Skip to main content

Posts

Showing posts from December, 2015

विश्वका उत्कृष्ट ‘स्काई डाइभ’को सूचिमा सगरमाथा पनि

विश्वका उत्कृष्ट स्काई डाइभको सूचिमा सगरमाथा पनि गरेको छ । प्रसिद्ध फोब्र्स पत्रिकाले सन् २०१६ मा गर्नुपर्ने ११ स्काई डाइभको सूचिमा सगरमाथा परेको हो ।

क्रियाशिल सदस्यतालार्इ लिएर कांग्रेस सोलुखुम्बुका दुवै पक्ष अनशनमा

सदस्यताको विषयलाई लिएर नेपाली कांग्रेस सोलुखुम्बुका दुवै गुटका नेताहरु कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा अनशनमा बसेका छन् ।   केन्द्रीय सदस्य सदस्य बलबहादुर केसीले सोलुखुम्बुको नयाँ सबै क्रियाशिल सदस्य बदर गराउनु पर्ने माग गर्दै रिले अनशन सुरु गरेका छन् भने जिल्ला सभापति आङगेलु शेर्पा लगायतको टोलीले सबै नयाँ पुराना दुवैखाले क्रियाशिल सदस्यता सदर गरी मताधिकारी दिन माग गर्दै सोमवारबाट अनशनमा बसेका हुन् । १३ औँ अधिबेशनको आधारशिलाको रुपमा रहेको क्रियाशिल सदस्यता सदर गराउनु पर्ने र बदर हुनुपर्ने दुई थरी मत अन्ततः केन्द्रीय कार्यालयमा अनशन बस्ने सम्म अवस्थामा पुगेको हो । पार्टीका केन्द्रीय सदस्य नरहरि आचार्य नेतृत्वको क्रियाशिल छानविन समितले सोलुखुम्बुका नयाँ पुराना सबै क्रियाशिल सदस्यता सदर गरी १८ गाविसलाई मताधिकारसहितको अधिकार सुनिश्चित गरेको प्रतिवेदन केन्द्रीय समितिमा पेश गरेपछि सो निर्णयप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्य केसीले नयाँ क्रियाशिल सदर गराएर आफूमाथि अन्याय गरेको भन्दै आइतवारवाट नै अनशन सुरु गरेका थिए । केसीको टोलीमा माहासमिति सदस्यहरु रामबहादुर बस्नेत, खि

घरघरमा भित्र्याइँदैछ ‘सिलिन्डर बम’

१० पुस, धनुषा । धनुषाका घरघरमा अहिले ‘सिलिन्डर बम’ भित्रिन थालेको छ । लगातार चार महिनादेखिको बन्द हड्ताल र नाकाबन्दीका कारण खाना पकाउने ग्यासको चरम अभाव भएको छ । तर धनुषाका गाउँसहरमा भारतीय सीमा बजारबाट तस्करहरुले घरघरमा ग्यास सिलिन्डर पुर्‍याउने गरेका छन् । तस्करहरुले तरकारी बेचेजस्तै घरघरमा पुगेर ‘ग्यास लिने’ भनी सोध्ने गर्छन र आफूसँग भएको भरिएको सिलिन्डरबाट खाली सिलिन्डर साट्ने गरेका छन् । सामान्यभन्दा दोब्बर, तेब्बर मोलमा पाउने यी सिलिन्डरहरु असुरक्षित हुने भएकाले एक प्रकारको बमजस्तै भएको ग्यास व्यवसायीहरुको भनाई रहेको अन्नपूर्ण पोस्टमा खबर छ । दुई दिन पहिल मात्रै धनुषामा सिल नलगाइएका ग्यास सिलिन्डर गाडीमा राखेर ओसारप्रसार गर्नेक्रममा ट्रकले पिकअप भ्यानमा ठक्कर दिँदा आगो बलेको र चालकको जलेर मृत्यु भएको थिया । सिल नगरिएका सिलिन्डर राख्न र ओसारप्रसार गर्न दुवैका लागि असुरक्षित रहेको व्यवसायीको भनाई छ । -

