Skip to main content

Posts

Showing posts from June, 2014

फाप्लु विमानस्थलको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

फाप्लु विमानस्थलको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । निर्माण शुरु भएको पाँच दशक पछि कालोपत्रे गर्न थालेको विमानस्थलको काम लगभग सम्पन्न हुने चरणमा छ । यो आम सोलुखुम्बुबासी र हवाईयात्रुका लागि सुखद खबर हो। सोलुखुम्बुको सदरमुकाम सल्लेरी नजिकै रहेको यो विमानस्थल सन् १९६५ अर्थात विक्रम संबत २०२२ सालमा निर्माण भएको थियो । शुरुमा स्वीस सरकारको सहयोगमा बनेको फाप्लु विमानस्थलको धावनमार्गको लम्बाई ३ सय मिटर मात्र रहेको बताइन्छ । त्यसपछि तत्कालीन श्री ५ को सरकारको लगानीमा थप २ सय मिटर बढाएर ५ सय मिटर बनाएको थियो । पटक पटकको मर्मत तथा स्तरोन्नति पछि अहिले फाप्लु विमानस्थलको लम्बाइ ६ सय ८० मिटर बनाइएको छ । विमानस्थलको कालोपत्रे सँगसँगै अझ यो विमानस्थलको लम्बाई केही बढ्ने बताइन्छ । शुरुमा सेस्ना नामक विमानले उडान भरेको फाप्लुमा २०२७ साल पछि पिलाटस् पोर्टरले उडान भरेको थियो । विमास्थलको केही स्तरोन्नति गरेपछि २०४६ साल तिर देखि मात्र ट्वीनअटर विमानले उडान भरेको जानकारहरु बताउँछन् । विभिन्न समयमा मर्मत हुदै आएको विमानस्थलको २०५७÷०५८ मा ग्राभेल गरेयता भने मर्मत हुन सकेको थिएन । वि.सं

विदेशको अनुभव नेपालमा खर्चिने तयारीमा पिटी शेर्पा

विदेशको अनुभव नेपालमा खर्चिने तयारीमा पिटी शेर्पा  कर्मथलो विदेश भएपनि मन र मस्तिष्कले नेपाल र नेपालीप्रति चासो र चिन्ता राख्ने व्यक्ति हुन पि.टि शेर्पा । सोलुखुम्बु जिल्लाको केरुङ १ मा जन्मिएका शेर्पा मिलनसार स्वभाव र सहनशिल व्यक्तित्वको एउटा उद्धाहरण नै हुन् । ५० भन्दा बढी मूलुकको भ्रमण र अष्ट्रेलियन सरकारको कर्मचारीको रुपमा लामो समय बिताइसकेका छन् उनले । शिक्षण, पर्यटन र वातावरण लगायतका क्षेत्रमा उनको चासो रहेको छ । विदेशमा रहे पनि नेपाल र नेपाली भनेपछि मरिमेट्ने उनी भन्छन् ‘संसारको जुनसुकै कुनामा पुगे पनि नेपाल बिर्सिन सक्दिन ।’  विदेश बसाईको २० वर्षीय अनुभवलाई सम्झदै अन्य देशको तुलनामा नेपाल पछि पर्नुको कारण नेपालको राजनितिक परिस्थितीलाई मान्छन् उनी । शेर्पाले आफ्नो करियर शिक्षण पेशाबाट सुरु गरेका थिए । केही वर्ष काठमाडौ“को बुढानिलकण्ठ विद्यालयमा अध्यापन गरेपछि उनी वातावरणको क्षेत्रमा लागे । गीफ्ट फर एड नेपाल, अष्ट्रेलिया सरकारको जुलालीकारी काउन्सिल, वेष्ट अष्ट्रेलियाको राष्ट्रिय निकुञ्ज र क्याम्बोडियाको जनजातिको हक अधिकारको क्षेत्रमा शेर्पाले काम गरिसकेका छन् । शेर्पाले ने

