Skip to main content

Posts

Showing posts from November, 2014

विश्‍व पर्यटनमा नेपालको छवि उज्यालियो

विश्व पर्यटन मानचित्रमा नेपालले फेरि आफ्नो सशक्त उपस्थिति जनाउन थालेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपालको पर्यटनका बारेमा प्रकाशन प्रसारण गरेपछि नेपालको पर्यटन क्षेत्रले व्यापकता पाएको हो।  विश्वका प्रसिद्ध पर्यटकीयस्थानको प्रवर्द्धन गर्ने सञ्चार समूहले नेपालका पर्वतीय पर्यटन, पदयात्रा, गन्तव्य, होटेल र पर्यटकीय गाउँका बारेमा प्रचार गरी पर्यटन प्रवद्र्धनमा सहयोग गरिरहेका छन्।  अन्तर्राष्ट्रिय ट्राभल पोर्टल लोनली प्लानेटले दुई साताअघि मात्र नेपालको खुम्बु क्षेत्रलाई उत्कृष्ट १० औं गन्तव्यको सूचीमा राखेको छ। लोनलीले गत अक्टोबरको अन्तिम साता नेपालको सगरमाथा क्षेत्र (खुम्बु) लाई सन् २०१५ मा घुम्नैपर्ने गन्तव्यको छैटौं नम्बरमा राखेको हो।  विश्वका घुम्नैपर्ने चारवटा पदयात्रा गन्तव्यको सूचीमा नेपालको ग्रेट हिमालय ट्रेल पनि परेको छ। ट्राभल आइडियाले गतसाता सार्वजनिक गरेको चार उत्कृष्ट गन्तव्य सूचीको तेस्रो नम्बरमा ग्रेट हिमालय ट्रेललाई राखेको छ। विश्वकै लामो र साहसिक पदयात्रा ग्रेट हिमालयन टे्रल पूरा गर्न एक सय २० देखि एक सय ५० दिनसम्म लाग्छ।  विश्वका प्रसिद

सगरमाथा आधार शिविरमा वाइफाई इन्टरनेट

सोलुखुम्बु : सगरमाथा र आमाडब्लम हिमालका आधार शिविरमा वाइफाई इन्टरनेट शुरु गरिएको छ ।  एभरेष्ट लिङ्कले खुम्बु क्षेत्र र ती दुई हिमालका आधारशिविरमा पनि वाइफाई इन्टरनेट जडान गरेको हो । यस्तै सोलुमुम्बुका नाम्चे, खुम्जुङका साथै पर्यटकीय बस्तीहरु गोक्यो, दोले, मछेर्मो, फेरुचे, दिङ्बुचे, दिबुचे, फोर्चे, तेङ्बोचे, पाङोचे, मञ्जो, फाक्दिङमा पनि इन्टरनेट सेवा सुरु भएको छ ।  पर्यटकको सुविधालाई ध्यान दिएर खुम्बुक्षेत्रका करिब ७० प्रतिशत भूभागमा चल्ने गरी इन्टरनेट सेवा पुर्‍याएको एभरेष्ट लिङ्कका प्रबन्धक बुद्धि तामाङले जानकारी दिए । हाल २० एमबी गति रहेको सो इन्टरनेट चाँडै ब्याण्डविथमा ४० एमबी बनाएर तीव्र गतिको इन्टरनेट सेवा दिने प्रबन्धक तामाङले बताए ।  इन्टरनेट सेवा शुरु भएपछि दुर्गम उच्च हिमालीक्षेत्रको कुनाकन्दरासम्म ल्यापटप, मोबाइल र ट्यावलेटलगायत डिभाइसमा वाइफाईमार्फत इन्टरनेट प्रयोग गर्न सकिनेछ । इन्टरनेट सेवा पाएपछि यस क्षेत्रमा आउने पर्यटक खुसी छन् । 

