Skip to main content

Posts

Showing posts with the label आंगेलु शेर्पा

देउवाले भन्नुभयो – ‘महाधिवेशनबाट अन्यायको बदला लिनुस्, जितेर आउनुस्’

आंगेलु शेर्पा, सभापति, नेपाली कांग्रेस, सोलुखुम्बु -नेपाली कांग्रेस १३ औं महाधिवेशन बिशेष- क्रियाशील सदस्यता विवाद किन भयो सोलुमा ? सोलुखुम्बुमा खास गरी अघिल्लो बर्ष वितरण गरिएको नयाँ क्रियाशील सदस्यलाई मताधिकार दिने कि नदिने भन्नेकै हो । त्यसलाई पहिला छानविन समितिले केही गाविसलाई दिने केहीलाई नदिने निर्णय गर्यो । अहिले पदाधिकारी समितिमा नाममा नयाँ कसैलाई पनि मताधिकार नदिने र १२ औं लाई मात्र निरन्तरता दिने जुन निर्णय गर्यो । हामी यसैको विरुद्ध आन्दोलनमा हौं । छानविन समितिले कुनै गाविसलाई दिने र कुनैलाई नदिने निर्णय किन गरेछ ? छानविन समितिले किन यस्तो गर्यो भनेर हामीलाई बताएको पनि छैन । न त कुनै स्पष्ट पार्ने काम पनि समितिबाट भएको छैन । हामीलाई समितिको प्रतिवेदन देखेर अचम्म किन लाग्यो भने एउटै माईन्यूटबाट पारित भएर विधान बमोजिम भरेर पठाईएका कतिपय गाविसका नयाँ सदस्यलाइ मान्यता दिने अनि कतिलाई नदिने । जब कि लाग्ने दस्तुर देखि सबै प्रक्रियाहरु पुरा गरेर गाउँ तहबाट आएका नयाँ सदस्यता फारमलाई जिल्लाले पठाएको अवस्थामा किन यस्तो खालको विभेद भयो । समितिलाई कहाँ निर यस्तो आशंका भयो । हा...