सोलुखुम्बुको थप दुई स्थानमा प्रहरी चौकी राख्ने तयार

सोलुखुम्बुको दुई स्थानमा थप अस्थाई प्रहरी चौकी राख्न आबश्यक देखीएको भन्दै गृह मन्त्रालयमा प्रस्ताब पठाईएको छ । आज जिल्ला प्रशासन कार्यलयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गर्दै तिङला गाबिसको ६ नम्बर वडा स्थीत रमितेमा र पंचन गाबिसको भन्ज्याङ डाँडामा सुरक्षाको दृष्टीकोणले तत्काल प्रहरी चौकी राख्न आबश्यक देखीएको भन्दै स्वीकृतीका लागी गृह मन्त्रालयमा पत्र पठाईएको प्रहरी नायब उपरिक्षक बद्रि बिक्रम थापाले जानकारी दिनुभयो । जिल्ला सुरक्षा समितिको अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी उद्धब प्रसाद तिमल्सीनाको अध्यक्षतामा बसेको बैठकले रमितेमा दिन प्रतिदिन बजारीकरण बढ्दै गएको, सर्बसाधरणको जमघट बढेको, सडकको पहुँच जिल्लाको तल्लो क्षेत्र नेता सल्यानमा पनि पुग्ने क्रम सुरु हुदा मानिसको केन्द्र बिन्दु रमितेमा बढ्ने र भईपरि आउने दुर्घटनालाई समेत मध्य नजर गरेर रमिते बजारमा अस्थाई प्रहरी चौकीको प्रसताब गरिएको निर्णयमा उल्लेख छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरी देखी ओखलढुङगाा हुदै काठमाडौँ जोड्ने मुख्य सडक मार्ग पनि सोही रुटमा पर्ने तर सदरमुकाम सल्लेरी देखी केरुङको पत्ताले सम्म कतै प्रह

सोलुखुम्बु जिल्ला

सोलुखुम्बु जिल्ला पुर्वञ्चल विकास क्षेत्र अन्तर्गत सगरमाथा अञ्चलको उत्तर भागमा पर्दछ । यस जिल्लाको उत्तरमा चिनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने पुर्वमा भोजपुर र संखुवासभा,पश्चिममा दोलखा र रामेछाप तथा दक्षिणमा ओखलढुङगा र खोटाङ जिल्लाहरु पर्दछन । यो जिल्ला ३४ गाविस ,९ वडा इलाका र १ संसदीय क्षेत्रमा विभाक्त रहेको छ । यो जिल्ला यहाँका मनोरम हिमशिखर र उच्च पर्वतीय क्षेत्र विश्वमा नै प्रसिद्ध रहेको छ । यस जिल्लालाई पर्यटकहरुको सांग्रिला भनेर पनि चिनिन्छ । यहाँ रहेका विभिन्न जातजाति , भेषभुषा भाषा संस्कृत रहनसहन आदिको विविधताले यसको महत्वमा थप भुमिका खेलेको छ । विश्वको साहसी पर्वतारोही तथा प्राकृतिक तथा साँस्कृतिक वैभवका पारखीहरुलाई यस जिल्लाले सधैं आकर्षित गरिहरेको पाईन्छ।   VDC's of solukhumbu:- 1.Tingla, 2.waku, 3.Basa, 4.Beni, 5.Bhakanje, 6.Bung, 7.Chaulakharka, 8.Chheskam 9.Deusa 10.Garma 11.Goli 12.Gorakhani 13.Gudel 14.Jubing 15.Jubu 16.Kaku 17.Kangel 18.Kerung 19.Khumjung 20.Loding ,21.Tamakhani 22.Lokhim 23.Mamerku 24.Mukali 25.Namche 26.Necha Batase 27.Necha Bedghari

