Skip to main content

Posts

Showing posts from May, 2015

भुकम्पको केन्द्रविन्दु भएको गोरखा जिल्लाको एक बजारको सिसिटिभी फुटेज.

भुकम्पको केन्द्रविन्दु भएको गोरखा जिल्लाको एक बजारको सिसिटिभी फुटेज...बैशाख १२ गतेको विनाशकारी भुकम्प मच्चाएको आतंका हेर्नुहोस ।

तितो करेलामा लुकेको जीवनको रहस्य

खाँदा तितो हुने करेला अधिकांश मानिसका लागि मन नपर्न सक्छ । तर यसमा हाम्रो शरीरलाई चाहिने यति धेरै तत्वहरु पाहिन्छन् । जानेर तपाई अचम्मीत हुनुहुनेछ । तितो स्वाद भएको करेलामा मानिसको जीवनको रहस्य लुकेको छ भन्दा पनि फरक नपर्ला । यसको तरकारी तथा जुस पिनाले कहियाँै रोगहरुबाट मुक्त बनाउँछ ।  स्वास सम्बन्धि रोगलाई टाढा राख्छः  तितेकरेलाको नियमित सेवनले स्वास सम्बन्धि विभिन्न किसिमका रोगबाट टाढा राख्ने काम गर्छ । यसको सेवनले अस्थमा, सर्दी, प्रत्येक दिन विहान करेला र तुलसीका पातलाई पिसेर महसँग खानाले स्वास तथा दमसम्बन्धि रोगमा फाइदा पुर्याउँछ ।  लिभरको लागि उपयुक्त हुन्छः   खानामा हुने गडबडीका कारण शरीरमा हुने समस्याको सिधा प्रभाव कलेजोमा पर्छ । कलेजोको समस्या भयो भने मानिसको स्वास्थ्यमा गम्भीर अवस्था सिर्जना हुन्छ । तर शरीरको महत्वपूर्ण अंग मानिने कलेजोलाई स्वस्थ राख्नका लागि करेलाले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्छ । कलेजोलाई स्वस्थ राख्नका लागि दैनिक एक गिलास करेलाको जुस पिनु उपयुक्त हुन्छ । कलेजोको समस्याबाट मुक्ति पाउन एक सातासम्म नियमित करेलाको जुस पिउनु उपयुक्त हुने चिकित्सकह

सञ्चै छ नाम्चेलाई

सोलुखुम्बु-‘नाम्चे बजार पूरै ध्वस्त भनेर हल्ला चलाइयो, बजारका केही आवायीय घरबाहेक केही भएको छैन,' नाम्चे बजारका आङछिरिङ शेर्पाले वास्तविकता सुनाए। भूकम्पले तर्सिएर पर्यटकहरु फर्किनु स्वाभाविक भए पनि यहाँका होटल र लजहरु जस्ताको तस्तै छन्। ‘हामी पर्यटकलाई जतिखेर पनि सेवा दिन तयार छौं,' होटेल व्यवसायी शेर्पाले भने। हिमपहिरोले गरेको बाहेक खुम्बु क्षेत्रमा बाहिर हल्ला गरे जस्तो क्षति नभएको उनको भनाइ छ। सगरमाथाको प्रवेशद्वार नाम्चेले प्रचार गरिएजस्तो क्षति बेहोरेको छैन। केही घर सामान्य चर्किएका छन्। त्यसबाहेक नाम्चे बजारमा ठूलो क्षति भएको छैन। नाम्चेका ग्रामीण भेगमा भने अढाइ सय जति निजी घर पूर्णक्षति र डेढ सय जतिमा आंशिक क्षति भएको छ। ‘बजारका ४ जटा होटल र लज क्षतिग्रस्त छन् अरु सामान्य। नाम्चे बजार पूरै ध्वस्त भनियो तर त्यो वास्तविकता होइन,' नाम्चेका अगुवा आङफिन्जो शेर्पाले नागरिकसँग भने, ‘अहिले पनि यहाँका सबै पर्यटन व्यवसायी पर्यटकको सेवा गर्न तयार छन्, नाम्चेको मुहार जस्ताको तस्तै छ।'  ५३ वटा होटल र लज रहेको नाम्चे बजार विश्वकै आकर्षक पर्यटकीय नगरी हो। सर्वोच्च श

दिन बितेपनि रात बिताउन गाह्रो

जेष्ठ १५ \ सरिता राई - सदरमुकाम सल्लेरीमा स्टेशनरी पसल गर्दै आउनुभएकी छोकीमाया तामाङ्ग परिवारले दिन त जसोतसो बिताएपनि रात बिताउन निकै कठिन भएको बताएका छन् ।  गत वैशाख १२ गतेकोे भूकम्प र त्यसपछि आईरहने पटक–पटकको पराकम्पनको कारण त्रिपाल हालेर बसेका तामाङ्ग परिवारलाई भुकम्पको पिडासंगै रातभर जसो आउने हावाहुरीले थप सास्ती दिएको छ ।  सदरमुकाम सल्लेरीमै होटल गर्दै आएकी याङजी शेर्पाको व्यथा पनि उस्तै छ । उनीहरु पनि रातभर सुत्न पाउँदैनन् । हावाहुरीले पाल लैजाला भनेर रातभर समातेर बस्छन् । एता नेचा बेतघारी गा.वि.सका सुनसरी राईको घर भत्केर बस्न नहुने भएपछि खुल्ला स्थानमा बाँसको छाप्रो बनाएर बसेका छन् तर रातभर पानी परेर चुहिएकोले सुत्न पाएनन् ।  भूकम्पले दिएको पिडा भुल्न नसकेका उनीहरुलाई प्रकृतिले थप पिडा दिँदा आजित भएका छन् । दिनभर आ–आफ्नो काम गरेर थकान मेट्न पालमा पुगेका उनीहरुलाई रातभर हावाहुरीसंगै पानीले सुत्न दिँदैन । केही दिन यता हावाहुरी चट्याङ्गसंगै पानीपर्दा भूकम्पपिडितहरु थप त्रसित बनेका छन् । खुल्ला आकाशमुनीको बसाई त कष्टकर छ नै त्यसमाथि रातभरीको हावाहुरी । लड्न लागेको घर उडाईदि

भूकम्पका कारण सोलुखुम्बुका १८ वटा बस्ती उच्च जोखिममा....

