेर्पाले तामाखानीको पिके माविमा रहेको मतदान केन्द्रबाट मतदान गरे। त्यस्तै, वाम गठबन्धनको तर्फबाट प्रदेश सभा ‘क’ का उम्मेदवार उत्तम बस्नेतले दुधकौसीका गाउँपालीकाको काँगेल बाउन्डीमा रहेको मतदान केन्द्र र ‘ख’ का उम्मेदवार बुद्धिकुमार राजभण्डारीले सोलु–दुधकुण्ड नगरपालीको छुल्यामु आधारभूत विद्यालयको केन्द्रबाट मतदान गरे। यसैबीच, सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालीकामा ९१ वर्षिय बृद्धले मतदान गरेका छन्। खुम्बु पासाङल्हमु गाउँपालीका १ बुक्सा आध

गाउँपालिकाको वडाबाट उपलब्ध हुने सेवा

नयाँ संरचनाअनुसार स्थानीय तह कार्यान्वयनमा आएपछि सेवाग्राहीहरु अन्योलमा परेका छन् । विशेष गरी गाउँ पालिकाको नयाँ व्यवस्थासँगै गाविसबाट हुँदै आएको काम कारबाही र उपलब्ध सेवा बारे नागरिकमा अन्योल बढेको हो । नयाँ व्यवस्थाअनुसार गाविसले पहिले प्रदान गर्दै आएको सेवा अब गाउँपालिकाको वडाबाट उपलब्ध हुनेछ ।  अब वडा कार्यालयमा पाइने सुबिधाहरु निम्न छन्ः १) नाता प्रमाणित, २) नागरिकता र प्रतिलिपी सिफारिस, ३) घर बहाल कर शिफारिस, ४) मोहि लगत कत्ता शिफारिस, ५) घर जग्गा कर, ६) जन्ममिति प्रमाणित, ७) व्यापार व्यवसाय खोलेको बन्द गरेको, ८) मिलापत्र, ९) विवाहित अविवाहित, १०) निशुल्क उपचार सिफारिस, ११) अङ्ग्रेजी भाषामा सिफारिस, १२) घर जग्गा प्रमाणित, १३) व्यक्तिगत प्रमाणित, १४) घरपुर्जा प्रमाणित, १५) पुर्जा हराएमा प्रमाणित, १६) कित्ताकाट सिफारिस, १७) नामथर जन्म मिति संशोधन, १८) मृत्युु दर्ता, हकदार नामसारी, १९) उद्योग नामसारी, ठाँउसारी, २०) पूर्व प्रथामिक विद्यालय खोल्ने सिफारिस, २१) जग्गा ,धितो मुल्यांकन, २२) विद्यालयको कक्षा थप्ने, २३) पोषण सम्बन्धि,

सुनसान छ सोलुखुम्बुको तिङला

सोलुखुम्बु – मुलुकभर प्रदेश र प्रतिनिधि सभाको चुनावी माहौल तात्दै गए पनि सोलुखुम्बुको तिङला क्षेत्र सुनसान देखिएको छ । सोलुदूधकुण्ड नगरपालिकामा समावेश हुन पाउनुपर्ने मागसहित आन्दोलनमा रहेका तिङला क्षेत्रमा कुनै पनि दलका उम्मेदवार चुनावी प्रचारप्रसारका लागि पुगेका छैनन्। चुनावमा को उम्मेदवार भए, कसले जित्छ, कसले हार्छ भन्ने केही चर्चा छैन तिङलामा । स्थानीय तहको चुनावमा ‘नो भोट नो क्यान्डिडेट’ अभियान चलाएका उनीहरू प्रदेश र प्रतिनिधिसभा चुनाव पनि बहिष्कारको पक्षमा छन् । जिल्लाको सिफारिस विपरीत स्थानीय तह बनाइएपछि तिङलाबासी आन्दोलित छन् । तिङलाबासीहरू अझै तिङलालाई सोलुदूधकुण्ड नगरपालिकामा समावेश गर्नुपर्ने माग गर्दै ‘नो भोट नो क्याण्डिडेट’ अभियानमा छन् । स्थानीय तहको निर्वाचनमा पनि सो अभियान चलाएका तिङलाबासीले मतदानमा सहभागी बन्ने इच्छा भए पनि माग पूरा नभएसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने बताएका छन् । उनीहरूमा निर्वाचनमा भाग लिँदा अहिलेसम्मको संघर्ष तुहिने हो कि भन्ने चिन्ता छ । आपूmहरूको चाहना विपरीत नेचासल्यान गाउँपालिका अन्तर्गत राखिएको भन्दै आन्दोलनमा रहेका उनीहरूलाई न