सोलुखुम्बुको एसएलसी नतिजा -

 सोलुखुम्बुको एसएलसी नतिजा - सोलुखुम्बुवाट करिब २१ प्रतिशत उत्तीर्ण यस बर्षको एसएलसी परीक्षामा नियमिततर्फ सोलुखुम्बुवाट करिब २१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकाछन् । कुल एक हजार छ सय ४९ परीक्षार्थी सहभागी भएको परीक्षामा जम्मा ३ सय ४४ विद्यार्थी उत्तीर्ण भएकाछन् । जुन २०.८६ प्रतिशत हो । सोलुखुम्बुवाट एकै जना विद्यार्थीले पनि बिशिष्ट श्रेणी प्राप्त नगर्दा ७१ जना प्रथम र २ सय ६६ जना द्वितीय विद्यार्थी उत्तीर्ण भएकाछन् । तृतीय श्रेणीमा उत्तीर्ण हुने विद्यार्थीको संख्या ७ रहेको छ ।   यस बर्षको एसएसली परिक्षामा सोलुखुम्बुका २ वटा बिद्यालयको नतिजा शुन्य भएकोछ । जिल्लाका ४२ वटा माध्यमिक बिद्यालय र एउटा खुल्ला तर्फको गरी कुल ४३ वटा बिद्यालय सहभागी भएकोमा जनसेवा माबी लोखिम र गणेस्थान माबी नेचाबतासे गैह्रीको नतिजा शुन्य भएको हो । जिल्लाको ह्वाईट हिल्स उच्च माबी सल्लेरीले परिक्षामा ६ जना बिद्यार्थी सहभागी गराएकोमा सबै बिद्यार्थी द्धितिय श्रेणीमा उत्तिर्ण गराएर शत प्रतिशत नतिजा हासिल गरेकोछ । खुम्जुङ माबी खुम्जुङबाट ३० जना बिद्यार्थी सहभागी भएकोमा ११ जना प्रथम र १८ जना द्धितिय श्रेणी गरी २९ जना

पर्यटकको दैनिक खर्च ४२.८ डलर

पर्यटकको दैनिक खर्च ४२.८ डलर काठमाडौं : नेपाल भित्रिने विदेशी पर्यटकले प्रतिदिन गर्ने खर्च औसतमा ४२.८ अमेरिकी डलर रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उपलब्ध गराएको प्रारम्भिक तथ्यांकले देखाएको छ। मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार नेपाल आउने विदेशी पर्यटकको दैनिक खर्च अघिल्लो वर्षको तुलनामा बढे पनि पाँच वर्षको तुलनामा भने ४३ प्रतिशतले घटेको छ। सन् २००८ मा ७३ डलर प्रतिदिन खर्च गर्ने विदेशी पर्यटकको खर्चदर अहिले जम्मा ४२ डलरमा सीमित रहेको तथ्यांकले देखाएको छ। जसअनुसार प्रतिपर्यटक तीन हजार नौ सय ९१ रुपैयाँ प्रतिदिन हुन आउँछ। तर अघिल्लो वर्ष सन् २०१२ मा नेपाल भित्रिने पर्यटकले प्रतिदिन जम्मा ३६.२ अमेरिकी डलर अर्थात् तीन हजार ९८ रुपैयाँमात्र खर्च गर्ने गरेका थिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी तथ्यांक अधिकृत ज्योति केसीका अनुसार प्रतिपर्यटक प्रतिदिन खर्च बढे पनि उनीहरूको नेपाल बसाइ भने घटेर १२.५७ दिन रहेको छ। सन् २०१२ मा पर्यटकको नेपाल बसाइ १२.८७ दिन रहेको थियो। विवरणअनुसार नेपाल भित्रिने प्रत्येक विदेशी पर्यटकले सन् २०१३मा पाँच सय ३८ डलर

एसएलसीको परीक्षाफल सार्वजनिक

एसएलसीको परीक्षाफल सार्वजनिक  "यस वर्ष नतिजा सुधार, ४३.९२ प्रतिशत उत्तिर्ण" काठमाडौं , जेठ ३०- परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भक्तपुरले गत चैतमा लिएको एसएलसीको नतिजा आज प्रकाशन गरेको छ । परीक्षामा ४३.९२ प्रतिशत परीक्षार्थी पास भएका छन् । एसएलसीमा ५८ वटा विषयको परीक्षा सञ्चालन भएको थियो भने परीक्षामा देशभरबाट पाँच लाख ४७ हजार १६५ जना परीक्षार्थी सहभागी थिए । जसमध्ये नियमिततर्फ चार लाख ३० हजार ९७ जना र एक्जाम्टेडतर्फ एक लाख १७ हजार ६८ जना परीक्षार्थी थिए । परीक्षाका लागि देशभरिमा एक हजार ७८६ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । जसमा सबैभन्दा बढी काठमाडौमा ८६ केन्द्र र सबैभन्दा कम मनाङ तथा मुस्ताङमा एक एक केन्द्र कायम गरिएका थिए । परीक्षामा देशभरिमा एक हजार ७८६ केन्द्राध्यक्ष, दुई हजार ६५५ जना सहायक केन्द्रध्यक्ष, २१ हजार ८९० जना निरीक्षक, सात हजार २९७ जना सहयोगी र १९ हजार ८६० जना सुरक्षाकर्मी परिचालन गरिएको थियो । नतिजा हेर्न: परीक्षा नियन्त्रण कार्यालयको वेसाइट www.soce.gov.np , तथा नेपाल टेलिकमको www.slc.ntc.np, www.educationsansar.com लगाएतको माध्यमबाट थाहा