भूकम्पका कारण सो लुखुम्बुका १८ वटा बस्ती उच्च जोखिममा.... सोलुुखुम्बु, १४ जेठ – भूकम्पका कारण पहिरोको समेत जोखिम बढेपछि सोलुखुम्बुका विभिन्न १८ वटा बस्ती अन्यत्र सार्नुपर्ने देखिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिको तथ्याङ्कअनुसार जिल्लाको विभिन्न १५ गाविसमा पर्ने १८ वटा बस्तीका एक हजार ३५७ घरधुरीलाई अन्यत्र सार्नुपर्ने अवस्था भएको हो । ती बस्तीमा पहिरोका जोखिम बढेको बताइएको छ । प्रारम्भिक विवरणअनुसार जोखिममा रहेका ती बस्तीमा रहेका छ हजार ७३९ जनसङ्ख्यालाई अन्यत्र सार्नुपर्ने अवस्था आएको हो । भूकम्पपछि पहिरोको जोखिममा परेका बस्तीमा चाँैरीखर्क–५ को टोकटोक, टाक्सिन्दु–४ र ६ को नुनथला र हवे गाउँ, बासा–६ को घिमिरे गाउँ, वाकु–२ को हाकुला, काकु–९ को लेवा र अम्रास, देउसा–१ को तेम्लाबाया र लुर, पावै–३ को चेमेदु रहेका छन् । त्यस्तै बुङ–१ को पात्ले, गुदेल–६ र ७ को चाचालुङ, छेस्काम–१ र ९ को सिमानामा रहेको खाम्हदो, लोखिम–८ को लिखिपे, भकाञ्जे–९ को किञ्जाबजार, गोली–५ को यर्माखु, केरुङ–२ र ३ को लाखोप र खाम्चे तथा नेचाबतासे–७ को अँधेरी गाउँ रहेका छन् । यो प्रारम्भिक विवरण भएकाले यस्ता ज

सहयोगप्रति हार्दिक आभार प्रकट गर्दछौँ ।

बैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गएको विनाशकारी भुकम्प र बैशाख २९ गते लगायतका पराकम्पनहरुबाट पिडितहरुलाई सोलुखुम्बु जिल्लामा विभिन्न संघ संस्था, राजनैतिक दल, समाजसेवी, पत्रकार, नागरिक समाज, स्थानीय बासिन्दा, प्रशासन, नेपाल सरकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत सम्पूर्ण सहयोगी मनहरुले गर्नुभएको सहयोगप्रति हार्दिक आभार प्रकट गर्दछौँ । यस्ता खालका विपत्तिमा आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गर्दछौँ । अबका दिनमा ध्वस्त भएका संरचनाहरुको पुनर्निमाणमा पनि सहयोगको अपेक्षा गर्दछौँ ।  सोलुखुम्बु फेसबुक www.facebook.com/onlinesolukhumbu

दुधकोशीमा बाढी आउँदा सोलुका बासिन्दा त्रसित

बाबुकाजी कार्की १२ जेठ, सोलुखुम्बु । खुम्बु क्षेत्रको हिमनदी संगै दुधकोशी नदीमा पानीको बहाव ह्वात्तै बढेपछि स्थानीय त्रसित भएका छन् । ल्होत्से र नुप्त्से हिमालबाट बगेर आउने हिमनदीको आकार नियमित भन्दा अस्वाभाविक रुपले बढेपछि छुकुङ, पाङबोचे, दिङबोचे क्षेत्रका बासिन्दा आतंकित बनेका हुन् । गएराति १० बजेतिर दुधकोशी नदीमा ठूलो आवाजका साथ धमिलो पानी बग्न थालेपछि उनीहरु रातारात अग्लो स्थानमा सरेका थिए । नदीको आकार गएराति नियमितभन्दा ३ गुणाले बढेको पाङबोचे गुम्बाका अध्यक्ष आङनुरु शेर्पाले जानकारी दिए । नदीको आकार एक्कासी बढेपछि स्थानीयले इम्जा हिमताल फुटेको आशंका गरेका थिए । तर, प्रमुख जिल्ला अधिकारी ढकालले इम्जा हिमताल नफुटेको बताए । अरु कुनै साना हिमताल फुटेको हुनसक्ने अनुमानमा अध्ययन अनुसन्धान अघि बढाइएको उनले बताए । ‘इम्जामा पानी निक्कै कम छ, त्यो फुटेको होइन’ प्रमुख जिल्ला अधिकारी ढकालले भने, ‘अरु कुनै सानो हिमताल फुटेको चाहिँ हुनसक्छ । हामीले अध्ययन सुरु गरेका छौं ।’ दिङबोचेका होटल ब्यवसायी बरुङमिा शेर्पाका अनुसार छुकुङ गाउँभन्दा माथिका ल्होत्से र नुप्त्से हिमालका फेदमा स-साना

गाउँलेले यसरी पहिल्‍याए अमेरिकी हेलिकोप्टर दुर्घटनास्थल

आगो र रातो कपडा चिनो राखेपछि बल्‍ल पहिचान, आठमध्‍ये पाँ शव फेला काठमाडौं : बिनाशकारी भूकम्प पछि घाईतेको उद्धारका लागि अमेरिकी सरकारले नेपाल पठाएको अमेरिकी सेनाको 'यू एच वान वाई हु वे' हेलिकोप्टर दोलखाका र सिन्धुपाल्चोकको सीमाना कालिन्चोकस्थित घोर्थली जंगलमा भेटिएको छ। स्थानीय वासिन्दाको फोन सम्पर्कले दुर्घटनास्थल पत्ता लागेको हो। शुक्रबार बिहान सात बजे सिन्धुपाल्चोक घोर्थलीका स्याङबो शेर्पाले ९८१८०३४२२७ नम्बरबाट जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा फोन गरेर दुर्घटनास्थलबारे जानकारी गराएका थिए।  शेर्पाको सुचना अञ्चल प्रहरी कार्यालय बाग्मति हुँदै प्रहरी प्रधान कार्यालयको कार्य विभागका डिआईजी हेमन्त बहादुर पालसम्म पुगेको थियो। पालले गृह मन्त्रालयको राष्ट्रिय आपत कालिन उद्धार केन्द्रमा जानकारी गराएपछि शेर्पाले भनेको स्थानमा सेनाको हेलिकोप्टर पठाउने निर्णय भएको हो। सुरूमा सेनाको हेलिकोप्टर पुगेर दोलखा र सिन्धुपाल्चोकको पुरी गाउँको डाडाको फेदी हुँदै फर्किएपछि शेर्पाको सुचना गलत रहेको निष्कर्षमा पुगिएको थियो।  शेर्पालाई पुन: फोन गरेर गलत सुचना दिएको भन्ने जानकारी

