तपाइँको जिमेल अकाउण्टमा धेरै गोप्य कुराहरु राख्नु भएको हुनसक्छ । आफ्नो बैंक अकाउण्टका विवरण, विभिन्न खाले गोप्य तथा संवेदनशील कागजातका विवरण, साथी तथा परिवारको इमेल आदि आदि । त्यसैले यस्तो संवेदनशील जिमेल अकाउण्टलाई सुरक्षित राख्न र ह्याकरबाट बचाउनका लागि तपाइँ सधै चनाखो बन्नुपर्छ । गुगल ड्यासबोर्डको प्रयोग गरी तपाइँले आफ्नो जिमेल अकाउण्टमा हरेक समय नजर राख्न सक्नुहुन्छ । तपाइँलाई यसमार्फत हरेक महिना यस्तो रिपोर्ट प्राप्त हुन्छ जसले तपाइँको लगइनका बारेमा सम्पूर्ण जानकारी प्रदान गर्दछ । गुगल ड्यासबोर्ड कसरी सेटअप गर्ने ? सबैभन्दा पहिले आफ्नो जिमेल अकाउण्टमा लगइन गर्नुहोस् । त्यसपछि आफ्नो प्रोफाइल पिक्चरमा क्लिक गर्नुहोस् र त्यहाँ रहेको माइ अकाउण्ट अप्सन छान्नुहोस् । त्यसपछि तपाइँले आफ्नो गुगल अकाउण्ट पेज देख्नुहुनेछ । तपाइँले त्यहाँ रहेको पर्सनल इन्फो एण्ड प्राइभेसी अप्सनमा गएर अकाउण्ट ओभरभ्यू छान्नुपर्नेछ । त्यहाँ तपाइँले भ्यू ड्यासबोर्ड नामक अप्सन देख्नुहुन्छ । त्यहाँ तपाइँले आफ्नो जिमेल अकाउण्टको पासवर्ड हाल्नुपर्ने हुनसक्छ । ड्यासबोर्डमा तपाइँले आफ्नो गुगल अकाउण्ट...