शेयर बजारमा लगानी गर्न यी कुरा जानि राखौं

सामान्यतया पुँजी बजारलाई प्रभावपार्ने बिभिन्न फण्डामेन्टल तथा प्राबिधीक पक्षहरु हुन्छन । तर नेपाली पुँजी बजारलाइ प्रायगरी लगानीकर्ताहरुको मनसायले प्रभाव पार्ने गरेको देखिन्छ । त्यसो त कुनैपनि समाचार वा नयाँ नीतिले लगानीकर्ताको मनसायमा पर्ने प्रभावको आधारमा नै पजी बजारमा उतारचढाव आउने गर्दछ । शेयर बजारमा खरिदकर्ता र बिक्रेता बिचको मोलमोलाईका कारण नै कुनै पनि कम्पनीको शेयरको मूल्य निर्धारण हुन्छ । जति बेला पनि शेयर बजार बढ्ने क्रममा हुन्छ त्यतिबेला धेरै नयाँ लगानीकर्ताहरु पुजी बजारमा लगानी गर्न प्रवेश गर्दछन् । उनीहरु अब बजार बढ्छ रे भन्नेजस्ता होहल्लाको भरमा बजारमा प्रवेश गर्ने गर्दछन् र जस्को फलस्वरुप उनीहरुको लगानी अलिक जोखिमपूर्ण बन्न पुग्छ । एकैछिन अध्ययन गरौं शेयर बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु : १. संचालक तथा व्यवस्थापन संचालक समितिको नीति र निर्णयले नै कम्पनीको भविष्य निर्धारित गर्दछ । संचालकहरुको कार्यदक्षता र कार्यप्रणालीले नै कम्पनीको सबलता र सक्षमतालाई झल्काँउदछ ।  संचालक समितिको गलत निर्णय होस् या सही निर्णयलाई कार्यान्वयन गर्ने असक्षम व्यवस्

सोलुखुम्बुमा एलडिओको कार्यकक्ष तोडफोड

बिक्रम श्रेष्ठ पौष ५, सोलुखुम्बु सोलुखुम्बुको स्थानिय बिकास अधिकारी महेश पराजुलीको कार्यकक्ष तोडफोड भएको छ । केही दिन अघि लुक्लामा सम्पन्न एभरेष्ट गोल्डकपमा मुख्य प्रायोजक जिबिस रहेर पनि कुनै सहयोग नगरेको भन्दै आयोजक फेण्डशिप युथ क्लब लुक्लाको युवाहरुले आइतबार एलडिओको कार्यकक्षमा तोडफोड गरेका हुन् । पर्यटन प्रबद्धर्नात्मक हाइअल्टीच्युट खेल मैदानमा आयोजना गरिएको बृहत राशीको खेल कार्यक्रमलाइ पहिले सहयोग गर्ने बचन दिएको तर कार्यक्रम सम्पन्न हुदा समेत कुनै सहयोग नगरेको भन्दै क्लबका आक्रोशित युवाहरुले स्थानिय बिकास अधिकारी महेश पराजुली बसिरहेको समयमै कार्यकक्षको टेबल तोडफोड गरेका हुन् । तोडफोडका कारण केही महत्वपुर्ण कागजातहरु पनि च्यातिएका छन् । आफुहरुको माग सम्बोधन नगरेको र उल्टै गैरजिम्मेवारपन देखाएको भन्दै तोडफोड गरेका हुन् । भोली बिहान सम्म आफुहरुको माग पुरा नभए जिल्ला बिकास समितिमा ताला लगाउने क्लबका अध्यक्ष नाम्गेल शेर्पाले जानकारी दिए । स्थानिय बिकास अधिकारी पराजुलीले आयोजकले मागे जति नै रकम सहयोग गर्न नसक्ने भन्दै जिल्ला स्थीत राजनितिक दलहरु संग छलफल गरि निकास निकाल्ने आश्व