Help Khumbu Networking Team

NOTICE: काठमाडौँमा कलेज पढने खुम्बुका केहि यूवाहरुको अनुरोध : खुम्बुमा अहिलेको परिस्थिति : हिमाली मौसम,वर्षातको समय,एउटा ट्रप्लिंङ्को साहारामा खुल्ला आकाशमुनिको बास त्यसमाथि आज असिना पानी संगै हुरिवातासले गर्दा जनजीवन निकै कष्टकार भएको छ l त्यसैले सहयोगको लागि हार्दिक अपिल l ------------------------------------------ विगतमा : सामान्यतया खुम्बुमा एक गाउमा तिन चार ओटा भन्दा बढी घर संगै बनाउने चलान छैन l त्यसैले घर निर्माण गर्ने ति तिन चार घरलाई आवस्यक पर्ने सम्पूर्ण ट्रप्लिंङ गाउको छेमिकीहरु संग दुई-तिन पिस दुई तिन पिस गरि करिब नौ दस घर बाटा २ पिसको दरले २० देखि २५ पिस ट्रपलिंङ् लिएरा काम हुन्थ्यो l साथै (रोल्ल सिस्टम) जनशक्ति सहयोग गर्न सबै गाउले कम्तिमा प्रत्येक घर बाटा २ जना ४-५ दिन साथी आउने गरिन्छ l  ----------------------------------------  वर्तमानमा :  तर अहिले गाउमा ९५ % को घर संगै निर्माण गर्नु पर्दा, आफ्नो घर निर्माण गर्न आफु संग भएको स्रोत र साधनमाथि सिमित हुनु पर्ने भएको छ lसाथै जनशक्ति नि त्यहि तवरले आफूमै सिमित हुनु पर्ने भएको छ l -----------------------

अमेरिकी हेलिकोप्टर सिन्दूरेडाँडामा दुर्घटनाग्रस्त भेटियो दुर्घटनास्थल दोलखा र सिन्धुपाल्चोकको सीमानामा

मंगलबारदेखि हराइरहेको अमेरिकी सेनाको हेलिकोप्टर दोलखा र सिन्धुपाल्चोकको सीमाना घोर्थलीको सिन्दूरे डाँडामा दुर्घटनाग्रस्त अबस्थामा फेला परेको छ । कालिन्चोकका एक स्थानीयले दिएको सूचनाका आधारमा गएको नेपाली सेनाको हेलिकोप्टरले दुर्घटनाग्रस्त अमेरिकी हेलिकोप्टर शुक्रबार फेला पारेको हो । कालिन्चोकको उत्तरपश्चिम घोर्थलीको सिन्दूरे डाँडामा हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाको चौतारास्थित गोरखनाथ गणका गणपति सुरेशकुमार कार्कीले अनलाइनखबरलाई जानकारी दिए । मंगलबारदेखि सुनखानी क्षेत्रबाट सम्पर्कविहीन भएको सो हेलिकोप्टर सिन्धुपाल्चोकको घोर्थली गाविसमा नेपाली सेनाको पैदली फौजले दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । पैदली फौजले जानकारी दिएलगत्तै नेपाली सेनाको लान्सर र इक्युरेल हेलिकप्टर घटनास्थल प्रस्थान गरेको थियो । सेनाको टोलीले कालिन्चोक डाँडाको उत्तरपूर्वी दिशातर्फ अनुमानित ११ हजार २०० फिटको उचाईमा अवस्थित सिन्धुपाल्चोक जिल्लाको घोर्थली गाविसमा दुर्घटनाग्रस्त अवस्थामा हेलिकोप्टर फेला पारेको हो । दुर्घटनाग्रस्त क्षेत्रमा

सोलुखुम्बुमा २८ सय घर पुर्ण रुपमा क्षति, ६ हजार घरमा आंशिक क्षति

बैशाख १२ गते गएको महाभुकम्पमा सगरमाथा क्षेत्रमा बाहेक अन्यत्र खासै क्षति नबेहोरेको सोलुखुम्बुमा मंगलबार गएको भुकम्पले धेरै भौतिक क्षति भएको छ । यो समचार तयार पार्दसम्मको तथ्याङ्क अनुसार सोलुखुम्बु भरि २८ सय घर पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी प्रमुखले जनाएको छ । प्रहरीका अनुसार ६ हजार घरमा आंशिक क्षति भएको छ ।  यस अघिको भुकम्पले चर्किएका घरहरु मगलबारको भुकम्पका कारण भत्किएका छन । प्राप्त खबर अनुसार सबैभन्दा धेरै क्षति सोलुखुम्बुको गोलि गा।वि।स र चौलाखर्क गा।वि।स। मा भएका बताईएको छ । गोलीका स्थानीयबासी तेन्जिङ शेर्पाका अनुसार गोली गा।वि।स। का सबै घरहरु पूर्णरुपमा भत्किएका छन । भुकम्पका कारण गोली गा।वि।स।मा रहेको पुरातात्विक सम्पदाहरु पनि भत्किएका छन । उक्त गा। वि। स। मा रहेको ७ वटा गुम्बा तथा गेप्चु गाउँमा रहेको स्तुपा पनि पुर्णरुपमा क्षति भएको जारकारी दिए । यस गाउँमा पुग्न सदरमुकाम बाट एक दिनको पैदल यात्र गर्नु पर्ने भएकोले हाल सम्म उद्धार टोलि पुग्न सकेको छैन ।  सोलुखुम्बुको माथिल्लो क्षेत्रमा पनि खुम्बुमा पनि भुकम्पले धेरै क्षति पु¥याएको छ । खुम्बुको नाम्चे, थामे, खुम्जुङ, ख

