Skip to main content

Posts

Showing posts from August, 2017

पर्यटकहरुको सहजताको लागि खुम्बुमा स्मार्ट कार्ड

पासङ ल्हमु गाउपालीका सोलुखुम्बुका अध्यक्ष ङिमदोर्जी शेर्पाले पर्यटकहरुको लागी स्मार्ट कार्ड लागु गरिने बताउनुभएको छ । उहाले खुम्बु क्षेत्रमा पर्यटकहरु बेलाबेला हराउने र सुरक्षामा समेत चुनौती भएकाले स्मार्ट कार्डको प्रकृया अगाडी बढाएको बताउनु भएको हो । उहाले खुम्बु पासङ ल्हमु गाउपालीका १ नम्बर प्रदेशकै सबैभन्दा पहिला परिषद सम्पन्न गराउने गाउपालीका भएको दाबी समेत गर्नुभयो । साथै उहाले सिजनमा मात्र उडान गर्ने उड्यानकरणहरुलाई नियन्त्रण गरी नियमित उडान गर्नका लागी आफ्नो मुख्य जोड रहने बताउनुभयो । अध्यक्ष शेर्पाले यातयात,स्वास्थ्य,शिक्षा लगायत आफुले घोषणा पत्रमा उल्लेख गरेका कुराहरुलाई पुरा गर्नमा आफु सदैव लागी पर्ने बताउनुभयो । solufm

सोलुखुम्बुमा भालु नियन्त्रणका लागि जनप्रतिनिधिसँग गुहार

१० भदौ, सोलुखुम्ब । लामो समयको अन्तरालमा जनप्रतिनिधि पाएका नागरिकले जनप्रतिनिधिबाट कति धेरै अपेक्षा गर्छन् भन्ने कुरा सोलुखुम्बुका विभिन्न गाउँमा भालु नियन्त्रणका लागि स्थानीयवासीले दर्जनौँ निवेदन दिएको कुराबाट पुष्टि हुन्छ । यसबेला जिल्लाको विभिन्न वडा कार्यालयमा भालुलगायत जंगली जनावर नियन्त्रण गरिपाउँ भन्ने निवेदनको चाङ लाग्न थालेको छ । सोलु दूधकुण्ड नगरपालिका–३ मा भालु नियन्त्रण गरिपाउँ भन्दै झण्डै दुई दर्जन निवेदन दर्ता गरिएका छन् । वडा सदस्य धर्मबहादुर तामाङकाअनुसार स्थानीय २२ जना कृषकले यस्तो निवेदन दर्ता गराएका हुन् । कृषकको मकैबाली भालुले नष्ट गरेपछि कृषकले निवेदन दिएका हुन् । यस्तै वडा नम्बर– १० का वडाध्यक्ष मिङमार छिरी शेर्पा पनि भालु नियन्त्रणका लागि दर्जन बढी निवेदन आएका बताउनुभयो । त्यहाँ पनि मकै तथा स्याउमा भालुले क्षति पु¥याएपछि कृषकले निवेदन दिएका हुन् । सोलु दूधकुण्ड नगरपालिकाका विभिन्न बस्तीसँगै अन्य गाउँपालिकामा पनि भालु तथा बाँदर नियन्त्रण गरिपाउँ भनि कृषकले निवेदन दिने गरेका छन् । यसअघि जंगली जनावरले बालीनाली नष्ट गरेपनि चुपचाप बस्ने गरेका कृषक ज...