Skip to main content

Posts

Showing posts from May, 2017

सगरमाथाको फेदमा चुनावको चहलपहल शून्य

सगरमाथाको फेदमा चहलपहल शून्य यता सगरमाथा क्षेत्रमा त चुनावी चहलपहल शून्यप्रायः छ । पर्यटकीय सिजन भएकोले यस क्षेत्रका चौरीखर्क, नाम्चे र खुम्जुङमा चुनावी गतिविधि शून्य छ । एमालेबाट खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार निम दोर्जी शेर्पाले भने, “यहाँका धेरै युवा यतिबेला आधार शिविरमा छन् । घरमा बूढाबूढी र केटाकेटी मात्रै भेटिन्छन् । त्यसैले यतिबेला घरदैलो कार्यक्रमसमेत गर्न सकिंदैन ।” एकाध ठाउँमा पर्चा टाँसेको भेटिए पनि यस क्षेत्रमा चुनावको अरू गतिविधि देख्न पाइँदैन । आधारशिविर जाँदै गरेका स्थानीय ल्हाक्पा शेर्पाले भने, “अहिले चुनावका बारेमा सोच्न पनि भ्याइँदैन ।” जेठसम्म पर्यटकीय सिजन हुने भएकाले त्यो बेलासम्म यस क्षेत्रमा चुनाव नै नलाग्ने स्थानीयको भनाइ छ । माओवादी केन्द्रका खुम्बु पासाङ ल्हामु गाउँपालिका संयोजक नाम्गेल शेर्पाले भने, “सगरमाथा क्षेत्रमा पर्यटकीय सिजन नै नसकिने भएकाले धेरैले यो पटक चुनावमा भोट हाल्न पाउँदैनन् ।” नेपाली कांग्रेसले चुनावी कार्यक्रम नै शुरू गरेको छैन । “वैशाखको अन्त्यतिरबाट मात्रै शुरू गर्छाैं”, कांग्रेस जिल्ला सभापति वि

महानगरपालिकाको मेयरको तलब ६० हजार, वडा अध्यक्षलाई ३० हजार

स्थानीय तहको निर्वाचनबाट आउने जनप्रतिनिधिले कस्ता सेवा सुविधा तथा तलब भत्ता पाउँलान् ? यस विषयमा धेरैको चासो छ । किनकी करिब एक सातापछि ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा प्रमुख र उपप्रमुख र त्यस अन्तरगतका वडाका वडाअध्यक्ष र सदस्यहरु निर्वाचित भएर आउँदैछन् । त्यसरी निर्वाचित हुने पदाधिकारीहरुको तलब भत्ता र सुविधाबारे स्थानीय विकास मन्त्रालयले प्रारम्भिक गृहकार्य अघि बढाएको छ । मन्त्रालयले स्थानीय तहका पदाधिकारीहरुलाई प्रस्ताव गरेको सेवा सुविधा अनुसार महानगरपालिकाको मेयरको मासिक तलब ६० हजार र उपमेयरको ५० हजार रुपैयाँ हुनेछ । प्रारम्भिक चरणको छलफल भएकाले यो अंकमा केही फेरबदल हुनसक्ने स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले बताए । मन्त्रालयले मेयर/उपमेयर तथा गाउँपालिका प्रमुख/उपप्रमुख र वडाअध्यक्षहरुलाई मासिक तलब भत्ताको प्रस्ताव तयार पारेको छ । वडा अध्यक्ष समेत कार्यकारी भूमिकामा रहेकाले मासिक सेवा सुविधाको व्यवस्था गरिएको हो । महानगरपालिकाको मेयरको मासिक तलब ६० हजार रुपैयाँ बाहेक अतिरिक्त भत्ता, गाडि सुविधा लगायतका विभिन्न शिर्षकमा थप सुविधा पाउन सक्नेछन् । मह