सोलुखुम्बुमा अधिकांश घरहरुमा पूर्ण क्षति, ३ जना विद्यार्थी घाईते

बुद्धवीर बाहिङ/नाम्चे सोलुखुम्बु, २९ वैशाख । वैशाख १२ को महाभूकम्पपछि विस्तारै मत्थर बन्दै गएको सोलुखुम्बु बासीलाई आजको ७.३ रेक्टरस्केलको भूकम्पले फेरि तरंगीत बनाइदिएको छ । जिल्लाभरी आंशिक रुपमा क्षतिग्रस्त भएका घरहरुलाई पूर्ण रुपमा क्षति पु¥याएको छ भने ३ जना विद्यार्थी घाइते भएका छन् ।  महेन्द्रोज्योति उच्च माध्यमिक विद्यालय चौंरीखर्कको भवन भत्किदा विद्यार्थी घाईते भएका हुन् । घाईते हुने विद्यार्थीहरुमा फुर्वायाङजी तामाङ, सुमित्रा शेर्पा र ङिमाडोल्मा तामाङ गम्भिर गाईते भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकाजी थामिले बताए ।  भुकम्पको केन्द्रविन्दु सोलुखुम्बु नजिकै भएर पनि सोलुखुम्बुमा धेरै भौतिक संरचाना ध्वस्त भएका छन् । जिल्लाको अधिकांश क्षेत्रका घरहरु बस्न नसकिने भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।  जिल्लाको माथिल्लो क्षेत्र अर्थात सगरमाथा क्षेत्रका हिमालबाट ठूला ठूला हिउँका ढिका र ढुंगा खस्दा नाम्चे, खुम्जुङ र चौंरीखर्क गाविसका स्थानीयहरु त्रसित बनेका छन् । झनै दुधकोशी तिरमा बसेका खुम्बुबासीहरु भुकम्प गए लगत्तै सुरक्षित ठाउँमा गएको उनीहरुल

भुकम्पमा परि ज्यान गुमाउनेका परिवारलाई १०/१० हजार दिने सभाषद् केसीको घोषणा

बिक्रम श्रेष्ठ, २८ बैशाख – नेपाली काँग्रेस सोलुखुम्बुका सभाषद बल बहादुर केसीले भुकम्पमा परि ज्यान गुमाउने जिल्लाका १८ परिवारलाई आफ्नो ब्यक्तिगत तर्फबाट जनही १० हजार रुपैयाँ प्रदान गर्ने भएका छन् । सगरमाथाको आधारशिबिरमा र अन्य स्थानमा गरि सोलुखुम्बुमा १८ जनाले ज्यान गुमाएका थिए । उनीहरुलाई १ लाख ८० हजार रुपैयाँ दिने पत्रकार सम्मेलन गरि जानकारी गराएको हुन् । आज सल्लेरीमा जिल्लाका संचारकर्मीहरु संग कुराकानी गर्दै जिल्लामा ठुलो धनजनको क्षती भएको भन्दै उचित राहत बितरणका लागि सहयोग गर्ने भन्दै निर्बाचन क्षेत्र भुकम्प पिडित तथ्याङ संकलन तथा राहत सहयोग समिति गठन गरेको जानकारी दिएका छन् । नेपाली काग्रेसका केन्द्रीय सदस्य समेत रहेका केसीले सोलुखुम्बु जिल्लालाइ संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकार संग माग समेत गरे । हाल भुकम्पबाट अत्यन्त क्षतीग्रस्त १ दर्जन भन्दा बढि जिल्लाहरु संकटग्रस्त क्षेत्र घोषणा भए पनि सोलुखुम्बुलाई अझै सम्म संकटग्रस्त क्षेत्र घोषणा नगरेको भन्दै सरकारसंग संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरे । भुकम्पबाट सोलुखुम्बुमा २२ जनाको निधन भएको थियो भने करिब ३ हजार घर पुर

वेकसुर एक्लियो सोलुखुम्बु : राहतको पोको हैन, पर्यटक आउने वाताबरण बनाऊ ! (फोटो फिचर)

फोटो : नवराज तिमल्सिना इन्द्र आचार्य सोलुखुम्बु, लुक्ला । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको जिल्ला सोलुखुम्बुमा यो सिजन पर्यटकहरु टनाटन हुन्थे । खुम्बु क्षेत्रमा त पर्यटकहरु बाक्लै चहलपहल हुन्थ्यो । सोलुखुम्बुका विमानस्थल, होटल लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो, पुलपुलेसा, दृश्यावलोकन गर्ने स्थल सबैजसो ठाउँ यतिबेला विदेशी पर्यटकले खचाखच भएका हुन्थे । तर विश्वकै मानिसहरु एकठाउँ भेला हुँने, विश्वकै मानव अनुहार एकै भेगमा देख्न पाइने विश्वको एकमात्र स्थान सोलुखुब्वु सुनसान बनेको छ । महाविनासकारी भूकम्पले जनधनको क्षती मात्र गरेको छैन, विश्वका मानिसहरुलाई एक्ल्याएको छ, उनीहरु सबैलाई भेला पार्नें सुन्दरता भएको नेपालको सोलुखुम्बुलाई सुनसान बनाएको छ । सोलुखुम्बुका मुख्य पर्यटकीयस्थल गोक्यो, गोक्योरी, चोलापास, कालापत्थर, एभरेस्ट बेस क्याम्पलगायतका स्थानमा यो मौषममा पर्यटकको ओइरो लाग्थ्यो, नाम्चे, खुम्जुङ, गोक्यो लेक, दिङबोचे, फाक्दिङस्थित होटल पर्यटकले टनाटन भरिएका हुन्थे, लुक्ला, फाप्लु, सोलु सल्लेरी र नाम्चेका विमानस्थल र हेलिप्याड छेउछाउको कोलाहाल एकैछिन रोकिदैन थियो । पर्य

