Skip to main content

Posts

Showing posts from February, 2017

सोलुखुम्बु नेपाली कागज उद्योग नेपालकै उत्कृष्ट

फुगमाेछे नेपाली कागज उद्योग नेपालकै उत्कृष्ट  सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–१ मा सञ्चालित फुगमाेछे नेपाली कागज उद्योग नेपालकै उत्कृष्ट नेपाली कागज उद्योगका रुपमा पुरस्कृत भएको छ । उद्योग विकास विभागले काठमाडौँमा आयोजना गरेको औद्योगिक प्रदर्शनीका क्रममा सो नेपाली कागज उद्योगका प्रोप्राइटर वाङछु शेर्पालाई रु २० हजारसहित उद्योगमन्त्री नवीन्द्रराज जोशीले पुरस्कृत गर्नुभएको जिल्ला घरेलु तथा साना उद्योग विकास समिति सोलुखुम्बुका उद्योग अधिकृत चेतनाथ घिमिरेले जानकारी दिनुभयो । अधिकृत घिमिरेका अनुसार शेर्पाले सञ्चालन गर्दै आएको उद्योगबाट उत्पादित गुणस्तरीय नेपाली कागज विदेशमा समेत निर्यात हुने गरेको छ ।

टिप्स: दैनिक ३० रुपैयाँ जोगाएरै यसरी बन्नुहोस् करोडपति

करोडपति बन्ने रहर कसलाई पो नहोला र ? तर, कसरी बन्ने भन्ने बाटोचाहीँ धेरैले नदेखेका हुन सक्छन् । त्यसैले धेरै मान्छेहरु पैसा कमाउने लालचमा नकरात्मक काम गर्न पुग्छन् । र, एकदिन नराम्रोसँग फस्छन् । आज हामी तपाईँलाई करोडपति बन्ने सरल उपाय सिकाउँदै छौं । करोडपति हुने सजिलो र दिगो बाटो भनेको सानै उमेरदेखि पैसाको महत्व बुझ्ने र लगानी गर्न शुरु गर्ने नै हो । वारेन बफेटले ११ बर्षको हुँदा लगानी गर्न शुरु गरेका थिए । अहिले उनी संसारकै दोस्रो धनी ब्यक्ति भइसेका छन् । अब लगानी गर्न पैसा चाहियो । पैसा आउने भनेको बचत गरेर हो । तपाईं जतिसुकै कमाउनुस् । तर अर्थ राख्ने भनेको तपाइंको बचतले नै हो । अर्थात् कुनैपनि मान्छे कमाएर धनी बन्न सक्दैन, धनी बन्न त कमएको पैसा बचत गर्न सक्नुपर्छ । आफ्नो कमाई र दैनिक खर्चको बिवरण राख्नु बचत शुरु गर्नु पहिलाको सबैभन्दा महत्वपूर्ण कदम हो । केहि दिनलाई असहज महसुस हुने वा दैनिक खर्च बिर्सने भए पनि १०/१५ दिन पछि यो सहज लाग्न थाल्छ र बचत गर्न ठूलो मद्दत पुग्छ । लुगाफाटा, तरकारी, दाल चामल, घर भाडा आदिको खर्च बिवरण राखेर पछि त्यस बिवरणमा आँखा डुँलाउँदा खर्चको ब

अवरुद्ध बिपी राजमार्ग खुला, एकातर्फि मात्र सवारी सञ्चालन

सिन्धुली—शीतलपाटी गाविस–९ बेनीघाट खाल्टेमा सडक भत्किएपछि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा ल्याइएको छ।  राजमार्ग निर्माणका बेला सञ्चालनमा रहेको सहायक मार्गलाई मर्मत गरी एकतर्फीबाट मात्र सवारी सञ्चालनमा ल्याइएको हो।  राजमार्ग निर्माणका बेला सञ्चालनमा रहेको सहायक मार्गलाई मर्मत गरी एकतर्फीबाट मात्र सवारी सञ्चालनमा ल्याइएको हो। आइतबार राति ११ बजेदेखि अवरुद्ध राजमार्ग १९ घन्टापछि खुलाइएको बनेपा –सिन्धुली – बर्दिबास सडक योजनाका योजना प्रमुख भरतकाजी तिवारीले जानकारी दिए। अहिले बीच बाटामा रोकिएका सबै सवारीलाई गन्तव्यतर्फ पठाइएको छ ।  राति सवारी सञ्चालन गर्दा जोखिम रहने भएकाले सो समयमा कुनै पनि सवारी साधन सञ्चालन नगरिने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारले जानकारी दिए।  साँघुरो वैकल्पिक सडकबाट सवारी सञ्चालन गर्नुपर्ने भएकाले अहिले सुरक्षालाई ध्यानमा राख्दै तत्कालै एकातर्फबाट मात्र सवारी सञ्चालन गरिने छ। साँझ परेपछि राजमार्ग दैनिक बन्द र बिहान ६ बजेदेखि मात्र सवारी सञ्चालन गरिने उनको भनाइ छ। रासस 