विश्वकपको नेपाली समय तालिका

समुह ए ब्राजिल, क्रोएसिया, मेक्सिको, क्यामरुन १२ जुन जेठ ३० गते ०१ ः४५ बेलुका ब्राजिल – क्रोएसिया एरेना डे साओ पाउलो, साओ पाउलो १३ जुन जेठ ३० गते १ः४५ राती मेक्सिको – क्यामरुन एरेना डास दुनास, नाताल १७ जुन आसर ४ गते १२ः४५ राती ब्राजिल – मेक्सिको स्टाडिओ कास्टेला, फोर्टालेजा १८ जुन असार ५ गते ३ः४५ बिहान क्रोएसिया – क्यामरुन एरेना अमाजोनिया, मानाउस २३ जुन असार १० गते १ः४५ राती ब्रालिज – क्यामरुन स्टाडियो नासिओनाल, ब्रासिलिया २३ जुन असार १० गते १ः४५ राती क्रोएसिया – मेक्सिको एरेना पर्नाम्बुको, रेसिफ समुह बी स्पेन, नेदरल्याण्ड, चिली, अष्ट्रेलिया १३ जुन असार ३१ गते १२ ः ४५ राती स्पेन विरुद्ध नेदरल्याण्ड एरेना फोन्टे नोभा, साल्भाडोर १३ जुन असार ३१ गते ०३ः ४५ बिहान चिली विरुद्ध अष्ट्रेलिया एरेना पान्तनाल, क्युइवा १८ जुन असार ४ गते ०९ः४५ राती नेदरल्याण्ड विरुद्ध अष्टे«लिया स्टाडियो बेइरा रियो, पोर्ट एलेग्रे १८ जुन असार ५ गते १२ः४५ राती स्पेन विरुद्ध चिली स्टाडिओ डो माराकाना, रियो दे जेनेरियो २३ जुन आसर ९ गते ०९ः४५ राती स्पेन विरुद्ध अष्ट्रे

यसरी घट्दैछ तपाईले बैंकमा राखेको पैसा

तपाई आफूले कमाएको रकम बैंकमा जम्मा गरी धनी हुने साेंचमा हुनुहुन्छ भने होसियार । बैंकमा पैसा राखेर तपाई धनी होइन झन गरिब भईरहनु भएको छ । सामान्यतयाः बैंकमा पैसा राख्दा बढ्नु पर्ने हो । तपाईले बैंकमा पैसा राख्ने पनि बढाउनकै लागि हो । तर, निक्षेपको व्याजदर र मुल्यवृद्धि दरबीचको चुलिदो अन्तरका कारण तपाईले बैंकमा राखेको पैसा खिईदै गएको छ । तपाईले २०७० बैशाखमा बैंकमा एक लाख रुपैयाँ निक्षेप राख्नुभएको थियो भने अहिले सो रकमको ‘रियल मनी भ्यालू’ घटेर ९४ हजार ९० रुपैयाँ भएको छ । तपाईको खातामा रकम बढेर एक लाख ४ हजार ३ सय रुपैयाँ भएको देखिए पनि मुल्यवृद्धिका कारण त्यसको ‘रियल मनी भ्यालू’ पाँच हजार १० रुपैयाँले घटेको हो । तर, बैशाख महिनामा तपाईको खर्च एक लाख रुपैयाँ हुन्थ्यो भने अहिले एक लाख ९ हजार ४० रुपैयाँ खर्च हुन्छ । बैंकहरुले निक्षेपमा दिने व्याजदर आम्दानी हो र मुल्यवृद्धि खर्च । बैंकले दिने व्याजदरभन्दा मुल्यवृद्धि ५.१ प्रतिशतले बढी भएकाले एक वर्षको अवधिमा तपाईले बैंकमा जम्ममा गरेको रकम पाँच प्रतिशतले खिइएको हो । तर, तपाईलाई यो अर्थशास्त्रीय सिद्धान्तको जानकारी नभएर बैंकमा राखेको रकम खिइ