Nepal Tourism Board ले कुक तालीम आयोजन गर्ने भएको छ ।

खुम्जुङ गा. बि.स. मा रहेको लज तथा होटलहरुमा कुक काम गर्ने ईच्छा भएको स्थानीय युवा युवातीहरुलाई तथा मालीक स्वयमलाई Nepal Tourism Board ले कुक तालीम आयोजन गर्ने भएको छ ।  यस बारेमा थप छलफलको लागि Hello Himalayan Homes ले  1) Khumjung youth club  2) Khunde Community Club 3) Sagarmatha Hotel Association Ang Chiri Sherpa ( Tenjing ) 4) Pangbochey Youth Club  5) Phortse Youth Club Sherpa Tenzing का अध्यक्षहरुलाई 12th May  2015 को दिन खुम्जुङ बफर ज्योन BZ को भवनमा आउनु हुन अनुरोध गर्दछु । समय १ बजे ।  Note : तालिम तिनै गा बि सको लागि रहेको छ । They didn't fixed date and how many participant can joint. पहिलै तालिमलिई सकेकोलाई समबेश गर्नु भन्दा अरुलाई मौक दिंदा राम्रो हुने देखिन्छ ।  आश गरौ NTB ले सफल आयोजन गर्ने छ ।  स्रोतः Pasang Tshering Sherpa

भुकम्प प्रभावित सोलुखुम्बुका २९ विद्यालयमा पठनपाठन सुचारुमा कठिनाई (सुचिसहित)

शिखरजंग श्रेष्ठ, २६ बैशाख – भुकम्पवाट क्षति भएका सोलुखुम्बुका १५५ वटा विद्यालयमध्ये २९ वटा विद्यालयमा पठनपाठनमा समस्या देखिएको छ । बैशाख १२ गते आएको विनाशकारी महाभुकम्पले जिल्लामा संचालनमा रहेका १५५ पुर्ण तथा आशिंक क्षति भएका भएका छन् । ति मध्ये २९ वटा विद्यालयमा पठनपाठनमा समस्या देखिएको जिल्ला शिक्षा कार्यलयले जनाएको छ । पठनपाठनमा भएका समस्या समाधानका लागी त्रिपाल प्रदान गर्ने लगायतका वैकल्पिक उपाय अपनाउने कार्य समेत शुरु गरिएको जिल्ला शिक्षा अधिकारी वीर बहादुर खड्काले जानकारी दिनुभयो । जिल्लामा प्रावि, निमावि, माध्यमिक र उच्चमाविसहित २६७ वटा विद्यालय संचालनमा छन् । क्षति नपुगेका र कम क्षती पुगेका बिद्यालयहरुमा पठनपाठन सुरु गरिएको भए पनि बढि क्षती पुगेको बिद्यालयहरुमा कहिले देखि सुरु गर्ने भन्ने अन्योलता रहेको छ । स्रोतःहिमाल एफ एम

लगातार २ बर्ष आरोहण रद्ध हुनुले आरोहण पेशा नै संकटमा गरेको सरोकारवालाको भना

प्राकृतिक विपत्तीकै कारण लगातार २ बर्ष हिमाल आरोहण रद्ध हुनुले पर्यटन व्यवसायीलाई मात्र घाटा भएको छैन्, समग्र देश नोक्सानमा छ । कुन पक्षलाई कस्तो घाटा परेको छ ? रेडियो रिपोटको आधारमा । गतबर्ष आरोहण रद्धको कारक बन्यो हिमपहिरो र १६ जनाको निहत्थामा ज्यान जानु । यस बर्ष भुकम्पपछिको हिमपहिरो कारक बन्यो, आरोहण रद्धको । यस बर्ष आरोहणका लागी ४२ दलले अनुमति लिएपनि एउटा पनि आरोहण हुन नपाई अघिल्लो बर्षकै अवस्था दोहोरियो । यसबर्ष सगरमाथा, ल्होत्से, नुप्त्से हिमाल आरोहणका लागी आरोहण दल सगरमाथा आधारशिविरबाट शिबिर नम्बर १ र २ तर्फ प्रस्थान गरेकै केहि घण्टामा भुकम्प आयो र पुमरी हिमालमा हिँउ पहिरो गयो । सो पहिरोले १८ जना स्वदेशी तथा विदेशी आरोहि तथा सहयोगीको ज्यान लियो । यो घटना लगत्तै खाली भएको आधारशिविरमा यहि बर्ष फेरी आरोहण दल नपुग्ने निश्चित भएको छ । सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसिसिले क्षतिभएका भरयाङ तथा बाटो निर्माण गरी आरोहण संम्भव नभएकाले रद्धको निर्णय गरिसकेको छ । एसपिसिसिका महासचिब लाक्पा शेर्पाका अनुसार आरोहण रद्धले भरिया र राज्यले लिने राजस्वमा घाटा नभएपनि आरोहण

घर भाडा बढाउनेलाई कारवाही गर्ने सरकारको चेतावन

२५ वैशाख, काठमाडौं । भूकम्पको विपत्तिको मौका छोपेर घर भाडा बढाउने घर धनिहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । कसैले घर भाडा बढाएको भए तत्काल नजिकको प्रहरीलाई खबर गर्न, प्रहरीको फोन नम्बर १००, कलसेन्टरको फोन नम्बर १२३४ वा सशस्त्र प्रहरीको फोन नम्बर १११४ मा फोन गर्न गृहमन्त्रालयले सबैमा अपिल गरेको छ । गृह मन्त्रालयले भाडा बृद्धि गर्नेहरुलाई कानुन बमोजिम कारवाही गर्न सम्वन्धित सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइसकेको छ । शुक्रबार गृहमन्त्रालयले विज्ञप्ति निकालेर काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका घर धनिहरुले भाडा बढाएको कुराले गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यस्तो नगर्न आग्रह गरेको छ ।  हेर्नुहोस् गृह मन्त्रालयको विज्ञप्ति 

ओखलढुंगामा जीप दुर्घटना हुदा ५ जना घाईते

शिखरजंग श्रेष्ठ, २४ बैशाख – सोलुखुम्बु देखि काठमाडौँ जादै गरेको सुमो जिप सिद्धिचरण नगरपालिका ४ कालिकास्थान ओखलढुंगामा दुर्घटना हुदा ५ जना सामान्य घाईते भएका छन् । मध्यपहाडी यातायातको ना १ ज ४६९५ नम्बरको जीप आज विहान करिब सय मिटर तल खस्दा जीपमा सवार ५ जना यात्रु सामान्य घाईते भएको र घाईतेको मिसन अस्पताल ओखलढुंगामा उपचार भईरहेको ओखलढुंगाका प्रहरी नायव उपरिक्षक डम्बर विकले जानकारी दिनुभयो । स्रोतका अनुसार घाईते हुनेहरुमा जिल्ला कृषि विकास कार्यलय सोलुखुम्बुका प्राविधिक सहायक भोलानाथ धिमिरे लगायतका छन् । तस्विर – ओखलढुंगाका पत्रकार जेपि फुँयालको फेसबुकवाट