बलबहादुर केसी सोताङमा लखेटिए

चुनावी कार्यक्रम रोक्न खोजेको बाम गठबन्धनको आरोप, केसी भन्छन् ‘मलाई नसोध्नुस्’ सोलुखुम्बु, २४ कात्तिक । नेपाली कांग्रेस सोलुखुम्बुका प्रतिनिधि सभा सदस्यको उम्मेद्धार बलबहादुर केसी आफ्नै गृहजिल्लामा लखेटिएका छन् । चुनावी प्रचारप्रसार अभियानको क्रममा रहेका केसीलाई बाम गठबन्धनका कार्यकताबाट शुक्रबार विहान सोताङमा लखेटिएका हुन् । शुक्रबार सोताङमा बाम गठबन्धनको चुनावी कार्यक्रम हुदैछ । उक्त कार्यक्रमको लागि बाम गठबन्धनका उम्मेद्धार हेमकुमार राई, समानुपातिक उम्मेद्धार सोनाम शेर्पा, चुनाव परिचालन समितिका संयोजक मानबीर राईलगायत सोताङमा छन् । केसी पनि महाकुलुङ तर्फको कार्यक्रम सकेर सोताङ आइपुगेका थिए । सोही क्रममा विहिबार नै केसीको कार्यकर्ता र बाम गठबन्धनका कार्यकर्ताबीच झडपको स्थिति सिर्जना भएको थियो । केसीका कार्यकर्ताहरुले विहिबार राती बाम गठबन्धनको पर्चा पम्प्लेट च्यातेपछि बाम गठबन्धनका कार्यकर्ताहरुले त्यसको प्रतिरोध गर्दा स्थिति तनावपूर्ण बनेको बताइएको छ । अन्तिममा केसीका कार्यकर्ताहरु भागेपछि स्थिति साम्य भएको थियो । पुनः शुक्रबार विहानै दुई पक्षबीच विवाद उत्पन्न भयो । करिब

हेली एभरेष्टले हवाइ सुरक्षामा खेलवाड गरेको भन्दै अमेरिकन पाइलटले दिए राजीनामा

हेली एभरेष्टले हवाइ सुरक्षामा गम्भीर खेलवाड गरिरहेको आरोप लगाउँदै त्यहाँ कार्यरत पाइलटले राजीनामा दिएका छन् । हेली एभरेष्टका अमेरिकन पाइलट माइकल रबिन्सनले हवाइ सुरक्षामा गम्भीर खेलवाड भइरहेको र काम गर्ने वातावरण नरहेपछि राजीनामा दिन बाध्य भएको बताएका छन् । हवाइ सुरक्षामा ध्यान दिन आफूले पटक पटक व्यवस्थापन पक्षसँग आग्रह गरेको, नमानेपछि नागरिक उड्ययन प्राधिकरणमा समेत लिखित निवेदन दिदाँ कुनै सुनुवाइ नभएको उनले बताएका छन् । ‘मैले हेली एभरेष्टले हवाइ सुरक्षा उल्लद्यंन गर्दै आएपछि सरकारी निकायलाई जानकारी गराएको गराएको थिए हुनै सुनुवाइ नभएपछि जोखिम मोल्न सकिन् ‘ रबिन्सनले भनेका छन् । उनले हेली एभरेष्टले उडान तालिका तत्कालको तत्काल तय गर्ने गरेको आरोप लगाएका छन् ।  उडान भर्नुभन्दा अगाडि रुट, वैकल्पिक रुट, इन्धन, वजन तथा सन्तुलन अपेक्षित उडानका बारेमा जानकार रहनुपर्ने भएता पनि हेली एभरेष्ट यस विषयमा गम्भीर नभएको उनले बताए। मौसम अनुसार उडान प्रभावित र उडान तालिका परिवर्तन हुने गरेतापनि हेली एभरेष्टले हरेक दिन हचुवाको भरमा उडान तालिका फेर्ने र नयाँ उडान थप्ने गरेको उनले आरोप लगाए।

