Skip to main content

Posts

सोलुखुम्बु – लामो समय देखि आन्दोलनमा रहेको सोलुखुम्बुको तिंलालाई  सोलु–दुधकुण्ड नगरपालीकामा गाभिएको छ। बिहीबार राती अबेर सम्पन्न मन्त्रिपरिषद बैठकले साविकको तिंला गाविसलाई सोलु–दुधुकण्ड नगरपालीकामा मिसाउने निर्णय गरेसँगै तिंलावासीको माग पुरा भएको हो। यस अघि स्थानीय तहको सीमाङकनको क्रममा तिंलालाई नेचा सल्यान गाउँपालीकाको वडा नम्बर ६ कायम गरिएको थियो। तिंलाबासीलाई सरकारले न्याय गरेको संघर्ष समितीका संयोजक बाल कुमार कार्कीले बताए। आफुहरुलाई अपायक स्थानमा गाभिएको भन्दै विगत लामो समयदेखि तिंलाबासी आन्दोलित थिए। नेचा सल्यान गाउँपालीकाको केन्द्र नेचा जानुभन्दा नगरपालीकामा नै आउन पायक पर्ने भएकाले आन्दोलनमा उत्रिएका तिंलाका स्थानीयहरुको सपना साकार बनेको छ। उनीहरुले आफुहरुलाई अन्याय भएको भन्दै स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन समेत बहिस्कार गरेर विरोध जनाएका थिए। यस्तो थियो समस्या राज्यको पुर्नसंरचनाका क्रममा तत्कालिन अवस्थामा दुई खाले मत प्रकट भए। एउटा तिंला सहितको सल्यान र दुई वटा नेचा समेटेर सल्यान केन्द्र बनाउनु पर्ने मत थियो। अनि अर्को नेचामा केन्द्र बनाउनु प...

आगलागीबाट ७० लाखको क्षति

२ पुस, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका– ८ बागमको एक घरमा आगलागी हुँदा करिब रु ७० लाख बराबरको क्षति भएकोे छ । स्थानीय तेण्डी शेर्पाको घरमा शनिबार ग्यास लिक भएर आगलागी हुँदा क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगलागीबाट रु एक लाख ५० हजार नगदसहित शेर्पाको ढुङ्गा माटोले बनेको तीनतले घर, घरमा भएको सुनचाँदी कासा तामालगायत सम्पूर्ण धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रद्युम्न अधिकारीले जानकारी दिए । अपराह्न चिया पकाएर घरमा भएका मानिस मेलामा गएको समयमा ग्यास लिक भई आगलागी भएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेका प्रहरी टोली र स्थानीयले आगो नियन्त्रणको प्रयास गरेको भए पनि नियन्त्रणमा लिन नसक्दा घर पूर्णरुपमा जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

सोलुखुम्बुमा समानुपातिक तर्फ कांग्रेस पहिलो

सोलुखुम्बु, २६ मंसिर सोलुखुम्बुमा समानुपातिक निर्वाचन प्रणाली अन्तरगत नेपाली कांग्रेसलाई पहिलो मत प्राप्त भएको छ । दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा माओबादी केन्द्र रहेको छ । कांग्रेसलाई प्रतिनिधि सभा तर्फ १५ हजार १४८ समानुपातिक मत प्राप्त हुदा प्रदेश सभा तर्फ १३ हजार ४४७ मत प्राप्त भएको छ । गएराति सम्पन्न भएको गणनामा प्रतिनिधि सभा तर्फ एमालेलाई १२ हजार ६६ र प्रदेश सभा तर्फ १० हजार ४५८ मत प्राप्त भएको सहायक निर्वाचन अधिकृत मुरारी वस्थीले जानकारी दिनुभयो । त्यस्तै, प्रतिनिधि सभा तर्फ ७ हजार ६७३ र प्रदेश सभा तर्फ ८ हजार ३१ मत प्राप्त गरि माओबादी केन्द्र तेस्रो भएको छ । सोलुखुम्बुमा राप्रपाले पनि समानुपातिक तर्फ सम्मानजनक मत प्राप्त गरेको छ । प्रतिनिधि सभाका लागि ५८५ मत पाएको राप्रपाले प्रदेश सभातर्फ एक हजार ५५५ मत प्राप्त गरेको हो । जिल्लामा नयाँ शक्ति पाटी नेपालले प्रतिनिधि सभा तर्फ ३७६ र प्रदेश सभा तर्फ ४०६ मत पाएको छ । यसैबीच, समानुपातिक प्रणाली तर्फ प्रतिनिधि सभा तर्फ ४ हजार ६४९ मत र प्रदेश सभा तर्फ ६ हजार ७६३ मत बदर भएको छ । ६९ हजार ४११ मतदाता रहेको सोलुखुम्बुम...