यस बर्षको हिमाल आरोहण पनि रद्

हिमाल आरोहण नै नगरी यस बर्षको आरोहण कार्य पनि रद्ध भएको छ । गत बर्ष हिउँ पहिरोले रद्ध भएको आरोहण यस बर्ष भुकम्पका कारण रद्ध भएको सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसिसि) ले जनाएको छ । यस बर्ष सगरमाथा, ह्लोत्से, नुप्से लगायतका हिमाल आरोहणका लागी ४२ आरोहण दलले अनुमति लिएपनि भुकम्पपछि पुमारी हिमालमा हिउँपहिरो गएकाले क्याम्प १ र २ पुग्ने भरयाङ र बाटो भत्किएकाले निर्माण गरी आरोहण संम्भव नरहेकाले रद्ध गरिएको एसपिसिसिका महासचिब लाक्पा शेर्पाले जानकारी दिनुभयो । अहिले आधार शिविर खाली छ । आरोहणको अन्तिम मिति मे अन्तिमसम्म मात्र भएकाले बाटो निर्माण गरि आरोहण सुचारु संभव नदेखिएको हो । आरोहणको संभावना टरेपछि आधार शिविर सरसफाईको तयारी थालेको छ । स्रोतःहिमाल एफ एम

सिन्धुपाल्चोकको जलबिरे आसपास गएको भूकम्प लाइभ (भिडियो)

सिन्धुपाल्चोक जलबिरे आसपासमा भूकम्प जाँदा यस्तो त्रास देखियो । वरिपरिको डाँडाकाँडामा घर भत्किँदा धूलोको मुस्लो उडेको थियो। सर्वसाधारणमा भागदौड र सन्त्रास छाएको थियो । हेर्दाहेर्दै घरहरु ढलेर धुलाम्मे भएको दृश्य स्थानीय चुर्ण प्रसाद श्रेष्ठले मोबाइलबाट खिच्नुभएको थियो ।

भूकम्पले संकटमा पर्‍यो पर्यटन व्यवसा

होटेल बुकिङ धमाधम रद्द काठमाडौं : विनाशकारी भूकम्पको कारण नेपालको पर्यटन क्षेत्र संकटमा परेको छ। देशको अर्थतन्त्रमा ठूलो योगदान रहेको सेवा क्षेत्रमध्ये सबैभन्दा महत्वपूर्ण क्षेत्र पर्यटनमा विनाशकारी महाभूकम्पको असरले सम्पूर्ण अर्थतन्त्रलाई नै धक्का दिने निश्चित छ। नेपालको प्रमुख पर्यटकीय क्षेत्र सगरमाथा, अन्नपूर्ण आधार शिविर, लाङटाङ, मनास्लु, काठमाडौं उपत्यकाका ऐतिहासिक तथा सांस्कृतिक धरोहरमा भएको क्षतिले पर्यटन क्षेत्रलाई पनि तहसनहस बनाएको छ। प्राकृतिक विपतले होटेलका बुकिङ धमाधम रद्द भएको छ।  भूकम्पको कारण सगरमाथा आधार शिविर र लाङटाङ गएको हिउँपहिरो र अन्य स्थानमा गरी मंगलबारसम्म विभिन्न ३५ देशका ६६ जना पर्यटकले ज्यान गुमाइसकेका छ।  अझै एक सय १३ जना पर्यटक हराइरहेकोले विपतकाकारण ज्यान गुमाउने पर्यटकको संख्या एक सय नाघ्ने अनुमान नेपाल पर्यटन बोर्डको छ। भूकम्पकै कारण गएको हिउँपहिरोले यो वर्ष पनि सगरमाथा आरोहण नहुने भएको छ भने लाङटाङमा गएको हिउँपहिरोको कारण लाङटाङ गाउँको पर्यटकीय सौन्दर्य पूर्ण रूपमा हराएको छ।  भूकम्पले ल्याएको विपतका कारण नयाँ पर्यटक आएका छैनन। भएका प

हेइटीलाई हेरेर पाठ सिकौं, भूकम्पपछि यस्तो भयो हेइटीमा (भिडियोसहित)

काठमाडौं, वैशाख २१ । राजनीतिक अस्थिरताको चंगुलमा फसेको मुलुक प्राकृतिक विपत्तिको मारमा परेपछि के होला ? सन् २०१० मा क्यारेबियन मुलुक हेइटीमा गएको भूकम्पले निम्त्याएको विनाश र त्यसलाई सम्बोधन गर्न नसक्ने राजनीतिक नेतृत्व यसको उदाहरण हो । भर्खरै मात्र महाभूकम्पको विपत्तिले प्रताडित हाम्रो मुलुकका लागि हेइटीमा भूकम्पपछिको पुनःनिर्माणले लिएको गति र मति हाम्रो आफ्नै भविष्य निर्माणको निम्ति गतिलो पाठ बन्न सक्छ । एक रिपोर्ट (भिडियो हेर्नु होस्) । –एजेन्सीको सहयोगमा