अमाडब्लम हिमालमा लडेर विदेशीको मृत्यु

सोलुखुम्बु । एक विदेशीको लडेर मृत्यु भएको छ । अमाडब्लम हिमाल आरोहण गरेर फर्कने क्रममा लडेर ५९ वर्षीय कोरियाली न्यान हुन्लीको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बले जनाएको छ । हिमाल आरोहण गरेर फर्कने क्रममा करिब छ हजार ६०० मिको उचाइ पुग्दा लडेर उनको मृत्यु भएको आज प्रहरीले पुष्टि गरेको छ । यही कात्तिक ३ गते हाइट हिमाल ट्रेक कम्पनी काठमाडौँमार्फत उनीसहित सात टोली काठमाडौँबाट सोलुखुम्बु आएको थियो । उनको शव आजै फिस्टेल एयरको हेलिकप्टरबाट लुक्ला ल्याई कानूनी प्रक्रिया पूरा गरी काठमाडौँको शिक्षण अस्पताल लगिएको सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिए । copyright source: sagarmatha online

सोलुखुम्बुमा सुरवीर र बलबहादुर भिड्दै

कार्तिक १६, २०७४-सुरवीर राई र बलबहादुर केसी, नाम सुन्दै बलियो र सुरो लाग्न सक्छ । आगामी निर्वाचनको संघीय प्रतिनिधिसभाका लागि यी दुइजना सोलुखुम्बुबाट भिड्दैछन् । सुरवीर राईको खास नाम हेमकुमार राई हो । वाम गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका उनी माओवादी नेता हुन् । बलबहादुर केसी काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री पनि हुन् ।  यी दुईको चुनावी भिडन्त पनि नामजस्तै रोचक हुने अनुमान गरिएको छ । प्राय: केन्द्रिय नेताहरु गृह जिल्ला बाहिर गएर पनि चुनाव लड्ने चलन छ । तर बलबहादुर केसी २५ वर्षदेखि सोलुखुम्बुबाटै उम्मेद्वार बन्ने गरेका छन् । ०६४ मा माओवादीका गोपाल किरातीसँग पराजित भएपनि ०७० को संविधानसभामा सभासद निर्वाचित भएपछि बलबहादुर पुरानै लयमा फर्किएका थिए । स्थानीय तह निर्वाचनलाई आधार मान्ने हो भने वाम गठबन्धन काँग्रेसभन्दा बलियो देखिएका छन् । जिल्लामा रहेका आठ स्थानीय तहमध्ये दुधकुण्ड नगरपालिकामा मात्र प्रमुुख पदमा कांग्रेस विजयी भएका थिए । अन्य तीन स्थानीय तहमा माओवादी र चार स्थानीय तह एमालेको पोल्टामा परेको थियो । एमाले र माओवादी दुवैको मत बाँडिएन भने वामले जित्ने प्रबल

स्थानीय सरकारलाई पर्यटक शुल्क उठाउन रोक

सरकारले स्थानीय तहले जथाभावी पर्यटक शुल्क असुल्न थालेपनि सरकारले रोक लगाएको छ। आफूखुशी चर्को शुल्क उठाउँदै आएको गुनासो पर्यटकबाट आएपनि आइतबार सघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो निर्णय गरेको हो । विज्ञप्तीमा आफ्नो नगरपालिका र गाउँपालिकाहरुले आफ्नो भौगोलिक क्षेत्रभित्र प्रवेश गर्ने आन्तरी तथा वाह्य पर्यटकबाट कुनै पनि किसिमको शुल्क लिन नपाउने उल्लेख गरिएको छ । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम भौगोलिक सीमामा प्रवेश गरेवापत् शुल्क लिन नपाउने व्यवस्था छ । तर कानुन मिचेर जथाभावी शुल्क असुलेपछि सरकारले यस्तो व्यवस्था लागु गरेको हो । अब कुनै पनि स्थानीय निकायले आफूशुखी पर्यटक शुल्क असुल्न पाउने छैेनन् ।