विपी राजमार्गको सडक भासियो, सवारी आवागमन अवरुद्ध

सिन्धुली- विपी राजमार्ग सडकखण्डअन्तर्गत सिन्धुलीको शीतलपाटीमा पर्ने राजमार्ग सुनकोसी नदीमा खसेको छ। शीतलपाटी–९ वेनीघाट खाल्टेमा पर्ने विपी राजमार्गको झन्डै एक सय मिटर सडक गएराति सुनकोसी नदीमा खसेको हो।  राति ११ बजे सडक सुनकोसीतर्फ खसेको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले जानकारी दिए। राजमार्ग किन र कसरी भत्कियो भन्ने यसै भन्न नसकिने उनको भनाइ छ। राजमार्गमा मोटरसाइकलसमेत नछिर्ने गरी राजमार्गको भित्तोसहित तल भासिएको प्रजिअ कार्कीले जानकारी दिए।  गएरातिदेखि राजमार्ग सम्बन्ध विच्छेद भएपछि अहिले सयौँ सवारी गन्तव्यविहीन बनेका छन्। विपी राजमार्ग, मध्यपहाडी लोकमार्ग भएर राजधानी तथा राजधानीबाट बाहिरिएका सवारी गन्तव्यविहीन भएका छन् भने यात्रु बिचल्लीमा परेका छन्। रामेछाप, दोलखा, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गालगायत पूर्वका अन्य जिल्ला तथा तराईका जिल्लाबाट राजधानी हिँडेका सवारीसाधन बीच बाटोमा नै थन्किएर बसेका छन्।  सिन्धुलीबाट राजधानी जाने साना तथा अन्य सवारीसाधन नजान र नलैजान सम्बन्धित व्यवसायीलाई जानकारी गराइएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ।  यस

‘बिमला दिदी’ जसले ५ सय रुपैयाँबाट व्यापार सुरु गरेर ४ वटा घडेरी जोडिन्

चिया धेरैका लागि लत हो। सहरका लागि त यो धेरै थोकको बहाना हो। कसैसँग भेटियो। के खाने ? सहज उत्तर हुन्छ– चिया। तलतल मेटाउने बहाना हो– चिया। चुस्की लगाउँदै एक–अर्काका कथा साट्ने बहाना हो– चिया। जसरी चिया पियक्कडहरु चुस्कीसँग गफका पत्र–पत्र खोल्छन्, चिया पकाउनेका पनि पत्र–पत्र कथा हुन्छन्। यस्तै एउटा कथा छ– ‘बिमला दिदी’को। नाम– बिमला पराजुली। ग्राहकले चिन्ने नाम–बिमला दिदी। सहरमा चिया सहजै पाइने पेय पदार्थ हो। तर, ‘बिमला दिदी’ले उमालेको चिया खान लाइन नै बस्नुपर्छ। भर्रर आवाज दिइरहेको ग्यास चुल्होमाथि डेक्चीमा चिया पाकिरहेको हुन्छ। नयाँ बानेश्वरबाट पुरानो बानेश्वरतर्फ पुरानो शिवदर्शन हलनजिकै साँघुरो गल्लीमा जस्तापाता बारेर बनाइएको चिया पसलमा जतिखेरै घुइँचो देखिन्छ। सुविधा सम्पन्न बस्ने ठाँउ छैन। बिमलालाई भ्याइनभ्याइ छ। दैनिक ५ देखि ६ सय कपसम्म चिया बेच्छिन्। जसबाट उनले मासिक करिब ६० हजार जोगाउँछिन्। पाँच सय रुपैयाँबाट सुरु भएको उनको व्यवसायले उति ठूलो रुप लिएको त हैन, तर उनले अहिलेसम्म काठमाडौंमै चारवटा घडेरी जोडिसकिन्। घरव्यवहार यसैबाट चलेको छ। यो उनले सजिलै पाएको उपलब्धी भने होइन।