दोस्रो पटक चुनाव हारेका पूर्वमन्त्री बलबहादुर केसीले भविष्यमा कुनै निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

सोलुखुम्बु, २४ मंसिर – नेपाली काग्रेंसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीले भविष्यमा कुनै निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । यस वर्षको प्रतिनिधिसभा सदस्यको निर्वाचन नै आफ्नो अन्तिम चुनावी प्रतिस्पर्धा भएको सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य उम्मेदवार केसीले बताए । सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘अब म पार्टीको सुदृढीकरणका लागि लागिपर्छु ।’ नेता केसीले पार्टीका उम्मेदवारहरुले पराजय भोग्नु परे पनि जनताको विचारलाई आफूहरुले जित्न सफल भएको जिकिर गर्दै मतदातालाई धन्यवाद व्यक्त गरे । नेपाली काँग्रेसले चुवाव हारे पनि जिल्लाको विकास र जिल्लालाई समृृद्धितर्फ लाने विषयम काँग्रेसको सदैव साथ र सहयोग रहने उनले बताए । विसं २०४८ यता सम्पन्न निर्वाचनमा चार पटक जितेका केसीको यो दोस्रो हार हो । विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी)का गोपाल किराँतीसँग पराजय भएका केसी यस पटक नेकपा (माओवादी केन्द्र)कै हेमकुमार राईदेखि पराजय भएका थिए । आफ्नो चुनावी समीक्षामा पार्टी पराजित हुनाको प्रमुख कारण गुटगत राजनीति भएको काँग्रेसले निष्कर्ष...

समानुपातिकको अपडेटः एमाले पहिलो, कांग्रेस दोस्रो

पहिलो चरणमा निर्वाचन भएका हिमाली जिल्लामा समानुपातिकतर्फको मतगणना भइरहेको छ । करिब आधा दर्जन निर्वाचन क्षेत्रमा भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमालेले सबैभन्दा बढी मत पाएर पहिलो स्थान लिइरहेको छ भने कांग्रेसले एमालेलाई पछ्याइरहेको छ । प्रत्यक्षतर्फ कांग्रेसभन्दा अगाडि रहेको माओवादी समानुपातिकमा भने तेस्रो स्थानमा छ । मधेसका जिल्लामा समानुपातिकको मतगणना भएकाले राजपा र फोरमको खासै मत खसेको छैन । तथापि पहाडमा समेत राजपाले राम्रो मत ल्याएको छ । कांग्रेस, एमाले र माओवादी बाहेक समानुपातिकमा चौथो स्थानको मत नयाँशक्ति पार्टीले ल्याएको छ । नयाँशक्तिले भन्दा विवेकशीलले न्यून मत पाइरहेको निर्वाचन आयोगको तथ्यांकमा देखिन्छ । आइतबार बिहानसम्म समानुपातिकतर्फ खसेको मत यस्तो छ- १. नेकपा एमाले- ७३२९३ २. नेपाली कांग्रेस- ६९८४९ ३. माओवादी केन्द्र -३०२६२ ४. नयाँ शक्ति – ५२४१ ५. राजपा-३४८५ ६. राप्रपा- २४०० ७. विवेकशील साझा- ८३७ ८. राप्रपा प्रजातान्त्रिक -६०४ ९. संघीय फोरम -४५८

सोलुखुम्बु जिल्ला प्रतिनिधि सभा /प्रदेश सभा तर्फको सम्पुर्ण उम्मेदवारहरुले प्राप्त गरेको मतपरिणाम.

सोलुखुम्बु - प्रदेश 'क' र 'ख' मा बाम गठबन्धन विजयी, आङ गेलु र प्रकाशसिंह पराजित,

सोलुखुम्बुको प्रदेश सभामा बाम गठबन्धनका उम्मेदवारहरु विजयी भएकाछन् । प्रदेश सभा ख मा बाम गठबन्धनका तर्फवाट नेकपा एमालेका नेता बुद्धिकुमार राजभण्डारी विजयी भएका हुन् । राजभण्डारीले कांग्रेसका पूर्व जिल्ला सभापति सममेत रहेका नेता आङ गेलु शेर्पालाई भारी मतले पराजित गरेका हुन ।  राजभण्डारीले १०३८७ मत प्राप्त गर्दा शेर्पाले ७९२९ मत प्राप्त गरे । शेर्पा २४१८ मतले पछि परेका हुन् ।  प्रदेश सभा ख मा बाम गठबन्धनका उत्तमकुमार बस्नेत विजयी भएकाछन् । बस्नेतले कांग्रेसका प्रकाशसिंह कार्कीलाई पराजित गरेका हुन् । बस्नेतले १०६६७ मत ल्याउँदा कार्कीले ८८४६ मत ल्याए । प्रदेश क को मतान्तर १८२१ रहेको छ ।   सोलुखुम्बुमा लामो समयदेखि राजनीतिमा सक्रीय रहेका राजभण्डारी २०६४ सालको संविधान सभाको निर्वाचनमा पराजित भएका थिए भने २०७० सालको संविधान सभाको निर्वाचनमा समानुपातिक सूचिमा रहेर पनि सभासद् बन्न पाएका थिएनन् । बस्नेत लामो समय कम्युनिष्ट राजनीतिमा सक्रीय रहेका छन् ।  दुवै जनाको विजयको औपचारिक घोषणा हुन भने बाँकी छ । प्रतिनिधी सभामा सुरवीर जितको नजिक प्रतिनिधी सभ...