नेपाल एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट बच्यो

बाबुकाजी कार्की २३ कात्तिक, सोलुखुम्बु । सोलुखुम्बुको फाप्लु विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज दुर्घटना हुनबाट जोगिएको छ । ५ जना सभासद सहित १५ यात्रु बोकेर काठमाडौं उड्दै गरेको विमानको इन्जिनमा खराबी आएपछि फाप्लुमै ग्राउन्डेड भएको छ । उडान भर्नका लागि धावन मार्गमा गुड्दै गर्दा दायाँ तर्फको पंखा नघुमेपछि जहाज ग्राउण्डेड भएको नागरिक उड्यन प्राधिकरण फाप्लुका एटीसी अफिसर हरि अधिकारीले जानकारी दिए । बिमानमा संविधान सभा निर्वाचन अध्ययन अनुसन्धान तथा सुझाव सम्बन्धि संसदीय विशेष समितिका संयोजक लक्ष्मणलाल कर्ण, सदस्यहरु रामनारायण बिडारी, भानुभक्त ढकाल, कमलप्रसाद पंगेनी, रेखा शर्मालगायत संसद सचिवालयका कर्मचारीहरु रहेका थिए । उनीहरु दोस्रो संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधली अध्ययनको लागि सोलुखुम्बु पुगेका थिए । सभासदहरुको टोली आइतबार विहान ८ बजे काठमाडौं फर्किने कार्यक्रम थियो । ‘विहान ८ बजे काठमाडौं उड्दै थियौं, तर विमानको एउटा पंखा घुमेन,’ सभासद रेखा शर्माले अनलाइनखबरसँग भनिन्, ‘बनाउदै छन् रे, अझै कतिबेर बस्नुपर्ने हो थाहा छैन ।’ बिग्रिएको कल साईन नाईन एन ए बी यु जहाज मर्मतक

हिमाल एफ.एम

हिमाल एफ.एम कार्तिक १८ । सोलुखुम्बुको ३ मुख्य स्थानहरुमा प्रशासनिक सेवा प्रदान गर्ने हेतुले ईलाका प्रशासन कार्यलय राख्न जिल्ला प्रशासन कार्यलय सोलुखुम्बुले गृह मन्त्रालयमा सिफारिस गरेको छ । आज जिल्लाप्रशासन कार्यलयमा बसेको सर्बपक्षिय छलफलबाट कोशीपारिका सर्बसाधरणलाई लक्षीत गरि सोताङबजारमा एकिकृत सेवा केन्द्र स्थापना गर्ने, जिल्लाको तल्लो क्षेत्र नेचा र डााडापारिका गाबिसहरुका लागी चौलाखर्कमा ईलाका प्रशासन कार्यलय स्थापना गर्न भन्दै मन्त्रालयमा सर्बपक्षिय निर्णय पठाईएको प्रमुख जिल्ला अधिकारी उद्धब प्रसाद तिमल्सीनाले जानकारी दिनुभएको छ ।

विश्वविख्यात डेभिनसुपरट्र्याम्पको नेपाली भिडियोले मच्चायो तहल्का (भिडियोसहित)

विश्वविख्यात युट्युबर डेभिनसुपरट्र्याम्प केहि दिन अगाडी नेपालमा आएका थिए र उनले नेपालका केहि मनमोहक र मनछुने भिडियो कैद गरेका छन् । ‘एडभन्चर्स अफ टिमसुपरट्र्याम्प इन फोरके’ नाम दिइएको उक्त भिडियो टर्किस एयरलाइन्सको सहयोगमा बनेको बताइएको छ । गत नोभेम्बर ३ तारिखका दिन अपलोड गरिएको उक्त भिडियो अहिलेसम्म दुई लाख १२ हजारभन्दा बढि मानिसहरुले हेरिसकेका छन् । देश–विदेशका मानिसहरुले उक्त भिडियो निकै राम्रो भएको कमेन्ट गरेका छन् । धेरैजसोले भिडियो हेरिसकेपछि नेपाल घुम्न जान मन लागेकोसमेत बताउँदै भिडियोको लागि डेभिनलाई धेरैले धन्यवाद दिएका छन् । दुई मिनेट २५ सेकेन्डको उक्त भिडियोले इन्टरनेटमा निकै तहल्का मच्चाइरहेको छ । 

