Skip to main content

Posts

Showing posts from February, 2018

अमेरिकि आतंकबाद

बिश्वभरी रहेको अमेरिकि बैधानिक आतंकबाद टुलुटुलु हेरेर बसेको छन बिश्वभरिका देश, अनि युरोपियन देशहरु उसैका मतियार बनेका छन भने इरान, उतरकोरिया ले प्रतिबाद गर्ने धम्की दिएका थिए त्यसमा इरान आणबिक भट्टि निर्माण नगर्ने भनेर पछि हटिसकेको छ। रुस र चीन भने केही बिरोध जस्तो गर्ने तर आफ्नो व्यापार ब्याबसाय चौपट हुने डरले अमेरिकाको मानब समबेदनाहिन नरसंहारको बिरोध गर्दैनन। इराक आफ्नो स्वाभिमान बाट पछि नहट्दा देश क्षतबिक्षद र उसको नियत्र बाहिर गयो। खासमा अमेरिकि अधिनायकी आतंकबाद ले अहिले सिरियामा लाखौं निर्दोष बालबच्चा महिला पुरुष बुढाबुढि को नरसंहार गरिसकेको छ र गर्ने क्रम जारी छ। मानबियता हराएको देश मध्य अहिले अमेरिका नै हो पहिलो। उसको दादागिरी सबैले मानिदिनु पर्ने अबस्था छ। र बास्तबमा उसको भबिष्यमा पर्न गैइरहेको आर्थिक संकटको लागि आतकबाद समाप्त पार्ने नाममा आकासबाट अन्धाधुन्ध हवाई बम गोला बर्षाई हजारौ लाखौ निर्दोष जनताको हत्या गर्दै तेल खानी भएका देशहरुमा गएर आफ्नो अधिपत्य जमाएर तेल लाने कुत्सित योजना को अन्तिम कुरुपता हो। यदि आंतकबाद सक्ने उसको योजना हो भने जो अतंकबादिहरु हु

सि-आस्वा प्रणाली भनेको के हो ? यो प्रणाली बाट कसरी IPO FPO Right share सेयर आवेदन गर्ने ?

अन्लाईन सेवाको माध्यम बाट घरमै बसेर मोबाईल तथा कम्प्युटरको माध्यम बाट सेयर आवेदन दिन सकिने  व्यवस्थालाई सि-आस्वा प्रणाली भनिन्छ । यो प्रणाली बाट सेयर आवेदन दिनको लागी लगानीकर्ताले आफनो आस्वा सेवा भएको बैंकमा गएर सुरुमा सि-आस्वा प्रणाली सुविधा लिनको लागि आवेदन दिनु पर्दछ । त्यसपछि बैंकले लगानीकर्ताको पहिचान गरि सफटवेरमा भेरिफिकेशन गरिदिने छ र लगानीकर्ता लाई एउटा भेरिफिकेशन कोड CRN (C-ASBA Registration  Number) नम्बर दिनेछ यहि कोड नम्बर प्रयोग गरि लगानीकर्ताले अब उप्रान्त बैंकमा नगईकन नै हरेक पटक IPO FPO Mutual Fund र Right share  घरमै बसि-बसि भर्न सक्नेछ्न । तर सान्जेन र रसुवा घढिको IPO मा आवेदन दिन भने आफनो बैंक खाता भएको बैंक जहाँ बाट CRN नम्बर लिनु भएको छ तेहि बैंकमा सन्चयकोष कट्टी कार्ड र आफुनो परिचय पत्र लिएर जानू पर्नेछ । सि-आस्वा बाट सेयर मा आवेदन दिनको लागी निम्न चरण पूरा गर्नु पर्दछ: १. सर्वप्रथम तपाईहरुले तपाईंहरुको बैंक खाता भएको बैंक मा गएर CRN नम्बर लिनुपर्छ  त्यस पछि DMAT खाता भएको ब्रोकर वा बैंक मा गएर DMAT अन्लाईन सेवा User Id र Password लिनुहोस । २.दो

प्रदेश सभा १ मा शेर्पा पोशाक - चुनाबी बाचा पुरा गर्दै राजभण्डारी

राजभण्डारीसँग फोटो खिच्नेको घुइचो, सबै जाति समुदायका उत्थानका लागि प्रतिबद्ध २२ माघ, सोलुखुम्बु  - सोलुखुम्बुवाट निर्वाचित सांसद बुद्धिकुमार राजभण्डारी प्रदेश सभाको पहिलो बैठकमा शेर्पा पोशाकमा सहभागी भएकाछन् । प्रदेश सभा ख वाट विजयी भएका राजभण्डारीले चुनाब प्रचारका क्रममा गरेको वाचा अनुरुप शेर्पा पोशाक छुवा लगाएर बैठकमा सहभागी भएका हुन् ।   बहुजातीय बसोबास रहेको सोलुखुम्बुमा रहेका सबै जातजाति प्रति आफ्नो सम्मान् रहेको भन्दै राजभण्डारीले सोलुखुम्बु समाचारसँगको कुराकानीमा जातीय सद्भाव अझ मजबुत बनाउनु पर्नेमा जोड दिए । आफूले चुनाबी प्रचारका दौरानमा गरेका सबै कुराहरु प्राथमिकताका साथ पुरा गर्ने भन्दै उनले नेपाललाई विश्वमा चिनाउन नेपाली शेर्पाहरुको भूमिका महत्वपूर्ण रहेका बताए ।   प्रदेश सभा निर्वाचनका क्रममा शेर्पा जाति बिरुद्ध अभिव्यक्ति दिएको आरोप खेपेका राजभण्डारीले सबै जातजाति आफ्नो प्राथमिकतामा रहेको दोहोर्याए । सस्तो लोकप्रीयताका लागि पोशाकको प्रचार नगरेको दाबी गर्दै उनले समृद्ध सोलुखुम्बु निर्माणका लागि प्रतिबद्ध रहेको बताए । प्रदेश नम्बर १ मा बामगठबन्धनको सरकार बन्ने