सोलुखुम्बुको कोसीपारीमा पहिलोपटक जीप र ट्र्याक्टर पुग्दा खुसीयाली

६ फागुन, सोलुखुम्बु। सोलुखुम्बुको अत्यन्तै विकट क्षेत्र कोसीपारीका गाउँमा पहिलोपटक सडक यातायातको साधन पुग्दा स्थानीयवासीले खुसीयाली मनाएका छन् । आज दूधकोसीको दिप्लीघाटबाट तारेर पावै गाविसमा एउटा जीप र एउटा ट्र्याक्टर पुर्‍याएपछि स्थानीयवासीले सवारीसाधन तथा चालकलाई फूलमाला र अबीर लगाउनुको साथै नाचगानसमेत गरेका थिए । केही महिनाअघि सोही दिप्लीघाटबाट पारी गएर डोजरले पावै गाविसमा सडकको ट्र्याक खोलेपछि आज पहिलोपटक जीप र ट्र्याक्टर पारी तारिएको हो । दूधकोसीभन्दा पारी रहेका र भौगोलिक रुपका अत्यन्तै विकट जिल्लाका वाकु, पावै, बुङ, छेस्काम, सोताङ र लोखिम गाविसका बासिन्दा सवारी साधन दूधकोसी तरेपछि खुसी भएका हुन् । जीप र ट्र्याक्टर कोसी तार्ने समारोहमा उपस्थित पावैका नीरज राईले आजको दिन कोसीपारीका बासिन्दाका लागि जीवनकै खुसीको दिन भएको बताए । 

लेनदेनको कागज अब वडाले प्रमाणित गर्नुपर्ने

फागुन ५ /  सामान्य घरसारको कागज वा कपाली तमसुककै भरमा ऋण लिने–दिने गर्नुभएको छ? विचार गर्नुस्, तपाईंको थैली भुस हुन सक्छ । मुलुकी ऐन प्रतिस्थापनसम्बन्धी प्रस्तावित कानुन कार्यान्वयनमा आएपछि स्थानीय तहबाट प्रमाणित नभएको लिखत सरकारी अड्डाले मान्यता दिने छैनन् । संसदको विधायन समितिले ५० हजार रुपैयाँभन्दा बढीको लिखत सम्बन्धित स्थानीय तह वा वडाबाट प्रमाणित गर्नुपर्ने बाध्यात्मक व्यवस्थासहितको प्रतिवेदन पारित गरेको छ । प्रचलित मुलुकी ऐनलाई प्रतिस्थापन गर्न प्रस्ताव गरिएका ६ वटा विधेयकमध्ये ‘देवानी मुद्दाको कार्यविधिसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ को दफावार छलफल टुंग्याउँदै समितिले स्थानीय तह वा वडाबाट प्रमाणित नभएका लेनदेनका कागज अदालतबाट कार्यान्वयन नहुने व्यवस्था गरेको छ । ‘कानुनबमोजिम कुनै निकायबाट प्रमाणित वा पारित गर्नुपर्ने वा त्यस्तो निकायमा अभिलेख रहने वा त्यस्तो निकायबाट अभिलेख रहने वा त्यस्तो निकायबाट कार्यान्वयन हुनेबाहेकका यस परिच्छेदबमोजिम हस्ताक्षर वा ल्याप्चे सहीछाप गर्नुपर्ने ५० हजार रुपैयाँ वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी निर्ध

पाँच करोडको लागतमा पत्तालेमा बुद्धपार्क निर्माण हुँदै

सोलुखुम्बु । दृष्यावलोकनका लागि प्रख्यात सोलुखुम्बुको पत्तालेमा निर्माण गरिने बुद्धपार्क पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले शिलान्यास गरेका छन् । केरुङ गाविसमा पर्ने पत्तालेमा बुद्धको मुर्ती स्थापनाका साथै बुद्ध धर्म सम्बन्धि अन्य संरचना निर्माण गरी धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ निर्माण सुरु सो योजनका लागि करिव रु पाँच करोड लाग्ने पार्क व्यवस्थापन समितिले जनाएको छ । पूर्व मन्त्री केसीले सो पार्क तल्लो सोलुमा पर्यटक ल्याउन कोसेढुङ्गा सावित हुने उल्लेख गर्दै पार्कसँगै पत्तालेमा भ्यू टावर निर्माण, स्थानीय परिकार खुवाउने, शेर्पा संस्कृतिअनुसार स्वागत सत्कार गर्नेजस्ता कार्यक्रम गर्न सुझाव दिए । बुद्धपार्क निर्माण गर्न लागिएको पत्ताले क्षेत्रमा प्रसिद्ध गौरीटाप, चाँगेस्थान मन्दिर तथा दृष्यावलोकनका लागि प्रसिद्ध थालेडाँडा अवस्थित छ । थालेडाँडाबाट सगरमाथा गौरीशङ्करलगायत एक दर्जन बढी हिमाल प्रस्ट देख्न सकिन्छ । काठमाडौँबाट २४० किमी लामो सडक पार गर्न सकिने पत्तालेमा हिउँदमा बाक्लो हिमपातसमेत हुने भएकाले हिउँदमा हिउँ खेल्ने पर्यटकको समेत घुइँचो लाग्

सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनका लागि भारतीय टोली आउने भए पनि नेपाली पक्ष सूचनाविहीन

बाबुराम विश्वकर्मा भारतको हैदरावादस्थित सर्भे अफ इन्डियाका प्रमुख स्वर्ण सुब्बारावले सात महिनाअघि नेपाल आउँदा नापी विभागका महानिर्देशक कृष्णराज बीसी र सीमाविज्ञ तथा विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठलाई सर्भे अफ इन्डियाको स्थापना दिवसमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा निम्ता गर्ने जानकारी दिए । तर, सर्भे अफ इन्डिया स्थापनाको २ सय ५० वर्ष पुगेको सन्दर्भमा १२–१४ माघ ०७३ मा हैदरावादमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा बीसी र श्रेष्ठ सहभागी भएनन् । कारण, श्रेष्ठलाई निम्ता नै आएन भने बीसीलाई आतेजाते खर्च स्वयं बेहोर्ने सर्तमा निम्तो थियो । तर, नेपाली प्रतिनिधि उपस्थित नभएको त्यस सम्मेलनमा भारतीय सुब्बारावले नेपालको पहिचान र सानसँग जोडिएको सगरमाथाको उचाइ नाप्ने आफ्नो तयारीको फेहरिस्त खोले । उनले भूकम्पका कारण विश्वको सर्वोच्च शिखरको उचाइ घटेको भन्दै नेपालका नापी विभागका महानिर्देशक हैदरावाद आएको भए विस्तृत कुराकानी गरेर तुरुन्त काम थाल्ने समेत बताएका थिए । सगरमाथाको उचाइ नाप्न भारतीय विदेश मन्त्रालयले नेपाल सरकारको स्वीकृति लिइसकेको समेत रावले त्यस सम्मेलनमा बताएको बीबी

माओवादी निकट पर्यटन व्यवसायी संगठनमा शेर्पा अटाएनन्,प्रचण्ड आफ्नै कार्यकर्ताको भुङ्ग्रोमा.

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल पर्यटन व्यवसायी संगठन अझै अपूर्ण रहेको बताउँनु भएको छ । शुक्रबार होटल ¥याडिसनमा माओवादी निकट पर्यटन व्यसायीको एकता भेलाको उद्घाटन गर्दे उहाँले एकता भेलामा सबै पर्यटन व्यवसायी अटाउँन नसकेको भन्दै पूर्णता दिन निर्देशन दिनुभएको छ । एकतामा माओवादी केन्द्रका खास बरिष्ठ पर्यटन व्यवसायीको उपस्थिति नदेखेपछि प्रधानमन्त्री दाहालले पर्यटन बिषयमा खासै मन्तव्य राख्नु भएन । एकतामा महत्वपूर्ण पर्यटन व्यवसायीलाई बाहिर राखिएको र राजनीति अभिप्रायले एकताको कामलाई हतार गरीएको थाहा पाए पछि पार्टी अध्यक्ष दाहालले असन्तुष्टि जनाउनुभयो । सबैलाई समेटेर एकताको भेला आयोजना गरीएको भनेर पार्टी अध्यक्ष दाहाललाई आश्वस्त पारीएको थियो । तर, दाहालले उद्घाटनको क्रममा खास पर्यटन ब्यवसायी नदेखेपछि खासै बोल्न चाहनुभएन् । प्रधानमन्त्रीले भन्नुभयोः‘ यसलाई पूर्णता दिने काम छिटो गर्नुहोला ।’ पुर्व पर्यटन मन्त्री लोकेन्द्र बिष्टले एकता भएको भन्दै १ सय ५१ सदस्यीय पर्यटन व्यवसायी संगठन घोषणा गर्दा एकजना पनि शेर्पा नपरेको भन्दै शेर्पाहरुले सम