इन्टरनेटमा कसरी समय खेर फाल्ने ? अब विश्वविद्यालयले नै सिकाउनेछ

इन्टरनेटमा अफवाहजन्य कुरा पढेर, अनावश्यक भिडियो हेरेर तथा फेसबुक चलाएर धेरै समय खर्च गर्नुपर्दा कतिपय विद्यार्थीहरुले पश्चाताप महसुस गर्छन्, आफुले अध्ययनमा समय दिन नसकेको भन्दै । तर, अव भने यस्तो पश्चाताप मान्नु नपर्ने भएको छ । अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयले इन्टरनेटमा कसरी समय खेर फाल्ने भन्ने विषयमा स्नातकोत्तर -मास्टर्स डिग्री)को पढाइ नै सुरु गर्दैछ । अमेरिकाको पेन्सील्भेनिया विश्वविद्यालयको अंग्रेजी विभागले अर्को सेमेस्टरदेखि ‘इन्टरनेटमा समय खेर फाल्ने’ सम्बन्धी विषयमा पढाइ सुरु गर्दैछ । यो विषय पढ्ने विद्यार्थीहरुलाई तीन घण्टासम्म कम्प्युटरको स्क्रीन हेरिरहन लगाइनेछ । तीन घण्टासम्म विद्यार्थीहरुले लगातार कम्प्युटरमै बसेर च्याट गर्ने, फेसबुक लगायतका सोसल साइट चलाउने, इन्टरनेटमा विभिन्न सामाग्री हेर्ने सुन्ने लगायतका काम गर्नुपर्नेछ । यस्तो कक्षा हप्तामा एक दिन मात्र हुनेछ । विद्यार्थीहरुले फगत इन्टरनेट चलाउन मात्र पाउने छैनन् इन्टरनेटमा समयको वर्बादीको लामो इतिहासको समेत खोजी गर्नु पर्नेछ र बेटी फ्रेडन, रेमण्ड विलियम्स तथा जोन केज जस्ता लेखकहरुका लेख र किताबहरुको

जीवनमा सफलता पाउनु छ भने अपनाउनुस् यी वास्तुटिप्स

जीवनमा सफलता पाउनु छ भने अपनाउनुस् यी वास्तुटिप्स १. पढ्दा के गर्ने ? – पढ्ने बेला जहिले पनि उत्तर–पूर्वी दिशातर्फ फर्केर पढ्नुपर्छ – यदि कोही विद्यार्थी पढ्नमा कमजोर भएको खण्डमा उक्त विद्यार्थीलाई दैनिक रुपमा तुलसीको बोटमा पानी हाल्न लगाउनुपर्छ । – घरमा अशोकको रुख पूर्वपट्टी रोप्नाले पनि यसको प्रभावले विद्यार्थीलाई पढ्न मनलाग्छ । – परिक्षामा जाँदा जहिले पनि हरियो रङको लुगा लगाउने । २. घरमा के गर्ने के नगर्ने ? – घर उत्तर पट्टी बनाउँदा निकै राम्रो मानिन्छ । पूर्व पट्टी बनाइएको घरलाई पनि राम्रो मानिन्छ । – पाहुनाहरु खुसी भएर चाँडै फर्कुन् भन्ने चाहनुहुन्छ भने पाहुनाकोठालाई पश्चिम–उत्तर कुनाको कोठामा बनाउनुहोला । – पूजाकोठालाई भुँइतलाको उत्तरपूर्वी कोठामा बनाउनु होला । वर्षमा ३६५ दिन नै पूजा गर्न नसकिँने हुँदा मूर्तीलाई भन्दा फोटोलाई पूजा गर्नुहोस् । मूर्तीलाई कहिले पनि भोको राख्न नहुने बास्तुको बुझाई छ । – दक्षिण पश्चिम कुनामा मेन गेट नराख्नुहोला । इनार अथवा रिजर्भ ट्याङ्की खनाउँदा पनि यो कुनामा नखनाउँदा नै वेश हुन्छ । – गेटमा त्रिशुल अंकित तस्बिर र जनावरका तस्बिरहरु नराख

Sagarmatha National Park

Sagarmatha National Park The Sagarmatha National Park is the highest national park in world, located above 3000 meters i.e. 9700 feet. The park comprises the upper catchment areas of Dudh Kosi and Bhote Kosi Rivers. Most part of the landscape is rugged terrain and gorges of the high Himalayas.  The Park is located amidst the peaks which are counted among the tallest in the world. Mount Sagarmatha is none other than Mt. Everest itself. Other well known peaks such as Lhotse, Thamerku, Pumori, Ama Dablam, Cho Oyu, Kwangde, Kangtaiga and Gyachyung Kang are also located nearby. More than 118 species of birds and 26 species of butterflies reside in the park. Fast Facts Location Solu-Khumbu District of the Sagarmatha Zone, Northeast of Kathmandu Established On July 19, 1976 Importance UNESCO World Heritage Site UNESCO Category Natural Listed In Year 1976 Area Covered 1,148 sq. km. Endangered Species Wild Yak, Musk Deer, Red Panda, Snow Leopard