भुकम्पको सूचना दिने यी भाँडाकुटीहरु

नेपालमा गएको विनाशकारी महाभुकम्पपछि अहिले सामाजिक संजाल फेसबुक र टि्वटरमा एउटा तस्वीर निकै भाइरल बनेको छ । धेरैजनाले यो तस्वीर शेयर गरेका छन् । गिलासमाथि थाल राखिएको यो तस्वीरलाई भुकम्प सूचक यन्त्र नामाकरण गरिएको छ र दाबी गरिएको छ की यसले भुकम्प आएको सही सूचना दिनसक्छ । स्टिलको एउटा गिलास भुइँमा घोप्टाउने , त्यसमाथि ठाडो पारेर अर्को गिलास ठड्याउने अनि त्यसको माथिपट्टि  स्टिलकै थाल राखिएको यो भाडाकुटी जस्तो लाग्ने उपकरण नै हो, भुकम्प सूचक यन्त्र । यसरी थाल र गिलासबाट तयार गरिएको यो भाडाकुटी साँच्चीकै भुकम्पको सूचना दिन कामयावी हुन सक्ने देखिन्छ । अहिले हामीलाई साँच्चीकै मन डराएको अवस्थामा भुकम्प नगएको बेलामा पनि जमिन हल्लिएजस्तो तथा भुकम्प आएजस्तो महसुस हुन्छ । तर यदि आफ्नो नजिकै यस्तो भाँडाकुटी राख्नुभयो भने भ्रममा डराइरहनु पर्दैन । भुकम्प आएको बेला थाल र गिलास एक आपसमा हल्लिँदा आवाज उत्पन्न हुन्छ र अलि ठूलै झट्का आउँदा त थाल नै खस्दछ । निद्रामा भएको बेला भुकम्प आयो भने त अझ यो भाँडाकुटी झनै सहयोगी हुने पक्का छ । भुकम्प आएर थाल र गिलास खस्दा बज्ने आवाजले निद्रामा रहेकालाई पनि

आज बुद्धजयन्ती : भूकम्प पीडितको सहयोगमा केन्द्रित गरी मनाइँदै

ओम मुणी मुणी महामुणीय शोहा!!! संगे छ्योताङ छ्योकी छ्योनाम्ला  च्याङछ्यु पर्तु दाक्नी क्याप्सुछे  दागी जिन्सोक गिपी सोनामकी  डोला फेन्छिर संगे डुपराइ स्योक्!!! बुद्धम शरणाम गच्छामी !!! धर्मम शरणाम गच्छामी!!! संगम शरणाम गच्छामी!!!  बिनासकारी महा भुकम्पबाट धनजनको छ्याती हुनका साथै घाईते हुनु भएको र अकलपनिय घटनाबाट अल्पयुकालमा नै मृत्यु भएका संम्पूणॊ नेपाल आमाका संन्तानन्हरूमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारहरूमा भगवानले धैयॊ धारणा प्रदान गर्नका साथै सहनुभूति प्राप्त गर्न सकोस भन्दै आज २५५९ औ बुद्ध जयन्तीको अवसरमा हार्दिक समबेदन प्रकट गर्न चाहन्छु ।

भुकम्प प्रभावितको लागी मारवाडी सेवा समिति लहानको सामाग्री सहयोग

सोलुखुम्बु, २० बैशाख – मारवाडी सेवा समिति, लहान – ७, सिराहाले सोलुखुम्बुका भुकम्प प्रभावितका लागी विभिन्न सामाग्री सहयोग गरेको छ । आज उद्योग बाणिज्य संघ सोलुखुम्बुको पहलमा समितिले २५० थान त्रिपाल, २७० थान कम्बल, २० कार्टुन चाउचाउ, २० कार्टुन विष्कुटका साथै २० कार्टुन पिउने पानी र २० बोरा भुजा जिल्ला दैविप्रकोप उद्धार समितीलाई हस्तान्तरण गरेको हो । यसैक्रममा उद्धार समितीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले प्राप्त सहयोग भुकम्पप्रभावित समक्ष पु¥याउने प्रतिबद्धता जनाउनुभयो । उद्योग बाणिज्य संघ सोलुखुम्बुका अध्यक्ष जयराज राईले सहयोग सामाग्री सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो । स्रोतः हिमाल एफएम 

भुकम्पले सोलुखुम्बुको ९८ विद्यालय भवनमा क्षति पुग्दा पठनपाठनमा समस्या

गत हप्ता गएको महाभुकम्पले ठूलो धनजनको क्षति भएको छ । विद्यालयमा समेत क्षति पुग्दा शैक्षिक सत्रको शुरुवातमै पठनपाठनमा कठिनाई देखा परेको छ । सोलुखुम्बुमा दर्जनौ भवन भत्किएका छन् भने पुरापुर ९८ वटा विद्यालयमा क्षति पुगेको छ । यो क्षतिसंगै सुरक्षित वातावरणमा अध्ययन अध्यापनका लागी समस्या उत्पन्न भएको हो । जलेश्वरी निमावि सल्यानको विद्यालय भवन भत्किएपछि शिक्षक अविभावक अलमलमा परेका छन् । शैक्षिक सत्रको शुरुवातीमै भुकम्पको धक्का र क्षतिले शैक्षिक सत्रकै पठनपाठनमा धक्कमा पुगेको महसुस भएको हो । पठनपाठन सुचारु गर्न उनीहरुले अविभावकको सहयोगमा चित्राले बार्ने मानसिक योजना बुनेको प्रध्यानाध्यापक थिलराज निरौलाले बताए । उनीहरु पठनपाठन सुचारु गर्नका लागी पालको खोजिमा छन् । यदि पाल नपाए विकल्प चित्रा नै हो । भवनमा क्षति पुगेपछि न विद्यार्थी सुरक्षित भई अध्ययन गर्न सक्छन्, न अध्यापन गराउनै सकिन्छ ढुक्क संग । शैक्षिक सामाग्रीमा समेत क्षति पुगेपछि चिन्ता थपिएको हो । सोलुखुम्बुका ९८ विद्यालयमा भुकम्पले क्षति पुर्याएको मध्ये दर्जनौ विद्यालय पठनपाठनको लागी उपयुक्त छैन् । व्यवस्थापन समिति र स्

एक हजार युरोपली पर्यटक सम्पर्कविहीन

नेपालमा सबैभन्दा बढी मात्रामा पर्यटक आउने युरोपका करिब १ हजार जना भूकम्पका कारण वेत्ता भएको बताइएको छ। प्रमुख पर्यटकीय सिजनको यो याममा गएको महा विनाशकारी भूकम्पमा उनीहरु परेको हुनसक्ने आशंका गरिएको छ । भूकम्प गएको एक सातासम्म पनि उनीहरुको अवस्था अज्ञात रहेपछि यस्तो आशंका गरिएको बीबीसीले जनाएको छ । नेपालका लागि इयूका राजदूत रेन्से टिर्निकलाई उधृत गर्दै बीबीसीले उनीहरुको अवस्थाबारे सरकारी निकायबाट कुनै जानकारी आउन नसकेको जनाएको छ । ट्रेकिङ तथा आरोहणको सिजन भएकोले धेरै पर्यटक हिमाली क्षेत्रमै हराइरहेका छन् । खास गरी सगरमाथाको ट्रेकिङ क्षेत्र र लाङटाङ क्षेत्रमा उनीहरु हराएको हुनसक्ने इयू अधिकारीले बताएका छन् । १२ जना युरोपियनहरु अहिलेसम्म मृत अवस्थामा भेटिएका छन् । हराइरहेका युरोपियनहरुको खोजी कार्य प्रभावकारी रुपमा भइरहेको इयूका नेपालस्थित राजदूत रेन्सले दिएका छन् ।

खाना र पानीमा सावधानी अपनाऔं

गत शनिबार गएको महाभूकम्पको प्रभाव कहालिलाग्दो बन्दैछ। मध्य नेपालका विभिन्न स्थानमा पुर्‍याएको जनधनको क्षति सुन्दा सम्झिँदा जो कोहीको मन भक्कानिएर आउँछ। तर यो रुने, कराउने वा शोक लिनेभन्दा पनि शोकलाई शक्तिमा बदलेर अब हुन सक्ने जोखिमलाई कम गर्न तथा अति प्रभावितहरूको उद्धारमा सहयोग गर्ने बदल्ने बेला हो। कम प्रभावितले बढी प्रभावितलाई राहत दिने बेला हो। त्यसैले अब डराएर, तर्सिएर, होस गुमाएर, सरकारलाई गाली गरेर होइन आआफ्नो ठाउँबाट सक्ने मानवीय सहयोग गरेर यो महाविपत्तिबाट अब हुने खतरा टार्नुपर्छ। यो प्राकृतिक विपतिवबाट ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि दिँदै प्रभावितहरूले अब अपनाउनुपर्ने सावधानीबारे जानकारी गराउन आवश्यक ठानेर नै खुलाचौरमै बसेर यो जानकारी सम्प्रेषण गर्दैछु। संसारका धेरै मुलुकहरूमा यस्ता किसिमका विपत्ति पछाडि सामान्यभन्दा सामान्य सावधानी नअपनाउँदा धेरै ठूला महामारी फैलिएका उदाहरण हामीसामु छन्। नेपालमै पनि ललितपुरका केही क्षेत्रहरूमा यही शनिबारको महाभूकम्पपछि खानेपानी तथा सरसफाइमा ध्यान पुग्न नसक्दा झाडाबान्ताजस्ता स्वास्थ्य समस्या देखिन थालिसकेका छन्। 

तपाईको घर बस्न लायक छ कि छैन, कसरी थाहा पाउने?

विज्ञले दिएको फर्मूलाअनुसार आफ्नो घरको सुरक्षा जाँच आफै गर्नुहोस्। हाम्रा पुस्ताले अनुभव गरेको सबैभन्दा ठूलो विपत्तीले हजारौं सर्वसाधारणको ज्यान लियो। प्रभावित जिल्लाका लाखौं परिवार घरबारविहिन भएर आकाशमुनि शरण लिन बाध्य छन्। गाउँ खेतबारी, चौर लगायत फराकिलो ठाउँ पाउन गाह्रो नहुने रहेछ।  पाल लगायत ओत पाए पनि नपाए पनि उनीहरु सानो सानो समूहमा बसेर विपत्तसँग जुधिरहेका छन्। गाउँका बासिन्दासँग स्याउला, पत्कर लगायतको प्रयोग गरेर छाप्रो सीप पनि हुन्छ।  काठमाडौं, पाटन, भक्तपुर, किर्तिपुर, लगायत उपत्यकाका नगर क्षेत्रमा जनघनत्व व्यापक छ। खुला आकाशमुनि रात काट्नेहरुको एकै ठाउँमा ठूलो घुइँचो लागेको छ। खुला ठाउँ चौर वा खाली जग्गामा सयौंको संख्यामा बसिरहेका मानिसले पानी, सरसफाई लगायत शौचालयको समस्याको झन् बढी सामना गर्नु परिरहेको छ।  घर भत्किएर बस्नै नहुने अवस्थामा पुगेका मात्रै खुला ठाउँमा पालमुनि बसिरहेका छैनन्। भुकम्पको कुनै क्षति नपु:याएको र सामान्य असर गरेपनि घर सुरक्षित नै रहेकाहरु पनि आश्रयस्थलमा छन्। आफ्नो घर बस्न लायक रहेकाहरुले घर फर्किन आँट गरे खुला ठाउँ होलो हुन्थ्यो। 

नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बु

नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले गत बैशाख १२ गएको बिनाशकारी भुकम्पमा परि पीडित भएको हरुको विवरण बुझ्न र रहत बितारणमा सहायोग गर्नको लागि जिल्ला स्तारिय नेता तथा कार्यक्रतहरुलाई जिम्मेवारी सहित गाउँगाउँमा परिचालन गरेको छ । बैशाख १४ गते कार्यबाहक जिल्ला अध्यक्ष मानबीर राईको अध्यक्षतामा सल्लेरी स्थिति पार्टी कार्यलयमा बसेको सचिवलयको अकस्मिक बैंठकले यस्तो निर्णय गरेको हो । पार्टीले दिएको जिम्मेवारी अनुसार निम्न ब्यक्तीलाई निम्न जिम्मेवारी दिएको जनाएको छ । १ ,नि बर्तमन जिल्ला अध्यक्ष , आङ ङिमा लामा -दुधकुण्डा नगरपालिका १'२'३'४'५ र टाक्सिन्दु गाबिस । २ ,अन्चल कमिटी सदस्य बुद्धिकुमार राजभण्डारी र कल्पना राई -दुधकुण्ड नगरपालिका ६'७' र ८ ३ , सचिवलय सदस्य , सोनाम गेल्जेन शेर्पा र ङिमा दोर्जी शेर्पा - चौरीखर्क,नाम्चे,र खुम्जुङ गाबिस । ४ ,कार्यबाहक अध्यक्ष , मानबीर राई - बासा,काँकु ,वाकु,जुभिङ गाबीस । ५ ,सचिवलय सदस्य द्वय हार्क बहादुर राई र जुद्धबहादुर कार्की- पावै,सोताङ,बुङ,छेस्कम र गुदेल गाबिस । ६ ,जिल्ला सदस्यहरु उदय नारायण बस्नेत ,लोचानकुमार शर्मा,र ज